Monday, November 18, 2013

It is intresting to read GHAMKIRI:Vishwa Subedi

Vishwa Subedi

It is interesting to read GHAMKIRI basking out in the sun. Yes, it’s a real fantasy, a safari of dreams depicting how teenagers follow dream that is tied with string like we did after ghamkiri in our childhood days, how they escape from home and seek for their ideal love and even identity without knowing how it is different from reality.The narrator gets lost in the colourful world of Bombay where he leads a very meaningless life and ultimately returns home defeated. It’s enough to turn ones nostalgic feelings on the surface.The narrator’s continued craze for his dream girl is something awesome.The most painful aspect is the picture of the slum,the poverty,dirt,crime and the precarious existence of the downtrodden mass amidst the ocean of prosperity in Bombay city.I think the reference to Yogmaya ,the historical figure in lost history doesn’t seem to have coherence in totality.The intricate pattern of weaving insignificant events into plot is Nayan Dai’s common feature. Anyway, we are benefitted with the over doze of cinematographic vocabulary in many places.

स्मृति बाल्यकालको

मेरो बाल्यकालको स्मृति
(कान्तिपुर दैनिक,को 'कोपिला'मा मिति २०७० कार्तिक १७ गते प्रकाशित । प्रस्तुति : शरद चिराग )


घामकिरीका पाण्डे-रुपिन्द्र प्रभावी 'कटु'

lstfa–b[li6sf]0f
km]l/ klg ;LdfGts[t juL{o k|:t'tLdf 3fdls/Lsf kf08]
–?lkGb| k|efjL …s6'Ú
;LdfGts[t juL{o hghLjgsf syfJoyfsf s'zn k|jQmf x'g\ gog/fh kf08] . kf08]sf] 3fdls/L cln l9n} kl9;s]+ . …pnf/Ú / …n"Ús} k[i7e"ld t/ km/s ljifoj:t' /x]sf] 3fdls/Ln] ltgLx?n] hlQs} tflg/x\of] ;'?b]lv cGTo;Dd . dnfO{ k':tsn] tfGg'k5{ . gq kl5;Dd g} k9\5' t/ km8\lsFb} . 3fdls/L eg] st} km8\lsg'k/]g . ;fob gog/fh kf08]sf] ;a}eGbf 7"nf] zlQm klg oxL xf] . uDeL/ ljifoj:t'nfO{ klg ;/ntfsf] snfn] eg]{ kf08]sf] u'0fn] hf];'s} ;fdfGo kf7snfO{ l:y/ /fV5 lstfasf kfgfx?df / nfeflGjt eO{ g} /xG5 kf7s .
k|]dsf] s]Gb|df /x]sf] 3fdls/Ldf /f]lxt / rf?sf] pRr cfbz{ k|]dsf] k|:t'tLn] hf] sf]xLnfO{{ cfsif{0f ub{5 . /fh' ufO8 / /flhj uf]:jfdLsf] dfgjtfsf] k|z+;f ug{ dg nfU5 . rDks / p;sL >LdtL jfu]>Lsf] b'3{l6t ;kgfn] uDeL/ agfpF5 . kb\ldgL / of]udfofsf] syfgsn] n7\ofpF5 dfG5]nfO{ crDd}l;t . aDaO{df slxn] e]6 xf]nf /fh'sf] kb\ldgL;Fu eGbfeGb} pkGof;n] lgs} pTsif{lt/ af6f] to u/]sf] kQ} ePg, a? nvgp kms]{kl5 g} kb\ldgLsf] ck|Tofl;t cfudg / cgk]lIft k|ltlqmofn] afn'jfsf] k|]ddxn / kfgLdf n]lvPsf] k|]dkq g/fd|/L Wj:t x'G5g\ . aDaO{s} pksyfx?n] slxn] :j:y dgf]/~hg k|bfg ub{5g\ t slxn] lgwf/ v'DRofpg afWo agfpF5g\ . k"hf/L kfv08sf] dw'/f] :j/df g} ;xL e08fkmf]/ klg :d/0fLo g} 5 . ;lnd / /fh'sf] cfTdLotfn] ldqtfsf] gd'gf k|:t't ub{5 t/ ;lnd aDaO{ hfg nfUbf xf]6]nsf] ;fx'n] ;DemfOb]pm eGbfeGb} klg lsg cfkm\gf] k/d ldqnfO{ /fh'n] ;Demfpg] k|of; u/]g xf]nf < lh1f;f /lx/x]s} 5 dgdf st} . 7fpF7fpFdf P]ltxfl;s tYox?sf] pNn]vn] 1fgsf] e08f/ klg a9fpF5 pkGof;n] . log} lhlg;x?sf sf/0f t kf7s ;fy} /xG5 3fdls/L;Fu} p8\b}, 3'Db} .
k|]dsf] ?dfgL sxfgLdfkm{t\ olt x[boljbf/s / dfld{s lhGbuLsf] …Joj:yfkgÚ g]kfnL cf}kGofl;s hut\s} Ps dxTjk"0f{ k|flKt xf] . o;f] egf}+, of] g]kfnL ;flxTosf] kf7ssf nflu Pp6f dxTjk"0f{ k|]ldn pkGof; xf] .
g]kfnsf] /fli6«otf / ;LdfGts[t hglhGbuLsf] ljifodf ;fxl;s, ;fdlos / dxTjk"0f{ pkGof; …n"Úsf] n]vs klg gog/fh kf08] g} x'g\ . …pnf/Úsf n]vs klg kf08] g} x'g\ h;df klg ;LdfGts[t ju{s} JoyfnfO{ /f]rstf k|bfg ul/Psf] 5 -d}n] t …pnf/ÚnfO{ x/]s laxLaf/ /]l8of] af/Lx ((=@ d]ufxh{ / www.barahiradio.com dfkm{t\ s[lt jfrg ul/g] sfo{qmd zAblzlj/df klg jfrg u/]+_ . bh{gf}+ rnlrq, 6]lnlrqsf k6syf n]vs, lgb]{zs tyf xfn} lbj+ut ;flxTosf/ hubLz l3ld/]sf] hLjgLdf cfwfl/t …ofqf dfOnf]dfl;tÚ j[Qlrqsf lgb]{zs kf08]sf] 3fdls/L 5}6f}+ cf}kGofl;s s[lt xf] .
k|]d ljifos pkGof; 3fdls/Ldf eg] d}n] /f]dfG;d"ns k|]ds} k|:t'tL xf]nf eGg] ;f]r]sf] lyPF . kf08]s[t …pnf/Ú / …n"Ún] h'g ;kmntf cfkm\gf] ld;gdf k|fKt u/]sf lyP, ToxL ;kmntf cfkm\gf] ld;gdf 3fdls/Ln] klg k|fKt u/]sf] 5 . :j}/sNkgfnfO{ oyfy{glhs k'¥ofpg] pkGof;sf/ kf08]sf] k|of; klg k|z+;gLo g} nfUof] . jf:tjdf kl5Nnf] ;dosf s]xL ;fdflhs oyfy{jfbL pkGof; elgPsfx?n] ;d]t k|]dsf ljifoj:t' ld;fpg] gfddf Jofjxfl/s ?kdf cgf}krfl/s tyf of t l/; p7\bf of t sf]/f{ 76\6f ubf{ dfq k|of]u ul/g] zAbx?sf] lgn{Hh k|of]u ul//flvPsf] cj:yfdf 3f]lift ?kd} k|]d ljifodf n]lvPsf] s[ltdf klg To:tf zAb k|of]u gul/g'nfO{ klg uf}/j g} dfGg'kg]{ cj:yf cfO;Sof] ca t g]]kfnLdf klg .
laDafTds gfd …3fdls/LÚn] sltnfO{ afNosfn klg ;Demfpnf, sltnfO{ cfkm\g} P]gf x]g{ afWo agfpnf, sltnfO{ ufpF3/ / cfdfafa'sf] klg ofb lbnfpnf . lkmNdL cg'ejnfO{ /fd|/L k|of]u u/]sf 5g\ pkGof;df syfgssf ?kdf kf08]n] . syfgssf] axfj hlt /fd|f] 5 Tolt cfsif{s nfUb}g ;dflKt z}nL . pu| sfNklgstfn] st} st} n]vsnfO{ g} cNdNofPh:tf] nfUb5 eg] kf7snfO{ t rSs/ nfU5 g} . w]/}nfO{ ;kgf b]Vg l;sfpg] pkGof;n] n]vs gog/fh kf08]nfO{ …n"Ún] hlQs} prfO t gb]nf t/ kf08]sf] n]vsLo lj/f;tnfO{ cem prfO eg] k|bfg ug]{ s'/fdf s'g} zª\sf ug'{kb}{g .

kf]v/f

rupindrakatu@gmail.com

सन्दर्भ "घामकिरी"-नीला तामांग

सन्दर्भ "घामकिरी"

-नीला तामांग (Neela Tamang)

सबैको दशैबिदामा पढ्ने सूचीमा रहेको घामकिरी दशैकै लागि भनेर किनेपनि एक त थोरै बिदा, त्यसमापनि दिनभरि काममा, अनि राती अबेरसम्म पाहुनाहरुसंग खानपिन लगायत भलाकुसारीमा व्यस्त.. कहां बिदामा पढ्न पाउनु र ? पढेर बिदाको सदुपयोग गर्ने सौभाग्य त पुरुषहरुको मात्र हुन्छ शायद..., कि त महिला भए अविवाहिताका लागि ।

खैर, अन्ततः आकर्षक आवरण पृष्ठ, प्रकाशन हुनुपूर्व नै बहुचर्चित, व्यग्रताका साथ पर्खाईपछि प्राप्त ४५ च्यापटरको (लेखकले भनेझै करीब सत्तरी हजार शव्दको प्रेमकविता) घामकिरी उपन्यास केही दिनअघि मात्र पढिसिध्याए । सुन्दै मनमा मीठो सुखानुभुति दिने शव्द, पुरानो पुस्ताका लागि मात्र नभई हालका पुस्ताको केटाकेटीहरुमाझ पनि प्रिय घामकिरी । घामकिरी शव्द मात्र नभई, अल्लारे उमेरको पात्रको कल्पनाशीलताले पनि नोस्टाल्जिक दिनहरुमा पुर्याईदियो कारण अधिक मात्रमा कल्पना गर्ने, सपना देख्ने उमेर हो अल्लारे उमेर ।

पढ्दै जांदा एउटा साधारण पाठक भएको नाताले शुरु शुरुमा धेरै अल्मलिए पात्रहरुको चरित्रमा, घट्नाक्रमहरुमा, ८०/९० दशकको चर्चित हिरोईन पद्मिनी कोल्हापुरेसंगको प्रेमकथामा, आमाले सुनाएका योगमायाको कथामा । जब मुख्य पात्र राजु मुम्बई प्रवेश गर्छ आफ्नो सपना साकार पार्न, आफ्नी प्रेमिकालाई भेट्न, तब घट्नाक्रमहरु तीब्ररुपमा अघि बढेपछि धेरै चरित्रहरुको प्रेमकथा, संघर्षकथा पढेपछि शनै शनै थाह लाग्यो कि यो त कल्पनाको संसार हो । त्यही कल्पनाको संसारभित्र तथ्यपरक धेरै परिघट्नाहरुलाई उजागर गर्नुभएको छ लेखकले । घट्ना परिघट्नाको कन्टेन्ट, उपशीर्षक चयन र त्यसभित्रका कथाहरुको प्रस्तुति धेरै फरक छ पारम्परिक शैलीको नेपाली उपन्यास भन्दा ।

"सबैले भने, प्रेम नगर । मैले टेरिनं ।"
...
साथीले सम्झाएको थियो,"कलममा मसी सकिए जस्तै सकिने हो र प्रेम । केटाकेटी कुरा नगर यार ।"
तर ऊ आफैं भने मेरै उमेरको थियो । तेह्र चौधको ।
......
त्यो सुनेर गरिबी पनि भक्कानो छाडेर रुनेछ ।
(उपन्यासभित्रका केही अंशहरु)

कायल बनाईदिने मीठो शव्दशील्प । तात्कालिन ८०/० ताकाको बहुराष्ट्रिय कम्पनीको उत्पादन लक्स साबुन र पेय पदार्थ लिम्का प्रतिको पात्रहरुको आसक्ति इत्यादि (हालको कथा भए IPhone, Galaxy S4, MacBook, ईत्यादि यस्तै केही हुनेथिए होलान्) । कल्पनाशीलताको व्यापक प्रयोग गरिएको छ उपन्यासमा । एक शताव्दीभन्दा अघिकि योगमायालाई आफ्नो उमेरसंगै हुर्काउनु, आफ्ना अघिल्ला जन्मको कथा प्रेमिका पद्मिनी कोल्हापुरेलाई सुनाउन आतुर, अनि प्रेमिकासंगको संवाद, यस अर्थमा पनि बिलकुल नवीन लाग्छ उपन्यास । । यति कल्पनाशीलता कि, कतै पढेको थिए.. पुस्तकमा कहीं उल्लेख नगरिएपनि कतै मुख्य पात्र सिजोफ्रेनिया भन्ने मनोरोगबाट ग्रसित त हैन ? उसको मनोवेग, सम्वेग, तथ्य लाग्ने कल्पना हेर्दा यस्तै लाग्छ ।

कल्पनाशीलता भए पनि उपन्यास सन्देशमूलक छ । कल्पनाको चमकधमक संसारमा हराएको एउटा टिनएजर तन्नेरी सपना साकार पार्न घरबाट भागी विभिन्न ठाउंमा पुगी, विविध प्रकृतिका चरित्रहरुको सामना गर्दै हण्डर ठक्कर खाएर अन्ततः वास्तविकतालाई आत्मसात गर्न, आफ्नो परिवारलाई अंगाल्न, आफ्नै ठाउ्रमा आईपुग्छ । काल्पनिकता इन्द्रधनुष झै बिस्तारै फिका हुंदै अनि बिलाउंदै जान्छ घामसंगै ।

अन्तमाः प्रिय लेखक नयनराज पाण्डेलाई शुभकामना, बधाई र उत्तरोत्तर प्रगतिको कामना ।
 — 

Sunday, October 27, 2013

गजबको शैली-कमलकुमार-कान्तिपुर कोसेलीमा प्रकाशित "घामकिरी"को समीक्षा-

गजबको शैली


    (प्रकाशन मिति:२०७० कार्तिक ९ गते शनिवार, अक्टोबर २६,२०१३)

    काठमाडौ, कार्तिक ८ - 
    ७० हजार शब्दको उपन्यासलाई लेखकले कविता भनिदिएका छन् । प्रेम कविता । उपन्यास राजु भनिने पात्रको भड्काइमा केन्दि्रत छ । भौतिक र काल्पनिक दुवै खाले भड्काइ । नेपालगन्ज आसपासको त्यो किशोरले पद्मिनी कोल्हापुरे भनिने बम्बईकी हिरोइनलाई फिल्म हेरेर मन पराउँछ र पहिलो प्रेम हस्तमैथुनमार्फत् व्यक्त गर्छ । कहिल्यै नभेटेको ती महिलाको प्रेममा बहुला भएका लेखकले उपन्यास उनकै मुस्कानहरूको संग्रह हो भनेर किताबको भूमिकामै कविता लेखेका छन् । तर 'घामकिरी' मुस्कानहरूको मात्र होइन, आँसुहरूको पनि संग्रह हो । 

    यसअघि 'उलार' र 'लु' जस्ता ब्लकबस्टर उपन्यास नेपाली पाठकलाई दिएका नयनराज पाण्डेले यसपटक भने केही नयाँ शैलीबाट पस्केका छन् यस उपन्यासलाई । उपन्यासले बोकेको गुदी कुरो अथवा कथावस्तु अघिल्ला उपन्यासको अगाडि साह्रै फिक्का देखिन्छन् । तर भाषा, शैली र कल्पनाशीलताचाहिँ बेजोड छ । सामान्य कुरालाई पनि असामान्य ढंगमा प्रस्तुत गरेका छन् लेखकले । उपन्यास पढिसकेपछि नपढेको मान्छेलाई सुनाउने कुनै कथा हुँदैन पढ्नेसँग । तर उसको मन मस्तिष्कभरि घटना र पात्रहरूको रंगीन चित्र नाचिरहेको हुन्छ । 

    आमा बिरामी भएको बहाना बनाएर बाउको साथीसँग १५ सय रुपैयाँ ऋण लिएर आफ्नी सपनाकी रानी पद्मिनीलाई भेट्न लखनउ र दिल्ली हानिएको राजु भारतीय महानगरीका फोहोरी र चरम गरिबीका यथार्थका माझ हराउँछ । मुम्बईका सुकुम्बासी बस्तीमा भेटिएका थरीथरीका पात्रहरूका अआफ्नै सुखदुःखका बेलिबिस्तारले कहींकहीं पाठकका आँखा रसाउँछन् । लेखकले बडो चलाखीपूर्ण ढंगले उपन्यासका बीचबीचमा राखेका यथार्थजस्तै लाग्ने काल्पनिक विवरणहरूले पनि उपन्यासमा थप रोमाञ्चकता थपिदिएका छन् । तर कतै कतै भने लेखकको कल्पनाशीलता चाहिनेभन्दा बढी झल्कन्छ । जसले एकनासले बगिरहेको पाठकीय संवेदनालाई होच्याएजस्तो लाग्छ । 

    'घामकिरी'को बलियो पक्ष भनेकै यसको लेखाइको शैली र भाषा हो । नयनका अघिल्ला उपन्यासजस्तै यो उपन्यास पढ्दा पनि फिल्म हेरेजस्तै लाग्छ । पाठकले कुनै कष्ट गर्नु पर्दैन । जति कष्ट गर्नुपर्ने हो लेखकको दिमागले गरिसकेको छ । भन्छन् नि साधारण कुरा बनाउन असाधारण मिहिनेत गर्नुपर्छ । उपन्यासले समेटेको दायरा पनि फराकिलो छ, विसं १९२२ मा भोजपुरमा जन्मेकी योगमायादेखि २/४ वर्ष पहिले मुम्बईका सुकुम्बासी बस्तीमा जन्मेसम्मका पात्रहरू छन् । घटना र पात्रहरू समय र भौगोलिकताको विशाल परिधिमा फैलिए पनि उपन्यास सरसर्ती बगेको छ । पाठकलाई कहीँकतै ठेस लाग्दैन । झन् राजु भनिने पात्र मुम्बई पुगिसकेपछि त उपन्यास कति छिटो अघि बढ्छ थाहै हुँदैन । 

    'उलार'ले नेपालगन्जदेखि काठमाण्डुसम्मको यात्रा गर्‍यो । 'लु' नेपालगन्ज आसपासका सीमा क्षेत्रमा देखियो । 'घामकिरी'ले भने मुम्बईसम्मको यात्रा गरेको छ । उपन्यासमा धेरै पात्र र प्रसङ्ग भारतीय छन् । तर यो भारतीयको भन्दा पनि मानवीय संवेदनाको फेहरिस्त हो । नयनको उपन्यासका सबभन्दा सुन्दर पात्रहरू भनेका मुसलमान पात्र हुन् । 'घामकिरी'मा पनि ती पात्रहरू देखिन्छन् । ती नयनका उपन्यासमा मात्र नभई नेपाली साहित्यका मूलधारे पात्रहरू भन्दा फरक, विशेष र आकर्षक छन् । 

    हुन त, उपन्यासमा कतै पनि सिजोफेनिया भनिने रोगबारे उल्लेख भएको छैन न त यो शब्दको प्रयोग नै भएको छ । तर पाठकले उपन्यास पढिसकेपछि अनुमान लगाउन सकिन्छ राजु भनिने पात्र यस्तै एउटा मानसिक विशिष्टताबाट गुजि्रएको छ जो हुँदै नभएका घटनामा हराउँछ । उसले कहिल्यै नभेटेको व्यक्ति उसकी प्रेमिका हुन्छे । जोसँग ऊ पटक पटक भेट्छ । जसलाई ऊ पटक पटक चुम्बन गर्छ । कल्पना र वास्तविकताको ठाउँठाउँमा भेट हुन्छ 'घामकिरी'मा । बलिउड स्टार पद्मिनी कोल्हापुरेलाई भेट्न मुम्बई हिँडेको ठिटो पद्मिनीसँगको प्रेम बिर्साइदिने अरू यथार्थहरूमा अल्मलिन्छ । 

    'घामकिरी' प्रेमको कथा होइन । उपन्यासबाट योगमाया र पद्मिनी कोल्हापुरेलाई हटाइदिने हो भने पनि यो उत्तिकै शक्तिशाली बन्छ । लेखकले प्रेम भनेर ढाँटिदिएका मात्र हुन् । 'घामकिरी' समाजको, गरिबीको, मान्छेको मनको, ठूला सहरको, सानागाउँको, मित्रताको, यात्राको, भारतीय रेलको, ठगको, पुलिसको, अपराधको, ल ठीकै छ अलि-अलि मायाको पनि विवरण हो । शक्तिशाली ।

    ५० वर्षभन्दा अघि जेडि स्यालिन्गरले लेखेका 'क्याचार इन द राइ'को शैलीसँग अलिअलि मेल खान्छ 'घामकिरी' । स्यालिन्गरको उपन्यासमा पनि घरमा एउटी सानीबहिनीलाई औधि माया गर्ने एउटा किशोर यसैगरी भड्किएको हुन्छ । 'घामकिरी'मा आफ्नो जन्मिदै नजन्मिएको भाइलाई सम्भिmँदै हिँडेको हुन्छ राजु । कतिपय विम्ब 'एक शताब्दी लामो मौनता' जस्ता कुराले पनि क्याचर इन द राइको झल्को दिन्छ । तर मलाई थाहा छ, त्यो संयोग मात्रै हो । 

    स्वाभाविक रूपमा बजारमा उपन्यासबारे तीनखाले प्रतिक्रिया सुनिएका छन् । धेरैले धेरै राम्रो भनेका छन् । अलिअलिले अलिअलि राम्रो भनेका छन् । थोरैले थोरै राम्रो भनेका छन् । प्रस्ट भन्ने हो भने 'घामकिरी'ले कुनै सिद्धान्त, दर्शन, गह्रौं विचार, केही बोकेको छैन । यसैकारण पनि 'घामकिरी'लाई कतिपयले हलुका साहित्यको रूपमा समेत लिएका छन् । तर हामी एकातिर साहित्यका पाठक बढाउन चाहन्छौं र अर्कातिर प्रगतिशील विचार, मुक्ति र क्रान्तिका कुरा भएन भनेर कुनै किताबको आलोचना गर्छौं भने समस्या साहित्यमा होइन हाम्रो पाठकीय पारम्परिकतामा छ । 

    किताब पढ्नेले पढिसक्नुभयो । नपढ्नेलाई पढ्न सुझाव । तपाईंलाई मन पर्ने नेपाली किताबको सूचीमा 'घामकिरी'को नाम पक्कै थपिनेछ । 

    प्रकाशित मिति: २०७० कार्तिक ९ १०:४४

    Friday, October 4, 2013

    LOVE AND ILLUSIONS:GHAMKIRI

    Love and illusions: BIBEK ADHIKARI


    (THE KATHMANDU POST-5 Sept.2013 Saturday)


      OCT 04 -
      Standing out starkly against the kind of clichéd fare that presently dominates the Nepali fiction market is a witty and engrossing new novel titled Ghamkiri, which chronicles the love affair between the protagonist and his imaginary sweetheart. Ringed by author Nayan Raj Pandey’s own experiences in Mumbai, to where he allegedly fled while in high school, and marked thus by a semi-autobiographical tone, the story is at once absurd yet linked inextricably to reality, resulting in a read that is difficult to put down.
      The story stirs awake in mythology, opening with a young Yogmaya and a dragonfly, whose tail is tied to the end of a string. This is followed by the well-known tale of King  Bhartrihari, who had turned into an ascetic after tasting a portion of magical fruit. Finally, we’re let into the core narrative. Our protagonist is a young schoolboy who is smitten with Padmini, a famous Indian actress, and decides to head off to Mumbai to meet her in person. It is a journey with uncertain ends, into new realms, and a new life. Once in the city of films, the boy is initially dazzled by what he sees around him—although that doesn’t last too long. Soon enough, his dreams
      are shattered when he realises surviving here is going to be much more difficult than he imagined. It is as we watch him use his wits to scrape by in such harsh circumstances that Pandey’s skills really come through, with the story ripening appropriately from this point onwards.
      The narrator does his best to get in touch with Padmini, but all his efforts are in vain. Ultimately, he decides to return home, and that is where he is hit by a series of epiphanies, his eyes finally opened and lessons gleaned. The final revelation is achieved in a tactful and memorable way.
      Subplots in the novel have been woven in judiciously, giving it a multidimensional effect. We’re shown the wretchedness and vulnerability of the lives of the Indian poor, as well as the immigrants who have come to share their misery. Pandey’s careful use of surrealist elements in Ghamkiri is yet another notable
      feature. It serves to underline the title’s significance: most characters, the book seems to tell us, are flying high in the skies, much like the titular creature itself, propelled by the illusion of love, and thereby creating their own worlds of possibilities.
      The author also employs well the kind of region-specific speak that is necessary for a degree of authenticity in the text—dialects rooted in Nepalgunj, for instance. The language is not flowery, very minimalist, and the editing is clean—cleaner than a lot of Nepali novels out there.
      For all its insights, however, one major drawback can be Pandey’s penchant for long sequences of short sentences that slow the reader down. The pace could’ve brought clarity, created suspense or emotion, but here it is exploited to tedious ends. Also, the multitude of factual data punctuating the text feels forced at times.

      Pandey is becoming increasingly well-known in the sphere of contemporary Nepali literature as a producer of engaging fiction, a fact to which his previous works, including Ular and Lu, pay testimony. And this new work will no doubt serve to cement his standing in the scene.

      Posted on: 2013-10-05 09:35

      Sunday, September 15, 2013

      नाम-घामकिरी:नयनराज पाण्डे

      (कान्तिपुर कोसेलीमा मिति २०७० भाद्र २९ गते शनिवार प्रकाशित मेरो लेख)

      घामकिरी । अन्ततः नाम यही हुने भयो । केही साथीहरू, जसले अरू नै शीर्षकमा मेरो यो उपन्यासको पाण्डुलिपि पढ्नुभएको थियो, उहाँहरू चकित हुनुभयो । केहीचाहिँ नयाँखालको नाम आयो भनेर खुसी हुनुभयो भने केही छक्कै पर्नुभयो । केहीले भन्नुभयो, 'नामले केही हुन्न, मुख्य कुरा विषय हो र विषयलाई अभिव्यक्त गर्ने शैली र शिल्प हो । कथालाई कसरी भनिएको छ यो नै महत्त्वपूर्ण कुरा हो ।' 'ह्यारी पोर्टर'की लेखिका जेके रोलिंगले रबर्ट गलब्रेथ नाम राखेर नयाँ क्राइम फिक्सन 'द कुकुज कलिङ' लेखेको कुरा सार्वजनिक भएपछि नाममा केही छैन भनेर तर्क गर्नेहरूलाई थप बल प्राप्त भएको छ । तर 'घामकिरी'को नाम सुनेपछि केहीले नामको पनि अर्थ हुन्छ भन्नुभयो । म मख्ख परें ।

      नाममा के छ ? शेक्सपियरले उठाएको यो प्रश्नको हामीले विभिन्न किसिमले जवाफ दिन सक्छौं । अध्यात्मले पनि भन्छ, नाम हैन कर्म ठूलो कुरो हो । सही होला । तर म यो तर्कलाई आँखा चिम्लेर, हरेक अर्थमा सही हो भन्न सक्दिनँ । हामी कुनै व्यक्तिलाई नामले सम्भिmन्छौं र नामले बहन गरिरहेको उसको शरीर, उसको सोच, चिन्तन र कर्मलाई पनि सम्झछौँ । व्यवहारमा नाम जरुरी छ । नामलाई गौण ठान्ने विद्वान्, ऋषिमुनिहरू पनि नामैले चिनिएका छन् । 

      सन् २०१२ ताका मेलबर्न र न्युयोर्कका केही विश्वविद्यालयले नाममाथि नै शोधकार्य गरेका रहेछन् । अन्ततः उनीहरूको निष्कर्ष निस्कियो, 'नामले व्यक्तिको छवि बनाउने र उसको निर्णय निर्माण प्रक्रियालाई पनि प्रभावित गर्छ ।' व्यावसायिक कार्यस्थलमा सजिलो नाम भएका मान्छेहरूप्रति सबैको सकारात्मक रवैया रहन्छ भन्ने तथ्य त्यो अध्ययनमा सार्वजनिक भएको रहेछ । कुनै दिन एउटा होटलमा रेड ह्यान्ड समातिएका एकजना साथीले पनि आक्रोशित हुँदै भन्थ्यो, 'नाममा केही छैन भनेर हुन्छ ? कुनै कुकर्म गरेर फँसेपछि आखिर सार्वजनिक हुने त नामै रहेछ ।' 

      जे होस्, नाममा केही छ या छैन, यो तर्क पछाडिको दार्शनिक चिन्तनतिर लाग्नु छैन अहिले मलाई । यतिखेर त मलाई नाममा पनि केही दम हुन्छ भन्ने मेरो तर्कलाई पुष्टि गर्नु छ, त्यो पनि आफ्नै केही किताबका उदाहरणसहित ।



      'िउलार' मैले २०५३ सालमा लेखेको हुँ । जम्मा चार दिन लागेको थियो मलाई 'उलार' लेख्न । मसिनो कायाको उलारको अन्तिमका चार पाँच शब्दहरू हटाउनुबाहेक त्यतिबेला पुनर्लेखन केही गरिएन । पुनर्लेखनको केही प्रयास भने गरेको थिएँ । तर मलाई पहिलो डाफ्ट नै मन पर्‍यो र त्यही रूपमा प्रकाशित पनि भयो । चार दिनमा लेखिएको 'उलार'को नाम जुराउन भने मलाई करिब चारै महिना लाग्यो । बीचमा अनेकअनेक नाम सोचें । साथीभाइलाई सोधें । केही नाममा साथीभाइले सहमति पनि दिनुभयो । तर पनि म सन्तुष्ट थिइनँ । अचानक एकदिन प्रेमललवाको टाँगा उलार भएको दृश्य फन्फनी आँखामा घुम्यो । उलार भएको प्रसंग उपन्यासमा थियो पनि । अन्ततः शीर्षक राखें- 'उलार' । 'उलार' शीर्षक निश्चित भएको दिन मलाई सानोतिनो युद्ध जितेको अनुभव भएको थियो । लाग्यो, त्यो सानो उपन्यासको योभन्दा असल र सार्थक नाम अरू केही हुनै सक्दैन । उपन्यास बजारमा आएपछि नामको पनि तारिफ नै भयो । 



      भिmन्डै दस वर्षपछि म अर्को उपन्यास लेख्न तम्सिएँ । नेपालको दक्षिणी सीमावर्ती भूगोलको कथाव्यथा लेख्छु भनेर योजना बनाएको केही महिनापछि उपन्यास लेख्न थालंे । उपन्यासको पहिलो ड्राफ्ट छ महिनामा तयार भयो । तर यसपल्ट भने मलाई जमेरै पुनर्लेखन गर्नुपर्‍यो । झन्डै साढे दुई वर्ष रिराइटमै बित्यो मेरो । मणि शर्माजीले कर नगरेको भए अझै केही पुनर्लेखन गर्ने रहर थियो मलाई । त्यो रहर चाँडै प्रकाशित हुन लागेको 'लू'को नयाँ संस्करणमा केही हदसम्म पूरा गरेको छु । 

      जे होस्, 'लू' शीर्षक जुर्‍यो उपन्यासको । नाम सुनेपछि सबैले तारिफ गर्नुभयो । उपन्यासको कथ्य र यसले बहन गरेको विषयवस्तुका लागि लूभन्दा उपयुक्त शीर्षक अर्को केही हुन सक्थ्यो होला भनेर अहिले पनि मलाई लाग्दैन । तर 'लू' शीर्षक राख्नुअघि मैले यसको पहिलो नाम राखेको थिएँ- बयार । अर्थात् हावा । तर विमल निभाले बयार र उलारको रिदम मिलेकोले यो तुकबन्दीका कारण पाठकहरू झुक्किने सम्भावना रहन्छ, त्यसैले नाम ठीक छैन भनेर ठाडै रिजेक्ट गरिदिनुभयो । त्यसपछि नाम राखें- रावणको प्रेमकथा । पछि 'पत्थरपुरवाको प्रेमकथा' पनि नाम राखें । 'लू'को प्रमुख पात्रको नाममा एकपल्ट 'इलैया' नै शीर्षक राखूँ कि भन्ने पनि लाग्योे । तर कुनै पनि नाम कथानकसित मेल खाएजस्तो लागिरहेकै थिएन । 'लू' भन्ने शीर्षक त अचानक दिमागमा पसेको थियो । फ्लासलाइट चम्केजस्तो झिलिक्क भएर आएको थियो यो नाम । अिनि पालो आयो 'घामकिरी'को । यसपालिचाहिँ अचम्मै भएको थियो । उपन्यासको खाका दिमागमा आउनासाथ मैले यसको शीर्षक सोचिसकेको थिएँ- 'माया मुम्बई' । उपन्यासको प्रमुखपात्रको नेपालगन्जदेखि मुम्बईसम्मको अनौठो र उट्पट्यांग खालको यात्रा नै यो उपन्यासका रैखिक ढाँचा हो । त्यसैले माया मुम्बईभन्दा उपयुक्त नाम अरू केही होला भन्ने लाग्दै लागेन । उपन्यासको पाण्डुलिपि पढ्ने उज्ज्वल प्रसाईं, वसन्त बस्नेतलगायत अरू साथीहरूले नामको साह्रै प्रशंसा गर्नुभयो । उपन्यासको पहिलो पाण्डुलिपि गएको दसैंताका तयार भएको थियो र उज्ज्वलजीले उतिबेला नै पाण्डुलिपि पढेर शीर्षक बेजोड रहेको तर्क दिनुभएको थियो । उपन्यास प्रकाशनको करिब दुई महिनाअघिसम्म मैले दोस्रो विकल्प सोचेकै थिइनँ । तर जब अन्तिमपटकको पुनर्लेखन सकें, मलाई कताकता 'माया मुम्बई' नाम उति सान्दर्भिक नभएको अनुभव भयो । बुद्धिसागरले पनि नाम अलिक चालू खालको भयो भनेर कुरा उक्काएपछि हावाहुरी चलिरहेको मनमा मज्जाले सुनामी र भुइँचालो नै चल्यो । त्यसपछि सुरु भयो अर्को शीर्षकको खोजी ।

      त्यसपछिका दिनहरू अजिबअजिब खालका नामहरू सोचेर बिते । एकपल्ट त नेपाली साहित्यमा अहिलेसम्मकै नभएको लामो नाम राख्ने झोंक पनि चल्यो । सोचें, 'कागजको हवाइजहाज र सोह्र रंगको इन्द्रधनुष' । वाह, नाम आएपछि आफैंले आफ्नो पिठ्युँमा धाप मार्नुजस्तो लाग्यो । एकजना अनन्य मित्रलाई सुनाएँ । उसको प्रतिक्रिया थियो- 'धत्' । दिमागमा फुरेको एक घन्टा पनि नबित्दै सबै इन्द्रधनुषहरू बेपत्ता भए र मन दिक्दार भयो । एकदिन अचानक एक मित्रको फोन आयो । सधैं निराशाकै कुरा गर्ने उनले लामो सुस्केरा छाड्दै भनें, 'कस्तो दिक्दार लागेको छ जिन्दगीसित । घामकिरी भएर आकाशमा उड्न मन लागेको छ ।'

      बस्, के चाहियो । मेरो दिमागमा बत्ती बलिहाल्यो । घामकिरी । त्यही पुतली, बाल्यकालमा जसको पुच्छरमा धागो बाँधेर हामीले चंगा जसरी उडाउँथ्यौं । नोस्टाल्जिक बनाइहाल्यो यो शीर्षकले मलाई । दिल र दिमागमा अनेकअनेक रंगका घामकिरीहरू उड्न थालिहाले ।

      कति धेरै नामहरू रहेछन् घामकिरीका । नेपालमा मात्र विभिन्न भाषामा सयवटा नाम त कम्तीमा होलान् यसका । एउटा नाम लगभग सर्वत्र प्रचलित रहेछ । तर त्यो नाम उच्चारण गरेपछि एकजनाले 'कुनै जाति विशेषलाई होच्याएर राखिएको हो यो नाम, त्यसैले यो नामको विरोध गर्नुपर्छ' भनेर फेसबुकमा मलाई ठाडै हप्काएपछि मैले उक्त नामको उच्चारण गर्नु 'पलिटिकल्ली करेक्ट' नहुने नै ठानें । खेतारी, भदौरे, छिचिमिरा, दसैंकीरा, धोबिना पनि भनिँदोरहेछ यसलाई । काठमाडौंमा 'झ्यालिन्चा' भनिँदो रहेछ । केहीले त 'छ्या, हाम्रोमा त साह्रै अश्लील नाम छ यसको' भनेर पहिलो र अन्तिम अक्षर लेखेर समेत जानकारी दिनुभयो फेसबुकमा मलाई ।

      तर यतिन्जेल मलाई आकषिर्त गरिसकेको थियो 'घामकिरी'ले । यो नाम अलिक फरक सुनिन्थ्यो । यसले हामी सबैलाई नोस्टाल्जिक बनाएर हाम्रो मस्तिष्कमा सुषुप्त रहेको बालस्मृतिलाई सक्रिय पनि बनाइदिँदोरहेछ । सबैभन्दा आकषिर्त भएँ म यो पुतलीको नियतिसित । यो मस्तसित उड्न चाहन्छ । तर हामी यसलाई समात्छौं र यसको पुच्छरमा धागो बाँधेर यसको उडानलाई नियन्त्रिण गरिदिन्छौं । यो निर्बिघ्न उड्न पाउँदैन । त्यसरी नै, जसरी हाम्रा सपनाहरू, हाम्रा चाहना र महत्त्वाकांक्षाहरू स्वतन्त्र र उन्मुक्त भएर उड्न पाउँदैनन् । मैले यो मेरो पछिल्लो उपन्यासमा संकेत गरेका कुरा पनि यही थियो । त्यसैले 'माया मुम्बई' मेरो मथिंगलबाट पखालियो र सुकिलो भएर बस्यो 'घामकिरी' । 

      फेरि विमल निभा र पुरुषोत्तम सुवेदीलाई सुनाएँ यो नाम । उहाँहरूले भन्नुभयो, 'वाह' । जमलको एक रेस्टुरेन्टमा बसेर ब्ल्याक टी खाँदै गरेका बुद्धिसागरलाई पनि सुनाएँ यो नाम । उनले पनि भने, 'वाह' । त्यसपछि के चाहियो, म पनि घामकिरी भएँ र उड्न थालिहालें नि ।

      किुनै पनि किताबलाई नाम दिनु सजिलो काम हुँदै होइन । हरेकलाई केही न केही शीर्षक चाहिन्छ नै । कतिले पाठकहरूको ध्यानाकर्षण गराउनकै लागि पनि केही नयाँ खालका शीषक राख्छन् होला । तर धेरै साहित्यकारको सोच हुन्छ, शीर्षकले नयाँपनको आभास पनि देओस् र किताबको आन्तरिक कथ्यको भावलाई बहन पनि गरोस् । यसले पाठकको जिज्ञासा पनि उत्पन्न गरोस् र लेखकलाई सिर्जनात्मक सन्तुष्टिको अनुभूति पनि देओस् । म पनि किताबका नामहरूप्रति अत्यधिक सचेत हुने जमातमै पर्दछु । किताबको शीर्षकमा पनि एकखालको पर्फ]{सन झल्किनुपर्छ भन्ने सोच रहन्छ मेरो जैले पनि । किताबमा मात्र किन, म कथाहरूको शीर्षक राख्न पनि सचेत हुन्छु । मेरा धेरैवटा कथाको शीर्षक मन पराउनुभएको छ मेरा आदरणीय पाठकहरूले । मेरा कथाहरूमध्ये 'निदाएँ जगदम्बा' शीर्षक सबभन्दा बढी रुचाइएको हो जस्तो लाग्छ मलाई ।

      मेरो यो पछिल्लो उपन्यास 'घामकिरी'को नाम सार्वजनिक भइसकेपछि धेरै मित्रहरूले नामैका कारणले उहाँहरू नोस्टाल्जिक भएको प्रतिक्रिया दिनुभयो । हुन पनि नेपाली समाजको महानगरमा हुर्किएको एकदम पछिल्लो पुस्ताबाहेक सबैले आफ्नो बाल्यकालमा घामकिरी समाएकै छन् । त्यसको पुच्छरमा धागो बाँधेकै छन् र त्यसलाई चंगा बनाएर उडाएकै छन् । मलाई विश्वास छ, मेरो यो उपन्यास 'घामकिरी'ले पाठकहरूको मनभित्र दबेर रहेको स्मृतिलाई फेरि उहाँहरूको अगाडि उपस्थित गराइदिनेछ । उपन्यासका पानाहरू पल्टाइरहादा एउटा रंगीन घामकिरी उहाँहरूको आँखैअगाडि नाचिरहेको हुनेछ । तर मेरो अनुरोध यही छ उहााहरूसित, 'यसपालि नबाँध्नुस् घामकिरीलाई । यसलाई निर्बाध उड्न दिनुस् आकाशमा । त्यसको उडानलाई हेरिरहनुस् । मजा आउँछ ।

      प्रकाशित मिति: २०७० भाद्र २९ १०:००