Saturday, January 28, 2012

ब्यक्तिगर विवरण-Biodata


ब्यक्तिगत विवरण

नाम -                        नयनराज पाण्डे
जन्ममिति -    वि.सं २०२३ जेठ २७
शिक्षा            ः            बी.एल ।
स्थायी ठेगाना      ः    खलंगा गाविस,सल्यान ।
हलको ठेगाना     -    वसुन्धरा,काठमाण्डौ ।
प्रमुख कार्यक्षेत्र   - वि.सं २०४४देखि चलचित्र र साहित्य क्षेत्रमा संलग्न ।

हालको आवद्दता -  आर्को सिनेमा प्रालि


प्रशासनिक सम्बद्धताः (१) चलचित्र विकाश बोर्ड सदस्य (२०६४–६५),नेपाल सरकारबाट नियुक्त ।
                  (२) साझा प्रकाशनको निर्वाचित संचालक सदस्य (२०६५देखि हालसम्म)

प्रमुख साहित्यिक विधा ः   कथा तथा उपन्यास ।

स्तंभ लेखन - कान्तिपुर,नयाँ पत्रिका,राजधानी,नागरिक लगायतका दैनिक,साप्ताहिक पत्रपत्रिकामा नियमित रुपमा साहित्यिक तथा साँस्कृतिक विषय वस्तुमा समसामयिक लेख तथा स्तंभ लेखन ।

प्रकाशित पुस्तकहरु -
१) नांगो मान्छेको डायरी (उपन्यास),२०४४
२) विक्रमादित्य,एउटा कथा  सुन(उपन्यास),२०४४
३) अतिरिक्त(उपन्यास),२०५०
४) उलार (उपन्यास), २०५५
(त्रि.वि.वि.को स्नातक तह, तृतीय वर्षको ऐच्छिक नेपालीको पाठ्यक्रममा समावेश गरिएको)
५) खोरभित्र जोकर (कथा संग्रह),२०६०
६) निदाएँ जगदम्बा (कथा संग्रह)२०६५

प्राप्त पुरस्कारहरु
१) सर्वश्रेष्ठ नाटक लेखन पुरस्कार— नेपाल प्रज्ञा  प्रतिष्ठान,२०४५
२) राष्ट्रिय प्रतिभा पुरस्कार,२०५३  
३) सारस्वत सम्मान,महेन्दं पुस्तकालय,नेपालगंज ,२०५३  
४) लोकेन्द्र साहित्य पुरस्कार,२०५८
५) सर्वश्रेष्ठ पटकथाका लागि मोशन पिक्चर अवार्ड,२०५८  
६) रामराज पन्त स्मृति पुरस्कार,२०६०  
७) तन्नेरी सम्मान,२०६१  
८) गरिमा सम्मान पुरस्कार,२०६२ (साझा प्रकाशन)
(९) पहलमानसिंह स्वाँर स्मृति सम्मान, २०६५
१०) मैना चलचित्रको पटकथाका लागि राष्ट्रिय पुरस्कार,२०६७

चलचित्र लेखन -
बसाइँ, मलाई माफ गरिदेऊ, फेरि तिम्रो याद आयो, लडाइँ, आफ्नो घर आफ्नो मान्छे, शहीदगेट,जुनतारा,जीवनमृत्यु,सन्तान थरी थरीका,हतियार,जिद्दी, लगायतका दुई दर्जन चलचित्रको लेखन ।

टेलिश्रृंखला लेखनः
करुणा, दुई थोपा आँसु, पुष्पाञ्जली, जीवनचक्र, ममता,चेतना,चेष्टा,जीवन यात्रा,कसलाई आफ्नो भनुँ, दुई दिनको जिन्दगानी,किनारा, चाहना मनको लगायतका टेलिचलचित्रका २ हजार भन्दा बढी श्रृंखलाहरुको लेखन ।

ठूलो पर्दाको चलचित्रको निर्देशनः          निर्मोही 

टेलिश्रृंखलाको निर्देशनः

–सुप्रसिद्ध नाटककार स्व. गोपालप्रसाद रिमालको बहुचर्चित नाट्यकृति“मसान”मा आधारित टेलिश्रृंखलाको निर्देशन । नेपाल टेलिभिजनबाट प्रसारित यो टेलिश्रृंखला “साँस्कृतिक संस्थान”(नाचघर) बाट २०५३सालमा निर्माण गरिएको हो।
–संगीत,चेष्टा,अर्थ लगायतका टेलिश्रृंखलाहरुको लेखन तथा निर्देशन ।

वृत्तचित्र निर्देशन तथा निर्माण -
युनिसेफ, आइ.एल.ओ., डि.एफ.आइ.डि, बाल विकास समाज,एबीसी नेपाल,तामाकोशी सेवा समिति,प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय(नेपाल सरकार)लगायतका संस्थाका लागि दर्जनौ वृत्तचित्रहरुको निर्माण तथा निर्देशन ।

टेलिभिजन कार्यक्रम उत्पादन -

विगतमा पटक पटक “अभिव्यक्ति”नामक साहित्यिक एवं साँस्कृतिक कार्यक्रमको निर्माण,निर्देशन र संचालन ।

सम्पर्क फोन        ः
                   
ईमेल              ः nayanrajpandey@hotmail.com  

सलाम प्रेमललवालाई-कान्तिपुर दैनिक




“साँस्कृतिक मान्यताको स्थापनामा सिनेमा ,समाज र राजनीति- एक अवधारणा”
                                                                                                                    – नयनराज  पाण्डे
लेखन मिति -२००७ जनवरी २८ , एउटा कार्यशालामा प्रस्तुत । पछि 'नयाँ पत्रिका' दैनिकमा पनि प्रकाशित)


(१)अहिलेको नेपाली समाज तीब्र रुपमा परिवर्तनको क्रममा छ । पुराना सामाजिक मूल्य, मान्यता, सोच, आस्था अनि विश्वासहरु केही भत्किने क्रममा छन् भने केही मूल्याङ्कन र पुनर्मूल्याङ्कनको स्थितिमा छन् । साँस्कृतिक स्वरुप र मान्यतामा पनि आमूल परिवर्तनको सोच प्रतिविम्वित हुन थालेको छ । समग्रमा नयाँ सोच सहितको नयाँ नेपालको बहस शुरु भएको छ । तर यी यावत् प्रक्रियालाई र यसभित्रका परिवर्तन र पुनर्मूल्याङ्कनको क्रमलाई सद्भावपूर्ण किसिमले व्यवस्थित गर्नु राज्यको, राजनैतिक दलहरुको ,सर्जक श्रष्टा र बौद्धिक वर्गको दायित्व भएको छ ।

Friday, January 27, 2012


प्रेम कविता-१


जताततै
फोहर भरिएका कन्टेनरहरु छन्
तिनलाई उठाउनु छ ।


देश कसैको डम्पिंग साइट नहोस्
त्यतातिर केही सोच्नु छ ।


जताततै अब्यवस्थाहरु छन्
तिनलाई तह लगाउनु छ ।


प्यारी, तिम्रो मायाले फुर्सद दिँदैन र पो
नत्र मलाई धेरैथोक गर्नुछ ।


( २०५६। ३।१८ शुक्रबार)

प्रेम कविता- २


यी हातहरुले
तिमीलाई सुम्सुम्याउँछन्,
तिमीलाई माया गर्छन्
तिम्रो देहको क्षेत्रफललाई नियाल्छन्
यी हातहरुले
तिम्रो कपासजस्तो देहलाई उचाल्छन्
र क्रोधमा कैलेकाँही
त्यही देहलाई निर्घात कुट्छन्
सास्ती दिन्छन् र फेरि तिम्रा
आँशुहरु पुस्छन्
र फेरि माया गर्छन् ।
00
र सिंगो देश
मेरा यिनै परिश्रमी हातहरुलाई 
पर्खिरहेछ
युगौँदेखि ।
( २०५६-३-१८ शुक्रबार)

Friday, January 20, 2012

अनसन बारे


कान्तिपुर, कोसेली»

साहित्यिक अनशन !

    भाद्र ३० -
    उलार' उपन्यासको मुख्य पात्र थियो, प्रेमललवा । यो पात्र धेरै पाठकको मनमा गढेर बसेको छ । चुनाव प्रचारका क्रममा दलका कार्यकर्ता बोक्दा आपmनो टांगा उलार भएपछि क्षतिपूर्ति माग्न यो काठमाडौं आइपुग्छ । मन्त्री भेट्न आएको यो पात्रले देख्ने काठमाडौं र भोग्ने दुःखले उपन्यासलाई उत्कृष्ट बनाइदिएको थियो ।

    गत साता राजधानीका सडकमा त्यही उलारका लेखक नयनराज पाण्डे अनशन बस्ने ठाउँको खोजीमा निस्किए । करिब २ हजार साहित्यकारको सेयर भएको साझा प्रकाशनमा सुधारको माग राखी आमरण अनशनको घोषणा गरेका सञ्चालक समिति सदस्य उनले साझामा अनशन बस्न पाएनन् । साझाबाट सुरु भएको उनको खोजी माइतीघर मण्डला हुँदै रत्नपार्कमा पुगेर टुंगियो ।

    नजिकिँदो दसैंको किनमेलका लागि फुटपाथमा बढेको भीडलाई छिचोल्दै उनी पुगे शान्ति वाटिका । र, २०४६ को आन्दोलनका कमान्डर गणेशमान सिंहको सालिकको पछिल्तिर पाल टाँगेर आमरण अनशन सुरु गरे । गलामा फूलको माला लगाएर सत्याग्रह थालेका स्रष्टाको छेउमा उभिएर साझाका पूर्वअध्यक्ष र महाप्रबन्धकको एउटा टोलीले समर्थनमा विज्ञप्ति निकाल्यो । तर, त्यसमा 'आफूहरूले सुधार्न नसकेकोमा...' जस्तो केही उल्लेखचाहिँ गरिएको थिएन । विमल निभा र पुरुषोत्तम सुवेदीहरूको 'न्युरोड ग्याङ' पनि नयनको अभियानको साथ थियो । 

    वैचारिक हिसाबले कांग्रेस निकट मानिने नयनको अनशनले शान्ति वाटिकमै अर्को मञ्च जन्मायो, 'साझा सरोकार समूह' । र, यसको संयोजक बने, वामपन्थी खगेन्द्र संग्रौला । बिनाअनुमति अनशन बसेको भन्दै प्रहरीले नयनलाई मध्यराति संग्रौलाको घर पुर्‍याइदिएपछि यो एकता झन् मजबुत भयो । आखिरीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई रत्नपार्क आएर माग पूरा गर्ने आश्वासन दिए । जुस खुवाएर नयनको अनशन तोडे र साहित्यकारका बीचमा पनि 'लोकपि्रय' नै बने ।

    भारतमा अन्ना हजारेको अनशन प्रकरण सेलाउँदै गर्दा नयनले गरेको अनशनले साझालाई कत्तिको 'साझा' बनाउला थाहा छैन । तर, यसले साहित्यकारहरूलाई एक ठाउँमा ल्याउने कामचाहिँ गर्‍यो । इतिहासमा गर्व गर्ने, वर्तमानमा तुँवालो लागेको यो संस्थाका विषयमा सहरमा थुप्रै कोणबाट चर्चा भए । जनक शिक्षाले प्रकाशन गर्ने पुस्तक बेचेर बाँचेको भनिने साझाले साहित्यलाई लगाएको गुनका विषयमा पूर्वअध्यक्ष, महाप्रबन्धक र सञ्चालकहरूले रत्नपार्कमा छोटो मीठो भाषण गर्ने अवसर पनि पाए ।

    दुई महिनाजति पछि हुने साझाको साधारणसभा पनि अनशनको छेउतिर आएर बस्यो । अनस्थलछेउको चौरमा यसको राजनीतिको पनि चर्चा भयो । 'लु' नामक उपन्यासको पाण्डुलिपि तयार गरेर बसेका नयन अनशनको आँधीमा छिरेपछि उनको पाण्डुलिपि भने केही समय बिचल्लीमा पर्‍यो ।

    साझा प्रकाशनलाई कृषि मन्त्रालयबाट सारेर शिक्षामा लानुपर्ने, अध्यक्ष र महाप्रबन्धक एकैजना बनाउन नहुने र महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छानिनुपर्ने उनका माग थिए । 'सञ्चालक समितिको बैठकमै यी कुरा ल्याएको थिएँ,' अनशनपछि उनले अन्तर्वार्तामा भने, 'त्यहाँबाट नभएपछि अनशन बस्नुपरेको हो ।'

    प्रधानमन्त्रीको आश्वासनपछि अनशन तोडे पनि साझा सुधार अभियान बल्ल सुरु भएको र यो गन्तव्यमा नपुगी नटुंगिने पनि उनले बताए । अनशनका माग हेर्दा एउटा संस्थासँग सम्बन्धित भए पनि माहोलले चाहिँ अनशनलाई साहित्यिक बनाइदियो ।


    प्रकाशित मिति: २०६८ भाद्र ३१ १०:५८