Monday, July 30, 2012

लू-उपन्यास-अभाव र सङ्घर्षको कथा


लू- उपन्यास: अभाव र सङ्घर्षको कथा
सञ्जु शिल्पकार 
(मजदूर दैनिक,जुलाई ३०,२०१२)

    "लू" नयनराज पाण्डेद्वारा लिखित उपन्यास साहित्य साहित्यकै निम्ति लेख्नेहरूको भीडमा "लू" एउटा पृथक परिचय बोकेको उपन्यासभन्दा फरक नपर्ला।

    पात्रहरूको सजीव चित्रण र पाठकसँगको भावनाको साइनो जोड्ने कार्यमा लेखक सफल भएका छन्। अभावले चेतना र बुझाइमा तुवाँलोको पर्दा लगाइदिन्छ भन्दा अतिशयोक्ति नहोला। बजरङ्गी त्यस्तै एउटा पात्रको रुपमा पाठकको आँखामा आउँछ। अभाव, गरिबीको भुमरीले मान्छेलाई गलत कार्य गर्न उक्साउन त उक्साउँछ तर गरिबको मन सबैभन्दा बढी विद्रोही पनि हुन्छ। आफ्नो गल्तीलाई महसुस गरेर बजरङ्गीले "दर्जीकामा जान्छु, कट्टु सिलाउनु" भनेको छ। देशलाई माया गर्ने प्रत्येक नेपालीले भारतीय हस्तक्षेपको विरुद्ध बोलिएका यी शब्दहरूलाई अवश्य नै आत्मसात गर्छन्। भारतको निम्ति उसको झण्डा उसको सान मान्नेले नेपालको अस्तित्वमा कुल्चिने आँट गरेको छ। हाम्रो अस्मितालाई नस्वीकार्ने भारतको पाखण्डलाई यस उपन्यासले उजागर गरेको छ।

    नेपालीलाई नेपालकै सीमाभित्र, आफ्नै माटोमा एसएसबीका जवानले पिट्छ भन्दा आलीसान महलमा बस्नेहरूले त्यो पीडाबोध गर्न कहाँ पो सक्लान् ररु जुत्ता लगाउनेलाई थाहा हुन्छ जुत्ताले कहाँ पोल्छरु बजरङ्गीको कट्टु लगाएको अवस्था पढ्दै गर्दा सोचाइमा प्रश्न मडारिरहेथ्यो -त्यो दिन भारतलाई सह्य होलारु जुन दिन प्रत्येक देशभक्त नेपालीले तिनको झण्डाको कट्टु बनाउँछन्।

    "लु" मात्र सीमा नजिकका नेपालीहरूको पीडा समेटेको उपन्यास भनेर विचारको साँगुरो दायरामा सीमित गर्नु सम्पूर्ण देशभक्त नेपालीहरूको अनादर गर्नुसरह हुन्छ। चाहे हिमाल होस् या पहाड या तराई देशलाई दुख्दा सबैको मन दुख्नुपर्छ। तराईको पीडा शीतल पार्न हिमाल झुक्नुपर्दा पहाड जुट्नुपर्छ।

    हिमाल कठ्याङ्ग्रिदा तराई उठ्नुपर्छ ।
    शरीरको कुनै अङ्गमा चिमोट्दा पूरा शरीरलाई दुख्छ। हो, देश पनि एक ठाउँमा दुख्दा पूरा देश दुख्छ।
    हामी अझै पनि चुप छौँ। मौन छौं। आजको मितिमा पनि अरु धेरै नुसरतहरूको अस्मिता लुटिंदै छर पनि हामी मौन छौं। नुसरतमात्र एउटी पात्र होइनन् नेपाल आमाकै प्रतिनिधित्व गरेकी छिन्। हाम्री आमालाई दिनदहाडै भारतीय फौज लुट्दै छन् र पनि देश हाँक्नेहरू आनन्दको निद्रामा छन्। छि ......कस्तो विवेकशून्य प्राणीहरू ।

    नेपालीहरू आफ्नै आँगनमा त्रसित भएर बाँच्न विवस भएको विवशताको चित्रण एकदम मार्मिक छ र लेखक प्रत्येक पाठकको मनमा आक्रोश र प्रतिशोधको भावना पैदा गर्न पनि सफल भएका छन्। बजरङ्गीलाई कठालो समाएर "भारत माताकी जय भन्न लाउँदा उसको लाचार जय....."शब्दको प्रतिध्वनि कतै आफ्नै कानमा ठोक्किएर हाम्रो देशभक्तिमा भद्दा व्यङ्ग्य गरेझैं लाग्छ।

    प्रकृतिको "लू" भन्दा पनि असह्य दनदनी बलिरहेको अपमान र आफ्नै माटोमा प्रवासी हुनुको पीडाको "लू" शासक वर्गलाई किन लाग्दैन ?

    नेपाली–नेपालीबीचको भावनामा आघात पुर्‍याउने काम नेपालीबीचको सामाजिक सद्भाव खलबल्याउने काम भारत गर्न चाहन्छ र गरिरहेको छ। बाघचाल खेल्दैछ भारत प्रत्येक नेपालीहरूको जीवनमा। यद्यपि अघिसम्म आफ्ना बन्दागोभी बाख्राले खाएको झोंकमा शिवकुमारी रजियामाथि जाइलागे पनि उनका यी शब्दहरू रजियालाई मात्र जोगाइरहेका थिएनन्। यिनमा हामी नेपालीहरूको आपसको आत्मीयता असरल्ल छचल्किन्छ। तिनका शब्द थिए, "मुसलमान भए पनि यिनीहरू खराब छैनन्। यिनीहरू खराब काम गर्दैनन्। यसलाई केही नगर। अझै पनि नेपालीबीचको एकता यसरी कायम गर्नु छ।

    भारतीय गुण्डाहरूको आतङ्ककै बीचमा कट्टर भनिएका टुटे पण्डित मुसलमान छिमेकीहरू जोगाउन तल्लीन रहेन "लू"को घटना भारतीय विस्तारवादलाई झापड ठहर्‍याउँदा अतिरञ्जना अवश्य हुन्न।

    प्रत्येक पाठकको मन चसस्क बिझाउँछ र बिझाउनुपर्छ। टुटे पण्डितले गाउँ छाड्दै गरेको छिमेकीलाई बिदाइ गर्दा गुनेका शब्दहरूले गाउँ उध्रिदै छ। विस्तारै विस्तारै ........पुरानो स्वीटरजस्तै।

    तर होइन हामी नेपालीले हाम्रो देश र हामीबीचको सद्भावलाई उध्रन दिनुछैन।

    रेडियोलाल, शम्भुराम अमरपाल सिंहजस्ता पात्रहरू हाम्रो देशका शासनमा बसेका मध्ये हुन् भन्ने कुरा जानकार सबैले बुझेकै कुरा हो।

    यथार्थपरक लू ले नेपाली साहित्याकासमा आफ्नो विशिष्ट स्थान बनाएको छ।

    अभाव, गरिबी, भोकमरीले ग्रस्त पत्थरपुरवाका जनतामाझ व्याप्त अन्धविश्वासमाथि पनि लेखकले न्याय गरेका छन्। उल्लु कराउनु, चमेराको सपना देख्नु, जेठमा पाँचवटा आइतबार पर्नु अन्धविश्वासको प्रतीकमात्र नभई सटिक भारतीय विस्तारवादलाई जनाउने प्रतीकजस्तो पनि लाग्छ।

    यस्तै अमानवीय, आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसितको युगौंदेखिको सङ्घर्षबीच पनि इलैया, बजरङ्गी, बृजलालको मित्रता चुलिएको छ। नुसरत र अनवरको सुकोमल प्रेमलाई जस्तै साम्प्रदायिक स्थितिमा एकगठ भएको सामाजिक सद्भावले बचाएको छ।

    एकाध र घटनामा व्यक्त भएका शब्दहरू अश्लीलताभन्दा पनि घटनालाई स्पष्ट पार्न आवश्यक परिस्थितिजन्य कुराभन्दा फरक नपर्ला।

    तर लू काठमाडौं खाल्डोलाई मात्र साहित्य र साहित्यिक विषय केन्द्र भन्ने कथित ठूला लेखकहरूको निम्ति गतिलो उत्तर हुनसक्छ।

    साहित्यले ठूलाको, हुनेखानेको स्तुतीगान भजाउने समयमा लेखक नयनराज पाण्डेले अभाव र सङ्घर्षको कथा उन्नुभएकोमा धेरै धेरै साधुवाद ।

Sunday, July 29, 2012

लू उपन्यासको अध्ययन-


लू उपन्यासको अध्ययन

– लक्ष्मीशरण अधिकारी (पिएच्.डी.)

१. लू उपन्यासको वस्तुसार

इलैया राप्ती नदीमा डुबेर बेपत्ता भएको हल्ला गाउँभरि फैलिन्छ । इलैयाले गाउँका साथीभाइलाई थर्काएर राखेको हुन्छ । नामुद गोताखोर झिकाएर खोज्दा पनि इलैयाको लाश फेला नपरेपछि उसलाई पानीभूतले निल्यो होला भन्ने निष्कर्षमा समाज पुग्छ र कुशको इलैया बनाएर माटामा पुर्ने काम हुन्छ । तेह्रौं दिनका दिन इलैयाका बाउआमा (नन्दु र हरदेई) ले परम्पराअनुसार गाउँलेलाई दालभात खुवाउँदै गर्दा इलैया टुप्लुक्क आइपुग्छ ।

दश वर्षकै उमेरमा इलैयाले उरन्ठेउला गतिविधि गर्छ । नन्दुले इलैयालाई विद्यालयमा भर्ना गर्छ तर ऊ विद्यालयको अनुशासनमा बस्तैन । इलैयाले रामलीलामा सीताको भूमिका खेल्नेसित आसक्ति देखाउँछ तर रावणको कुटाइ खाएपछि उसको एकोहोरो प्रेम प्रकरण समाप्त हुन्छ ।

भिखारी आफ्नो छोरो बजरङ्गीलाई नेताको चर्पी सफा गर्ने परम्परागत काममा नलगाएर नेताका हातमा सुम्पिन्छि । नेताले दया गरी झन्डा समातेर दौडने काम दिन्छ । इलैयाले सिनेमाको कथाबाट प्रभावित भएर आमालाई टीका किनेर ल्याउँछ तर जङ्गल गएकी आमा सर्पले डसेर मर्छे । इलैयाको बाबु नन्दुले चमेली नाम गरेकी महिलासँग दोस्रो बिहे गर्छ र घर ल्याउँछ । इलैयाले आमाका रूपमा चमेलीलाई अस्वीकार गर्छ र उधुम मच्चाउँछ । नन्दु पत्नी लिएर गृहत्याग गर्छ । इलैयाले मुसलमान तरुनी नुसरतमा आफ्नी आमा हरदेईको प्रतिबिम्ब देख्छ र एकोहोरो प्रेम गर्छ । उसले नुसरतसित गाँसिएका विगतका कुरा सम्झिन्छ र ऊप्रति एकोहोरिन्छ तर चाहेर पनि नुसरतसँग मनको इच्छा व्यक्त गर्न सक्तैन । नुसरतलाई प्रभावमा पार्न गोबरीले हातपात गर्दा पनि गान्धी भएर थापिन्छ । गोबरीले बच्ची बेच्न खोज्दा रोक्ने असफल प्रयत्न गर्छ ।


Saturday, July 28, 2012

कालेबुङमा लू-मनोज बोगटी

Manoj Bogati

मनोज बोगटी कालिङपोङका चर्चित पत्रकार, साहित्यकार हुनुहुन्छ ।)

(फेसबुक प्रतिक्रया )

सॉंच्चै लू ले कालेबुङका हामीलाई अचम्मैको आनन्द दिएको हो। मैले नै दार्जीलिङका भूपेन्द्र सुब्बा, निमा शेर्पाहरूलाई लू किन्न लगाएँ। उनीहरूले पनि अचम्मैको राम्रो पुस्तक माने। यसलाई अघि राखेर धेरै कफिकप रित्तिएको छ। गम्भीर र पपुलर फिक्सनको बीचमा भएर, दुइटै आँगन टेकेर (बौद्धिक र आम)तपाईँको लेखन छ। हामी यसलाई आजको लेखन भनिरहेका छौं। यसले पुराना मान्यता र परिभाषाहरू तोड्ने छ। गम्भीर विषयलाई आम नागरिकको भाषाले भन्न सक्नु आजको लेखन भन्दैछौं। तपाईँको लू उदाहरणको निम्ति देखाउँदैछौं। कवितालाई पनि यसरी हेर्ने काम भइरहेको छ(उदाहरण-विसे नगर्चीको बयान)। उलार पढ्न पाइएको छैन। कालेबुङमा मगाएका छौं। पढ्छौं नै। लू-को सफलताको निम्ति बधाई।

July,27, 2012

Friday, July 27, 2012

An objerver-Loo-By Khagendra Lamichhani


EXTRACTS/Published in REPUBLICA on July 27,2012

  An observer  
 
THE WEEK BUREAU

KHAGENDRA LAMICHHANE

Badaa dukha au pidako saath bhannuprariraheko chha ki gaun ra thaun uhi bhaye pani aba hamro patta-thegana chahi badaliyekochha. Tapailai maloom jankari chhaina hola. Katai samachar-omachar, khabar-obar pani ta kasaile diyena. Na radiole kehi bolyo, na akhabarle kehi lekhyo. Netasetale pani kahin katai bolideyenan. Taba kasari thaha hunchha tapai lai? Tyesaile kitab pathaune thegana tala lekhidiyeko chhu saheb! Note garnuhola!
Shree Ganga Prasad urf Tute Pandit
Gram: Patharpurawa
Uttar Pradesh, Bharat 

–Loo by Nayan Raj Pandey

This is part from the epilogue from the novel “Loo” by Nayan Raj Pandey which focuses on the social setting of a Nepali village called Patharpurawa on the Nepal-India border.

The region has been neglected by the Nepali governments and disregarded by the Indian communities as well. Hence the locals suffer, caught in between the borders.

The epilogue is a letter sent by a fictional character “Tute Pandit” from the novel to the author. In the beginning of the novel, the village Patharpurawa is an ideal place of ethnic and religious harmony.

However, a clash arises due to a single incident. Amid government neglect and political disruptions, the scenario worsens and the village people who used to be pride themselves for being Nepali and used to fight against Indians who tried to demean them, end up being a part of the Indian territory – hence the address mentioned in the letter: Uttar Pradesh, Bharat.

By having this letter in the book, the novelist makes his point in such a witty way. How he uses this is also a great piece of political satire. A Nepali village has now shifted to India and yet no radio, newspapers or politicians cared to speak about it.



The region remains neglected and even so called intellectual minds like authors and writers remain ignorant about it. That’s my personal perspective on this.

The book pictures the deeply rooted reasons behind the Madhesh uprising, what the locals felt, why they chose to rebel and what government negligence has led to.

The book, as a whole, is a great read, hard to put down and I finished it in one go. How he incorporates its preface, epilogue and acknowledgement into the story itself is also very fascinating.

About Lamichhane

Lamichhane is a writer, theatre actor and a leading young playwright. He’s also the senior script writer and director of the famous radio drama series “Katha Mitho Saarangiko” on BBC 103 FM.

Paaniphoto, a collection of plays is his most recent work. The title play “Paani Foto,” which was also staged at Gurukul, with its simple storyline has been a favorite of many theatre goers.

Veteran theatre artists and gurus from Sunil Pokharel to Anoop Baral all refer to Lamichhane as one of the most promising young writers – not just in plays but in Nepali literature.

Originally from Pokhara, Lamichhane is a lover and follower of simplicity – in his writing style and real life as well. He mentions Anton Chekhov, BP Koirala, Nirmal Verma as his favorites among many writers whom he admires. Currently, he is working on the collection of dramas aired on Katha Mitho Saarangiko along with his short story collection.

(As told to Ujjwala Maharjan)

Thursday, July 26, 2012

लू- यसलाई म पाथेर पान्चालीको उचाइको उपन्यास मान्छु ।-राजेन्द्र भण्डारी

Bhandari Rajendra 

(राजेन्द्र भण्डारी विशिष्ट साहित्यकार हुनुहुन्छ । भारतीय नेपाली साहित्यमा उहाँको नाम अत्यन्त श्रद्धाका साथ  लिइन्छ । उहाँले लू पढेपछि  फेसबुक मार्फत ब्यक्त गर्नु भएको यो छोटो विचार मेरो लागि अत्यन्त विशाल प्रेरणा भएकोले यहाँ राखेको छु ।

LOO.....yaslai ma Pather Panchaali ko uchaaiko upanyas maan6u...

लू- यसलाई म पाथेर पान्चालीको उचाइको उपन्यास मान्छु ।

July 27,2012





Wednesday, July 25, 2012

LOO-Dr.Rabindra Sameer

Loo-Dr.Rabindra Sameer


(Facebook comment)


Loo is mirror of marginalized, disadvantaged and neglected peoples. How Nayan Dai wrote this fabolus novel ? i read it twice & will read again.........!


July 25,2012

Friday, July 20, 2012

LOO-Jay Limbu Yakso


Jay Limbu Yakso

(Facebook comment/July 20,2012)

As a amateur reader, when i was following the way of English literature and its different genre, LOO (which i read it almost 5 times) took my special attention.......... vivid character, phenomenal and appreciable subject matter, spectacular way of presentation of same incident from different perspectives, and rightly used descriptive features made its more interesting to go through. And importantly as i am the resident of border-shaded area, every incident and scenes makes a perfect image in my mind. I think to call it just a novel will be prejudice on it, its a branded piece of Nepalese literature............ Hats off Nayan Raj Pandey sir......