‘साहित्य सिर्जना सय मिटरको दौड होइन'
(नागरिक दैनिक-२०७१ मंसिर १३ गते प्रकाशित)
प्रस्तुति-फणिन्द्र संगम
समकालीन नेपाली साहित्यको आख्यान विधामा कलम चलाइरहेका सक्रिय लेखक हुन्, नयनराज पाण्डे। विशेषतः तराईको भावभूमिमा रहेर आख्यान सिर्जना गर्न उनी रुचाउँछन्। ‘उलार', ‘लू'जस्ता उपन्यास उनका चर्चित र प्रशंसित कृति हुन्। तराईकै परिवेशभन्दा बाहिर निस्केर अहिले नयाँ कृतिको तयारी गरिरहेका लेखक पाण्डेसँग फणीन्द्र संगमले गरेको छोटो संवाद :
एकातिर आख्यानका पाठक बढेको बताउनेहरू छन्, अर्कातिर कविता शक्तिशाली बन्दै आएको भन्नेहरू पनि छन्। अहिलेको खास साहित्य बजारचाहिँ केको हो?
कतिपय साथीहरू साहित्यको सम्बन्ध बजारसित जोड्न नहुने ठान्नुहुन्छ। तर म यसमा अलिकति विमति राख्छु। साहित्यलाई किताबी स्वरूप दिएर त्यसको बिक्री मूल्य पनि तोकिसकेपछि त्यो स्वतः बजारसित जोडिन्छ नै। तर चाउचाउ, रक्सी या धूम्रपानको बजार र साहित्यको बजारका केही फरक चरित्रहरू पनि हुन्छन्। साहित्यको बजार सिर्जना र त्यसले दिने तृप्तिसित जोडिएको हुन्छ। त्यस अर्थमा म साहित्यको पनि बजार हुन्छ भन्ने मान्यता राख्छु। र, रह्यो कुरा अहिलेको साहित्यिक बजारको। यो आख्यानको बजार हो या कविताको बजार हो भन्ने प्रश्नमा नअल्मलिएर अहिलेको बजार समग्र साहित्यकै बजार हो भन्ने ठान्छु म। किताबको बिक्रीको संख्यालाई मानक मान्ने हो भने आख्यानकै बजार बढेको जस्तो पक्कै देखिएला। तर गैरआख्यान र कविताले पनि बजारको ध्यान आकृष्ट गरेकै छन्। आख्यानमा जीवनको विराटतालाई झल्काउने कथानक हुन्छ। नयाँ खालको परिवेश र चरित्रहरू हुन्छन्। त्यसले पाठकको अहम्लाई तुष्टि पनि गर्छ। त्यसैले आख्यानले हरेक वर्ग, उमेर र तप्काका पाठकहरूलाई आकृष्ट गर्छ।
कविहरू त बढी लेखिने र पढिने विधा कविता हो भन्छन्। आख्यानलाई कविताले पछि पार्दै गरेको उनीहरूको दाबी छ नि?
साहित्य सिर्जना सय मिटरको दौड होइन। त्यसैले कसले कसलाई पछाडि पारेको छ भन्ने तर्क गर्ने र दाबी गर्नेहरूको सोचलाई दयनीय मान्नुपर्छ। यो एकखालको कुण्ठा या मनोरोग हुनसक्छ। अगाडि र पछाडिको कुरा गरेर आत्मरतिमा रमाउने रोग पाल्नुुभन्दा हामीले सबै विधाका आफ्नै प्रकारका विधागत विशिष्टताहरू हुन्छन् भनेर स्वीकार्ने हिम्मत राख्न सक्नुपर्छ। म यस्ता तर्क गर्नेहरूलाई आफ्नो सिर्जनामा वैशिष्टता हासिल गर्नतिर लाग्नुस् भन्ने सल्लाह दिन्छु।
यहाँको मूल्यांकनमा चाहिँ पाठकहरूको विधागत छनोट के रहेछ?
सञ्चार, शिक्षा र यातायातको सुविधाले गर्दा अहिलेको समाज एकअर्कासित जोडिँदै गएको छ। अहिलेको पाठक आफूले सुनेको तर नबुझेको समाजका कुराहरू बुझ्न चाहन्छ। त्यो समाजको भाषा, रीतिथिति, परिवेश र भूगोलबारे जानकारी लिन चाहन्छ। यसको लागि आख्यान उपयोगी हुन्छ। आख्यानमा कविताको स्वाद पनि हुन्छ, निबन्धको वैचारिक सामर्थ्य पनि हुन्छ। आख्यानले पाठकलाई कल्पनाशील पनि बनाउँछ। कथानकको प्रवाहमा बगेर पाठकले आख्यानका चरित्रहरूलाई आफैंले स्वरूप दिन्छ र त्यसै चरित्रको दुःख–सुखमा सामेल पनि हुन्छ। आख्यान त्यसैले विश्वव्यापी रूपमा बढी पढिने विधा हो। किताबी रूपमा बढी बिक्री हुने विधा पनि हो। तर कवितामात्रै या गैरआख्यान मात्रै पढ्ने पाठकहरू पनि प्रशस्त हुन्छन्। आख्यानबाहेक अरूमा रुचि नदिने पाठकहरू पनि हुन्छन्। यो पाठकको निजी रुचिको कुरा पनि हो। किताबको बिक्रीलाई विधागत सफलताको मापदण्ड मान्न थालियो भने धेरै खालका समस्याहरू निम्तिन्छन्।
पछिल्लो समय आत्मकथाका किताब निस्कने क्रम बढ्दो छ। नेपाली साहित्यमा यस्ता कृतिले कुन रूपमा योगदान पुर्याकउँछन्?
समाजमा स्थापित भएका र समाजलाई व्यापक प्रभाव पारेका व्यक्तित्वहरूको निजी जीवन अनि उनका सफलता र असफलतालाई बुझ्ने चाहना सबैमा हुन्छ। एकखालको प्रेरणा पनि दिन्छ त्यसले। असफलता र निराशाले गाँजेको समाजमा सफलताको स्वाद चाखेकाहरूको व्यक्तित्व सबैलाई तिलस्मी नै लाग्छ। साहित्यमा कल्पना, विचार र सिर्जनात्मक सामर्थ्य, यी तीनै कुरा चाहिन्छ। आत्मकथामा विचारको पक्ष त रहला तर यसमा कल्पना र सिर्जनात्मक सामर्थ्य भने हुुन्न। मिठो भाषाशैली र प्रस्तुतिलाई साहित्य मान्न सकिन्न। आत्मकथाको आफ्नै महत्ता होला। तर आत्मकथा साहित्य होइन। यो बेग्लै विधा हो। आत्मकथाको विकासले साहित्यको विकासमा कुनै योगदान पुर्यााउँदैन। तर आत्मकथाको बिक्री बढ्यो भनेर आत्तिनुको कुनै तुक पनि छैन। समाज या पाठकले आफ्नो पठनको प्राथमिकता आफैंले तय गर्छ।
नेपाली आत्मकथाको स्तरचाहिँ कस्तो पाउनुभएको छ?
जबसम्म आत्मकथामा इमान्दार भएर प्रस्तुत हुन सकिँदैन, तबसम्म आत्मकथा झूटको दस्तावेजमात्र हुन्छ। हामीकहाँ लेखिएका धेरैजसो आत्मकथा व्यक्तिको अहम्को प्रकटीकरणमात्र हुन्। आफूलाई महिमामण्डित गर्न नै हामीकहाँका आत्मकथाहरू केन्द्रित छन्। तथ्यलाई आफूअनुकूूल तोडमोड गरेर लेखिएका आत्मकथा सुन्दर किसिमले लेखिएकै भए पनि त्यो समाजको लागि प्रकारान्तरले घातक नै हुन्छ। किनभने यसले कतै न कतै पाठकको संवेदनासित खेलबाड गरेको हुन्छ।
नयाँ पुस्ताका लेखकहरूको उपस्थिति र सम्भावना कस्तो देख्नुभएको छ?
नयाँ पुस्ता शिक्षा र सञ्चारको सुविधाबाट लेस भएर आएको छ। त्यसैले उसको ज्ञानको क्षेत्र फराकिलो छ। यी सबै कुराले उसको चेतनालाई पुुष्ट बनाउँछ र ऊभित्र आफ्नो समाजप्रतिको सरोकार र संवेदनालाई जागृत गराउँछ। त्यही सरोकार, चेतना र संवेदनाले नै असल लेखक जन्माउने हो। त्यसैले नयाँ पुस्ताप्रति म विश्वस्त छु। तर नयाँ पुस्ताले अरूले भनिसकेकै कुरा नभनोस्। अरूले सुुनाएकै कथा नसुनाओस्। नयाँ पुस्तासितको मेरो अपेक्षा यही हो। नयाँ पुस्ता हो भने, नयाँपन पनि लिएर आओस् उसले। यसले साहित्यलाई सम्मानित र समृद्ध बनाउँछ।
पाठकले तर्पांबाट अब कस्तो कृति पढ्न पाउनेछन्?
मैले लेख्न जानेको विधा नै आख्यान हो। यही नै मलाई बढी सुविधाजनक लाग्छ। आख्यानमै लागेको छु। अब अलिक फरक परिवेशको र फरक खालको कथानक प्रस्तुत गर्ने प्रयासमा छु। म पुनर्लेखनमा बढी समय लगाउँछु। त्यसैले अर्को वर्षतिर प्रकाशनमा आउला कि भन्ने आशा राखेको छु।
- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/28614.html#sthash.QtO3IBJm.dpufकविहरू त बढी लेखिने र पढिने विधा कविता हो भन्छन्। आख्यानलाई कविताले पछि पार्दै गरेको उनीहरूको दाबी छ नि?