Thursday, December 15, 2011

अमेरिका-कथा



अवतरणको क्रममा विमानले काठमाडौ उपत्यकावरिपरि फन्को मार्दा मैले विमानबाटै र्ससर्ती काठमाडौलाई हेर्ने अवसर पाए । अमेरिकाबाट हिड्दा मलाई लागेको थियो, म कुनै असभ्य र आदिमानवहरूको बस्तीमा जादैछु । माटाका घरहरू होलान्, धूलो उड्ने सडकहरू होलान् । यस्तै सोचेको थिए मैले । वास्तवमा नेपालको कुनै सुकिलो छवि थिएन मेरो मस्तिष्कमा । यद्यपि वासिङ्टनमा मैले नेपालसम्बन्धी एउटा वृत्तचित्र हेरेको थिए । तर, त्यो हिमाल आरोहणसम्बन्धी वृत्तचित्र थियो । केही वर्षघि हनी हन्टर पनि हेरेको थिए । ओस्कारमा 'नोमिनेट' भएपछि क्याराभान पनि हेरेको थिए । र, ती सबै हेरेपछि मैले नेपाललाई यसरी नै बुझेको थिए- असभ्य, आदिम, अशिक्षित, गरिब र भोको । हरेक समय अनुदान पर्खिरहेको एउटा निर्धन देश ।
एयरपोर्टको लाउन्जमा मेरो नामको प्लेकार्ड लिएर एउटा दुब्लो-पातलो मान्छे उभिएको थियो । तर, उसको हातमा फूल थिएन, बुके थिएन । असभ्यतासितको पहिलो भेट एयरपोर्टमै भयो ।
'नमस्ते' त्यस मान्छेले भन्यो । मैले बुझिन । उसले सायद मेरो अनुहारको भाव बुझ्यो ।
त्यसैले आफूलाई सच्याएर भन्यो, "हेलो सर, हाउ आर यू -"
त्यसपछि भने मलाई ऊ केही आत्मीय लाग्यो । अङ्ग्रेजी सुनेपछि बिरानो पनि आफन्तजस्तै लाग्दोरहेछ ।
यद्यपि त्यो मान्छे असभ्यजस्तो त देखिएको थिएन । तर, त्यसले अनौठो खालको लुगा लगाएको थियो । एकदम अस्वाभाविक, अनौठो र असुविधाजनक पोसाक । पछि थाहा भयोे, त्यो नेपालको राष्ट्रिय पोसाक रहेछ । दौरा-सुरुवाल । अनि त्यसमाथि चुच्चो परेको अनौठो टोपी । पछि मलाई एयरपोर्टमा लिन आउने त्यस मान्छेको नाम पनि थाहा भयो- जनार्दन । जनार्दन नै मेरो दोभाषे रहेछ । 'गाइड' पनि उही नै रहेछ । मलाई पनि सजिलो भयो ।
तर, एयरपोर्टबाट उसले मलाई सोल्टी क्राउन प्लाजा ल्ौजानुपर्ने । सोझै होटल । म लामो विमानयात्राबाट थाकेको पनि थिए“ । म होटल पुगेर पूरा आराम गर्न चाहन्थे“ ।
तर, उसले मलाई चिडियाखाना पो लग्यो ।
"यो कहाँ ल्याएको -" मैले रिसाएर सोधे ।
"सर, यो चिडियाघर । जू । थरीथरीका जनावर छन् । बोटिङ्को सुविधा पनि छ । हात्तीमा पनि चढ्न सक्नुहुन्छ," उसले गाइडको भाषामा भन्यो ।
"तर, मेरो प्रोग्राम सेड्युलमा त जू घुम्ने लेखेकै छैन ।"
"हो र -" उसले थाहा नपाएझै भन्यो ।
"यो त तपाईंलाई थाहा हुनुपर्ने मिस्टर जनार्दन ।" मैले केही कठोर भएर भने ।
"सरी सर, आई एम रियल्ली भेरी सरी," उसले याचनामय मुद्रामा भन्यो ।
"यू, बार्स्र्टड," म यसरी हकार्न चाहन्थे“ । तर सोचे“, म त विदेशी । अमेरिकी । अर्काको देशमा छु । यसरी रिसाउनु हुँदैन ।
"सर, म खासमा कन्फ्युज भए ।" ... ऊ रुन लागेझै देखियो । ... र, अनि केहीबेरपछि उसले मलाई होटल पुर्‍यायो । सोल्टी होटल ।
अमेरिकामा मलाई नेपालमा धेरैपटक आइसकेको मेरो एक जना मित्रले भनेको थियो, नेपालमा पानी प्युदा होश पुर्‍याउनू । एकदम फोहर हुन्छ । त्यहाको वातावरणजस्तै । त्यहाँको मानसिकताजस्तै । ... त्यसैले रुम ब्वायलाई मैले तातो पानी ल्याउन भने। 'ब्वायल्ड वाटर' । तर, एकछिनपछि उसले ल्यायो, आइस् क्यूबले भरिएको बाउल । म छक्क परे । मुरर्मुरिएँ । हकारे उसलाई ।
"सरी सर, म खासमा कन्फ्युज भए“," रुम ब्वायले पनि याचनामय भएर जवाफ दियो ।
जाडो थियो । मैले ब्ल्याङ्केट मगाए“ । ऊ एक घण्टा बेपत्ता भयो । र, एक घण्टापछि टेबुल फ्यान लिएर आयो ।
"यो के -" मैले सोधे“ ।
"टेबुल फ्यान- न्यू मोडलको- फ्रेस हावा दिन्छ ।"
मैले अनि टाउकोमा हात राखे“ । मलाई लाग्यो, म सा“च्चिकै आदिम ठाउँमा आइपुगेछु ।
'नेपालमा द्वन्द्वको असर' सम्बन्धमा अध्ययन गर्न म नेपाल आएको थिए“ । ठूलो जिम्मेवारी थियो ममाथि । नेपाली समाजको गहिरो अध्ययन गर्नु थियो । राज्यव्यवस्था र प्रशासनसित सम्बन्धित विशिष्ठ व्यक्तिहरूसित भेटघाट गर्नु थियो । समाजशास्त्रीहरूसित, राजनीतिशास्त्रका प्रोफेसरहरूसित, द्वन्द्व व्यवस्थापनसित सम्बन्धित विज्ञहरूसित भेटघाट गर्नु थियो । 'टाइट सेड्युल' । र, फर्केर ह्वाइटहाउस र पेन्टागनलाई आफ्नो रिपोर्ट पनि बुझाउनु थियो । त्यसैले म हरेक समय चनाखो भइरहनुपर्ने थियो । प्राप्त एकएक सूचनालाई, सुझावलाई र विचारहरूलाई केलाएर तिनलाई एउटा क्रममा पनि मिलाउनु थियो ।
वास्तवमा दक्षिण एसियामै यो मेरो पहिलो आगमन थियो । यसअघि म इराकमा कार्यरत थिए“ । अमेरिकी आक्रमणअघिको इराकमा । इराकमा भएको सामरिक, जैविक अनि हतियारहरूको अध्ययनको क्रममा मैले केही समय इराकमै बिताएको थिए“ । पेन्टागनलाई त्यससम्बन्धी गोप्य रिपोर्ट बुझाउनेमा म पनि सामेल थिए“ । मलाई खाडी क्षेत्रको विशेषज्ञ मानिन्थ्यो । त्यसैले मैले दक्षिण एसियाको बारेमा उतिसाह्रो अध्ययन गर्न पाएको थिइन । इन्डियाको बारेमा केही जानकारी भने अवश्य थियो । तर, नेपालको बारेमा मलाई यति मात्र थाहा थियो कि यहा“ सगरमाथा छ र गौतम बुद्धको जन्म पनि यही“ भएको थियो । तर, नेपाल आउनुअघि आफूलाई हल्का 'अपडेट' भने गरेको थिए“ र यहा“ चलिरहेको सरकार- माओवादी युद्धको बारेमा मोटामोटी अध्ययन पनि गरेको थिएँ । तर, जिम्मेवारीलाई त बहन गर्नैपर्‍यो । र, यसका निम्ति म तयार पनि थिएँ ।
यहा“का समाजशास्त्री, अर्थशास्त्री, राजनीतिज्ञ, प्रशासक, बुद्धिजीवीहरूको विचार त मैले बुझ्नु नै थियो । तर, मेरा लागि सबैभन्दा महत्वपूर्ण थियो, नागरिक समाजको विचार र उनीहरूका अनुभव र उनीहरूका अनुभूतिहरू । यस काममा मलाई मेरो दोभाषे जनार्दनले सहयोग गर्न सक्थ्यो । त्यसैले एक दिन नियमित 'सेड्युल' बाट मैले समय निकाले“ र उसलाई भने“, "मलाई यहा“को समाजको अध्ययन गर्नु छ ।"
अनि उसले अत्यधिक उत्साहित भएर मलाई पुर्‍यायो एउटा सपिङ् कम्लेक्समा । म छक्क परे“ । फेरि हकारेँ उसलाई ।
"के सपिङ् कम्लेक्समा समाजको अध्ययन गर्न सकिन्छ -" हकार्दै भनेँ ।
उसले उही पुरानो जवाफ दियो, "सरी सर, म कन्फ्युज भएँ ।"
तर, ठीकै भयो । मैले सोचेँ, "सपिङ् नै गरिहालु“ । त्यसैले सोझै एउटा पेन्टिङ् पसलमा गएँ ।
"मलाई एउटा सुन्दर पेन्टिङ् देखाऊ," मैले पसलेलाई भनेँ । उसले हत्तपत्त मेराअगाडि एउटा पेन्टिङ् तेर्स्यायो । म तर्सिएँ। किनभने, लाग्थ्यो पेन्टिङ् रङ्गहरूले हैन, रगतले बनाएको हो । लासहरू, विस्फोटहरू, आँसुहरू । बस् पेन्टिङ्मा त्यति मात्र देखिन्थ्यो । अरू केही थिएन । विरूप । त्यहा“ सुन्दरता थिएन । उत्तरआधुनिक चेतना पनि थिएन ।
"ब्रदर, मैले त सुन्दर पेन्टिङ् खोजेको थिए“," मैले आफूलाई सकेसम्म नम्र बनाएर सोधेँ । पसलेले पनि त्यही भन्यो, जनार्दनले जस्तै ।
"सर, सरी ... कन्फ्युज भएँ ।"
"भाइ, अति भयो । अब म 'रिल्याक्स' चाहन्छु । कृपया मलाई कुनै थिएटरमा लैजाऊ ।" मैले जनार्दनसित याचना नै गरेँ । म शेक्सपियरको कुनै नाटक हेरेर आफ्नो तनाव कम गर्न चाहन्थेँ । रोमियो जुलियट वा अरू त्यस्तै कुनै क्लासिक ।
"अफ्कोर्स, ह्वाइ नट," भन्दै उसले मलाई लग्यो एउटा अनाथालयमा ।
हो, अनाथालयमा ।
त्यहाँ अनाथहरू थिए । द्वन्द्वमा आमाबाबु गुमाएर अनाथ भएकाहरू । उनीहरू उदास थिए । अनुहारमा त्रास थियो । पीडा थियो । आँखामुनि आँसु सुकेपछिको दाग थियो । सबैको अनुहारमा । त्यहाँ मैले केही फोटो पनि खिचेँ । रोगी, पीडित र अभावग्रस्त अनुहारका पोट्रेटहरू । मेरी छोरी क्रिस्टिनालाई यस्तो फोटो असाध्य मन पर्छ ।
त्यसपछि जनार्दनले मलाई एउटा महिला आश्रममा लग्यो । प्रायः सबै महिलाहरू सेतो साडीमा थिए । तिनीहरूको आँखामा लाग्थ्यो, कुनै सपना बाँकी छैन अब । तिनीहरू पनि द्वन्द्वमा आफ्नो छोरा, आफ्नो लोग्ने र दाजुभाइ गुमाएर एक्लो भएका थिए । तिनीहरूले आफ्नै आँखाअगाडि आफ्ना दाजुभाइ, सन्तान र पिताहरूको हत्या भएको देखेका थिए । त्यसैले तिनीहरू कसैको अनुहारमा पनि हाँसो भन्ने कुरा थिएन । बस् औँसीको कुनै भयानक रातको छाया“ पोतिएजस्तो देखिन्थ्यो तिनीहरूको अनुहारमा । यो कहाँ ल्यायो जनार्दनले मलाई । म आराम चाहन्थेँ । उसले तनावग्रस्त ठाउँमा ल्यायो । तर, त्यहाँ पुगेपछि एउटा कुरा मैले बुझेँ । अनाथ बालकहरू, असहाय भएका महिलाहरूको अनुहारमा हेर्दा लाग्थ्यो, यिनीहरू केही चाहिरहेछन् । केही खोजिरहेका छन् । जनार्दनको आँखामा पनि त्यस्तै केही भाव थियो । तर, मैले बुझिन । बुझ्ने समय पनि थिएन । मलाई हतार थियो । यहा“को मन्त्रिमण्डलका सदस्यहरूसित एउटा मिटिङ् थियो ।
मिटिङ्मा मन्त्रीहरू थिए । र, उनीहरू सबै मेरो सुटतिर हेर्दै थिए र मेरो टल्केको जुत्तातिर हेर्दै थिए । मलाई लाग्यो मेरो अमेरिकन जुत्तामा उनीहरु आफ्नो अनुहार हेर्दैछन् । उनीहरू मेरो पहिरन, मेरो घडी, मेरो व्यक्तित्वलाई हेर्दै थिए । मुग्ध भएर । लाटोझैँ ।
"तपाईंहरूको वास्तविक चाहना के -" मैले मन्त्रिमण्डलका वरिष्ठ सदस्यसित सोधेँ ।
"सर, हामीकहाँ रात पर्दा, तपाईंहरूकहा दिन हुन्छ, हो ? ... हामीकहाँ दिन हुँदा, तपाईंहरूकहा रात पर्छ, हो ? ...वाह, त्यस्तो पो देश ।"
मैले बुझिनँ । यो के थियो - मेरो प्रश्नको उत्तर वा मेरो प्रशंसा वा चिन्तनहीन, विचारहीन दिमागबाट निस्केको एउटा असामयिक र गैरजिम्मेदार टिप्पणी । मैले बुझिनँ ।
पछि जनार्दनले भन्यो, "सर, तिनीहरू कन्फ्युज छन् ।"
मैले जनार्दनसित आफ्ना छोराछोरीका लागि सुन्दर 'गिफ्ट' ल्याउन भनेँ । उसले कतैबाट बन्दुक ल्यायो । र, मलाई बन्दुक चलाउने तरिका सिकाउन थाल्यो । म पनि छक्क परेँ । मैले जनार्दनलाई साधारण दोभाषे र गाइड भन्ठानेको थिएँ । तर, उसलाई हतियारहरूको बारेमा गजबको जानकारी रहेछ ।
"सर, यति जानकारी त अचेल यहा“ बच्चा बच्चाले राख्दछ," उसले यति भनेपछि म तीव्र आर्श्चर्यमा परेँ । झन् तनावग्रस्त भएँ । त्यसैले मैले उसलाई फूलको बगैचामा लैजाऊ भनेँ तर उसले मलाई एम्बुस विस्फोट भएको ठाउँमा लग्यो । मैले उसलाई देशका प्रतिष्ठित कविहरूसित भेट गराऊ भनेँ, उसले मलाई विशाल जुलुस देखाउन लग्यो ।
"के यही हो कविहरूको जुलुस ? के यिनीहरू नयाँ विषय, नयाँ विम्ब र नयाँ चिन्तनको खोजीमा छन् ?" मैले जुलुसतिर हेर्दै जनार्दनलाई सोधेँ ।
"नो सर, यिनीहरू शान्ति चाहियो भन्ने माग लिएर हिँडिरहेका जनता हुन् । नेपाली जनता ।"
"ओह, आई सी," मेरो मुखबाट संक्षिप्त प्रतिक्रिया निस्क्यो । मलाई ती जनताको नारा कुनै बोझिल कविताजस्तो लागिरहेको थियो ।
तर, मैले बुझेँ । केही तत्काल बुझेँ, केही पछि बुझेँ । बुझेँ कि जनार्दन 'कन्फ्युजन' मा छ । अलमलमा छ । यहाँ सबै अलमलमा छन् । आफूलाई बुझिरहेका छैनन् । आफ्नो चाहनालाई बुझिरहेका छैनन् । आफ्नो सपनालाई बुझिरहेका छैनन् । सिङ्गै देश अलमलमा छ । के ठीक, के बेठीक । के राम्रो, के नराम्रो । के हुनुपर्छ, के हुनु हुँदैन । सबै 'कन्फ्यु्ज्ड' । तर, म खुसी भएँ । किनभने मैले यहाँका जनताको चाहनालाई सजिलै बुझिसकेको थिएँ । मैले मनमनै आफ्नो विश्लेषण क्षमताको आफैले तारिफ गरेँ ।
अमेरिका र्फकने बेलामा जनार्दनको आँखामा आँसु थियो । मलाई लाग्यो, ऊ मसित केही याचना गर्दैछ र मप्रति एकदमै आशावादी भएको छ । म पनि भावुक भएँ । आखिर अमेरिकी मन न हो । लाग्यो, मैले उसको लागि केही सोच्नै पर्छ । केही गर्नैपर्छ । अनि मैले उसलाई सम्झाएँ ।
"चित्त नदुखाऊ जनार्दन । नरोऊ । मेरो तिमीप्रति सहानुभूति छ । वी आर विद यु । म त्रि्रो साथ छु । सिङ्गो अमेरिका तिम्रो साथ छ । तिम्रो दुःख हाम्रो पनि दुःख हो । अमेरिकाको पनि दुःख हो । हामीले तिमीहरूको पीडा बुझ्छौँ । हामी केही सोच्नेछौँ । तिमीहरूको बारेमा, 'सिरियसली' ।"
प्लेनमा । नेपाली आकाशमा उडिरहेको प्लेनमा मैले आफ्नो अमेरिकन वायरलेस ल्याप्टप खोलेँ । ... र, ह्वाइटहाउसलाई एउटार ई-मेल पठाएँ ।
"सर, यो ठाउँलाई तत्काल केही हतियारहरूको आवश्यकता छ । अत्याधुनिक हतियारहरूको ।"
र, त्यसपछि अर्को इ-मेल जनार्दनलाई पठाएँ ।
"प्रिय जनार्दन, हतियारहरूको एउटा खेप चाँडै तिमीहरूकहाँ पुग्दैछ । वेस्ट अफ लक ।"
नेपाल साप्ताहिक
अंक ११४

No comments:

Post a Comment