(कान्तिपुर कोसेलीमा मिति २०७० भाद्र २९ गते शनिवार प्रकाशित मेरो लेख)
घामकिरी । अन्ततः नाम यही हुने भयो । केही साथीहरू, जसले अरू नै शीर्षकमा मेरो यो उपन्यासको पाण्डुलिपि पढ्नुभएको थियो, उहाँहरू चकित हुनुभयो । केहीचाहिँ नयाँखालको नाम आयो भनेर खुसी हुनुभयो भने केही छक्कै पर्नुभयो । केहीले भन्नुभयो, 'नामले केही हुन्न, मुख्य कुरा विषय हो र विषयलाई अभिव्यक्त गर्ने शैली र शिल्प हो । कथालाई कसरी भनिएको छ यो नै महत्त्वपूर्ण कुरा हो ।' 'ह्यारी पोर्टर'की लेखिका जेके रोलिंगले रबर्ट गलब्रेथ नाम राखेर नयाँ क्राइम फिक्सन 'द कुकुज कलिङ' लेखेको कुरा सार्वजनिक भएपछि नाममा केही छैन भनेर तर्क गर्नेहरूलाई थप बल प्राप्त भएको छ । तर 'घामकिरी'को नाम सुनेपछि केहीले नामको पनि अर्थ हुन्छ भन्नुभयो । म मख्ख परें ।
नाममा के छ ? शेक्सपियरले उठाएको यो प्रश्नको हामीले विभिन्न किसिमले जवाफ दिन सक्छौं । अध्यात्मले पनि भन्छ, नाम हैन कर्म ठूलो कुरो हो । सही होला । तर म यो तर्कलाई आँखा चिम्लेर, हरेक अर्थमा सही हो भन्न सक्दिनँ । हामी कुनै व्यक्तिलाई नामले सम्भिmन्छौं र नामले बहन गरिरहेको उसको शरीर, उसको सोच, चिन्तन र कर्मलाई पनि सम्झछौँ । व्यवहारमा नाम जरुरी छ । नामलाई गौण ठान्ने विद्वान्, ऋषिमुनिहरू पनि नामैले चिनिएका छन् ।
सन् २०१२ ताका मेलबर्न र न्युयोर्कका केही विश्वविद्यालयले नाममाथि नै शोधकार्य गरेका रहेछन् । अन्ततः उनीहरूको निष्कर्ष निस्कियो, 'नामले व्यक्तिको छवि बनाउने र उसको निर्णय निर्माण प्रक्रियालाई पनि प्रभावित गर्छ ।' व्यावसायिक कार्यस्थलमा सजिलो नाम भएका मान्छेहरूप्रति सबैको सकारात्मक रवैया रहन्छ भन्ने तथ्य त्यो अध्ययनमा सार्वजनिक भएको रहेछ । कुनै दिन एउटा होटलमा रेड ह्यान्ड समातिएका एकजना साथीले पनि आक्रोशित हुँदै भन्थ्यो, 'नाममा केही छैन भनेर हुन्छ ? कुनै कुकर्म गरेर फँसेपछि आखिर सार्वजनिक हुने त नामै रहेछ ।'
जे होस्, नाममा केही छ या छैन, यो तर्क पछाडिको दार्शनिक चिन्तनतिर लाग्नु छैन अहिले मलाई । यतिखेर त मलाई नाममा पनि केही दम हुन्छ भन्ने मेरो तर्कलाई पुष्टि गर्नु छ, त्यो पनि आफ्नै केही किताबका उदाहरणसहित ।
'िउलार' मैले २०५३ सालमा लेखेको हुँ । जम्मा चार दिन लागेको थियो मलाई 'उलार' लेख्न । मसिनो कायाको उलारको अन्तिमका चार पाँच शब्दहरू हटाउनुबाहेक त्यतिबेला पुनर्लेखन केही गरिएन । पुनर्लेखनको केही प्रयास भने गरेको थिएँ । तर मलाई पहिलो डाफ्ट नै मन पर्यो र त्यही रूपमा प्रकाशित पनि भयो । चार दिनमा लेखिएको 'उलार'को नाम जुराउन भने मलाई करिब चारै महिना लाग्यो । बीचमा अनेकअनेक नाम सोचें । साथीभाइलाई सोधें । केही नाममा साथीभाइले सहमति पनि दिनुभयो । तर पनि म सन्तुष्ट थिइनँ । अचानक एकदिन प्रेमललवाको टाँगा उलार भएको दृश्य फन्फनी आँखामा घुम्यो । उलार भएको प्रसंग उपन्यासमा थियो पनि । अन्ततः शीर्षक राखें- 'उलार' । 'उलार' शीर्षक निश्चित भएको दिन मलाई सानोतिनो युद्ध जितेको अनुभव भएको थियो । लाग्यो, त्यो सानो उपन्यासको योभन्दा असल र सार्थक नाम अरू केही हुनै सक्दैन । उपन्यास बजारमा आएपछि नामको पनि तारिफ नै भयो ।
भिmन्डै दस वर्षपछि म अर्को उपन्यास लेख्न तम्सिएँ । नेपालको दक्षिणी सीमावर्ती भूगोलको कथाव्यथा लेख्छु भनेर योजना बनाएको केही महिनापछि उपन्यास लेख्न थालंे । उपन्यासको पहिलो ड्राफ्ट छ महिनामा तयार भयो । तर यसपल्ट भने मलाई जमेरै पुनर्लेखन गर्नुपर्यो । झन्डै साढे दुई वर्ष रिराइटमै बित्यो मेरो । मणि शर्माजीले कर नगरेको भए अझै केही पुनर्लेखन गर्ने रहर थियो मलाई । त्यो रहर चाँडै प्रकाशित हुन लागेको 'लू'को नयाँ संस्करणमा केही हदसम्म पूरा गरेको छु ।
जे होस्, 'लू' शीर्षक जुर्यो उपन्यासको । नाम सुनेपछि सबैले तारिफ गर्नुभयो । उपन्यासको कथ्य र यसले बहन गरेको विषयवस्तुका लागि लूभन्दा उपयुक्त शीर्षक अर्को केही हुन सक्थ्यो होला भनेर अहिले पनि मलाई लाग्दैन । तर 'लू' शीर्षक राख्नुअघि मैले यसको पहिलो नाम राखेको थिएँ- बयार । अर्थात् हावा । तर विमल निभाले बयार र उलारको रिदम मिलेकोले यो तुकबन्दीका कारण पाठकहरू झुक्किने सम्भावना रहन्छ, त्यसैले नाम ठीक छैन भनेर ठाडै रिजेक्ट गरिदिनुभयो । त्यसपछि नाम राखें- रावणको प्रेमकथा । पछि 'पत्थरपुरवाको प्रेमकथा' पनि नाम राखें । 'लू'को प्रमुख पात्रको नाममा एकपल्ट 'इलैया' नै शीर्षक राखूँ कि भन्ने पनि लाग्योे । तर कुनै पनि नाम कथानकसित मेल खाएजस्तो लागिरहेकै थिएन । 'लू' भन्ने शीर्षक त अचानक दिमागमा पसेको थियो । फ्लासलाइट चम्केजस्तो झिलिक्क भएर आएको थियो यो नाम । अिनि पालो आयो 'घामकिरी'को । यसपालिचाहिँ अचम्मै भएको थियो । उपन्यासको खाका दिमागमा आउनासाथ मैले यसको शीर्षक सोचिसकेको थिएँ- 'माया मुम्बई' । उपन्यासको प्रमुखपात्रको नेपालगन्जदेखि मुम्बईसम्मको अनौठो र उट्पट्यांग खालको यात्रा नै यो उपन्यासका रैखिक ढाँचा हो । त्यसैले माया मुम्बईभन्दा उपयुक्त नाम अरू केही होला भन्ने लाग्दै लागेन । उपन्यासको पाण्डुलिपि पढ्ने उज्ज्वल प्रसाईं, वसन्त बस्नेतलगायत अरू साथीहरूले नामको साह्रै प्रशंसा गर्नुभयो । उपन्यासको पहिलो पाण्डुलिपि गएको दसैंताका तयार भएको थियो र उज्ज्वलजीले उतिबेला नै पाण्डुलिपि पढेर शीर्षक बेजोड रहेको तर्क दिनुभएको थियो । उपन्यास प्रकाशनको करिब दुई महिनाअघिसम्म मैले दोस्रो विकल्प सोचेकै थिइनँ । तर जब अन्तिमपटकको पुनर्लेखन सकें, मलाई कताकता 'माया मुम्बई' नाम उति सान्दर्भिक नभएको अनुभव भयो । बुद्धिसागरले पनि नाम अलिक चालू खालको भयो भनेर कुरा उक्काएपछि हावाहुरी चलिरहेको मनमा मज्जाले सुनामी र भुइँचालो नै चल्यो । त्यसपछि सुरु भयो अर्को शीर्षकको खोजी ।
त्यसपछिका दिनहरू अजिबअजिब खालका नामहरू सोचेर बिते । एकपल्ट त नेपाली साहित्यमा अहिलेसम्मकै नभएको लामो नाम राख्ने झोंक पनि चल्यो । सोचें, 'कागजको हवाइजहाज र सोह्र रंगको इन्द्रधनुष' । वाह, नाम आएपछि आफैंले आफ्नो पिठ्युँमा धाप मार्नुजस्तो लाग्यो । एकजना अनन्य मित्रलाई सुनाएँ । उसको प्रतिक्रिया थियो- 'धत्' । दिमागमा फुरेको एक घन्टा पनि नबित्दै सबै इन्द्रधनुषहरू बेपत्ता भए र मन दिक्दार भयो । एकदिन अचानक एक मित्रको फोन आयो । सधैं निराशाकै कुरा गर्ने उनले लामो सुस्केरा छाड्दै भनें, 'कस्तो दिक्दार लागेको छ जिन्दगीसित । घामकिरी भएर आकाशमा उड्न मन लागेको छ ।'
बस्, के चाहियो । मेरो दिमागमा बत्ती बलिहाल्यो । घामकिरी । त्यही पुतली, बाल्यकालमा जसको पुच्छरमा धागो बाँधेर हामीले चंगा जसरी उडाउँथ्यौं । नोस्टाल्जिक बनाइहाल्यो यो शीर्षकले मलाई । दिल र दिमागमा अनेकअनेक रंगका घामकिरीहरू उड्न थालिहाले ।
कति धेरै नामहरू रहेछन् घामकिरीका । नेपालमा मात्र विभिन्न भाषामा सयवटा नाम त कम्तीमा होलान् यसका । एउटा नाम लगभग सर्वत्र प्रचलित रहेछ । तर त्यो नाम उच्चारण गरेपछि एकजनाले 'कुनै जाति विशेषलाई होच्याएर राखिएको हो यो नाम, त्यसैले यो नामको विरोध गर्नुपर्छ' भनेर फेसबुकमा मलाई ठाडै हप्काएपछि मैले उक्त नामको उच्चारण गर्नु 'पलिटिकल्ली करेक्ट' नहुने नै ठानें । खेतारी, भदौरे, छिचिमिरा, दसैंकीरा, धोबिना पनि भनिँदोरहेछ यसलाई । काठमाडौंमा 'झ्यालिन्चा' भनिँदो रहेछ । केहीले त 'छ्या, हाम्रोमा त साह्रै अश्लील नाम छ यसको' भनेर पहिलो र अन्तिम अक्षर लेखेर समेत जानकारी दिनुभयो फेसबुकमा मलाई ।
तर यतिन्जेल मलाई आकषिर्त गरिसकेको थियो 'घामकिरी'ले । यो नाम अलिक फरक सुनिन्थ्यो । यसले हामी सबैलाई नोस्टाल्जिक बनाएर हाम्रो मस्तिष्कमा सुषुप्त रहेको बालस्मृतिलाई सक्रिय पनि बनाइदिँदोरहेछ । सबैभन्दा आकषिर्त भएँ म यो पुतलीको नियतिसित । यो मस्तसित उड्न चाहन्छ । तर हामी यसलाई समात्छौं र यसको पुच्छरमा धागो बाँधेर यसको उडानलाई नियन्त्रिण गरिदिन्छौं । यो निर्बिघ्न उड्न पाउँदैन । त्यसरी नै, जसरी हाम्रा सपनाहरू, हाम्रा चाहना र महत्त्वाकांक्षाहरू स्वतन्त्र र उन्मुक्त भएर उड्न पाउँदैनन् । मैले यो मेरो पछिल्लो उपन्यासमा संकेत गरेका कुरा पनि यही थियो । त्यसैले 'माया मुम्बई' मेरो मथिंगलबाट पखालियो र सुकिलो भएर बस्यो 'घामकिरी' ।
फेरि विमल निभा र पुरुषोत्तम सुवेदीलाई सुनाएँ यो नाम । उहाँहरूले भन्नुभयो, 'वाह' । जमलको एक रेस्टुरेन्टमा बसेर ब्ल्याक टी खाँदै गरेका बुद्धिसागरलाई पनि सुनाएँ यो नाम । उनले पनि भने, 'वाह' । त्यसपछि के चाहियो, म पनि घामकिरी भएँ र उड्न थालिहालें नि ।
किुनै पनि किताबलाई नाम दिनु सजिलो काम हुँदै होइन । हरेकलाई केही न केही शीर्षक चाहिन्छ नै । कतिले पाठकहरूको ध्यानाकर्षण गराउनकै लागि पनि केही नयाँ खालका शीषक राख्छन् होला । तर धेरै साहित्यकारको सोच हुन्छ, शीर्षकले नयाँपनको आभास पनि देओस् र किताबको आन्तरिक कथ्यको भावलाई बहन पनि गरोस् । यसले पाठकको जिज्ञासा पनि उत्पन्न गरोस् र लेखकलाई सिर्जनात्मक सन्तुष्टिको अनुभूति पनि देओस् । म पनि किताबका नामहरूप्रति अत्यधिक सचेत हुने जमातमै पर्दछु । किताबको शीर्षकमा पनि एकखालको पर्फ]{सन झल्किनुपर्छ भन्ने सोच रहन्छ मेरो जैले पनि । किताबमा मात्र किन, म कथाहरूको शीर्षक राख्न पनि सचेत हुन्छु । मेरा धेरैवटा कथाको शीर्षक मन पराउनुभएको छ मेरा आदरणीय पाठकहरूले । मेरा कथाहरूमध्ये 'निदाएँ जगदम्बा' शीर्षक सबभन्दा बढी रुचाइएको हो जस्तो लाग्छ मलाई ।
मेरो यो पछिल्लो उपन्यास 'घामकिरी'को नाम सार्वजनिक भइसकेपछि धेरै मित्रहरूले नामैका कारणले उहाँहरू नोस्टाल्जिक भएको प्रतिक्रिया दिनुभयो । हुन पनि नेपाली समाजको महानगरमा हुर्किएको एकदम पछिल्लो पुस्ताबाहेक सबैले आफ्नो बाल्यकालमा घामकिरी समाएकै छन् । त्यसको पुच्छरमा धागो बाँधेकै छन् र त्यसलाई चंगा बनाएर उडाएकै छन् । मलाई विश्वास छ, मेरो यो उपन्यास 'घामकिरी'ले पाठकहरूको मनभित्र दबेर रहेको स्मृतिलाई फेरि उहाँहरूको अगाडि उपस्थित गराइदिनेछ । उपन्यासका पानाहरू पल्टाइरहादा एउटा रंगीन घामकिरी उहाँहरूको आँखैअगाडि नाचिरहेको हुनेछ । तर मेरो अनुरोध यही छ उहााहरूसित, 'यसपालि नबाँध्नुस् घामकिरीलाई । यसलाई निर्बाध उड्न दिनुस् आकाशमा । त्यसको उडानलाई हेरिरहनुस् । मजा आउँछ ।
प्रकाशित मिति: २०७० भाद्र २९ १०:००