Sunday, June 29, 2014

Ulaar:kantipur koseli

कान्तिपुर-कोसेली -२०७१ असार १४ शनिवार ।
किताब: उलार

करिब डेढ दशकअघि प्रकाशित नयनराज पाण्डेको यो सानो उपन्यास नेपाली भाषाका केही उत्कृष्ट उपन्यासमा पर्छ । नेपालगञ्ज सहरको सामान्य टाँगाचालक प्रेम ललवालाई नायक लिएर पाण्डेले लेखेको उपन्यासले नेपाली समाजको मनोविज्ञान र राजनीतिको चरित्रको चिरफार गरिदिन्छ ।

आपmनो टाँगा प्रयोग गरेका नेतासँग क्षतिपूर्तिको माग गर्न राजधानी छिर्ने प्रेम ललवामा तपाईं अहिले शिक्षा, रोजगारी र सुविधाको क्षतिपूर्ति मागिरहेका आन्दोलनहरूको छाया देख्नुहुन्छ भने त्यो लेखकको सफलता हो । आञ्चलिक भनिने भाषाको प्रयोग र तिख्खर विम्बहरूका साथ समाजको कठोर चित्रको प्रस्तुतिले यो सानो उपन्यासलाई ठूलो साहित्यको दर्जामा पुर्‍याएको हो ।