Thursday, October 18, 2012

शक्तिशाली “लू”


     
      (नागरिक दैनिक,पूर्वेली- अगस्त २५,२०१२)

                 
        टीका ‘आत्रेय’ पौडेल 

        लेख्नु नै पर्छ भने त जीवन लेखियोस् जसको जीवन नै छैन । अङ्गभङ्गहरुकों अङ्ग जोड्नसक्ने  लेखहरु र आँखा नहुनेको ज्योति लेख्नु नै शक्तिशाली लेख रहेछन् । नयनराज पाण्डेद्वारा लिखित ‘लू’ त्यस्तै बलवान  वेग हो जसले आवाजविहिनहरुको आवाज लिएर जनमानसमा आफ्नो उपस्थिति देखाइसकेको छ । साँंग्रिला बुक्सले बजारमा ल्याएको  यो पुस्तकले साहित्यिक क्षेत्रमा त छँदैछ, राजनैतिक क्षेत्रमा पनि तरङ्ग उठाएको छ । राज्यले ध्यान नपु¥्याएको, एनजिओ तथा आइएनजिओले समेत कमाइ खाने स्थ।न नबनाएको भारतीय सीमासँग जोडिएको साथै आर्थिक विपन्नताको सिकार भएका सोझा गाउँलेहरुको उपन्यास हो ‘लू’ ।

     भारतीय सीमानासँग जोडिएको एउटा गाउँंका मानिसहरुलाई प्रतिनिधि पात्र बनाएर लेखिएको यो उपन्यास नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको दुखेको घाउ हो ।  यस उपन्यासमा राज्यले उपेक्षा गरेका र सिमानापारीबाट उत्पीडित भएका मानिसहरुले वर्षौदेखि भोग्नुपरेको    वाध्यात्मक अवस्थाको चित्रण गरिएको छ । आर्थिक विपन्नता, सामाजिक पछौटेपन, असुरक्षा र राजनैतिक स्वार्थका बीचमा उत्पन्न भएको हार्दिक प्रेम र धार्मिक सद्भावलाई उपन्यासकारले सुक्ष्मढङ्गले प्रस्तुत गरेका छन् ।               गरिबी त एक प्रकारले महामारी नै हो जुन कुराको दर्दनाक भाषिक चित्रण उपन्यासमा गरिएको छ । गाउँमा महामारीजस्ता प्राकृतिक विपत्तिसँगै अनिकाल बढनु सिमानापारिका मानिसहरुका लागि ठूलो मौका हो । यही मौकाको फाइदा उठाएर सर्कसवालाहरुले  गाउँका छोरीहरु बाखा्रभ्न्दा    
पनि सस्तो भाउमा किनेर लैजाने गरेको उपन्यासमा उल्लेख गरिएको छ । गरिवीले खर्लप्पै निलेका वाध्य  बाबुआमाले आफ्ना प्राणभन्दा प्यारा बेचेर भोक टारेका कुरा पढ्दा मुटु भक्कानिएर आउँछ । सारा गाउँलेको अगाडिबाट सर्कसवालाले सानी बच्चीलाई जनावर जस्तै घिसारेर लैजादा त्यो सानी छोरीले गरेको  आर्तनाद पनि नसुने झै गरेर बाबुले छोरी बेचेको घटनाले कसको मन् नरोला र ? एकातिर गरिवीका कारण आफ्नै छोरी बेचिएका घटना छन् भने अर्कोतर्फ गरिवीकै कारण परिवारका सबै सदस्यले एकैचोटी विष सेवन् गरी आत्महत्या गरेको प्रसङ्ग पढ्दा गरिवी भन्ने कुरा मृत्युभन्दा ठूलो रहेछ भन्ने लाग्दछ ।
  र्
        यौनिक हिसाबले सुरक्षित हुन पाउनु हरेक व्यतिmको अधिकार हो तर यौन पिपासुहरुका कारण कुनै पनि महिला स्वतन्त्र हुन नसकेका कहाली लाग्दा घटनाहरु यस उपन्यासमा सजीव लाग्छन् । उपन्यासकारले यौनिक अपराधले आक्रान्त बन्नु परेका महिलाहरुका पीडाहरलाई मार्मिक ढङ्गले उतारेका छन् । बलत्कारको सिकार भएका महिलाहरुमाई समाजले उपेक्षा गरेको मात्र हैन उठिबास लगाएका प्रसङ्गहरु छन् । के बलत्कार हुनु महिलाको इच्छा हो ? बलत्काबाट गर्भवती हुनु महिलाको रहर हो ? कि बलत्कार महिला–महिलामा                                       हुने यौनिक कार्य हो ? नत्र यसको भागिदार सधै  महिलाले नै किन हुनुपर्ने ? उपन्यासमा थुप्रै बालिकाहरु बलात्कृत भएका छन् । केही घटनाहरु यहाँ  राख्न चाहन्छु — एउटी चमेली नामकी पात्रलाई नौ–दश वर्षको उमेरमा पहिलोपल्ट ६० बर्षको बूढोले बलत्कार गर्छ । के लोग्नेमान्छे यौनिक दृष्टिले बूढो हुदैनन् ? या उसका पनि छोरी नातिनीलाई अरुले बलात्कार गर्दा उसको मनले बलात्कारीलाई माफी दिन सक्छ ? त्यस्तै अर्को घटना छ  नूसरत( उपन्यासकी प्रमूख पात्र)को जसलाइ राती घरैमा भारतीय  पुलिसहरुले बलात्कार  गर्छन् र सामाजिक प्रतिष्ठा विहिन् बनाउँछन् । त्यस्तै अर्को घटना कमला नामकी पात्रको हो जो गाई–भैसीको औषधी किनेर फर्कदा सिमानामा बसेका सिपाहीहरुको  यौनिक पन्जामा जकडिन्छे मात्र हैन गर्भवती समेत बन्न पुग्छे र सन्तान् जन्माउँछे । त्यसबेलामा उसको आफ्नो  समाज र आफन्त आफ्ना हुदैनन् तर  बलत्कारी पुरुष ? ऊ सधै छाती फुलाएर गर्वले बाँचिरहन्छ । यसरी यौनिक अपराध पुरुषले गर्ने र महिलाहरुले यसको पीडा भोग्नुपर्ने तितो यथार्थ उपन्यासमा छ ।      


‘लू’ भारतीय सीमानासँंग जोडिएको राज्यद्वारा उपेक्षित गाउँको  दुखी कथा हो । भारतीय सीमानासँग दशगजासँगै जोडिएको गाउँंका  कैयौ नेपालीहरुका बलौटे खेतहरु रातारात  सीमास्तम्भ सारेर भारततिर गाभिँदा किन मौन बस्छ हाम्रो सरकार ? नेपाली भूमि  विदेशीलाई दिएर उसकै इशारामा नाच्ने  हो भने खोई  सार्वभौमता ? खोई स्वाभिमानता ? उतर कतै छ प्रशासकहरुसँग ? नेपालीको स्वामित्वमा हिजोसम्म रहेको जमिनमा दशगजापारीका मानिसहरु आएर धमाधम खनजोत गर्दा पनि र रातारात सिमानामा रहेका नेपालीहरुलाई सुकुम्वासी बनाउँदा समेत राष्ıले चासो उठाउँन नसक्ने गरी भारतको कुन  ऋण खाएको छ नेपालले र शासकहरु चूप लाग्छन् ? कि गगनचुम्वी महलमा बसेर चिल्ला गाडीभित्र पसेपछि देखिदैन बाहिरी दृष्य ? गाउ“मा रातारात खसीबोका हराउ“दा उजुरी दिने ठाउ“ छैन,सीमानापारीबाट मान्छे  आएर मान्छे मार्दा समेत  न्याय माग्ने ठाउ“ छैन।  भारतले आफ्ना खुसीले बनाएका तटबन्धले नेपाली भूमि जलमग्न भई जनधनको  ठूलो क्षति   हँुंदासम्म राज्यले बेवास्ता  गरेको  र भारतप्रति  लाचारीको दृष्टान्त उपन्यासमा पाइन्छ।

दशगजास“गै जोडिएको यो दुःखको भूमरीभित्र धार्मिक सहिष्णुताको राम्रो उदाहरण छ । हिन्दु र मुस्लिम समुदायका मानिसहरु बीचको भावनात्मक सम्बन्धको उत्तम नमूना यो गाउ“लाई लिन सकिन्छ । गरिवीभित्र मानवताको बाृस हुन्छ भन्ने कुरा यहा“ दर्शाइएको छ । उपन्यासको अन्ततिर व्यतिmगत स्र्वाथका कारण सोझा मुस्लिम समुदायका मानिसहरुले गाउ“  नै छोड्नु पर्ने असुरक्षित अवश्था देखाइएको छ । गाउ“मा  सिमानापारीबाट आएको ‘अबिर र केशरी रङ्गको आतङ्क’ले मुस्लिम वर्गका मानिसहरुलाई छानी–छानी यातना दिंदा तिनीहरुलाई संरक्षण  दिएर सुरक्षित साथ हिन्दु सम्प्रदायका आफ्ना  छिमेकीहरुले राखेको ,खान दिएको र सुरक्षित रुपमा गाउ“बाट बाहिर पठाउ“ने व्यवश्था गरिदिएको घटनाले धार्मिक सद्भावनाको ज्वलन्त उदाहरण स्पष्ट हुन्छ उपन्यास मार्फत ।

उपन्यासकारले उपन्यास मार्फत निश्कलङ्क प्रेमको उत्तम नमूना पस्किदिएका छन् । आजको दुनियामा लगाइने प्रेमको  सस्तो परिभाषाको खण्डन यस उपन्यासमा गरिएको छ । पवित्र प्रेममा जाति–धर्मको कुनै सीमा हुदैन र प्रेम भनेको प्राप्ति मात्र हैन भन्ने सन्देश ।यो उपन्यासबाट  लिन सकिन्छ । उपन्यासमा इलैयाले नूसरतलाई  गरेको एकोहोरो प्रेम यसको शिखर उदाहरण हो । नूसरतको वलत्कार हु“दापनि उसले नूसरतलाई चोखो नै ठान्नु, नूसरतले इलैयास“ग बिहे नगर्ने भनेपछि पनि नूसरत प्रतिको प्रेम नघट्नु नै प्रेमको उत्तम नमूना हो । अझ शक्तिशाली पक्ष त सिमानापारीबाट आएको ‘अविर र केशरी रङ्गको’ आतङ्कित अवश्थाले छानी–छानी मुस्लिमलाई यातना दिएपछि करिम(नूसरतलाई लैजाने केटो)लाई नया“ साइकल किनिदिएर उज्यालो नहुदै गाउ“ काट्ने सल्लाह दिनु र आफूले साइकल किनिदिएको कुरा नूसरतलाई नभन्नू भनेबाट स्पष्ट हुन्छ ।
समग्रमा  ‘लू’ उपन्यास अत्यन्त शक्तिशाली उपन्यास हो ।यसमा समाजले भोग्ने गरेका सबै पक्षहरुको सुक्ष्म विशलेषण गरिएको छ । दशगजाभित्रका दुःखी नेपालीहरुको चहराइरहेको चित्कार छ तर सो चित्कार अनन्तमा विलाएर गएको छ । राज्यको उदासिनताको र बहिरोपनको चित्रण पाइन्छ ।शक्तिशाली उपन्यासकारका  सशक्त उपन्यासहरु अझै पढ्न पाइयोस् ।

                                                 

No comments:

Post a Comment