| ||
Thursday, April 19, 2012
"उलार" उपन्यासको समाजपरक समालोचना-विन्दु शर्मा
Wednesday, April 18, 2012
"उद्गार"मा लू
आज बैसाख ७ गते बिहिबार बिहान ८:३० बजे मुलत: रेडियो नेपाल तर देशका ५ वटा AM
र, देशभरिका १८ वटा FM स्टेशनबाट समेत अनि काठमाण्डौमा FM 100 मा प्रसारित हुने Ramesh
Poudel जी द्वारा संचालित
"उद्गार"कार्यक्रम प्रसारित भयो । यसमा "लू" उपन्यासका लेखक
(म) र पाठक Shyam Sah बीच कुराकानी भएको थियो । लू कै सन्दर्भमा । पाठक भनेका लेखकका लागि भगवान
हुन् । त्यसैले लेखक र पाठकबीच यसरी संवाद गराउने "उद्गार" कार्यक्रमको
यो परिकल्पना निकै प्रभावकारी लाग्यो मलाई । यसले पाठकहरु कतिसम्म गम्भिर
हुँदारहेछन् भन्ने कुरातिर पनि संकेत गर्दछ । मैले उक्त कार्यक्रमको रेकर्डको
लिङ्क तल दिएको छु । उपयोगी हुने ठानेर । मलाई लाग्छ यसरी रेडियो वा प्रसारण
माध्यमहरुमा लेखक र पाठकबीच संवाद यस रुपमा अघि भएको थिएन । रमेशजीले यसलाई
निरन्तरता दिनुहुनेछ भन्ने लागेको छ । पठन संस्कृतिको विकाशमा यसले राम्रो काम
गर्नेछ भन्ने लागेको छ ।
उक्त कार्यक्रम अहिले पनि सुन्न सकिन्छ । यो लिंकमा-

Monday, April 16, 2012
लू-विमोचनका समाचारहरु-२०६८ चैत्र २५ शनिवार
एउटा अग्लो उपन्यास-कान्तिपुर-२०६९ बैसाख २ गते शनिवार
सीमाक्षेत्रको त्रासद गाथा-लू-पुस्तक समीक्षा-
(कान्तिपुर पब्लिकेशन्सको "नेपाल"( राष्ट्रिय साप्ताहिकमा मिति २०६९ बैसाख ३ आइतवार प्रकाशित)
- श्यामल
लू पश्चिम तराईको बाँके जिल्लाको सीमावर्ती क्षेत्र होलिया र जमुनाहाका सीमान्तीकृत नागरकिको बाँच्ने उपक्रममा गरिएका संघर्षको दुर्घटनाजन्य नियतिको जीवन्त औपन्यासिक आलेख हो। राज्यको वाञ्छित दृष्टिबाट अलग्याइएको त्यो कष्टमय नेपाली समाज चरम अन्धविश्वास र दुर्घटनाका कतिपय तिलस्मी लाग्ने कथा-उपकथाले भरएिको छ। उपन्यासकारद्वारा तिनै क्षेत्रका बस्तीका सामान्य लाग्ने तर असामान्य तुल्याइएको जीवनपद्धतिका जटिलतालाई विभिन्न कथावाचकका माध्यमबाट साधारणीकरण गरिएको छ।
कुनै पनि समाजमा पानीभूत प्रकारका विभिन्न खाले विश्वास जीवित हुन्छन्, जुन नेपालका तराईमा पनि छन्। सचेत नेपालीलाई थाहा छ, होलियाजस्ता गाउँ लक्ष्मणपुर बाँधले डुबानमा पाररिहने राप्ती किनारका अभिशप्त गाउँ हुन्। र, त्यहाँ राप्तीमा पानीभूत रहनु लाक्षणिक रूपमा स्वाभाविक छ। त्यस दुःखसँग लड्ने मानिसका आकांक्षाहरू पनि छन्, जुन उपन्यासमा इलैयाका आरम्भिक जीवनको माध्यमबाट सांकेतिक रूपमा प्रकट भएका छन्। उसले पानीभूतलाई मार्न राप्तीमा हाम फाल्नु, त्यहाँबाट ऊ अलप हुनु, उसको साथी रेडियोलालले उसलाई पानीभूतले खाएको ठान्नु, आफूलाई इलैया मार्यो भन्ने बात लाग्ला भनेर डराउनु तर इलैया भने नानपारा, बहराइच हुँदै हप्तौँपछि आफ्नो अन्तिम संस्कारका दिनको श्राद्धभोज खाइरहेका बेला अचानक घरमा प्रकट हुनु र सारा मानिसलाई चकित तुल्याउनुबाट उपन्यास अघि बढेको छ। इलैया, नुसरत, रेडियोलाल, देवकी, महेशर, बजरंगी, वृजलाल, नन्दु, हरदेई आदि पात्रको सृष्टि कसरी हुन्छ, तिनका जीवनपद्धतिको निर्धारण गर्ने कारक तत्त्व कुन हुन् भन्ने बुझ्नका लागि त्यस समाजका मूल्य, मान्यता, अर्थतन्त्र, न्यायपद्धति बुझ्नु र समग्रमा त्यस समाजको परविेशको सूक्ष्म पर्यवेक्षण गर्नु आवश्यक हुन्छ। इलैयाको अराजक र उद्दण्ड चरत्रिको निर्माण गर्ने त्यसै समाजले उसका हृदयमा आमाप्रतिको उत्कट प्रेमभाव, नुसरतप्रतिको अनहत आकर्षण र सर्पदंशले मरेकी आफ्नी आमाको क्षतिपूर्तिका लागि अर्की स्वास्नी ल्याउने बाबु नन्दुप्रतिको घृणाभावको बीज पनि सुरक्षित राखेको छ। प्रचण्ड गरबिीको महाकालबाट जोगिनका लागि सर्कसमा ससाना छोरी बेच्न विवश आमाबाबु, स्वार्थी नेताहरूको प्रपञ्चमा परेर ससाना असहमतिलाई साम्प्रदायिक रंग दिने शठहरू र तिनले अँध्यारो गर्तमा छिराइदिएको बस्तीको दुर्भाग्यको प्रभावशाली औपन्यासिक प्रस्तुति हो, लू। आफ्नो अस्तित्वरक्षाका लागि देहाती विश्वासलाई भजेर जीवन धानिरहेको टुटे पण्डित हाम्रो समाजको त्यस्तै एक जिउँदो यथार्थ हो। त्यस यथार्थलाई नजिकैबाट अनुभूत गर्न लू पढ्नैपर्ने कृति हो।
लूमा पश्चिम नेपालको देहाती समाजमा विद्यमान सामाजिक मूल्य, तिनले निर्देशित गरेका व्यवहार, तिनले सायास वा अनायास सिर्जित गरेका घटना, दुर्घटना र त्यसका परण्िााम र सामाजिक जटिलतालाई निकै कुशलतापूर्वक उत्खनन गरएिको छ। उसो त काठमाडौँका, काँठका वा पूर्वेली नेपाली समाजका पाठकलाई यहाँका पात्र र परघिटना अलि नाटकीय लाग्न सक्छन्। तर, त्यो समस्या उपन्यासकार वा त्यस समाजको होइन, पाठकभित्र घर गररिाखेको तिनका आफ्नै विशिष्ट सामाजिक मूल्य, तिनले बनाइदिएको दृष्टिकोण र ज्ञानको सीमाको समस्या हो। उपन्यासकारले स्थानीय सांस्कृतिक विम्ब र प्रतीकहरूलाई तिनका आफ्नै विशिष्ट सोच, शैली र संवादमार्फत नेपाली भाषामा 'ब्लेन्ड' गरेर भिन्नै स्वादको सृष्टि गरेका छन्। यस वर्णसङ्कर भाषाले नेपालगन्ज सहर र त्यसका देहातको सजीवतालाई अझ बढी निखारििदएको छ र नयनराज पाण्डे पश्चिम तराईको जनजीवनलाई आधिकारकि तवरले उपन्यास कलामा प्रवेश गराउन सफल भएका छन्।
सीमाक्षेत्रका बासिन्दाले भारतीय सीमा सुरक्षा बलको अत्याचार कतिसम्म खप्नुपर्छ भन्ने दृष्टान्त दसगजापारबिाट पत्थरपुरवामाथि गरएिको हेपाहा व्यवहार र कमलाले अवाञ्छित शिशु बेहोर्नुपर्ने बाध्यताजस्ता उपकथाबाट मार्मिक ढंगले प्रस्तुत भएको छ। हाम्रो आफ्नै सामाजिक मूल्य कतिविघ्न कृतघ्न र अमानवीय चरत्रिको छ भन्ने कुरा कमला र उसकी अबोध छोरी जानकीको बलात् निर्वासनबाट व्यक्त भएको छ। इलैयाहरू तिनै सामाजिक विश्वास र अमानवीय मूल्यबाट निर्देशित भएर केकस्ता कृत्यसम्म गर्न सक्छन् र समाजको भयले जीवनलाई कतिसम्म नारकीय कष्टमा पुर्याउँछ भन्ने दृष्टान्त 'प्रेमको शत्रु इलैया....' शीर्षक अध्यायले दिएको छ।
प्रेम र सौन्दर्यले जातीय र धार्मिक सीमालाई कसरी अस्वीकार गर्छ र नेपाली समाजलाई अन्तरजातीय र अन्तरधार्मिक सद्भावको दिशातिर जान संकेत गर्छ भन्ने यथार्थबोधका लागि रामललवा र इलैया, अजय र देवकीका प्रेमप्रकरण नै पर्याप्त छन्। यस प्रकारका विद्रूपताका बीच उनीहरूमा जीवित मानवीय मूल्यको शक्ति यस उपन्यासबाट झन् प्रखर भएर देखा पर्छ।
पाण्डेका आख्यानका भाषाको सबैभन्दा आकर्षक पक्ष सरल र छोटा वाक्यमा कथ्यलाई प्रस्तुत गर्नु हो। यस प्रकारको शिल्पले पाठकलाई पाठको अन्तिमसम्म पुग्न आकषिर्त गररिहने क्षमता राख्छ। आफ्नो समयका स-साना घटना र प्रपञ्चलाई पाण्डे बडो सूक्ष्म दृष्टिले पर्यवेक्षण गर्छन्, स्पर्श गर्छन् र तिनलाई आधिकारकि तवरले प्रस्तुत गर्छन्। उनले यस उपन्यासमा तराईका सीमावर्ती क्षेत्रका सामाजिक मनोविज्ञानको सूक्ष्म पर्यवेक्षण गरेका छन्, जसले पाठकलाई त्यस क्षेत्रको अत्यासलाग्दो र कष्टकर जनजीवनलाई नजिकबाट बुझ्न प्रेरति गर्छ।
उलार प्रकाशनको १३ वर्षपछि पाण्डेको पाँचौँ उपन्यास लू आकर्षक कलेवर र प्रवाहमय भाषाका साथ नेपाली पुस्तक बजारको शीर्ष भागमा देखिएको छ। एक-दुई वर्षको मात्र अनुभव सँगाल्न पाएको सांगि्रला प्रकाशन व्यावसायिक दृष्टिले अब सफलतातिर उक्लँदैछ भन्ने कुराको संकेत पनि हुन सक्छ, यो पुस्तक। आवरण तथा पाठसज्जा, कागजको गुणवत्ता र मुद्रणका दृष्टिले यो पुस्तक नेपालको किताबी दुनियाँको उच्च कोटिको संस्करण बन्न पुगेको छ। उपन्यासको अन्त्यतिर पाठकको मनमा सहसा प्रश्न उठ्छ, दयासिंहलाई पत्थरपुरवावासीले चिनेझैँ हाम्रो राजनीतिक वृत्तले कहिले चिन्ला ?
लू
स्रष्टा : नयनराज पाण्डे
प्रकाशक : सांगि्रला बुक्स
पृष्ठ : २५६
मूल्य : ३०० रुपियाँ

Saturday, April 14, 2012
गोविन्द वर्तमानको छनौटमा "लू"
'लू' बारे एक पाठकको पत्र ।
(राजन सिलबालले "लू" पढिसकेपछि । मेरो फेसबुक इनबक्समा पठाउनु भएको थियो यो पत्र । मैले उहाँको अनुमति लिएर यो पत्र यहाँ संलग्न गरेको छु ।)
श्री नयनराज दाइ
लू पढिसकेपछिको प्रसन्नतापूर्ण नमस्कार ।
पटकपटक गरी पूरै दुई दिन लगाएर यहाँको उपन्यास लू पढेँ ।
पहिले पनि भनेको थिएँ दाइलाई कि मैले दाइका पूर्ववर्ती कुनैपनि उपन्यासहरु पढेको
छैन । दाइले फेसबुकको च्याटमा अनुरोध नगरेको भए न म त्यो विमोचन कार्यक्रम (पर्यटन
बोर्ड) को कार्यालयमै जान्थेँ त्यसदिन न त लू नै किन्थेँ सायद । आमन्त्रितहरुले
बस्ने ठाउँसम्म नपाएको त्यस कार्यक्रममा म युग पाठकको मन्तब्यका टुक्राटुक्री
सुनिसकेपछि पुस्तक किनेर १५ मिनेट जत्तिमै बाहिरिएँ । आगन्तुकलाई बेवारिसे पारियो
भन्नेचाहिँ मलाई लाग्यो, भलै म मान खोज्ने वा पाउनुपर्ने कोटीको आमन्त्रित
थिइनँ ।
म तपाइँ जस्तो उचाइ, मोटाइ र गहिराइ भएको
लेखकको कृति समीक्षा गर्ने न हिम्मत, न लोभ न त जिकिर नै
गर्दछु । तर कतिपय मनपर्ने नेपाली उपन्यासकारका उपन्यासहरु पढेको र नेपाली
साहित्यको विद्यार्थी भएकाले मनको उहापोहलाई बाँड्ने लोभ लागिहाल्यो ।
प्रतिक्रियालाई म निबन्धात्मकभन्दा बहस टिपोट जस्तो बनाउन चाहन्छु । मेरै सजिलाका
लागि ।
१. यस पुस्तकमा केही प्रयोगहरु रहेछन् । ती मलाई रमाइलै
लागे । जस्तो, प्रकाशकीय नै छैन, कसैका भूमिका लेखे वा लेखाएर पाठकलाई दुःख दिने वा लेखकको प्रशंसा गराउने वा
पुस्तकलाई सिंगार्ने प्रपञ्च यसमा देखिएन ।
२. लेखकको मन्तब्यलाई पुच्छारको खण्डमा साह्रै नयाँ
प्रयोगपूर्ण तरिकाले समेटेको खूब मन परयो । मैले यस्तो प्रयोग कहिल्यै देखेको
थिइनँ अद्यावधि ।
३. उपन्यासले तराई क्षेत्रको, त्यो पनि सीमाक्षेत्रको पीडादायी, भारतीय सीमा सुरक्षा
बलको बेरोकटोक ज्यादती, आपराधिक समूहको अत्याचार, धर्मान्धहरुको बर्बरता, गरिबी र त्यसले मुटुजत्तिकै प्यारा सन्तानहरुलाई
सर्कसमा बेच्नुपर्ने नियतिलाई जीवन्त शब्दमा उतारेको छ ।
४. कथा भन्ने शैली खूब मन परयो मलाई । भाषा मज्जाले बगेको छ
। एकदुई वटा अंग्रेजी शब्दको सट्टा मलाई नेपाली नै राखेको भए पनि उही मिठास
आउँथ्यो भन्ने लाग्यो । जस्तो स्टाइल । त्यसलाई काइदा वा शैली वा तरिका जे भनेको
भएपनि हुन्थ्यो । स्थानीय भाषाको प्रयोग सुहाएकै छ ।
५. इलैयाद्वारा कमलीको घर भत्काएर तिनीहरुलाई उपन्यासबाट
लेखकले अपहरण गरेको मलाई सत्ते मन परेन । तिनलाई एउटा भविष्य पो दिनुपथ्र्यो
लेखकले ।
६. नन्दुकी कान्छी श्रीमती अर्थात् इलैयाकी सौतेनी आमा
चमेलीलाई तपाइँले यति महिमामयी नारी बनाइदिनु भएको छ कि पाठक गौरवान्वित हुन्छ ।
उसले एउटा वृहत् आत्मसम्मान पाई तर इलैयाले जति नै अपमान गरे पनि अन्तिम घडीमा
उसकी आमाका चाँदीका गहना र लालपूर्जा फिर्ता गरेको इमान्दारिता चमेलीको हैन लेखकको
हो भन्ने लाग्छ । नयनराज पाण्डे वास्तविक जीवनमा त्यत्तिकै इमान्दार र महान हुन् ।
७. अनि रत्नाकर अन्ततः बाल्मीकि भए जस्तै इलैयालाई आमाका
गहना बेचाएर करिम र खासमा नुसरतका खुशीका लागि नयाँ साइकल किनिदिने महानता पनि
चानचुने कुरै हैन । इलैयाले उपन्यासको उत्तरार्धतिर नायकत्व प्राप्त गरेको देख्दा
आँखाबाट खुशीका आँशु तर्रर्र खस्छन् । पाठकलाई रुवाउन वा हँसाउन नसक्ने के उपन्यास ?
८. मधेशी पहाडी समुदायको बीच विहा गराउने तपाइँको इच्छा
अहिले अपरिहार्य छ । त्यसले कालान्तरमा राम्रै गर्छ भन्ने मलाई लाग्छ । अन्तरजातीय
र अन्तरक्षेत्रीय विवाह अपेक्षित छ दाइ ।
९. ओहो भन्नै बिर्सेको ।
मरेको इलैयालाई केही दिनपछि जिउँदै
पाठकका अघिल्तिर ल्याइदिँदा तपाइँको जय जयकार गर्न मन लाग्यो र वास्तविक जीवनमा
यस्ता हराएका मानिसहरु फर्केर आइदिए समाज कति भाग्यमानी हुँदो हो ।
१०. टुटे पण्डित तपाइँलाई पनि मन परेको पात्र हो भनेर बुझ्न
गाह्रो पर्दैन । इन्द्रबहादुर राईले आज रमिता छ को पात्र खोज्दा धनकुटा, इलाम कताकता पो घुमेँ भनेर लेखे जस्तो लाग्छ । तपाइँले कहाँ खोज्नुभो थाछैन तर
त्यो यही नेपाली तराई समाजको साझा पात्र हो । उसले मुसलमानहरुलाई बास दिएर
मानवाधिकारको एन.जी.ओ. खोल्नेहरु वा यु.एन.को मानवाधिकार आयोग वा नेपालकै
संवैधानिक मा.अ.आ. ले भन्दा कता हो कता महान काम गरयो उपन्यासकारको सहयोग र मायाले
। टुटे पंडित र ध.च. गोतामेको यहाँदेखि त्यहाँसम्मको पात्र पवनको पिता उस्तै
लाग्यो मलाई यहाँनेर । महान ।
११. रेडियोलालका कतिपय कुरा राम्रो तर मुसलमानहरुको बस्ती
उठाउन उसले जे गरयो त्यो निन्दनीय । हिन्दूको छोरा भइकन पनि मलाई मुसलमानहरुको
माया लाग्यो । तीप्रति श्रद्धा लाग्यो र त्यहाँ नेपालीको बास उठेको देखेँ मैले ।
बरु त्यो शिवकुमारीप्रति सुरुमा घृणा लाग्यो जब उसले रजियाको जीवन रक्षा गरी उ
मलाई मदर टेरेसा जत्तिकै महान लागी । नमस्कार छ उसलाई ।
१२. रहिमको घर जलेको र उसको मृत्यु नै भएको कुरा तराइका
साम्प्रदायिक–संवेदनशील समाजमा भैरहने घटना हो तथापि त्यहाँ जे
भयो त्यसले मजस्ता पाठकहरुका मनलाई चिमोट्छ र दिनभरि खिन्न तुल्याउँछ । सत्य हो,
तर अप्रिय दाइ ।
१३. कविता र रेडियोलालको लोभलाग्दो सम्भोग जीवनले उस्तै
उस्तै उमेरका पाठकलाई उत्ताउलै पार्ला भन्ठान्छु म । तिनीहरु निस्यै सुहागरातको
कल्पनामा लीन हुन्छन् । उपन्यासमा यत्ति पनि नभए त के को उपन्यास ?
१४. अनि, नूसरत र करिमको पृष्ठ १६७ को
सम्वाद मलाई उपन्यासभरिकै श्रेष्ठतम लाग्यो जो यस्तो छ :
करिमः म फक्कडसित दुःख पाउँछेस् ।
नुसरतः मैले भोगेभन्दा ठूलो दुःख पनि कुनै हुन्छ र ।
करिमः मेरो अनुहार पनि त राम्रो छैन नुसरत । हेर, म तँभन्दा कति कालो छु ।
नुसरतः तेरो दिल राम्रो छ करिम ।
करिमः मेरो लुगा पनि फोहोर छ । घिनलाग्दो छ ।
नुसरतः तेरो मन त सफा छ नि ।
बाफ रे नयन दाइ । तपाइँले जीवनमा प्रेम गर्नुभएन होला भनेर
म मरे पत्याउन्नँ ।
१५. बजरंगीले तिरंगा कपडाको कट्टु बनाएर लगाएको कुराले कम
तृप्ति दिँदैन अमरपालसिंह जस्ताको क्रूरताको, अत्याचारको र
त्यतातिरका मान्छेको विस्तारवादी हैकमलाई । म त भन्छु बजरंगी जिन्दावाद । अँ
अमरपालंसँग भिड्ने वीर शहीद महेशर काकालाई फूलका गुच्छा चढाउन मन लाग्छ । तिनको
सालिक उठाउन मन लाग्छ । त्यो काम गरौँ न नयन दाइ । साला नेपाली नेता, भारतीय पुलिसको चाकरी गर्ने नेपाली इन्सपेक्टर सम्झँदा पञ्चायती पुलिसको र
फटाहाबाज नेताहरुको बिर्सनलायक चरित्रको सम्झना हुन्छ । यी भएकै कुरा हुन् दाइ, तपाइँले अनावरणसम्म गरिदिनुभो । शम्भुरामहरु धेरै छन् सीमापारि र सीमावारि । म
तिनलाई घृणापूर्वक बिर्सनै चाहन्छु ।
१६. पुरानो सुइटर उध्रिए जस्तै मिलेजुलेको समाज उध्रेको जुन
विम्ब बनाउनु भएको छ नि, त्यो पनि मन परयो मलाई ।
१७. अन्त्यमा, नेपाली पत्थरपुरवा
भारतीय भूमिमा गाभिएको जुन सन्देश तपाइँले पाठकलाई दिनुभएको छ त्यो पनि उपन्यासका
केही सारहरुमध्येको हो । सीमाविद् बुद्धिनारायण श्रेष्ठसमेतबाट विमोचन गराएर
तपाइँले यस उपन्यासको निशानालाई संकेत त त्यसै दिन पनि गरेकै हो । दिनहुँ देश
लुटिएको देखेर पनि सहन बाध्य हामी र नदेखे जस्तो गर्ने नेपाली नेता र तिनले बनाएको
सरकारलाई धिक्कार नभनेर म सलाम गर्न त सक्दिन नि दाइ ।
यसअघि तपाइँका कुनै उपन्यास नपढेकोमा घाटा परेको महसुस
गर्दैछु दाइ । पूरै २५६ पृष्ठको उपन्यास पढिदिने तपाइँको पाठकको यो ३ पृष्ठको
प्रतिक्रिया जाँगर लगाएर पढ्नु होला र दाइ तपाइँले ? आग्रह त छैन नि है । मैले चिनेका पुस्तकप्रेमी साथीहरुलाई म अवश्य यो किताब
पढ्नुस् भनेर सल्लाह दिनेछु दाइ । बिदा ।
पाठक
राजन सिलवाल
पनौती–१२, खोपासी, काभ्रे
२०६९।०१।०१
Subscribe to:
Posts (Atom)