Sunday, July 28, 2013

राजनीतिका खेलाडीलाई 'चकलेट':गुरुंग सुशान्त

(कान्तिपुर, कोसेलीमा २०७० साउन १२ गते शनिवार प्रकाशित)


राजनीतिका खेलाडीलाई 'चकलेट'

    (0 Votes)
    literature

     
    1
     
    1
     
    0
     
    0
     
    2


    काठमाडौ, श्रावण १२ - धेरैसँग हुन्छन् कथा । थोरैले लेख्छन् तर पढिन्छ साह्रै थोरै मात्र । पढे जति सबै लेखकले बास पाउँदैनन् पाठकीय हृदयमा । पाठकको अन्तर्तहमा टाँसिएर बसेको लेखक मात्रै साँचो लेखक हो । नयनराज पाण्डे तिनै लेखक हुन्, जो अब्बल मानिन्छन् समकालीन कथा लेखनमा । 'चकलेट' कथासङ्ग्रहले उनको त्यही अब्बलतालाई अझ चहकिलो बनाएको छ ।
    पढ्नुको आफ्नै काइदा र फाइदा छन् । लेखकले चाहिँ लेख्छन् किन ? यो प्रश्न जति हल्का लाग्छ, लेखकले दिने उत्तर हुन्छ उति नै गहन । नोबेल पुरस्कार विजेता लेखक इमरे कर्टिज भन्छन्, 'आफ्नै लागि लेख्छु म । कुनै पाठकलाई सम्झेर, प्रभावित गर्ने बारे सोच्दिनँ लेख्दा । मेरो लक्ष्य हुन्छ- आफ्नो हातमा रहेको विषय अनुकूल भाषा र र्फम बनाउनु ।' कर्टिजको हातमा जस्तै हरेक लेखकको हातमा विषय हुन्छ, त्यही विषय कहिले साउतीको भाषामा आउँछ, त कहिले आन्दोलनको आँधीमा । धेरै लेखकलाई थाहा नहुन सक्छ कि स्वयं आन्दोलनको प्रवाहमा समाहित भएको कुरा । तर नयनराज पाण्डे अत्यन्त सचेत लेखक हुन् भन्ने कुराको बलियो प्रमाण हो, 'चकलेट' । सबै पाठकले आफ्नो कथा रुचाउँछन् भन्ने कुरामा ढुक्क छैनन् पाण्डे ।
    आफ्नो समय र समाजको कुरूप मानसिकता र बेथितिविरुद्ध आक्रोश पोख्नु छ उनलाई । कथा लेखन रहर नभई लडाईं हो पाण्डेका लागि । समाजमा प्रकट र अदृश्य रूपमा रहेका मैमत्त महाशयहरू विरुद्धको लडाइं । उनी आफ्ना कथाहरू अर्थहीन एकालाप नहुन् भन्नेमा जति सचेत छन्, त्योभन्दा बढी सावधान छन् प्रायोजित विद्रोह र बहुलट्ठी प्रयोगबाट । एउटा सच्चा लेखकको योभन्दा ठूलो इमानदारी अर्को के हुन सक्छ ?
    'निदाएँ जगदम्बा' कथासङ्ग्रह पढेपछि नयनराज पाण्डे पि्रय कथाकार बनेर बसे मेरो हृदयको भित्तामा । मेरो हृदयमा भन्दा दिमागमै बढी किक हाने ती कथाहरूले । मेरो पाठकले खोजिरह्यो, त्यस्तै अनन्त किक । 'चकलेट' दिएर झन् गतिलो किक हाने उनले अहिले । पाठकको माया पाउनु जति आनन्दको विषय हो, त्योभन्दा बढ्दा उत्साहको खुट्किला हो अर्को समर्थ लेखकको प्रेम । निदाएँ जगदम्बा पढेपछि साहित्यकार नारायण ढकालले भने, 'म किन ढिला भएँ ? जुन भावभूमिमा नयनले एउटा शक्तिशाली कथा बनाए, त्यो मेरो पनि त हो ।' कथाद्वारा समयलाई तीक्ष्ण रूपमा व्यक्त गर्ने प्रभावकारी शिल्प आफूमा नरहेको बताउँदै पाण्डेलाई 'फस्ट' घोषणा गरे ढकालले । लाग्छ, चलनचल्तीको पुरस्कारभन्दा माथि छ ढकालको यो प्रतिक्रिया । भनिन्छ,आफ्नै आस्था र सहानुभूतिप्रति निर्मम हुने लेखक नै इमानदार हुन्छ । पाण्डे कुनै न कुनै राजनीतिक सिद्धान्तप्रति आस्थावान होलान्, तर उनले गरेको प्रहार आफ्नै आस्थाप्रति पनि हो । आफ्नो पूर्ववर्ती लेखनप्रति पनि उतिकै निर्मम छन् उनी । उनले कुनै बेला एउटा कथा लेखे- आवरण । त्यो कथा जति मार्मिक थियो अन्त्य उति नै फितलो । कथाको अन्त्यतिरको आशयले कुनै एउटा दलको राजनीतिक इतिहासको अपव्याख्या गथ्र्यो । नारीमैत्री पनि थिएन । तर पाण्डेले त्यस कथालाई नयाँ रङ्गरोगन गरेर बनाएछन्, सुकुमेल । भिडन्त नामक कथामा एउटा वाक्य यस्तो थियो, 'सिपाही नै भए पनि आखिर उसले मान्छे पो मार्‍यो त ।' आफूलाई राम्रो लागेका केही नेपाली कथामध्येको एक कथाको यस वाक्यले मलाई झस्काएको थियो, तर पाण्डेले पछिल्लो सङ्ग्रहमा सम्पादन गरी बनाएछन् -'सपनामै भए पनि आखिर उसले मान्छे पो मार्‍यो त ।' यसबाट थाहा हुन्छ कि लेखनमा कति सिरियस छन् पाण्डे । उत्तरवर्ती चिन्तनको एउटा आशय छ, 'अर्थ बोक्न सक्दैन शब्दले ।' पाण्डेको उत्तरदायित्वपूर्ण लेखन पढेपछि भन्न मन लाग्छ, शब्दले अर्थको तहलाई आकाश- जमिन फरक पार्छ नै पार्छ ।
    पाण्डेका कथामा छोटा छोटा वाक्य छन् तर तिनको प्रभाव लामो समयसम्म रहिरहन्छ । उनका वाक्यात्मक संरचनाले हिन्दी आख्यानाकार कमलेश्वरको सम्झना गराउँछन् कहिलेकाहीँ । कमलेश्वर बन्नु छैन पाण्डेलाई । बरु पाण्डेले जस्तै लेख्न कोसिस गर्ने धेरै छन् नयाँ पुस्तामा । पुरानो पुस्तासँग दाँजेर हेर्दा नयनराज पाण्डे अलग्ग/मौलिक अनुहार लिएर छुट्टिन्छन् नै । उनी पुरानो र नयाँ पुस्ताको पुलजस्तो देखिन्छन् पनि । कहिलेकाहीं त लाग्छ, कलात्मक राजनीतिक कथाका उत्कृष्ट नमुना पेस गर्दै छन् उनी । राष्ट्रिय स्वाभिमान गुम्छ कि भन्ने डर छ उनलाई । विभिन्न नाममा राज्यमाथि हुने हस्तक्षेपका विरुद्धमा छन् उनी । हामीलाई थाहा छ, नेपालका धेरै नीति निर्मातालाई आफ्नो चिन्ता छ, लोभ छ, आसक्ति छ । उनीहरूको सोचको केन्द्रमा देश छैन । केही पाउने लोभ मनको कुनै कुनामा बाँकी रहेपछि स्वाभिमानको शिर स्वतः झुक्छ ठूलाका पाउतिर । तिनै स्वाभिमानको शिर नुहेकाहरूको अन्तर्य खोतल्नुलाई आफ्नो धर्म ठान्छन् पाण्डे । उनले आम मान्छेका कथा सुनाउँछन्, दुःख र अभावको कुरा बताउँछन् । उनले भनेका छन्, 'उसले मेरा कथामार्फत् समाजका सुकिलाहरूलाई देखाओस् आफ्नो मलिन र मैला अनुहार । कथामा ऊ नाङ्गो भएर आओस् तर नङ्ग्याओस् समाजका ती टाठाबाठाहरूलाई, जसले उसलाई लगातार सीमान्त कित्तातिर धकेलिरहन्छन् । म चाहन्छु, उसले आफूमाथि हैकम चलाउने र रजाइँ गर्ने हरामी मालिकहरूलाई चिनोस् र चिनाओस् ।' चकलेट पढेपछि धेरै नेतालाई आफ्नो कार्यप्रति ग्लानि हुन सक्छ । टाउको दुख्न सक्छ धेरै साहित्यकारको । चकलेटमा सङ्ग्रहित कथामा सानो सानो घटनालाई अनौठो नाटकीयता दिएका छन् पाण्डेले । नाटकीयताका माध्यमबाट व्यङ्ग्य प्रहार गर्न सक्नु उनको खुबी हो । 'तातो' कथा पढ्दा निरोको बाँसुरी प्रसङ्ग सम्झना हुन्छ । तुलना गर्न मन लाग्छ, निरोचेतना र निरोका नयाँ संस्करणहरूको । कथाले आफूअनुकूल शब्द चयन गर्नु मात्र सबथोक होइन । अक्षरहरूले प्रतिविम्बित गरेको कुरा बारम्बार प्रतिध्वनित भइरहनुचाहिँ नम्बरी कथा हो । 'चकलेट'का प्रायः कथामा त्यस्तो ताकत छ, जसले हामीलाई काव्यात्मक मात दिन्छ । सामाजिक कुरूपताका सग्लो चित्र हाम्रा अगाडि ल्याएर उभ्याइदिन्छ । लाग्छ, यी कथा नेपाली राजनीतिको मैदानका स्ट्राइकरहरूले पढिदिए कति बेस हुन्थ्यो ।

    प्रकाशित मिति: २०७० श्रावण १२ ११:२३
    - See more at: http://ekantipur.com/np/2070/4/12/full-story/372875.html#sthash.o45UBpyU.dpuf

    Thursday, July 18, 2013

    'उलार'को नाट्य मन्चनबारे THE HIMALAYAN TIMES मा प्रकाशित समाचार


    THE HIMALAYAN TIMES (THT)-July15,2013

    "COMMON MAN'S FRUSTRATION ONSTAGE"

    The audience inside
    the Mandala theatre,
    Anamnagar
    were sitting on the
    floor and steps on
    July 14 as the hall was filled
    with people who were there
    to attend the National Music
    and Drama Festival 2070 organised
    by Nepal Academy
    of Music and Drama.
    The first day of the festival
    staged Ulaar, a drama based
    on Nayan Raj Pandey’s
    acclaimed novel Ulaar under
    the direction of Ram
    Babu Regmi.
    With the central character
    Prem Laluwa (Rupak
    Kharel) the director has
    tried to show the pain
    and sufferings of the
    people living in the
    Terai region.
    The protagonist Laluwa
    is an orphan who has a
    horse and a cart as his only
    possessions. He falls in
    love with Draupadi
    (Sanu Pandey), a sex
    worker. She is frequently
    exploited
    by the police officers
    and as her
    business is not progressive
    she even
    thinks of migrating
    to Dang.
    Laluwa has many
    ordeals to face. His
    migration from Banke
    to Kathmandu with a
    hope to get compensation
    from the minister Shantiraja
    (Tanka Chaulagain), being
    robbed in the city, the destruction
    of his house,
    stealing of his
    cart... make one
    realise problems
    appear when least expected.
    The entire story revolves
    around Laluwa, his
    love and the struggle he goes
    through. And it ends with his
    realisation of how the public
    is used as puppets by politicians.
    He also realises how
    madhesis (people of
    Terai) have been discriminated
    in the society.
    He returns to
    his village with these bitter
    truths, angst and frustration.
    His angst and frustration
    is depicted when he
    throws his torn sandals
    at Kathmandu.
    The drama features
    the everyday
    life of people
    living in Banke,
    Nepalgunj. The
    director has
    beautifully presented
    politicians
    using common
    people for
    their vested
    interests, which is
    the basic theme of
    the drama.
    The intimate scenes between
    Draupadi and Laluwa
    is aesthetic. The love and intimacy
    between the characters
    is showcased as
    love making and
    the dim light
    sets the tempo.
    Curfew in Nepalgunj, religious
    war between Hindus
    and Muslims, the use of
    derogatory word as marsya
    are sufficient in the play to
    show the hostility in terms of
    religion and race. However,
    the play misses to clarify —
    what was the reason behind
    the Hindu-Muslim war.
    Though on a serious
    theme, the play sees light
    hearted moments which is
    apt with good comic timing.
    Pandey has been able to
    give the perfect glimpse of a
    sex worker. The make-up,
    languages she uses, her hatred
    towards the policemen
    are carried out well.
    Kharel in his ragged vest
    and lungi is the perfect presentation
    of a madhesi character.
    He is able to present
    himself as the character with
    his madhesi dialects. His
    performance makes the audience
    sympathise with
    him. Cameo by Chaulagain
    as a writer and minister
    however would have been
    better if his voice
    was audible.
    However, the drama fails
    to sync in different plots
    making it confusing. Sub
    plots in the drama are created
    in such a way that audience
    fail to recognise what
    the story is about. Had the
    sub plots been enforced, the
    play would have been much
    better. This national music
    and drama festival will
    showcase eight dramas from
    various parts of the country
    at three theatres Mandala,
    Sarwanam, and Nepal Academy.
    It will also feature different
    musical presentations
    from all the development regions
    of the country. The festival will be held
    till July 15.