Sunday, October 27, 2013

गजबको शैली-कमलकुमार-कान्तिपुर कोसेलीमा प्रकाशित "घामकिरी"को समीक्षा-

गजबको शैली


    (प्रकाशन मिति:२०७० कार्तिक ९ गते शनिवार, अक्टोबर २६,२०१३)

    काठमाडौ, कार्तिक ८ - 
    ७० हजार शब्दको उपन्यासलाई लेखकले कविता भनिदिएका छन् । प्रेम कविता । उपन्यास राजु भनिने पात्रको भड्काइमा केन्दि्रत छ । भौतिक र काल्पनिक दुवै खाले भड्काइ । नेपालगन्ज आसपासको त्यो किशोरले पद्मिनी कोल्हापुरे भनिने बम्बईकी हिरोइनलाई फिल्म हेरेर मन पराउँछ र पहिलो प्रेम हस्तमैथुनमार्फत् व्यक्त गर्छ । कहिल्यै नभेटेको ती महिलाको प्रेममा बहुला भएका लेखकले उपन्यास उनकै मुस्कानहरूको संग्रह हो भनेर किताबको भूमिकामै कविता लेखेका छन् । तर 'घामकिरी' मुस्कानहरूको मात्र होइन, आँसुहरूको पनि संग्रह हो । 

    यसअघि 'उलार' र 'लु' जस्ता ब्लकबस्टर उपन्यास नेपाली पाठकलाई दिएका नयनराज पाण्डेले यसपटक भने केही नयाँ शैलीबाट पस्केका छन् यस उपन्यासलाई । उपन्यासले बोकेको गुदी कुरो अथवा कथावस्तु अघिल्ला उपन्यासको अगाडि साह्रै फिक्का देखिन्छन् । तर भाषा, शैली र कल्पनाशीलताचाहिँ बेजोड छ । सामान्य कुरालाई पनि असामान्य ढंगमा प्रस्तुत गरेका छन् लेखकले । उपन्यास पढिसकेपछि नपढेको मान्छेलाई सुनाउने कुनै कथा हुँदैन पढ्नेसँग । तर उसको मन मस्तिष्कभरि घटना र पात्रहरूको रंगीन चित्र नाचिरहेको हुन्छ । 

    आमा बिरामी भएको बहाना बनाएर बाउको साथीसँग १५ सय रुपैयाँ ऋण लिएर आफ्नी सपनाकी रानी पद्मिनीलाई भेट्न लखनउ र दिल्ली हानिएको राजु भारतीय महानगरीका फोहोरी र चरम गरिबीका यथार्थका माझ हराउँछ । मुम्बईका सुकुम्बासी बस्तीमा भेटिएका थरीथरीका पात्रहरूका अआफ्नै सुखदुःखका बेलिबिस्तारले कहींकहीं पाठकका आँखा रसाउँछन् । लेखकले बडो चलाखीपूर्ण ढंगले उपन्यासका बीचबीचमा राखेका यथार्थजस्तै लाग्ने काल्पनिक विवरणहरूले पनि उपन्यासमा थप रोमाञ्चकता थपिदिएका छन् । तर कतै कतै भने लेखकको कल्पनाशीलता चाहिनेभन्दा बढी झल्कन्छ । जसले एकनासले बगिरहेको पाठकीय संवेदनालाई होच्याएजस्तो लाग्छ । 

    'घामकिरी'को बलियो पक्ष भनेकै यसको लेखाइको शैली र भाषा हो । नयनका अघिल्ला उपन्यासजस्तै यो उपन्यास पढ्दा पनि फिल्म हेरेजस्तै लाग्छ । पाठकले कुनै कष्ट गर्नु पर्दैन । जति कष्ट गर्नुपर्ने हो लेखकको दिमागले गरिसकेको छ । भन्छन् नि साधारण कुरा बनाउन असाधारण मिहिनेत गर्नुपर्छ । उपन्यासले समेटेको दायरा पनि फराकिलो छ, विसं १९२२ मा भोजपुरमा जन्मेकी योगमायादेखि २/४ वर्ष पहिले मुम्बईका सुकुम्बासी बस्तीमा जन्मेसम्मका पात्रहरू छन् । घटना र पात्रहरू समय र भौगोलिकताको विशाल परिधिमा फैलिए पनि उपन्यास सरसर्ती बगेको छ । पाठकलाई कहीँकतै ठेस लाग्दैन । झन् राजु भनिने पात्र मुम्बई पुगिसकेपछि त उपन्यास कति छिटो अघि बढ्छ थाहै हुँदैन । 

    'उलार'ले नेपालगन्जदेखि काठमाण्डुसम्मको यात्रा गर्‍यो । 'लु' नेपालगन्ज आसपासका सीमा क्षेत्रमा देखियो । 'घामकिरी'ले भने मुम्बईसम्मको यात्रा गरेको छ । उपन्यासमा धेरै पात्र र प्रसङ्ग भारतीय छन् । तर यो भारतीयको भन्दा पनि मानवीय संवेदनाको फेहरिस्त हो । नयनको उपन्यासका सबभन्दा सुन्दर पात्रहरू भनेका मुसलमान पात्र हुन् । 'घामकिरी'मा पनि ती पात्रहरू देखिन्छन् । ती नयनका उपन्यासमा मात्र नभई नेपाली साहित्यका मूलधारे पात्रहरू भन्दा फरक, विशेष र आकर्षक छन् । 

    हुन त, उपन्यासमा कतै पनि सिजोफेनिया भनिने रोगबारे उल्लेख भएको छैन न त यो शब्दको प्रयोग नै भएको छ । तर पाठकले उपन्यास पढिसकेपछि अनुमान लगाउन सकिन्छ राजु भनिने पात्र यस्तै एउटा मानसिक विशिष्टताबाट गुजि्रएको छ जो हुँदै नभएका घटनामा हराउँछ । उसले कहिल्यै नभेटेको व्यक्ति उसकी प्रेमिका हुन्छे । जोसँग ऊ पटक पटक भेट्छ । जसलाई ऊ पटक पटक चुम्बन गर्छ । कल्पना र वास्तविकताको ठाउँठाउँमा भेट हुन्छ 'घामकिरी'मा । बलिउड स्टार पद्मिनी कोल्हापुरेलाई भेट्न मुम्बई हिँडेको ठिटो पद्मिनीसँगको प्रेम बिर्साइदिने अरू यथार्थहरूमा अल्मलिन्छ । 

    'घामकिरी' प्रेमको कथा होइन । उपन्यासबाट योगमाया र पद्मिनी कोल्हापुरेलाई हटाइदिने हो भने पनि यो उत्तिकै शक्तिशाली बन्छ । लेखकले प्रेम भनेर ढाँटिदिएका मात्र हुन् । 'घामकिरी' समाजको, गरिबीको, मान्छेको मनको, ठूला सहरको, सानागाउँको, मित्रताको, यात्राको, भारतीय रेलको, ठगको, पुलिसको, अपराधको, ल ठीकै छ अलि-अलि मायाको पनि विवरण हो । शक्तिशाली ।

    ५० वर्षभन्दा अघि जेडि स्यालिन्गरले लेखेका 'क्याचार इन द राइ'को शैलीसँग अलिअलि मेल खान्छ 'घामकिरी' । स्यालिन्गरको उपन्यासमा पनि घरमा एउटी सानीबहिनीलाई औधि माया गर्ने एउटा किशोर यसैगरी भड्किएको हुन्छ । 'घामकिरी'मा आफ्नो जन्मिदै नजन्मिएको भाइलाई सम्भिmँदै हिँडेको हुन्छ राजु । कतिपय विम्ब 'एक शताब्दी लामो मौनता' जस्ता कुराले पनि क्याचर इन द राइको झल्को दिन्छ । तर मलाई थाहा छ, त्यो संयोग मात्रै हो । 

    स्वाभाविक रूपमा बजारमा उपन्यासबारे तीनखाले प्रतिक्रिया सुनिएका छन् । धेरैले धेरै राम्रो भनेका छन् । अलिअलिले अलिअलि राम्रो भनेका छन् । थोरैले थोरै राम्रो भनेका छन् । प्रस्ट भन्ने हो भने 'घामकिरी'ले कुनै सिद्धान्त, दर्शन, गह्रौं विचार, केही बोकेको छैन । यसैकारण पनि 'घामकिरी'लाई कतिपयले हलुका साहित्यको रूपमा समेत लिएका छन् । तर हामी एकातिर साहित्यका पाठक बढाउन चाहन्छौं र अर्कातिर प्रगतिशील विचार, मुक्ति र क्रान्तिका कुरा भएन भनेर कुनै किताबको आलोचना गर्छौं भने समस्या साहित्यमा होइन हाम्रो पाठकीय पारम्परिकतामा छ । 

    किताब पढ्नेले पढिसक्नुभयो । नपढ्नेलाई पढ्न सुझाव । तपाईंलाई मन पर्ने नेपाली किताबको सूचीमा 'घामकिरी'को नाम पक्कै थपिनेछ । 

    प्रकाशित मिति: २०७० कार्तिक ९ १०:४४

    Friday, October 4, 2013

    LOVE AND ILLUSIONS:GHAMKIRI

    Love and illusions: BIBEK ADHIKARI


    (THE KATHMANDU POST-5 Sept.2013 Saturday)


      OCT 04 -
      Standing out starkly against the kind of clichéd fare that presently dominates the Nepali fiction market is a witty and engrossing new novel titled Ghamkiri, which chronicles the love affair between the protagonist and his imaginary sweetheart. Ringed by author Nayan Raj Pandey’s own experiences in Mumbai, to where he allegedly fled while in high school, and marked thus by a semi-autobiographical tone, the story is at once absurd yet linked inextricably to reality, resulting in a read that is difficult to put down.
      The story stirs awake in mythology, opening with a young Yogmaya and a dragonfly, whose tail is tied to the end of a string. This is followed by the well-known tale of King  Bhartrihari, who had turned into an ascetic after tasting a portion of magical fruit. Finally, we’re let into the core narrative. Our protagonist is a young schoolboy who is smitten with Padmini, a famous Indian actress, and decides to head off to Mumbai to meet her in person. It is a journey with uncertain ends, into new realms, and a new life. Once in the city of films, the boy is initially dazzled by what he sees around him—although that doesn’t last too long. Soon enough, his dreams
      are shattered when he realises surviving here is going to be much more difficult than he imagined. It is as we watch him use his wits to scrape by in such harsh circumstances that Pandey’s skills really come through, with the story ripening appropriately from this point onwards.
      The narrator does his best to get in touch with Padmini, but all his efforts are in vain. Ultimately, he decides to return home, and that is where he is hit by a series of epiphanies, his eyes finally opened and lessons gleaned. The final revelation is achieved in a tactful and memorable way.
      Subplots in the novel have been woven in judiciously, giving it a multidimensional effect. We’re shown the wretchedness and vulnerability of the lives of the Indian poor, as well as the immigrants who have come to share their misery. Pandey’s careful use of surrealist elements in Ghamkiri is yet another notable
      feature. It serves to underline the title’s significance: most characters, the book seems to tell us, are flying high in the skies, much like the titular creature itself, propelled by the illusion of love, and thereby creating their own worlds of possibilities.
      The author also employs well the kind of region-specific speak that is necessary for a degree of authenticity in the text—dialects rooted in Nepalgunj, for instance. The language is not flowery, very minimalist, and the editing is clean—cleaner than a lot of Nepali novels out there.
      For all its insights, however, one major drawback can be Pandey’s penchant for long sequences of short sentences that slow the reader down. The pace could’ve brought clarity, created suspense or emotion, but here it is exploited to tedious ends. Also, the multitude of factual data punctuating the text feels forced at times.

      Pandey is becoming increasingly well-known in the sphere of contemporary Nepali literature as a producer of engaging fiction, a fact to which his previous works, including Ular and Lu, pay testimony. And this new work will no doubt serve to cement his standing in the scene.

      Posted on: 2013-10-05 09:35

      Sunday, September 15, 2013

      नाम-घामकिरी:नयनराज पाण्डे

      (कान्तिपुर कोसेलीमा मिति २०७० भाद्र २९ गते शनिवार प्रकाशित मेरो लेख)

      घामकिरी । अन्ततः नाम यही हुने भयो । केही साथीहरू, जसले अरू नै शीर्षकमा मेरो यो उपन्यासको पाण्डुलिपि पढ्नुभएको थियो, उहाँहरू चकित हुनुभयो । केहीचाहिँ नयाँखालको नाम आयो भनेर खुसी हुनुभयो भने केही छक्कै पर्नुभयो । केहीले भन्नुभयो, 'नामले केही हुन्न, मुख्य कुरा विषय हो र विषयलाई अभिव्यक्त गर्ने शैली र शिल्प हो । कथालाई कसरी भनिएको छ यो नै महत्त्वपूर्ण कुरा हो ।' 'ह्यारी पोर्टर'की लेखिका जेके रोलिंगले रबर्ट गलब्रेथ नाम राखेर नयाँ क्राइम फिक्सन 'द कुकुज कलिङ' लेखेको कुरा सार्वजनिक भएपछि नाममा केही छैन भनेर तर्क गर्नेहरूलाई थप बल प्राप्त भएको छ । तर 'घामकिरी'को नाम सुनेपछि केहीले नामको पनि अर्थ हुन्छ भन्नुभयो । म मख्ख परें ।

      नाममा के छ ? शेक्सपियरले उठाएको यो प्रश्नको हामीले विभिन्न किसिमले जवाफ दिन सक्छौं । अध्यात्मले पनि भन्छ, नाम हैन कर्म ठूलो कुरो हो । सही होला । तर म यो तर्कलाई आँखा चिम्लेर, हरेक अर्थमा सही हो भन्न सक्दिनँ । हामी कुनै व्यक्तिलाई नामले सम्भिmन्छौं र नामले बहन गरिरहेको उसको शरीर, उसको सोच, चिन्तन र कर्मलाई पनि सम्झछौँ । व्यवहारमा नाम जरुरी छ । नामलाई गौण ठान्ने विद्वान्, ऋषिमुनिहरू पनि नामैले चिनिएका छन् । 

      सन् २०१२ ताका मेलबर्न र न्युयोर्कका केही विश्वविद्यालयले नाममाथि नै शोधकार्य गरेका रहेछन् । अन्ततः उनीहरूको निष्कर्ष निस्कियो, 'नामले व्यक्तिको छवि बनाउने र उसको निर्णय निर्माण प्रक्रियालाई पनि प्रभावित गर्छ ।' व्यावसायिक कार्यस्थलमा सजिलो नाम भएका मान्छेहरूप्रति सबैको सकारात्मक रवैया रहन्छ भन्ने तथ्य त्यो अध्ययनमा सार्वजनिक भएको रहेछ । कुनै दिन एउटा होटलमा रेड ह्यान्ड समातिएका एकजना साथीले पनि आक्रोशित हुँदै भन्थ्यो, 'नाममा केही छैन भनेर हुन्छ ? कुनै कुकर्म गरेर फँसेपछि आखिर सार्वजनिक हुने त नामै रहेछ ।' 

      जे होस्, नाममा केही छ या छैन, यो तर्क पछाडिको दार्शनिक चिन्तनतिर लाग्नु छैन अहिले मलाई । यतिखेर त मलाई नाममा पनि केही दम हुन्छ भन्ने मेरो तर्कलाई पुष्टि गर्नु छ, त्यो पनि आफ्नै केही किताबका उदाहरणसहित ।



      'िउलार' मैले २०५३ सालमा लेखेको हुँ । जम्मा चार दिन लागेको थियो मलाई 'उलार' लेख्न । मसिनो कायाको उलारको अन्तिमका चार पाँच शब्दहरू हटाउनुबाहेक त्यतिबेला पुनर्लेखन केही गरिएन । पुनर्लेखनको केही प्रयास भने गरेको थिएँ । तर मलाई पहिलो डाफ्ट नै मन पर्‍यो र त्यही रूपमा प्रकाशित पनि भयो । चार दिनमा लेखिएको 'उलार'को नाम जुराउन भने मलाई करिब चारै महिना लाग्यो । बीचमा अनेकअनेक नाम सोचें । साथीभाइलाई सोधें । केही नाममा साथीभाइले सहमति पनि दिनुभयो । तर पनि म सन्तुष्ट थिइनँ । अचानक एकदिन प्रेमललवाको टाँगा उलार भएको दृश्य फन्फनी आँखामा घुम्यो । उलार भएको प्रसंग उपन्यासमा थियो पनि । अन्ततः शीर्षक राखें- 'उलार' । 'उलार' शीर्षक निश्चित भएको दिन मलाई सानोतिनो युद्ध जितेको अनुभव भएको थियो । लाग्यो, त्यो सानो उपन्यासको योभन्दा असल र सार्थक नाम अरू केही हुनै सक्दैन । उपन्यास बजारमा आएपछि नामको पनि तारिफ नै भयो । 



      भिmन्डै दस वर्षपछि म अर्को उपन्यास लेख्न तम्सिएँ । नेपालको दक्षिणी सीमावर्ती भूगोलको कथाव्यथा लेख्छु भनेर योजना बनाएको केही महिनापछि उपन्यास लेख्न थालंे । उपन्यासको पहिलो ड्राफ्ट छ महिनामा तयार भयो । तर यसपल्ट भने मलाई जमेरै पुनर्लेखन गर्नुपर्‍यो । झन्डै साढे दुई वर्ष रिराइटमै बित्यो मेरो । मणि शर्माजीले कर नगरेको भए अझै केही पुनर्लेखन गर्ने रहर थियो मलाई । त्यो रहर चाँडै प्रकाशित हुन लागेको 'लू'को नयाँ संस्करणमा केही हदसम्म पूरा गरेको छु । 

      जे होस्, 'लू' शीर्षक जुर्‍यो उपन्यासको । नाम सुनेपछि सबैले तारिफ गर्नुभयो । उपन्यासको कथ्य र यसले बहन गरेको विषयवस्तुका लागि लूभन्दा उपयुक्त शीर्षक अर्को केही हुन सक्थ्यो होला भनेर अहिले पनि मलाई लाग्दैन । तर 'लू' शीर्षक राख्नुअघि मैले यसको पहिलो नाम राखेको थिएँ- बयार । अर्थात् हावा । तर विमल निभाले बयार र उलारको रिदम मिलेकोले यो तुकबन्दीका कारण पाठकहरू झुक्किने सम्भावना रहन्छ, त्यसैले नाम ठीक छैन भनेर ठाडै रिजेक्ट गरिदिनुभयो । त्यसपछि नाम राखें- रावणको प्रेमकथा । पछि 'पत्थरपुरवाको प्रेमकथा' पनि नाम राखें । 'लू'को प्रमुख पात्रको नाममा एकपल्ट 'इलैया' नै शीर्षक राखूँ कि भन्ने पनि लाग्योे । तर कुनै पनि नाम कथानकसित मेल खाएजस्तो लागिरहेकै थिएन । 'लू' भन्ने शीर्षक त अचानक दिमागमा पसेको थियो । फ्लासलाइट चम्केजस्तो झिलिक्क भएर आएको थियो यो नाम । अिनि पालो आयो 'घामकिरी'को । यसपालिचाहिँ अचम्मै भएको थियो । उपन्यासको खाका दिमागमा आउनासाथ मैले यसको शीर्षक सोचिसकेको थिएँ- 'माया मुम्बई' । उपन्यासको प्रमुखपात्रको नेपालगन्जदेखि मुम्बईसम्मको अनौठो र उट्पट्यांग खालको यात्रा नै यो उपन्यासका रैखिक ढाँचा हो । त्यसैले माया मुम्बईभन्दा उपयुक्त नाम अरू केही होला भन्ने लाग्दै लागेन । उपन्यासको पाण्डुलिपि पढ्ने उज्ज्वल प्रसाईं, वसन्त बस्नेतलगायत अरू साथीहरूले नामको साह्रै प्रशंसा गर्नुभयो । उपन्यासको पहिलो पाण्डुलिपि गएको दसैंताका तयार भएको थियो र उज्ज्वलजीले उतिबेला नै पाण्डुलिपि पढेर शीर्षक बेजोड रहेको तर्क दिनुभएको थियो । उपन्यास प्रकाशनको करिब दुई महिनाअघिसम्म मैले दोस्रो विकल्प सोचेकै थिइनँ । तर जब अन्तिमपटकको पुनर्लेखन सकें, मलाई कताकता 'माया मुम्बई' नाम उति सान्दर्भिक नभएको अनुभव भयो । बुद्धिसागरले पनि नाम अलिक चालू खालको भयो भनेर कुरा उक्काएपछि हावाहुरी चलिरहेको मनमा मज्जाले सुनामी र भुइँचालो नै चल्यो । त्यसपछि सुरु भयो अर्को शीर्षकको खोजी ।

      त्यसपछिका दिनहरू अजिबअजिब खालका नामहरू सोचेर बिते । एकपल्ट त नेपाली साहित्यमा अहिलेसम्मकै नभएको लामो नाम राख्ने झोंक पनि चल्यो । सोचें, 'कागजको हवाइजहाज र सोह्र रंगको इन्द्रधनुष' । वाह, नाम आएपछि आफैंले आफ्नो पिठ्युँमा धाप मार्नुजस्तो लाग्यो । एकजना अनन्य मित्रलाई सुनाएँ । उसको प्रतिक्रिया थियो- 'धत्' । दिमागमा फुरेको एक घन्टा पनि नबित्दै सबै इन्द्रधनुषहरू बेपत्ता भए र मन दिक्दार भयो । एकदिन अचानक एक मित्रको फोन आयो । सधैं निराशाकै कुरा गर्ने उनले लामो सुस्केरा छाड्दै भनें, 'कस्तो दिक्दार लागेको छ जिन्दगीसित । घामकिरी भएर आकाशमा उड्न मन लागेको छ ।'

      बस्, के चाहियो । मेरो दिमागमा बत्ती बलिहाल्यो । घामकिरी । त्यही पुतली, बाल्यकालमा जसको पुच्छरमा धागो बाँधेर हामीले चंगा जसरी उडाउँथ्यौं । नोस्टाल्जिक बनाइहाल्यो यो शीर्षकले मलाई । दिल र दिमागमा अनेकअनेक रंगका घामकिरीहरू उड्न थालिहाले ।

      कति धेरै नामहरू रहेछन् घामकिरीका । नेपालमा मात्र विभिन्न भाषामा सयवटा नाम त कम्तीमा होलान् यसका । एउटा नाम लगभग सर्वत्र प्रचलित रहेछ । तर त्यो नाम उच्चारण गरेपछि एकजनाले 'कुनै जाति विशेषलाई होच्याएर राखिएको हो यो नाम, त्यसैले यो नामको विरोध गर्नुपर्छ' भनेर फेसबुकमा मलाई ठाडै हप्काएपछि मैले उक्त नामको उच्चारण गर्नु 'पलिटिकल्ली करेक्ट' नहुने नै ठानें । खेतारी, भदौरे, छिचिमिरा, दसैंकीरा, धोबिना पनि भनिँदोरहेछ यसलाई । काठमाडौंमा 'झ्यालिन्चा' भनिँदो रहेछ । केहीले त 'छ्या, हाम्रोमा त साह्रै अश्लील नाम छ यसको' भनेर पहिलो र अन्तिम अक्षर लेखेर समेत जानकारी दिनुभयो फेसबुकमा मलाई ।

      तर यतिन्जेल मलाई आकषिर्त गरिसकेको थियो 'घामकिरी'ले । यो नाम अलिक फरक सुनिन्थ्यो । यसले हामी सबैलाई नोस्टाल्जिक बनाएर हाम्रो मस्तिष्कमा सुषुप्त रहेको बालस्मृतिलाई सक्रिय पनि बनाइदिँदोरहेछ । सबैभन्दा आकषिर्त भएँ म यो पुतलीको नियतिसित । यो मस्तसित उड्न चाहन्छ । तर हामी यसलाई समात्छौं र यसको पुच्छरमा धागो बाँधेर यसको उडानलाई नियन्त्रिण गरिदिन्छौं । यो निर्बिघ्न उड्न पाउँदैन । त्यसरी नै, जसरी हाम्रा सपनाहरू, हाम्रा चाहना र महत्त्वाकांक्षाहरू स्वतन्त्र र उन्मुक्त भएर उड्न पाउँदैनन् । मैले यो मेरो पछिल्लो उपन्यासमा संकेत गरेका कुरा पनि यही थियो । त्यसैले 'माया मुम्बई' मेरो मथिंगलबाट पखालियो र सुकिलो भएर बस्यो 'घामकिरी' । 

      फेरि विमल निभा र पुरुषोत्तम सुवेदीलाई सुनाएँ यो नाम । उहाँहरूले भन्नुभयो, 'वाह' । जमलको एक रेस्टुरेन्टमा बसेर ब्ल्याक टी खाँदै गरेका बुद्धिसागरलाई पनि सुनाएँ यो नाम । उनले पनि भने, 'वाह' । त्यसपछि के चाहियो, म पनि घामकिरी भएँ र उड्न थालिहालें नि ।

      किुनै पनि किताबलाई नाम दिनु सजिलो काम हुँदै होइन । हरेकलाई केही न केही शीर्षक चाहिन्छ नै । कतिले पाठकहरूको ध्यानाकर्षण गराउनकै लागि पनि केही नयाँ खालका शीषक राख्छन् होला । तर धेरै साहित्यकारको सोच हुन्छ, शीर्षकले नयाँपनको आभास पनि देओस् र किताबको आन्तरिक कथ्यको भावलाई बहन पनि गरोस् । यसले पाठकको जिज्ञासा पनि उत्पन्न गरोस् र लेखकलाई सिर्जनात्मक सन्तुष्टिको अनुभूति पनि देओस् । म पनि किताबका नामहरूप्रति अत्यधिक सचेत हुने जमातमै पर्दछु । किताबको शीर्षकमा पनि एकखालको पर्फ]{सन झल्किनुपर्छ भन्ने सोच रहन्छ मेरो जैले पनि । किताबमा मात्र किन, म कथाहरूको शीर्षक राख्न पनि सचेत हुन्छु । मेरा धेरैवटा कथाको शीर्षक मन पराउनुभएको छ मेरा आदरणीय पाठकहरूले । मेरा कथाहरूमध्ये 'निदाएँ जगदम्बा' शीर्षक सबभन्दा बढी रुचाइएको हो जस्तो लाग्छ मलाई ।

      मेरो यो पछिल्लो उपन्यास 'घामकिरी'को नाम सार्वजनिक भइसकेपछि धेरै मित्रहरूले नामैका कारणले उहाँहरू नोस्टाल्जिक भएको प्रतिक्रिया दिनुभयो । हुन पनि नेपाली समाजको महानगरमा हुर्किएको एकदम पछिल्लो पुस्ताबाहेक सबैले आफ्नो बाल्यकालमा घामकिरी समाएकै छन् । त्यसको पुच्छरमा धागो बाँधेकै छन् र त्यसलाई चंगा बनाएर उडाएकै छन् । मलाई विश्वास छ, मेरो यो उपन्यास 'घामकिरी'ले पाठकहरूको मनभित्र दबेर रहेको स्मृतिलाई फेरि उहाँहरूको अगाडि उपस्थित गराइदिनेछ । उपन्यासका पानाहरू पल्टाइरहादा एउटा रंगीन घामकिरी उहाँहरूको आँखैअगाडि नाचिरहेको हुनेछ । तर मेरो अनुरोध यही छ उहााहरूसित, 'यसपालि नबाँध्नुस् घामकिरीलाई । यसलाई निर्बाध उड्न दिनुस् आकाशमा । त्यसको उडानलाई हेरिरहनुस् । मजा आउँछ ।

      प्रकाशित मिति: २०७० भाद्र २९ १०:००

      Saturday, September 14, 2013

      'LU' a Novel of Soil-Dilip Paudyal(Hetauda)

      'LU' a Novel of Soil


      “LU”, a novel on the lives of unfortunate people living in the border area of the south- west part of Nepal, is written by Nayanraj Pandey. This novel has garlanded varieties of characters mostly from Patharapura village situated in the southern part of Nepalganj. It has presented the pathetic lives of the people who have been constantly raped, demoralized and subjugated by the Indian police with the support of Nepali politicians (traitors). It also portrayed how the violence has been instigated in the name of religion, and how Nepalese land has been captured by shifting pillars at night. Yet, religious tolerance, inclusiveness, and variety of love experiences are oasis in the desert.   
      Ilaiya , the only son of Nandu, is declared death at the beginning of the novel by Radiolal with a great hesitation. According to him, Ilaiya jumped into the water at Rapti River to capture the so called ghost which has engulfed the lives of many villagers. Unfortunately, he didn’t come out of the water after being submerged for long. Then, Radiolal  thought that Iliaya had died. So,  he went to home but hesitated to tell the truth at first.
       As all the villagers are sure of his death, they organize a funeral and also give the mourning feast. At the same moment, Iliaya appears like a ghost which frightens the people. Herdei, the mother of Iliaya becomes happy with the return of his son and so is Nandu. Iliaya grows up with all evil traits such as running away from school, leaving home for many days without information, having tobacco, doing stupid activities in the village etc. Radiolal, Bajarangi and Iliaya wander aimlessly talking about Hindi cinema and their hero and heroine. Looking his activities, Nandu and Herdei  are broken. One day, Ilaiya watches a movie which demonstrates the love between mother and son. After watching the film, his heart gets melted soon with the love of his mother. Then, with the money he has stolen from his father’s pocket, he buys a Kumkum tikka for his mother and goes home. When he reaches home, he sees his mother dead. He later comes to know that she has been stung by a snake in the jungle.
      After few days, Nandu gets married with another woman from another village who is known as prostitute. In fact, she was sold by her parents in a circus where the circus owners raped her time and again. Ilaiya gets angry with his father and even attacks him with knife. Then, Namdu leaves the house and goes to another village with his new wife. Ilaiya falls in love with a muslim girl named Nusarat. But, it is one sided. He has given up some bad habits to impress her. One day, an unidentified person rapes her. As a result her faience breaks up with her. Despite the fact that she has been raped, Ilaiya all the time dreams of taking her to the heaven riding on a winged horse. Each time he determines to express his love, he gets paralyzed in front of her. Later he comes to know that she hates him and loves another boy Karim. This news infuriates him. He goes to Karim’s house and breaks his nose. He also asks 50 rupees that he has lent him earlier. Karim sells his pot and returns his money. When Ilaiya  comes to know this, he cries  for long. One day the Muslim houses are burned down by the so called Hindus from India. But the villagers blame him. At last, Nusarat elopes with Karim riding on a new cycle which Ilaiya has bought for him selling all the ornaments of his mother.
      The above paragraph tells us only about Ilaiya and some characters related to his life. There are many other characters like Radiolal, Kabita,Tute Pandit, Chandu, Hasnu, Durgi, Chameli,Gobari, Brijlal, Salim, Amarpal Singh, Daya Singh etc. who represent the different aspects of the society. Amarpal Singh is an Indian police who terrors the Chandanpur village. Sambhuram involves in the rape of Nusarat. Radiolal’s wife Kabita is pahadiya. She is so passionate in love who has aborted several time before marriage. Her father is a leader who finds Radiolal for his pregnant daughter. However, her beauty has enslaved him. They each time break the “khatiya” while making love.
      Thus, this novel presents a detail of the lives of the Chandanpur villagers with the chutnification of local dialects, love, romance and humour.

      Friday, August 9, 2013

      लेखन मेरा लागि लडाइँ हो-नयनराज पाण्डे


      (सौर्य दैनिक,अगस्ट १०,२०१३ शनिवार)

      -नयनराज पाण्डे/साहित्यकार

      http://www.souryadaily.com/wp-content/uploads/2012/09/71.jpgसमकालीन नेपाली साहित्यमा नयनराज पाण्डे खासगरी उपन्यासकारका रूपमा चर्चित छन् । नेपालगन्जतिर हुर्के बढेकाले त्यहाँका कथा लेख्न उनलाई निकै सहज हुन्छ । उलारलूउपन्यास औधि रुचाइएका नयनका निदाएँ जगदम्बाखोरभित्रको जोकरनामक कथासंग्रह पनि बहुप्रशंसित छन् । सिनेमाको पटकथा लेखन र निर्देशनमा पनि क्रियाशील भएकाले कतिले उनका आख्यानमा फिल्मी नाटकीयता देखिने टिप्पणी पनि गर्छन् ।
      अहिले के लेख्दै हुनुहुन्छ ?
      अलिक फरक विधातिर प्रवेश गर्ने योजनातर्फ पनि केही काम गर्दैछु ।
      तपाईं कसका लागि लेख्नुहुन्छ ?
      म समाजको जड चेतनामाथि हस्तक्षेप गर्न चाहनेहरूका निम्ति लेख्छु ।
      तपाईंका पात्रहरूसम्म रचनाको प्रभाव पुग्दैन, जस्तै उलारको प्रेमललवा । तराईको कुनै प्रेमललवाले आफ्नो कथा पढेर कहिले रोमाञ्चक हुन पाउने ?
      पात्रसम्म रचनाको प्रभाव पुर्‍याउन सके त काइदा हुन्थ्यो नि । तर, सधैँ यही सोच राखेर पनि हुँदैन । आफूले रचनामार्फत उठाएको विषयतर्फ अरू पाठकहरूको पनि ध्यान आकृष्ट होस् भन्ने चाहना पनि राख्नुपर्छ लेखकले । कहिलेकाहीँ समाजका उपल्ला तप्काका मान्छेहरूको ध्यान आकृष्ट गर्न पनि लेख्नुपर्ने हुन्छ । तर, समग्रमा रचनाको सन्देश अथवा संवेदना आम मान्छेसम्म पुगोस् भन्नेतर्फ सबै सचेष्ट हुनुचाहिँ पर्छ । प्रेमललवाले उलारमा आफ्नो कथा पढ्न पाएको छैन । तर, उसका दु:ख र पीडालाई अरूले पढिरहनुभएको छ र त्यसप्रति चासो र सरोकार राखिरहनुभएको छ । मैले त खोजेको नै यही ।
      तपाईंको कथा धरातलीय नै हुन्छ । तर, लेखनचाहिँ फिल्मी टाइपको रोमाञ्चक हुन्छ भन्छन् नि
      कथा लेखेर मात्र हुँदैन । त्यो वैचारिक पक्षले सबल पनि हुनुपर्छ । कला र शिल्प पक्ष पनि उत्तिकै सशक्त हुनुपर्छ । कथा भन्ने शैली आकर्षक हुनुपर्छ । म त्यसतर्फ पनि सचेत छु । म कथालाई पत्यारिलो र रोचक हुने हदसम्म जुन किसिमले प्रस्तुत गरे पनि हुन्छ भन्ने सोच्छु । आजसम्म कसैले मेरो कथा वा उपन्यासमा फिल्मको प्रभाव छ भनेको थाहा छैन । तर लूमा भने मैले सिनेमाको प्रविधिलाई प्रयोग गरेकै हुँ । तर, यसैले त्यति भारी कथानकलाई पनि पाठकहरूले रुचाइरहनुभएको छ । नत्र लूकेही बौद्धिक पाठकहरूको बुद्धिविलासको साधन मात्र हुन्थ्यो, पठनीय नहुन पनि सक्थ्यो । यत्तिको नरुचाइन पनि सक्थ्यो ।
      तपाईंका पात्रहरूको र तपाईंको जीवनशैली कतै पनि मेल खाँदैन । तपाईंका कथाले ती पात्रलाई उपदेश मात्रै दिन खोजेको हो ?
      म साधारण जीवन शैली बिताउने मान्छे । मध्यमवर्गको मान्छे । त्यसैअनुसारको  जीवनशैली छ मेरो । मैले ऐय्यासी जीवन बिताएको छैन । तर, मेरो सरोकार समाजका ती तल्लो तप्काका व्यक्तिप्रति केन्द्रित छ, जो युगौँदेखि उपेक्षित, उत्पीडित छन् । तिनीहरू नै मेरा रचनाका नायकहरू हुन् । उनीहरूको दु:ख/पीडा नै मेरा रचनाका विषय हुन् । म त्यही लेख्छु, जुन मैले देखेको छु, भोगेको छु । म लेखकले कसैलाई पनि आफ्नो रचनामार्फत अर्ति उपदेश दिनु हँुदैन भन्ने मान्यता राख्ने मान्छे । ल, मेरो कुनै एउटा चार लाइनको भए पनि त्यस्तो रचना देखाइदिनुस्, जसमा मैले उपदेश दिएको होऊँ ।
      मधेसमा स्वात्तताको कुरा भइरहेको छ । तर, त्यहाँभित्रका सीमान्तकृत वर्गलाई उच्च जातिका भनिनेहरूले पहाडमा भन्दा पनि बढी शोषण गर्छन् । तराईका सवालहरूमा अहिलेको लेखनको भावभूमि के हो ?
      लेखनमा मधेस र मधेसका सवालहरू निकै कम आएका छन् । आएका मध्ये पनि कति मनोगत कुरा छन् । मधेसमा दश/पन्ध्र दिन घुमेर मधेसको कुरा सतही किसिमले लेख्ने र केके न लेखेँ भनेर आत्मरतिमा रमाउनेहरू पनि छन् । मधेसका मुद्दाहरू के हुन्, मधेसले कस्तोखालको परिवर्तनको अपेक्षा गरेको छ । यो पनि बुघ्नुपर्छ । मधेसप्रति हाम्रा कतिपय लेखकका धारणहरू स्पष्ट छैनन् । मधेसको समाजलाई त्यसको भित्री तहसम्म गएर बुघ्ने र लेख्ने काम कम भएका छन् । मधेसीहरूलाई सोझै भारतपरस्त हुन् भनेर हामीले आम सोच बनाएका छौँ । जबकि मधेसीहरू नै भारतबाट सबैभन्दा बढी पीडित छन् । सीमा समस्यालगायत भारतले ठाउँठाउँमा बनाउँदै गरेका बाँधका कारण मधेसीहरूले डुबानलगायतका अनेकौँ समस्या भोगिरहेका छन् । एसएसबीको उत्पीडन पनि उनीहरूले नै भोगिरहेका छन् । हामीले त गर्व गर्नुपर्छ कि यस्तो स्थितिमा पनि मधेसीहरू हाम्रो देशको सीमा रक्षक भएर उभिएका छन् । त्यसैले अहिले मधेसले आफ्नो पहिचान र परिचय खोज्नु धेरै हदसम्म मलाई जायज लागेको छ ।
      तपाईंका उपन्यास उलार’, लूको कन्टेन्टमा मधेस आन्दोलन अनि त्यसले निम्त्याएको जातीय र धार्मिक वैमनस्य अभिव्यक्त भएका छन् । तर, तिनको समाधानचाहिँ छैनन् नि ?
      समाधान दिने काम मेरो होइन । मैले दिएको समाधान नै काम लाग्छ भन्ने के ग्यारेन्टी छ ? मैले यथार्थ देखाइदिने हो । त्यहाँको समस्या, त्यहाँका पात्रहरूको मानसिकता र तिनीहरूको भित्री चाहनालाई पाठकहरूसमक्ष ध्यानाकृष्ट हुने किसिमले राखिदिने हो । समस्याका कारणलाई इमानदारीपूर्वक देखाइदिने हो । साहित्य एनजिओको प्रतिवेदन त होइन नि । कुनै पार्टीको दस्ताबेज पनि त होइन साहित्य । समस्याको स्वाभाविक ढंगले समाधान पनि दिन सकिन्छ भने समाधानको बाटो देखाउँदा ठीकै होला । तर, प्रायोजित खालका समाधानले पाठकीय चेतनामाथि हस्तक्षेप गर्छ भन्ने मान्यता राख्छु म ।
      मूलधारको साहित्यमा मधेसको मुद्दाले कत्तिको स्पेस पाएको छ ?
      यसबारेमा अघि पनि हामीले कुरा गरिसक्यौँ । मधेस र मधेसको मनोविज्ञानलाई हामीले अझै राम्ररी बुघ्न  जरुरी छ । मधेसका धेरै कुरालाई साहित्यको मूलधारमा जोडदार ढंगले स्थापित गर्न अझै धेरै बाँकी छ ।
      तपाईंका कथा आफ्नै अनुभव वा अनुभूतिबाट जन्मेका हुन् कि ती सीमान्तकृत पात्रका कथाहरूमा काल्पनिकता हाबी हुन्छन् ?
      अनुभव र अनुभूति नै त हो लेखनका लागि सबैभन्दा आवश्यक कच्चा पदार्थ । आफूले देखेका, भोगेका कुराहरू लेख्दा पाठकहरूका लागि बढी विश्वसनीय हुन्छन् । यथार्थको धरातलमा टेकेरै कल्पनाको उडान गर्नुपर्छ लेखकले । यथार्थबाट टाढा रहेर गरिएको कल्पनाको उडानले रोमाञ्चक साहित्य त सिर्जना गर्न सक्ला तर जमिनसित जोडिएको साहित्य सिर्जना गर्न त गाह्रै पर्छ । म साहित्य जमिनसित जोडिनुपर्छ भन्ने मान्यता राख्ने लेखक हुँ । लेखक आफ्नो रचनाकर्मप्रति जिम्मेवार हुनैपर्छ भन्ने लाग्छ । मैले धेरैपटक भनेको छु, लेखन मेरो लागि रहर होइन, लडाइँ हो ।
      लेखनमा आफ्नो हृदयलाई मात्र पोख्न चाहनुहुन्छ कि पाठकलाई पनि ध्यानमा राख्नुहुन्छ  ?
      अब आफ्नो हृदयका कुरा मात्र गरेर, मनोगत कुराहरू पस्केर यही हो आजको साहित्य भन्ने दिन गए । पाठकहरूको चेतना र उसको स्तर अनि मनोविज्ञानलाई पनि लेखकले बुझ्न सक्नुपर्छ । सूचना र सञ्चारको सुविधा र त्यसले बनाइदिएको विश्व साहित्यसम्मको सहज पहँुच आदि कारणले आजको पाठक एकदमै सचेत भैसकेको छ । त्यसैले लेखक पाठकहरूप्रति जिम्मेवार हुनै पर्छ । त्यसैले उसले जिम्मेवारीवोधका साथ साहित्य सिर्जना गर्नुपर्छ ।
      कथा लेखनका पुराना दिन कस्ता थिए ?
      पुराना दिनहरू सुन्दर भन्दा पनि स्मरणीय थिए । तिनै दिनहरूलाई छिचोलेर आजको दिनसम्म आइएको हो । त्यसैले ती दिन मेरा लागि स्मरणीय छन् । उपलब्धिमूलक पनि छन् । पहिला लेखेको कुराको बारेमा ढिलो चर्चा परिचर्चा हुन्थे, अहिले तत्काल रेस्पोन्स पाउन थालिएको छ । पहिले र अहिलेका पाठकहरूको चेतनामा फरक आएको छ । फेसबुक, ट्युटरजस्ता सोसल मिडियाहरूका कारण लेखक र पाठकबीच तत्काल सम्पर्क हुन थालेको छ । अहिले लेखक पाठकको एकदम नजिक पुगेको छ । पहिला यसका लागि धेरै कसरत गर्नुपथ्र्यो ।
      लेखनमा कत्तिको जोखिम उठाउनुहुन्छ ?
      जोखिम नउठाइ राम्रो लेख्न सकिन्छ जस्तो लाग्दैन मलाई । प्रशस्त जोखिम उठाएको छु । मेरो एउटा कथा निदाएँ जगदम्बापढ्नुस् । मैले कतिसम्म जोखिम मोल्न सकेको छ, बुझिहाल्नु हुन्छ ।
      अहिले नेपाली कथामा के खट्किरहेको छ जस्तो लाग्छ ?
      त्यस्तो खासै खट्किने कुरा त केही छैन । तर, अबका कथामा विषयगत अनुसन्धानको पक्ष सबल हुनुपर्छ जस्तो लाग्छ । पहाडमा बसेर अखबारमा समाचार पढेको भरमा हिमाल वा मधेसका कुरा लेखेर हुँदैन । त्यस विषयमा प्रशस्त अध्ययन, अनुसन्धान गर्नुपर्छ । अब पाठकलाई ठगेर लेख्नेका दिन गए ।
      नेपाली आख्यानले राजनीतिलाई कसरी प्रभावित पारिरहेको छ ? , हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी छ ?
      राजनीतिले हाम्रो शयनकक्षसम्म हस्तक्षेप गर्छ । त्यसैले राजनीतिबाट निरपेक्ष हामी कोही पनि हुन सक्दैनौँ । तर, आख्यानले राजनीतिलाई कसरी प्रभाव पारेको छ, त्यसको लेखाजोखा मबाट सम्भव छैन । साहित्यले आजको भोलि नै प्रभाव पार्ने पनि त होइन । यसले त समाजमा चेतनाको निर्माण गर्ने हो र बाँकी काम त्यही चेतनाले गर्ने हो । साहित्य लामो लडाइँ हो ।
      तपाईंलाई मर्न डर लाग्छ कि नराम्रो कथा लेख्न ?
      मर्न । किनभने बाँचे राम्रो लेख्न सकिने आशा पनि त हुन्छ ।
      प्रस्तुति : दीपक सापकोटा


      Sunday, July 28, 2013

      राजनीतिका खेलाडीलाई 'चकलेट':गुरुंग सुशान्त

      (कान्तिपुर, कोसेलीमा २०७० साउन १२ गते शनिवार प्रकाशित)


      राजनीतिका खेलाडीलाई 'चकलेट'

        (0 Votes)
        literature

         
        1
         
        1
         
        0
         
        0
         
        2


        काठमाडौ, श्रावण १२ - धेरैसँग हुन्छन् कथा । थोरैले लेख्छन् तर पढिन्छ साह्रै थोरै मात्र । पढे जति सबै लेखकले बास पाउँदैनन् पाठकीय हृदयमा । पाठकको अन्तर्तहमा टाँसिएर बसेको लेखक मात्रै साँचो लेखक हो । नयनराज पाण्डे तिनै लेखक हुन्, जो अब्बल मानिन्छन् समकालीन कथा लेखनमा । 'चकलेट' कथासङ्ग्रहले उनको त्यही अब्बलतालाई अझ चहकिलो बनाएको छ ।
        पढ्नुको आफ्नै काइदा र फाइदा छन् । लेखकले चाहिँ लेख्छन् किन ? यो प्रश्न जति हल्का लाग्छ, लेखकले दिने उत्तर हुन्छ उति नै गहन । नोबेल पुरस्कार विजेता लेखक इमरे कर्टिज भन्छन्, 'आफ्नै लागि लेख्छु म । कुनै पाठकलाई सम्झेर, प्रभावित गर्ने बारे सोच्दिनँ लेख्दा । मेरो लक्ष्य हुन्छ- आफ्नो हातमा रहेको विषय अनुकूल भाषा र र्फम बनाउनु ।' कर्टिजको हातमा जस्तै हरेक लेखकको हातमा विषय हुन्छ, त्यही विषय कहिले साउतीको भाषामा आउँछ, त कहिले आन्दोलनको आँधीमा । धेरै लेखकलाई थाहा नहुन सक्छ कि स्वयं आन्दोलनको प्रवाहमा समाहित भएको कुरा । तर नयनराज पाण्डे अत्यन्त सचेत लेखक हुन् भन्ने कुराको बलियो प्रमाण हो, 'चकलेट' । सबै पाठकले आफ्नो कथा रुचाउँछन् भन्ने कुरामा ढुक्क छैनन् पाण्डे ।
        आफ्नो समय र समाजको कुरूप मानसिकता र बेथितिविरुद्ध आक्रोश पोख्नु छ उनलाई । कथा लेखन रहर नभई लडाईं हो पाण्डेका लागि । समाजमा प्रकट र अदृश्य रूपमा रहेका मैमत्त महाशयहरू विरुद्धको लडाइं । उनी आफ्ना कथाहरू अर्थहीन एकालाप नहुन् भन्नेमा जति सचेत छन्, त्योभन्दा बढी सावधान छन् प्रायोजित विद्रोह र बहुलट्ठी प्रयोगबाट । एउटा सच्चा लेखकको योभन्दा ठूलो इमानदारी अर्को के हुन सक्छ ?
        'निदाएँ जगदम्बा' कथासङ्ग्रह पढेपछि नयनराज पाण्डे पि्रय कथाकार बनेर बसे मेरो हृदयको भित्तामा । मेरो हृदयमा भन्दा दिमागमै बढी किक हाने ती कथाहरूले । मेरो पाठकले खोजिरह्यो, त्यस्तै अनन्त किक । 'चकलेट' दिएर झन् गतिलो किक हाने उनले अहिले । पाठकको माया पाउनु जति आनन्दको विषय हो, त्योभन्दा बढ्दा उत्साहको खुट्किला हो अर्को समर्थ लेखकको प्रेम । निदाएँ जगदम्बा पढेपछि साहित्यकार नारायण ढकालले भने, 'म किन ढिला भएँ ? जुन भावभूमिमा नयनले एउटा शक्तिशाली कथा बनाए, त्यो मेरो पनि त हो ।' कथाद्वारा समयलाई तीक्ष्ण रूपमा व्यक्त गर्ने प्रभावकारी शिल्प आफूमा नरहेको बताउँदै पाण्डेलाई 'फस्ट' घोषणा गरे ढकालले । लाग्छ, चलनचल्तीको पुरस्कारभन्दा माथि छ ढकालको यो प्रतिक्रिया । भनिन्छ,आफ्नै आस्था र सहानुभूतिप्रति निर्मम हुने लेखक नै इमानदार हुन्छ । पाण्डे कुनै न कुनै राजनीतिक सिद्धान्तप्रति आस्थावान होलान्, तर उनले गरेको प्रहार आफ्नै आस्थाप्रति पनि हो । आफ्नो पूर्ववर्ती लेखनप्रति पनि उतिकै निर्मम छन् उनी । उनले कुनै बेला एउटा कथा लेखे- आवरण । त्यो कथा जति मार्मिक थियो अन्त्य उति नै फितलो । कथाको अन्त्यतिरको आशयले कुनै एउटा दलको राजनीतिक इतिहासको अपव्याख्या गथ्र्यो । नारीमैत्री पनि थिएन । तर पाण्डेले त्यस कथालाई नयाँ रङ्गरोगन गरेर बनाएछन्, सुकुमेल । भिडन्त नामक कथामा एउटा वाक्य यस्तो थियो, 'सिपाही नै भए पनि आखिर उसले मान्छे पो मार्‍यो त ।' आफूलाई राम्रो लागेका केही नेपाली कथामध्येको एक कथाको यस वाक्यले मलाई झस्काएको थियो, तर पाण्डेले पछिल्लो सङ्ग्रहमा सम्पादन गरी बनाएछन् -'सपनामै भए पनि आखिर उसले मान्छे पो मार्‍यो त ।' यसबाट थाहा हुन्छ कि लेखनमा कति सिरियस छन् पाण्डे । उत्तरवर्ती चिन्तनको एउटा आशय छ, 'अर्थ बोक्न सक्दैन शब्दले ।' पाण्डेको उत्तरदायित्वपूर्ण लेखन पढेपछि भन्न मन लाग्छ, शब्दले अर्थको तहलाई आकाश- जमिन फरक पार्छ नै पार्छ ।
        पाण्डेका कथामा छोटा छोटा वाक्य छन् तर तिनको प्रभाव लामो समयसम्म रहिरहन्छ । उनका वाक्यात्मक संरचनाले हिन्दी आख्यानाकार कमलेश्वरको सम्झना गराउँछन् कहिलेकाहीँ । कमलेश्वर बन्नु छैन पाण्डेलाई । बरु पाण्डेले जस्तै लेख्न कोसिस गर्ने धेरै छन् नयाँ पुस्तामा । पुरानो पुस्तासँग दाँजेर हेर्दा नयनराज पाण्डे अलग्ग/मौलिक अनुहार लिएर छुट्टिन्छन् नै । उनी पुरानो र नयाँ पुस्ताको पुलजस्तो देखिन्छन् पनि । कहिलेकाहीं त लाग्छ, कलात्मक राजनीतिक कथाका उत्कृष्ट नमुना पेस गर्दै छन् उनी । राष्ट्रिय स्वाभिमान गुम्छ कि भन्ने डर छ उनलाई । विभिन्न नाममा राज्यमाथि हुने हस्तक्षेपका विरुद्धमा छन् उनी । हामीलाई थाहा छ, नेपालका धेरै नीति निर्मातालाई आफ्नो चिन्ता छ, लोभ छ, आसक्ति छ । उनीहरूको सोचको केन्द्रमा देश छैन । केही पाउने लोभ मनको कुनै कुनामा बाँकी रहेपछि स्वाभिमानको शिर स्वतः झुक्छ ठूलाका पाउतिर । तिनै स्वाभिमानको शिर नुहेकाहरूको अन्तर्य खोतल्नुलाई आफ्नो धर्म ठान्छन् पाण्डे । उनले आम मान्छेका कथा सुनाउँछन्, दुःख र अभावको कुरा बताउँछन् । उनले भनेका छन्, 'उसले मेरा कथामार्फत् समाजका सुकिलाहरूलाई देखाओस् आफ्नो मलिन र मैला अनुहार । कथामा ऊ नाङ्गो भएर आओस् तर नङ्ग्याओस् समाजका ती टाठाबाठाहरूलाई, जसले उसलाई लगातार सीमान्त कित्तातिर धकेलिरहन्छन् । म चाहन्छु, उसले आफूमाथि हैकम चलाउने र रजाइँ गर्ने हरामी मालिकहरूलाई चिनोस् र चिनाओस् ।' चकलेट पढेपछि धेरै नेतालाई आफ्नो कार्यप्रति ग्लानि हुन सक्छ । टाउको दुख्न सक्छ धेरै साहित्यकारको । चकलेटमा सङ्ग्रहित कथामा सानो सानो घटनालाई अनौठो नाटकीयता दिएका छन् पाण्डेले । नाटकीयताका माध्यमबाट व्यङ्ग्य प्रहार गर्न सक्नु उनको खुबी हो । 'तातो' कथा पढ्दा निरोको बाँसुरी प्रसङ्ग सम्झना हुन्छ । तुलना गर्न मन लाग्छ, निरोचेतना र निरोका नयाँ संस्करणहरूको । कथाले आफूअनुकूल शब्द चयन गर्नु मात्र सबथोक होइन । अक्षरहरूले प्रतिविम्बित गरेको कुरा बारम्बार प्रतिध्वनित भइरहनुचाहिँ नम्बरी कथा हो । 'चकलेट'का प्रायः कथामा त्यस्तो ताकत छ, जसले हामीलाई काव्यात्मक मात दिन्छ । सामाजिक कुरूपताका सग्लो चित्र हाम्रा अगाडि ल्याएर उभ्याइदिन्छ । लाग्छ, यी कथा नेपाली राजनीतिको मैदानका स्ट्राइकरहरूले पढिदिए कति बेस हुन्थ्यो ।

        प्रकाशित मिति: २०७० श्रावण १२ ११:२३
        - See more at: http://ekantipur.com/np/2070/4/12/full-story/372875.html#sthash.o45UBpyU.dpuf