‘घामकिरी’ मा विचरण गर्दा
('चितवन पोष्ट'मा जनवरी ४,२०१४ मा प्रकाशित)
-धनराज गिरी
‘निदाएँ जगदम्बा’ कथासंग्रह पढ्न दिए भाइ उदय अधिकारीले मलाई । घरमा ल्याएर त्यसमा भएका सबै कथाहरु पढेँ । त्यसपछि हृदयले भन्यो, “यो नयनराज पाण्डे पनि एउटा पढ्नैपर्ने पात्र रहेछ ।” छोरी अनिता गिरीसित कुरा गरेँ । उनले तुरून्त “उलार” पढ्न भनिन् । किताब घरमै रहेछ । लेखकसित परिचय नभई, व्यक्तिगत सम्बन्ध मीठो नभई उसका किताबहरुतिर त्यति ध्यान नदिने चलन पनि छ, यो नेपाली समाजमा भनिएमा ज्यादती नहोला । म पनि सालाखाला पाठक हुँ, मेरो पाठकीय चरित्र पनि उस्तै–उस्तै हो । सबै लेखकका पुस्तकहरु पढेर भ्याइन्न नै । “उदय अधिकारी” बन्न थालेँ भने म न उदय अधिकारी हुन्छु, न धनराज गिरी रहन्छु । त्यही भएर ज–जसले जे–जे भने पनि म आफ्नोपन छोड्दिनँ ।
अब केका लागि परिवर्तन हुने ? “नयनराज पाण्डे” आए हृदयमा । हामी दुवै वामघटकहरुले त्यति टाढा नेदेख्ने लोकतन्त्रवादी । हामी दुवै दाजु जगदीश घिमिरेका प्रिय भाइ । मन्थली यात्राले हामीलाई ‘राम–लखन’ बनायो । त्यसपछि ‘दे दना दन’ । यी ‘राजु’ का कुनै पनि किताब छोड्दिनँ । कान्तिपुर र नागरिकमा छापिएका लेखहरु पनि चपाइयो । ‘लू’ आयो । तहल्का मच्चायो । पाठकहरुले सारै मन पराए । ‘प्रेतकल्प’ र ‘लू’ को लोकप्रियता उस्तै रह्यो । केही नपाएर पनि सबै कुरा पाए, यी दुई अमर पुस्तकहरुले । मित्र मणि शर्मा र सांग्रिलाको जाँगरले हामीले धेरै राम्रा–राम्रा पुस्तकहरु पढ्न पायौँ । शारदा शर्माको ‘ताप’ को छाप हामी सबैको हृदयमा परेकै हो । पाण्डेबाबुले त्यसपछि, ‘लू’ पछि हामीलाई ‘चकलेट’ खुवाउनुभयो । चकलेटभित्रका कथाहरुमा व्यंग्य नै व्यंग्य, विसंगति र विरोधाभासको कलात्मक प्रस्तुति । अनौठो नााम बोकेर आयो– ‘घामकिरी’ । नाम सुन्दा नै आश्चर्य लागेको थियो । विमोचन भएको भोलिपल्टै मेरो हात प¥यो । थालेँ पढ्न ‘घामकिरी’ ! अद्भुत !
एउटा घटना याद आयो । धेरै वर्षअघि चितवनका मानक स्रष्टाहरु र ‘धानक’ स्रष्टाहरुलाई एउटा साहित्यिक वनभोजमा लिएर गएको स्वैर–कल्पनायुक्त रमाइलो लेख चितवन पोष्टमा छपाएको थिएँ । भाइ विमलप्रकाश देवकोटाले पढेछन् र त्यसलाई वास्तविक मानेछन् । मलाई फोन गरेर आफ्नो गुनासो प्रकट गरे, “मलाई किन खबर नगरेको ?” ‘घामकिरी’ पढ्दा मलाई पनि त्यस्तै भयो । सबै घटनाहरु सत्यझैँ लाग्दछ । होइन भन्न सकिँदैन, तर पूरै काल्पनिक । सबैले भने प्रेम नगर, मैले टेरिनँ । सायद यत्ति हो ‘घामकिरी’ । यिनै दुई वाक्यको वरिपरि मेरो मगज घुमिरह्यो । प्रेम हुन्छ या गरिन्छ ? प्रेम के हो ? आजसम्म म स्वयम् पनि यो “प्रेम–चक्रव्यूहबाट उम्किन सकेको छैन । कतै–कतै त ‘राजु’ नयनराज पाण्डे नभएर म स्वयम् हुँ कि भन्ने भ्रम पनि भयो मलाई । आखिर यो संसारमा प्रेम कसले गर्दैन ? हो, प्रेमको रंग फरक हुन सक्छ । व्यवस्थापन हुन सकेमा ‘प्रेम’ वरदान, दुई हृदयको मिलन, होइन भने अभिशाप । यही प्रेमको एउटा अद्भुत स्वैर–कल्पना हो, ‘घामकिरी’ ।
यहाँ, यस टिपनटापन लेखमा म ‘घामकिरी’ भित्र के छ, त्यो कथानक पूरै उतार्ने क्षमता राख्दिनँ । मेरो आफ्नै सीमा छ । यो लेखको पनि सीमा छ । आज जे लेख्दै छु, म पनि प्रेम लेख्दै छु । उपन्यासको मूल पात्र नायक ‘राजु’ अर्थात्, लेखक स्वयम् हुन् । यो एउटा युवकको सपनाको बयान हो । कथाकार, उपन्यासकार, कवि एवम् चलचित्रकर्मी यी नेपालगन्जे ठिटाको शक्ति भनेको यिनको शैली हो । कतै पनि दिक्क लाग्ने शब्द संयोजन छैन । कला र शिल्पका हिसाबले यी खारिएका, तिखारिएका कलमबाज हुन् । मलाई मनपर्ने लेखक हुन् ।
योगमाया, पद्मिनी कोल्हापुरे र राजु, बीच–बीचमा जम्काभेट हुने अरु चरित्रहरु । बतासिएको कथा । राजुले देख्ने दिवास्वप्न । कहिले दिल्ली, कहिले आगरा, कहिले बम्बै, ती सीमान्तकृत पात्रहरु । कतै–कतै त मलाई ‘मुगरीलाल के हँसिन सपने’ भन्ने एउटा टिभी सिरियलको पनि याद आयो । अनेक सपना देख्दै, अनेक हन्डर खाँदै गोजीमा सीमित बजेट बोकेर राजु पुग्छ बम्बै । जुन–जुन पात्रलाई उसले के–के न परिकल्पना गर्दछ, ती सबै झुपडपट्टीका बासिन्दाहरु हुन्छन् । ‘चौटा खान गएकी बूढी………’ यो पनि चरितार्थ भएझैँ लाग्दछ । एउटा चिठ्ठाको कथा, त्यो हृदयविदारक अन्त्य, ‘चारु’ नाम गरेकी कुरुप प्रेमिका, अचम्म–अचम्मका पात्रहरु र उपकथाहरु पाइन्छन्, यस उपन्यासभित्र । पाठकको मन पटकपटक रोमाञ्चित हुन्छ । हो, मानिसको जीवनमा अक्सर नचिताएको नै भोग्नुपर्छ । पात्र राजुले मात्र होइन, उपन्यासका अधिकांश सीमान्तकृत पात्रहरु मृत्युको मुखमा पुगेका छन् । संसारमा सुख छ, त्योभन्दा बढी दुःख छ । त्यही दुःखभित्र सपना देख्छ मान्छे, सुखको ।
नयनराज पाण्डेको ज्ञानको सीमा, अध्ययनको परिधि कति फराकिलो रहेछ भनेर थाहा पाउन पनि यो उपन्यास पढ्नुपर्दछ । हामीले नयनराज पाण्डेलाई जति बुझेका छौँ, त्यतिमात्र उनी होइनन् । उनीभित्र एउटा मान्छे जिउँदो विश्वकोष भएर बसेको छ । पाठकले अघि कहिल्यै नपाएको सामान्य ज्ञान प्राप्त गर्न पनि यो पुस्तक सहयोगी हुन्छ । एउटी सुन्दरीलाई मल्टिनेसनल कम्पनीले कसरी विज्ञापनको वस्तु बनाएर बजारमा ‘शो केश’ मा सजाएको छ, त्यो यहाँ पढ्न पाइन्छ । मलाई हरेक ठाउँमा झसंग–झसंग बनाएको हो, यस उपन्यासको कथानकले । कतै–कतै भने मेरा पूर्वानुमानहरु नमिलेका होइनन् । अलिकता सुझबुझ भएको पाठकले कतिपय घटनाहरु अड्कल्न सक्दछ । मन सारै नै भरङ्ग त्यतिखेर हुन्छ, जतिखेर राजुले दिदीमार्फत आफ्नो पाँचौँ भाइ, नजन्मिएको भाइ गर्भमैँ मरेको खबर सुन्दछ । उसले भाइलाई धेरै कथा सुनाउने सपना देखेको थियो । सबै सखाप ! हरेक चाहनाहरु अधुरा छन्, हरेक सपना फगत् सपनामैँ सीमित भएका छन् । आखिर, यो एउटा उपन्यास नै हो । एउटा मान्छेको स्वैर–कल्पना । परम सत्य नहुन पनि सक्दछ, हुन्न नै । साहित्यमार्फत समाजलाई हेर्ने मात्रै हो । समाजमा रहेका तमाम अव्यवस्थामाथि लेखकले थप्पड दिने हो ।
एउटा अर्को पक्ष, यो कल्पनाको घोडा चढेर वायुवेगसित कुदेको कथा नेपालमा भन्दा बढी भारतमा चलायामान भएको छ । भारतीय समाजको बम्बै भनौँ वा मुम्बई नामको माया–नगरीको चित्रण राम्रोसित भएको छ । कतै मानवीय संवेदना थिलोथिलो भएको छ भने कतै–कतै अपत्यारिलो पाराले बाँचेको पनि छ । विरोधाभास यो दुनियाँको रीत नै हो । भारतका बारेमा स्वयम् भारतीयहरु भन्दछन्– ‘१०० मे से ९९ बेइमान, फिर भी मेरा भारत महान् ।’ ६० वर्षे लोकतन्त्रमा भारतमा पनि सबैभन्दा बढी मौलाएको भ्रष्टाचार नै हो । त्यही भएर आमआदमी नामको पार्टी र अरविन्द केजरीवाल जन्मिन्छन् । त्यस्तो देशमा हाम्रो अल्लारे राजु आफ्नी प्रेमिकासित प्रेम विनिमय गर्न, सपना साकार गर्न आँखा चिम्लिएर हाम फाल्छ । अनेक सपना देखेर विदेश पलायन हुने युवायुवतीहरुलाई पनि घुमाएर यो उपन्यासले सन्देश दिन खोजेको छ । म समीक्षक, समालोचक केही पनि होइन । प्रेम–प्रसाद हो यो मेरो ।

No comments:
Post a Comment