Monday, July 30, 2012

लू-उपन्यास-अभाव र सङ्घर्षको कथा


लू- उपन्यास: अभाव र सङ्घर्षको कथा
सञ्जु शिल्पकार 
(मजदूर दैनिक,जुलाई ३०,२०१२)

    "लू" नयनराज पाण्डेद्वारा लिखित उपन्यास साहित्य साहित्यकै निम्ति लेख्नेहरूको भीडमा "लू" एउटा पृथक परिचय बोकेको उपन्यासभन्दा फरक नपर्ला।

    पात्रहरूको सजीव चित्रण र पाठकसँगको भावनाको साइनो जोड्ने कार्यमा लेखक सफल भएका छन्। अभावले चेतना र बुझाइमा तुवाँलोको पर्दा लगाइदिन्छ भन्दा अतिशयोक्ति नहोला। बजरङ्गी त्यस्तै एउटा पात्रको रुपमा पाठकको आँखामा आउँछ। अभाव, गरिबीको भुमरीले मान्छेलाई गलत कार्य गर्न उक्साउन त उक्साउँछ तर गरिबको मन सबैभन्दा बढी विद्रोही पनि हुन्छ। आफ्नो गल्तीलाई महसुस गरेर बजरङ्गीले "दर्जीकामा जान्छु, कट्टु सिलाउनु" भनेको छ। देशलाई माया गर्ने प्रत्येक नेपालीले भारतीय हस्तक्षेपको विरुद्ध बोलिएका यी शब्दहरूलाई अवश्य नै आत्मसात गर्छन्। भारतको निम्ति उसको झण्डा उसको सान मान्नेले नेपालको अस्तित्वमा कुल्चिने आँट गरेको छ। हाम्रो अस्मितालाई नस्वीकार्ने भारतको पाखण्डलाई यस उपन्यासले उजागर गरेको छ।

    नेपालीलाई नेपालकै सीमाभित्र, आफ्नै माटोमा एसएसबीका जवानले पिट्छ भन्दा आलीसान महलमा बस्नेहरूले त्यो पीडाबोध गर्न कहाँ पो सक्लान् ररु जुत्ता लगाउनेलाई थाहा हुन्छ जुत्ताले कहाँ पोल्छरु बजरङ्गीको कट्टु लगाएको अवस्था पढ्दै गर्दा सोचाइमा प्रश्न मडारिरहेथ्यो -त्यो दिन भारतलाई सह्य होलारु जुन दिन प्रत्येक देशभक्त नेपालीले तिनको झण्डाको कट्टु बनाउँछन्।

    "लु" मात्र सीमा नजिकका नेपालीहरूको पीडा समेटेको उपन्यास भनेर विचारको साँगुरो दायरामा सीमित गर्नु सम्पूर्ण देशभक्त नेपालीहरूको अनादर गर्नुसरह हुन्छ। चाहे हिमाल होस् या पहाड या तराई देशलाई दुख्दा सबैको मन दुख्नुपर्छ। तराईको पीडा शीतल पार्न हिमाल झुक्नुपर्दा पहाड जुट्नुपर्छ।

    हिमाल कठ्याङ्ग्रिदा तराई उठ्नुपर्छ ।
    शरीरको कुनै अङ्गमा चिमोट्दा पूरा शरीरलाई दुख्छ। हो, देश पनि एक ठाउँमा दुख्दा पूरा देश दुख्छ।
    हामी अझै पनि चुप छौँ। मौन छौं। आजको मितिमा पनि अरु धेरै नुसरतहरूको अस्मिता लुटिंदै छर पनि हामी मौन छौं। नुसरतमात्र एउटी पात्र होइनन् नेपाल आमाकै प्रतिनिधित्व गरेकी छिन्। हाम्री आमालाई दिनदहाडै भारतीय फौज लुट्दै छन् र पनि देश हाँक्नेहरू आनन्दको निद्रामा छन्। छि ......कस्तो विवेकशून्य प्राणीहरू ।

    नेपालीहरू आफ्नै आँगनमा त्रसित भएर बाँच्न विवस भएको विवशताको चित्रण एकदम मार्मिक छ र लेखक प्रत्येक पाठकको मनमा आक्रोश र प्रतिशोधको भावना पैदा गर्न पनि सफल भएका छन्। बजरङ्गीलाई कठालो समाएर "भारत माताकी जय भन्न लाउँदा उसको लाचार जय....."शब्दको प्रतिध्वनि कतै आफ्नै कानमा ठोक्किएर हाम्रो देशभक्तिमा भद्दा व्यङ्ग्य गरेझैं लाग्छ।

    प्रकृतिको "लू" भन्दा पनि असह्य दनदनी बलिरहेको अपमान र आफ्नै माटोमा प्रवासी हुनुको पीडाको "लू" शासक वर्गलाई किन लाग्दैन ?

    नेपाली–नेपालीबीचको भावनामा आघात पुर्‍याउने काम नेपालीबीचको सामाजिक सद्भाव खलबल्याउने काम भारत गर्न चाहन्छ र गरिरहेको छ। बाघचाल खेल्दैछ भारत प्रत्येक नेपालीहरूको जीवनमा। यद्यपि अघिसम्म आफ्ना बन्दागोभी बाख्राले खाएको झोंकमा शिवकुमारी रजियामाथि जाइलागे पनि उनका यी शब्दहरू रजियालाई मात्र जोगाइरहेका थिएनन्। यिनमा हामी नेपालीहरूको आपसको आत्मीयता असरल्ल छचल्किन्छ। तिनका शब्द थिए, "मुसलमान भए पनि यिनीहरू खराब छैनन्। यिनीहरू खराब काम गर्दैनन्। यसलाई केही नगर। अझै पनि नेपालीबीचको एकता यसरी कायम गर्नु छ।

    भारतीय गुण्डाहरूको आतङ्ककै बीचमा कट्टर भनिएका टुटे पण्डित मुसलमान छिमेकीहरू जोगाउन तल्लीन रहेन "लू"को घटना भारतीय विस्तारवादलाई झापड ठहर्‍याउँदा अतिरञ्जना अवश्य हुन्न।

    प्रत्येक पाठकको मन चसस्क बिझाउँछ र बिझाउनुपर्छ। टुटे पण्डितले गाउँ छाड्दै गरेको छिमेकीलाई बिदाइ गर्दा गुनेका शब्दहरूले गाउँ उध्रिदै छ। विस्तारै विस्तारै ........पुरानो स्वीटरजस्तै।

    तर होइन हामी नेपालीले हाम्रो देश र हामीबीचको सद्भावलाई उध्रन दिनुछैन।

    रेडियोलाल, शम्भुराम अमरपाल सिंहजस्ता पात्रहरू हाम्रो देशका शासनमा बसेका मध्ये हुन् भन्ने कुरा जानकार सबैले बुझेकै कुरा हो।

    यथार्थपरक लू ले नेपाली साहित्याकासमा आफ्नो विशिष्ट स्थान बनाएको छ।

    अभाव, गरिबी, भोकमरीले ग्रस्त पत्थरपुरवाका जनतामाझ व्याप्त अन्धविश्वासमाथि पनि लेखकले न्याय गरेका छन्। उल्लु कराउनु, चमेराको सपना देख्नु, जेठमा पाँचवटा आइतबार पर्नु अन्धविश्वासको प्रतीकमात्र नभई सटिक भारतीय विस्तारवादलाई जनाउने प्रतीकजस्तो पनि लाग्छ।

    यस्तै अमानवीय, आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसितको युगौंदेखिको सङ्घर्षबीच पनि इलैया, बजरङ्गी, बृजलालको मित्रता चुलिएको छ। नुसरत र अनवरको सुकोमल प्रेमलाई जस्तै साम्प्रदायिक स्थितिमा एकगठ भएको सामाजिक सद्भावले बचाएको छ।

    एकाध र घटनामा व्यक्त भएका शब्दहरू अश्लीलताभन्दा पनि घटनालाई स्पष्ट पार्न आवश्यक परिस्थितिजन्य कुराभन्दा फरक नपर्ला।

    तर लू काठमाडौं खाल्डोलाई मात्र साहित्य र साहित्यिक विषय केन्द्र भन्ने कथित ठूला लेखकहरूको निम्ति गतिलो उत्तर हुनसक्छ।

    साहित्यले ठूलाको, हुनेखानेको स्तुतीगान भजाउने समयमा लेखक नयनराज पाण्डेले अभाव र सङ्घर्षको कथा उन्नुभएकोमा धेरै धेरै साधुवाद ।

Sunday, July 29, 2012

लू उपन्यासको अध्ययन-


लू उपन्यासको अध्ययन

– लक्ष्मीशरण अधिकारी (पिएच्.डी.)

१. लू उपन्यासको वस्तुसार

इलैया राप्ती नदीमा डुबेर बेपत्ता भएको हल्ला गाउँभरि फैलिन्छ । इलैयाले गाउँका साथीभाइलाई थर्काएर राखेको हुन्छ । नामुद गोताखोर झिकाएर खोज्दा पनि इलैयाको लाश फेला नपरेपछि उसलाई पानीभूतले निल्यो होला भन्ने निष्कर्षमा समाज पुग्छ र कुशको इलैया बनाएर माटामा पुर्ने काम हुन्छ । तेह्रौं दिनका दिन इलैयाका बाउआमा (नन्दु र हरदेई) ले परम्पराअनुसार गाउँलेलाई दालभात खुवाउँदै गर्दा इलैया टुप्लुक्क आइपुग्छ ।

दश वर्षकै उमेरमा इलैयाले उरन्ठेउला गतिविधि गर्छ । नन्दुले इलैयालाई विद्यालयमा भर्ना गर्छ तर ऊ विद्यालयको अनुशासनमा बस्तैन । इलैयाले रामलीलामा सीताको भूमिका खेल्नेसित आसक्ति देखाउँछ तर रावणको कुटाइ खाएपछि उसको एकोहोरो प्रेम प्रकरण समाप्त हुन्छ ।

भिखारी आफ्नो छोरो बजरङ्गीलाई नेताको चर्पी सफा गर्ने परम्परागत काममा नलगाएर नेताका हातमा सुम्पिन्छि । नेताले दया गरी झन्डा समातेर दौडने काम दिन्छ । इलैयाले सिनेमाको कथाबाट प्रभावित भएर आमालाई टीका किनेर ल्याउँछ तर जङ्गल गएकी आमा सर्पले डसेर मर्छे । इलैयाको बाबु नन्दुले चमेली नाम गरेकी महिलासँग दोस्रो बिहे गर्छ र घर ल्याउँछ । इलैयाले आमाका रूपमा चमेलीलाई अस्वीकार गर्छ र उधुम मच्चाउँछ । नन्दु पत्नी लिएर गृहत्याग गर्छ । इलैयाले मुसलमान तरुनी नुसरतमा आफ्नी आमा हरदेईको प्रतिबिम्ब देख्छ र एकोहोरो प्रेम गर्छ । उसले नुसरतसित गाँसिएका विगतका कुरा सम्झिन्छ र ऊप्रति एकोहोरिन्छ तर चाहेर पनि नुसरतसँग मनको इच्छा व्यक्त गर्न सक्तैन । नुसरतलाई प्रभावमा पार्न गोबरीले हातपात गर्दा पनि गान्धी भएर थापिन्छ । गोबरीले बच्ची बेच्न खोज्दा रोक्ने असफल प्रयत्न गर्छ ।


Saturday, July 28, 2012

कालेबुङमा लू-मनोज बोगटी

Manoj Bogati

मनोज बोगटी कालिङपोङका चर्चित पत्रकार, साहित्यकार हुनुहुन्छ ।)

(फेसबुक प्रतिक्रया )

सॉंच्चै लू ले कालेबुङका हामीलाई अचम्मैको आनन्द दिएको हो। मैले नै दार्जीलिङका भूपेन्द्र सुब्बा, निमा शेर्पाहरूलाई लू किन्न लगाएँ। उनीहरूले पनि अचम्मैको राम्रो पुस्तक माने। यसलाई अघि राखेर धेरै कफिकप रित्तिएको छ। गम्भीर र पपुलर फिक्सनको बीचमा भएर, दुइटै आँगन टेकेर (बौद्धिक र आम)तपाईँको लेखन छ। हामी यसलाई आजको लेखन भनिरहेका छौं। यसले पुराना मान्यता र परिभाषाहरू तोड्ने छ। गम्भीर विषयलाई आम नागरिकको भाषाले भन्न सक्नु आजको लेखन भन्दैछौं। तपाईँको लू उदाहरणको निम्ति देखाउँदैछौं। कवितालाई पनि यसरी हेर्ने काम भइरहेको छ(उदाहरण-विसे नगर्चीको बयान)। उलार पढ्न पाइएको छैन। कालेबुङमा मगाएका छौं। पढ्छौं नै। लू-को सफलताको निम्ति बधाई।

July,27, 2012

Friday, July 27, 2012

An objerver-Loo-By Khagendra Lamichhani


EXTRACTS/Published in REPUBLICA on July 27,2012

  An observer  
 
THE WEEK BUREAU

KHAGENDRA LAMICHHANE

Badaa dukha au pidako saath bhannuprariraheko chha ki gaun ra thaun uhi bhaye pani aba hamro patta-thegana chahi badaliyekochha. Tapailai maloom jankari chhaina hola. Katai samachar-omachar, khabar-obar pani ta kasaile diyena. Na radiole kehi bolyo, na akhabarle kehi lekhyo. Netasetale pani kahin katai bolideyenan. Taba kasari thaha hunchha tapai lai? Tyesaile kitab pathaune thegana tala lekhidiyeko chhu saheb! Note garnuhola!
Shree Ganga Prasad urf Tute Pandit
Gram: Patharpurawa
Uttar Pradesh, Bharat 

–Loo by Nayan Raj Pandey

This is part from the epilogue from the novel “Loo” by Nayan Raj Pandey which focuses on the social setting of a Nepali village called Patharpurawa on the Nepal-India border.

The region has been neglected by the Nepali governments and disregarded by the Indian communities as well. Hence the locals suffer, caught in between the borders.

The epilogue is a letter sent by a fictional character “Tute Pandit” from the novel to the author. In the beginning of the novel, the village Patharpurawa is an ideal place of ethnic and religious harmony.

However, a clash arises due to a single incident. Amid government neglect and political disruptions, the scenario worsens and the village people who used to be pride themselves for being Nepali and used to fight against Indians who tried to demean them, end up being a part of the Indian territory – hence the address mentioned in the letter: Uttar Pradesh, Bharat.

By having this letter in the book, the novelist makes his point in such a witty way. How he uses this is also a great piece of political satire. A Nepali village has now shifted to India and yet no radio, newspapers or politicians cared to speak about it.



The region remains neglected and even so called intellectual minds like authors and writers remain ignorant about it. That’s my personal perspective on this.

The book pictures the deeply rooted reasons behind the Madhesh uprising, what the locals felt, why they chose to rebel and what government negligence has led to.

The book, as a whole, is a great read, hard to put down and I finished it in one go. How he incorporates its preface, epilogue and acknowledgement into the story itself is also very fascinating.

About Lamichhane

Lamichhane is a writer, theatre actor and a leading young playwright. He’s also the senior script writer and director of the famous radio drama series “Katha Mitho Saarangiko” on BBC 103 FM.

Paaniphoto, a collection of plays is his most recent work. The title play “Paani Foto,” which was also staged at Gurukul, with its simple storyline has been a favorite of many theatre goers.

Veteran theatre artists and gurus from Sunil Pokharel to Anoop Baral all refer to Lamichhane as one of the most promising young writers – not just in plays but in Nepali literature.

Originally from Pokhara, Lamichhane is a lover and follower of simplicity – in his writing style and real life as well. He mentions Anton Chekhov, BP Koirala, Nirmal Verma as his favorites among many writers whom he admires. Currently, he is working on the collection of dramas aired on Katha Mitho Saarangiko along with his short story collection.

(As told to Ujjwala Maharjan)

Thursday, July 26, 2012

लू- यसलाई म पाथेर पान्चालीको उचाइको उपन्यास मान्छु ।-राजेन्द्र भण्डारी

Bhandari Rajendra 

(राजेन्द्र भण्डारी विशिष्ट साहित्यकार हुनुहुन्छ । भारतीय नेपाली साहित्यमा उहाँको नाम अत्यन्त श्रद्धाका साथ  लिइन्छ । उहाँले लू पढेपछि  फेसबुक मार्फत ब्यक्त गर्नु भएको यो छोटो विचार मेरो लागि अत्यन्त विशाल प्रेरणा भएकोले यहाँ राखेको छु ।

LOO.....yaslai ma Pather Panchaali ko uchaaiko upanyas maan6u...

लू- यसलाई म पाथेर पान्चालीको उचाइको उपन्यास मान्छु ।

July 27,2012





Wednesday, July 25, 2012

LOO-Dr.Rabindra Sameer

Loo-Dr.Rabindra Sameer


(Facebook comment)


Loo is mirror of marginalized, disadvantaged and neglected peoples. How Nayan Dai wrote this fabolus novel ? i read it twice & will read again.........!


July 25,2012

Friday, July 20, 2012

LOO-Jay Limbu Yakso


Jay Limbu Yakso

(Facebook comment/July 20,2012)

As a amateur reader, when i was following the way of English literature and its different genre, LOO (which i read it almost 5 times) took my special attention.......... vivid character, phenomenal and appreciable subject matter, spectacular way of presentation of same incident from different perspectives, and rightly used descriptive features made its more interesting to go through. And importantly as i am the resident of border-shaded area, every incident and scenes makes a perfect image in my mind. I think to call it just a novel will be prejudice on it, its a branded piece of Nepalese literature............ Hats off Nayan Raj Pandey sir......

लू-सुधीर क्षेत्री (कालिङ्पोङ,इण्डिया)



Sudhir Chhetri/ Kalinpong,India

(सुधीर क्षेत्री कालिङ्पोङका चर्चित विद्वान हुनुहुन्छ । उहाँ जस्तो व्यक्तित्वबाट लू का बारेमा फेसबुकमा प्राप्त उहाँको प्रतिक्रियालाई , उहाँको अनुमतिले यहाँ जस्ताको तस्तै राखेको छु ।)

your work 'Loo' is incredibly good. It is a world class novel and congrats for that. Mohan thakuri, rajendra Bhandari and even ordinary readers are nowadays talking about your novel. Your prose is self-reflexive and its capacity to attract readers is wonderful. Love to see your future work. Your inteview in KhasKhas .com is so honest...

नेपालका किताबहरू हामीले यहाँ अधिक मोलमा किन्नु परेपनि लू प्राय सबैले भेटेजति आफ्नो बनाएका छन्। ठकुरी सरले त झट्टै मलाई उलार दिनुहोस् भनी मसित आग्रह राख्नुभएको छ। कालेबुङका किताब विक्रेता सूर्य उपासक लू-को प्रशंसा गर्नबाट थाकेका छैनन्। अघि नखोतलिएको विषयवस्तु अनि सरल आत्मप्रदर्शी आख्यानविन्यासले लू पाठकमाझ प्रिय बनेको छ। यसअघि पल्पसा क्याफे र रक्तकुण्डले यहाँ चर्चा पाएको हो।

तर बौद्धिक पाठकमाझ पनि बराबर रुचि बनाइराख्न लू सफल बनेको छ।

यहाँका आउँदा कृतिहरूमा पनि यस्तै अभूतपूर्व प्रयोगहरूको अपेक्षा छ। अहिलेलाई बधाई।

(July,20 ,2012)

Tuesday, July 17, 2012

नेपाली कसरी शुद्ध लेख्ने ?-नेपाली भाषा प्रयोगकर्ता समूह


नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार २०६९
 May 28, 2012
प्रस्तावना
यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डो¥याउन यसले पर्याप्त योगदान पु¥याउने आशा गरिएको छ ।

भाषाको सम्प्रभुता यसका प्रयोगकर्तामा निहित हुन्छ भन्ने तथ्य आत्मसात् गर्दै, शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जेको सुदृढ जगमा उभिएर नै भाषाको विकास एवम् विस्तार हुन सक्ने यथार्थ मनन गर्दै, समयको अन्तरालमा देखा परेका विकृतिबाट मुक्त गराएर नेपाली भाषालाई स्वच्छ, उदार र गतिशील बनाउँदै लैजाने उद्देश्यले, ऋषिकल्प भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निर्देशन तथा सहभागितामा, भाषा–तपस्वी प्रा. मुकुन्दशरण उपाध्यायको सुझाव समन्वित समर्थन र भाषा उन्नायक डा. तारानाथ शर्मा, प्रा. डा. कुमारबहादुर जोशी तथा भाषाका शारदेय साधक कृष्णप्रसाद पराजुलीको सल्लाह एवम् सहमतिका साथ, ललितपुर घोषणापत्र – २०६८ को मर्म तथा भावना अनुरूप, नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस–२०६९) ले नेपाली भाषा प्रयोगकर्ताहरूका लागि यो व्यवस्था गरेको छ ।

यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डो¥याउन यसले पर्याप्त योगदान पु¥याउने आशा गरिएको छ ।

नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार  ः २०६९

नाम

१. ह्रस्व इ, उ अन्त्यमा हुने शब्द—
क. सामान्य पु“ल्लिङ्गी शब्द । जस्तै— बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि ।

ख. सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— घिउ, भालु, गाउँ, हिउँ आदि ।

ग. नु, आउ, आइ कृत्प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— हिंड्नु, जनाउ,   पढाइ, गोलाइ, दुष्ट्याइँ आदि ।

अपवाद— दाईं, लडाईं, बसाईं आदि ।

२. दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द—
क. सामान्य स्त्रीलिङ्गी शब्द । जस्तै— गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी,   मैजू, भाउजू आदि ।

ख. सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि ।

ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै— ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी,   सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।

घ. आदरार्थी ज्यू, जी प्रत्ययान्त शब्द । जस्तै— दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, परियारजी आदि ।

ङ. भाव (धर्म), सम्बन्धी (धर्मी) र ‘त्यहाँ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्द ।     जस्तै— गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जंगली आदि ।

सर्वनाम

१. क. तपाईं, आफू, तँ, म, जो, त्यो आदि र तिनका विभक्तियुक्त रूप सर्वनाम हुन् । जस्तै— जो, जसले, जसलाई, जसबाट, जसदेखि, जसको, जसकी, जसमा, जुन, जे, जुनसुकै, जोसुकै, जेसुकै आदि ।

ख. सर्वनामबाट विशेष प्रत्यय लागी विभिन्न रूप बन्छन् । जस्तै— त्यो, त्यत्रो, त्यस्तो, त्यसरी, त्यस्तरी, त्यतिको, त्यहाँ, त्यहीं, तहिले, तब, तसर्थ आदि ।

२. सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।

विशेष : सर्वनामका त्यल्ले, त्यल्लाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता संक्षिप्त रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ । साथै त्यहा“, यहा“, उहा“ आदरार्थीमा पनि प्रयोग हुन्छन् ।

विशेषण


१. क.     स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन् । जस्तै— काली, गोरी, राम्री,राजी, धनी, नामी, जाती आदि ।

ख. दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन् । जस्तै— दुधालु, घरेलु, मायालु, सिकारु आदि ।

२.    सामान्य विशेषण प्रकरण हेरी ह्रस्व दीर्घ दुवै हुन्छन् । जस्तै— पिरो÷पीरो, तितो÷तीतो, अमिलो÷अमीलो, अलिकति÷अलीकति आदि ।

३.    संख्यावाचक शब्दमा आउने इकार दीर्घ हुन्छन् । जस्तै— बीस, तीस, बत्तीस, चौंतीस, चालीस, त्रिचँलीस, बाईस, तेईस, उन्नाईस आदि ।

संख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा÷दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौं, करोडौं, लाखन्, करोडन्, कैयौं, कैयन् आदि हुन्छन् ।

४.        सानो, ठूलो, कालो, सेतो जस्ता विशेषणका रूप हेला“मा साने, ठूले, काले, सेते आदि र माया“मा सानु÷सानू,  कालु÷कालू आदि पनि हुन्छन् ।

क्रियापद


१.     धातुमा छ, छन्, छु, छौं, ए, एँ, यो, ई आदि प्रत्यय लागेर क्रियापदहरू बन्दछन् । जस्तै— बस्छ, बस्छन्, बस्छु, बस्छौं, बसे, बसें, बस्यो, बसी आदि ।

क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।

२     विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— गर्नू, जानू, गरूँ, जाउँ, आऊ, बचाऊ आदि ।

३. क्रियापदका स्त्रीलिङ्गी रूप जान्छे, गई, जान्छिन्, गइन्, जाली, जाउली, गइछ, गएकी थिई, गइथी, गइथ्यौ, जान्थ्यौ, गएकी थिएँ, जाँदी थिएँ आदि हुन्छन् । बहुवचन वा आदरमा भने पुल्लिङ्गका क्रियापद जस्तै हुन्छन् । जस्तै— गए, गएका थिए, गएथे,जानुहुन्छ, जानुभयो आदि ।

४. सकर्मक क्रियामा कर्मवाच्य र अकर्मक क्रियामा भाववाच्यको पनि प्रयोग हुन सक्छ । जस्तै— म पुस्तक पढ्छु÷मबाट पुस्तक पढिन्छ । म मस्तसँग सुतेँ÷आफू मस्तसँग सुतियो ।

५.     क. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ । जस्तै— पाक्छ÷पाक्तछ÷पाक्दछ । जाँच्छ÷जाँच्तछ÷जाँच्दछ । राख्छ÷राख्तछ÷राख्दछ । हाँस्छ÷हाँस्तछ÷हाँस्दछ आदि ।

ख. अन्त्यमा अन्य अक्षर रहँदा भने द मात्र विकल्पले जोडिन्छ । जस्तै— माग्छ÷माग्दछ । बुझ्छ÷बुझ्दछ । हान्छ÷हान्दछ । बोल्छ÷बोल्दछ । रम्छ÷रम्दछ आदि ।

ग. कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन । जस्तै— जान्छ, खान्छ, रुन्छ आदि ।

विशेष : लिई, भई, भयो, खाँदैन, गरिदेऊ, भनिदेऊ, होऔं, होओस्, होउँला आदिका संक्षिप्त रूप ली, भै, भो,  खान्न, गर्देउ, भन्देउ, होस्, हुँला आदि पनि हुन सक्छन् । यिनको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ ।

अव्यय

१.    सामान्यतः अव्ययका अन्त्य इकार, उकार ह्रस्व हुन्छन् । जस्तै— माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।

२.    ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन् । जस्तै— राम्ररी, बेसरी, बराबरी≤ भकभकी, खलखली, ≈वाल≈वाल्ती आदि ।

विशेष शब्दविचार

१.    संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेखिन्छन् । जस्तै— श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि ।

२. मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— गाउ“, खेत, भुइ“, सास, नाइके, रगत, आकाश÷अकास, वर्षा÷बर्खा, वास÷बास, शीतल÷सीतल आदि ।

३.    अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।

४.    अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— शिकार÷सिकार, होश÷होस, शेयर÷सेयर, गरीब÷गरिब, स्कूल÷स्कुल, छूट÷छुट, कानून÷कानुन, कार्टून÷कार्टुन, जवाफ÷जबाफ आदि ।

५.    झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत् लेखिन्छन् । जस्तै— अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि ।

६. परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेखिन्छन् । जस्तै— खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, पूल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि ।

७. नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ । जस्तै— स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइँ, एकवर्षे, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि ।

अपवाद : पुजारी, चिनियाँ, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि ।


८.        क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेखिन्छ । जस्तै— चञ्चल,     घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।

ख. अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वर्ण दुवै लेखिन्छ । जस्तै— अंक÷अङ्क÷अङ्क, शंख÷शङ्ख÷शङ्ख, गंगा÷गङ्गा÷गङ्गा, संघ÷सङ्घ÷सङ्घ आदि ।

ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ । जस्तै— संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि ।

घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइ“दैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ । जस्तै— हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि ।

अपवाद : अंग्रेजी÷अङ्ग्रेजी आदि ।


९. क. डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ । जस्तै— तँ, कहाँ, जहाँ, यहाँ, गएँ, खाएँ, छायाँ, दायाँ, बायाँ आदि ।

ख. डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेखिन्छ । जस्तै— भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।

१०.    एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ । जस्तै— सक्खर, सुक्खा, नत्थी,   पट्ठो आदि ।

पदयोग, पदवियोग

१.        समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन् । जस्तै— दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति,   छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, पीताम्बर, गोडधुवा, लामपुच्छ्रे, चरीनङ्ग्रे, कपडछान आदि ।

२.    क. समास भएपछि पाँच अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट्याएर लेखिन्छन् । जस्तै—        परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, परराष्ट्र मन्त्रालय आदि ।
अपवाद— विश्वविद्यालय, महाविद्यालय आदि ।

ख. व्यक्तिवाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावत् लेखिन्छन् ।

३.        एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन् । जस्तै— भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि ।

४.        छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेखिन्छन् । जस्तै— भनी सक्यो, गरी दियो, गएँ हुँला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि ।

विशेष : कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउँदा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउँदा छुट्याएर लेखिन्छन् । जस्तै— हुनपुग्यो, हुनपुगें, बन्नपुगे, भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि ।

५.    विभक्तिहरू शब्दसँग एउटै डिकोमा लेखिन्छन् । जस्तै— ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि ।

६.    विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ । जस्तै— मुनि, माथि, बारे, भन्दा, सँग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि ।

७.    उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन् । जस्तै— मात्र, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्फत÷मार्फत, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिं, भैंm, नै, जसरी, जस्तो, जस्तै, समान आदि ।

२०६९ वैशाख १३

……………………………………………………………………………………………….
यो पुस्तिका तयार पार्न प्रेरणा दिने कृति तथा अमर आत्माहरू
नेपाली कसरी शुद्घ लेख्ने ? (१९९१)
गोपाल पाँडे असीम
हृदयचन्द्रसिंह प्रधान
…………………………………………………………………………………….
नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार : २०६९ मा
हस्ताक्षर÷समर्थन गर्ने प्रतिष्ठित स्रष्टा÷लेखक÷साहित्यकार÷पत्रकारहरू ः ८१ जना ( यसमा म "नयनराज पाण्डे" पनि सहभागी छु ।)

नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस–२०६९)
ललितपुर भेला, २०६९ वैशाख २१

Friday, July 13, 2012

गैर कम्युनिष्ट वामपन्थ-पदम गौतम


गैर कम्युनिष्ट वामपन्थ
(राजधानी दैनिक मा २०६९ असार ३० गते शनिवार प्रकाशित)
                                    -पदम गौतम


नयनराज पाण्डे स्थापित,चर्चित र लोकप्रिय लेखक तथा विचारक हुन् भन्दा फरक पर्दैन । तर उनको बारे लेख्न सुरु गर्दा यो पंक्तिकारलाई फरक सन्दर्भबाट सुरु गर्न मन लाग्यो । त्यो हो–साहित्यमाथिको विचार,घुलमिल,उठबस र लेखनधर्मिताका हिसाबले उनमा देखिने बामपन्थ । त्यस दृष्टिले उनलाई वामपन्थी कित्ताका लेखकमा नै राखिदिए हुन्छ । तर वास्तविकतामा भने त्यस्तो गरिहाल्न मिल्दैन । किनभने उनी प्रजातान्त्रिक खेमा भनिने विचारसँग निकट छन् ।
आफ्नो विचार र लेखन प्रतिबद्धताबारे उनी निकै स्पष्ट देखिए सिर्जनामाजस्तै विचारमा पनि । पंक्तिकारसँग राजनीतिक बिषयमा कुराकानी हुँदा उनले भने,‘म कसैको कार्यकर्ता होइन । तर हरेक लेखक आम मान्छे र समाजप्रति उत्तरदायी हुनुपर्छ ।’
वास्तवमा एक दशकअघिसम्म पनि आम मान्छे र जनताका पीडा र दुखको कुरा गर्ने मान्छे वामपन्थी मात्र हुन्छन् भन्ने मान्यता थियो । खास गरी निजी कुण्ठा,यौन र अन्य हलुका बिषय मात्रै प्रजातान्त्रिक धारका लेखकले लेख्नुपर्छ भन्ने हल्लाकै पछि स्थापित लेखकहरु पनि दौडिएका हुन्थे । पाण्डे आफ्नो विचार र विगत मिसाउँदै भन्छन्,‘ समाजलाई बिर्सिएर लेख्नु हुँदैन भन्ने मेरो सुरुदेखिकै मान्यता थियो ।’ पंक्तिकारको साहित्यलाई माक्र्सवादीहरुले हेने दृष्टिकोणसँग सहमत हुनुहुन्छ ? भन्ने प्रश्नमा पाण्डेले बीचभन्दा अर्को किनारा नजिक पुग्दै भने,‘लेखक समाजसँग निरपेक्ष बस्नु हुँदैन । साहित्यले तत्कालै समाज परिवर्तन नगर्ला तर त्यसको पनि प्रभाव छ ।राजनीतिको उद्देश्य पनि समाज परिवर्तन नै हो तर यी दुईबीच फरक चाहिँ छ ।’
पाण्डेको संलग्नता र योगदान अन्य क्षेत्रमा पनि छ । तै पनि उनी ती छेउछाउका काम छाडेर अहिले साहित्य लेखन र त्यसलाई नै आर्जनको बाटो बनाइरहेका छन् । करिब २४ बर्षअघि नेपालगञ्जबाट काठमाडौं आएर बसेका लेखक पाण्डे हालै लू नामक उपन्यासका कारण चर्चित छन् । त्यस पुस्तकमा उनले ल्याएका इलैया पात्रले नेपाली जनतालाई दुख दिने भारतीय नेतालाई गोली हानेको बिद्रोह र अर्को एउटा पात्रले भारतको झण्डाको कट्टु बनाएको सन्दर्भमा उनी राजनीतिप्रति निकै सचेत र स्पस्ट लाग्छन् । त्यस्तै अन्तिममा टुटे पण्डितले लेखकलाई पठाएको पत्रमा मध्यपश्चिम तराईको पत्थरपुरवा भारतको उत्तरप्रदेशमा सारिएको हृदय बिदारक कथा छ । यिनै सन्दर्भले यस उपन्यासलाई व्यवस्थित बिद्रोह चेत नभए पनि क्रन्तिकारी र राष्ट्रवादी उपन्यास भन्न सकिन्छ ।
डेढ दशकअघि प्रकाशित उपन्यास उलारलाई पाठकले निकै मन पराए पनि तत्कालीन समयमा हुने प्रकाशन संस्थाको समस्या र किताब किनेर नपढ्ने बानीका कारण उनी पीडित भए । भन्छन्,‘किताब निकालेर साथीभाइलाई बाँड्नु नै ठूलो कुरो हुन्थ्यो , त्यो किताबको दोस्रो संस्करणदेखि बल्ल मैले रोयल्टी पाएँ ।’ प्रविधि,शिक्षा र मिडियाका कारण आएको परिवर्तनलाई नजिकबाट नियालेका लेखक पाण्डे अहिलेको लेखन र समयबारे भन्छन्,‘लेखेरै बाँचीहाल्ने अवस्था भन्दा पनि त्यसको हलुका आधार तयार भएको छ अब भन्न सकिन्छ । लेखनको भविष्य चाहिँ सुन्दर छ ।’ कुराकानीका सन्दर्भमा प्रविधिको विकाससँगै आएका सामाजिक सञ्जाल र शिक्षित वर्गमा तिनको प्रभाव तथा साहित्यलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनमा उनी निकै खुसी देखिए । भने,‘ हामीले त्यो बेला यति सकारात्मक अवस्था पनि आउला भन्ने कल्पनासमेत गरेका थिएनौं ।’
२०३९ सालमा रुपरेखा पत्रिकामा कविता छापेर लेखन यात्रा सुरु गरेका यी आख्यानकार कवि पनि हुन् । आफू अझै पनि कविता लेखिरहेको तर कविता छापौं भनेर कसैले अनुरोध नगरेको र आफैंले पनि पहल गरेर नदिएको कारण ‘कवि’ को छवीबाट टाढै रहेको बताउँछन् । पाण्डेले अहिलेसम्म साहित्यको मूलधारमा नांगो मान्छेको डायरी,उलार,बिक्रमादित्य एउटा कथा सुन ,अतिरिक्त र लू उपन्यास प्रकाशित छन्  । त्यस्तै उनका खोरभित्र जोकर र निदाएँ जगदम्बा कथा संग्रह पनि प्रकाशित छन् । निदाएँ जगदम्बा त अझ बिक्रीभन्दा पनि पाठकले निकै मन पराएको कथा संग्रह हो । स्थापित र सर्व प्रशंसित लेखकका हिसाबले उनले विश्व साहित्यमा नेपाली स्तर साहित्यको स्तरका बिषयमा कस्तो धारणा बनाएका रहेछन् त ? उनले यस बिषयमा भने,‘हामी पनि विश्वकै एक भाग हौं । साहित्यको कुनै मानक नहुने हुँदा यसको जवाफ पनि सजिलो छैन । तर पाण्डेले ‘युनिभर्सल अपील’ भन्ने वस्तुका कारण राम्रो तत्वले अरु सबैलाई प्रभाव पार्ने उनले बताए । भने,‘हामी त्यति कमजोर चाहिँ छैनौ भन्ने मलाई लाग्छ ।’
पाण्डे कथाकार र उपन्यासकार मात्र होइनन् उनी धेरै र राम्रा चलचित्र लेखक पनि हुन् । “निर्मोही” ठूलो पर्दाको फिल्म र “मसान” नाटकको टेलिफिल्म निर्देशक पाण्डेले दर्जर्नौं स्मरणयोग्य टेलिफिल्मको पटकथा लेखेका छन् । बिगतमा एक समयमा त उनको पेशा नै यही थियो भन्दा पनि हुन्छ । अहिले त्यो कामबाट केही टाढा भएका पाण्डे त्यही कामले काठमाडौंमा घर बनाएको स्वीकार्छन् । ‘यति लेख्थेँ कि भन्दा पनि साथीहरुले नपत्याउलान् जस्तो ।’ एकताका पत्रकारितामा संलग्न समेत भएका वकील पाण्डेले भने । उनी वकील पनि अध्ययन र लाइसेन्सले मात्र बनेका रहेछन् । भन्छन्,‘बीएल पढे पनि एउटा तमसुक पनि लेखिएन जीवनमा ।’
गत साताको झरिलो काठमाडौंको एक मध्यान्ह हामी प्रकाशक संस्था संग्रिलाको स्टलबाट भृकुटीमण्डपको  खुला चौर छेउको चिया पसलमा गफिएका थियौं । कुराकानी सकिएपछि हामीलाई पानीले केही बेर रोक्यो । तर हामी एक अर्काबीच औपचारिक पनि थिएनौं । त्यसैले हामी अनौपचारिक कुराकानी तिर मोडियौं ।

Wednesday, July 11, 2012

'लू' तीनपल्ट पढिसकेँ- निर्मोही ब्यास

Mera priya srashta NAYAN RAJ PANDE bhai ! namaskar ! tapainko nayan pustak "LOO" ati nai man parera maile 3 choti padhisaken. feri feri pani hardik badhai swikar garnuhos ! kunai din bhetera tyasbare sabistar kura garne ichha chha.

मेरा प्रिय श्रष्टा नयनराज पाण्डे भाइ, नमस्कार । तपाईँको नयाँ पुस्तक "लू" अति नै मन परेर मैले ३ चोटी पढिसकेँ । फेरि फेरि पनि हार्दिक बधाई स्वीकार गर्नुस् । कुनै दिन भेटेर त्यसबारे सबिस्तार कुरा गर्ने ईच्छा छ  ।- निर्मोही ब्यास

(निर्मोही ब्यास दाइका मेरो ईनबक्समा आज आएका यी प्रेरक शब्दहरुले मलाई निकै हौसला मिलेको छ ।)

LOO-Sharad Pradhan(Facebook comment)

 'His writing craft is unique. Nayan Raj Pandey ji deserves round of applaud". -शरद प्रधान ।

शरद प्रधानजस्तो किताबको पारखीबाट यस्तो मीठो प्रतिक्रिया आउँदा अब लेखनमा अरु मेहेनत गर्ने हौसला मिल्दो रहेछ ।

Friday, July 6, 2012

लू बारे "दैनिक लुम्बिनी"मा भएको कुराकानी


“दैनिक १२–१५ घण्टासम्म लगातार लेखिरहेँ”
(बुटवलबाट प्रकाशित हुने 'दैनिक लुम्बिनी'मा मिति २०६९ असार २३ गते शनिवार प्रकाशित )

(‘लू’ उपन्यास र त्यसका लेखक नयनराज पाण्डे अहिले नेपाली साहित्यमा चर्चाको विन्दुमा छन् । सिमाक्षेत्रको गाउँले जीवन, त्यसलाई राज्यले गरेको उपेक्षा र भारतीय हस्तक्षेपको सजिव चित्रण गरिएको उपन्यास ‘लू’ को करिब तीन महिनामा तेस्रो संस्करण बजारमा आएको छ । अहिलेसम्म यसको करिब नौ हजार प्रति बिक्री भईसकेको बताइएको छ । आफ्नो अघिल्लो उपन्यास ‘उलार’ मार्फत विशिष्ट छवी बनाएका पाण्डेलाई वर्तमान नेपाली आख्यान साहित्यको एक हस्तीको रुपमा लिनसकिन्छ । उनको अघिल्लो उपन्यास ‘उलार’ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको तृतीय वर्षको पाठ्यक्रममा समावेश पनि गरिएको छ । तिनै लेखक नयनराज पाण्डेसँग ‘पाहुर’ का लक्ष्मण श्रेष्ठले ईमेल मार्फत एक दर्जन जिज्ञासाहरु राख्नुभएको थियो । प्रस्तुत छ उनै सवाल–जवाफहरु । –सं.)

१. ‘लू’ त सफलताको शिखर चढिरहेछ । बजार नै ढाकेको छ है ? ‘लू’ ‘बेष्टसेलर’ कि ‘बेष्टबुक’ ?

यसको लोकप्रियताले मलाई आनन्द दिइरहेछ । मलाई लागेको छ, मैले उपन्यासमार्फत उठाउन खोजेका मुद्धाहरुलाई पाठकहरुले एप्रिसिएट गर्नुभएको छ । प्रकाशक, वितरकहरुका अनुसार यसको बिक्री निकै उत्साहप्रद छ । यो सबै पाठकहरुको स्नेहका कारण संभव भएको हो । अहिलेका पाठकहरु आफ्नो समाजका विषयवस्तु उठाइएका आख्यानहरुप्रति अत्यन्त संवेदनशील हुनुहुन्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो । अब यो बेस्ट सेलर भयो या बेस्ट बुक भयो यो मैले भन्दा पनि पाठकहरुले नै भन्ने कुरा हो । तर म खुशी छु, कि पाठकहरुले अहिले मलाई निकै माया गरिरहनुभएको छ । यो स्नेह कायम रहोस् । म आफ्ना सबै आदरणीय पाठकहरुसित अनुरोध पनि गर्दछु ।

२.‘लू’ का पाठकहरू बढिरहनुको कारण के होला ? 

पहिलो त लू उपन्यासले हालसम्म नेपाली साहित्यमा नउठेको विषयवस्तुलाई उठान ग¥यो । नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको सिमासित सम्बन्धित विषयलाई, त्यहाँ बसिरहेका जनताका दुःख, पीडा, समस्यालाई, उनीहरुको दैनिक जीवन, उनीहरुबीच रहेको सामाजिक सद्भाव आदिलाई आख्यानको मार्फत सतहमा ल्याउने प्रयत्न ग¥यो र यो प्रयत्नलाई आदरणीय पाठकहरुले रुचाउनु भयो । यो विषयको गम्भिरतालाई बुझिदिनु भयो, यसप्रति संवेदनशील भैदिनु भयो । उहाँहरुले उपन्यास मार्फत बुझ्नु भयो कि हाम्रो देशको खिइँदै गएको सीमाप्रति को जिम्मेवार छ ? मलाई लाग्छ, लू को लोकप्रियताले पाठकहरु आफ्नो देशको समस्याप्रति सजग हुनुहुन्छ भन्ने जनाउँछ ।

३. किन सिमानाकै विषय रोज्नुभयो ? 

किनभने यो आजसम्म साहित्यमा नउठाइएको तर उठाउनै पर्ने विषय थियो । म पनि सिमावर्ती क्षेत्रकै बासिन्दा भएकोले मैले त्यस भेगका समस्यालाई नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएको छु । म आफ्नो बाल्यकालदेखिनै त्यसभेगका जनताले भोगिरहेका दुःख, पीडा, प्राकृतिक संकटलगायत सीमापारिबाट हुने उत्पीडनलाई देखिरहेको छु । र एउटा समयमा आएपछि मलाई लाग्यो, अब आख्यानको मार्फत सीमाको समस्या, सीमा अतिक्रमणको समस्या, भारतीय सीमा सुरक्षाबल ( एसएसबी)को ज्यादतीलाई उजागर गर्नैपर्छ । यही जिम्मेवारी बोधले मलाई यो विषयको उठान गर्न उत्प्रेरित गरेको हो ।

४. विषयवस्तुको स्रोत के हो ? 

विषयवस्तुको स्रोत त सिमावर्ती क्षेत्रका वासिन्दाहरुले दैनिक जीवनमा भोगिरहेका समस्याहरु नै हो । त्यसबाहेक राज्यले उनीहरुप्रति गरेको उपेक्षाले पनि मलाई पिरोलिरहेको थियो । किनभने मैले उठान गरेको ठाउँमा राज्यको उपस्थिति नै छैन । उनीहरुलाई ‘हामी नेपाली हौं’ भनेर राज्यले बोध गराउनै सकेको छैन । नागरिकता दिंदैमा राज्यको जनताप्रतिको उत्तरदायित्व समाप्त हुँदैन । तर ती क्षेत्रहरुमा राज्य उदासिन भएर बसिदिएको छ । उनीहरुप्रति कुनै सरोकार देखाउन सकेको छैन । यिनै कुराहरु नै यस उपन्यासका विषयवस्तुका स्रोत हुन् ।

५. ‘लू’ को लेखनक्रमबारे हामीलाई थोरै बताइदिनोस् न । कति समय लाग्यो ? कति पटक दोहो¥याउनु भयो ? दिनको कति घण्टासम्म लेख्नुभयो ? लेखनक्रममा घटेका केही अविस्मरणीय घटनाहरू छन् कि ?

म प्रायः भन्ने गर्छु, लू लेख्न मलाई ४७ वर्ष लाग्यो । किनभने त्यो त मैले आफ्नो बाल्यकालदेखिनै देखेको, सुनेको, भोगेको विषय हो । तर भौतिकरुपमा कलम समाएर मैले ३ वर्ष लगाएर लू तयार गरेको हुँ । यो लेखनको क्रममा मैले निकै पटक रिराइट गरेँ । कतिपटक त दैनिक १२–१५ घण्टासम्म लगातार कम्प्युटरमा लेखिरहेँ । सुन्दा रमाइलो लाग्ला, मैले लू लाई ६–७ वटा भर्सनमा लेखेँ । कथावाचनका विभिन्न शैलीहरुमा कुन चाहिँ राम्रो लाग्ला भनेर प्रयोग पनि गरिरहेँ । कतिपटक त यो उपन्यास लेख्नै सक्दिन कि भनेर हतास पनि भएँ । हतासाको यस्तो क्षणमा मैले कविताहरु लेखेँ, आफूलाई सहज बनाउन । लू लेख्ने क्रममा मैले झण्डै १२५ वटा कविताहरु पनि लेखेँ । तर ती कविताहरु अहिले नै प्रकाशित गरिहाल्ने सोंच भने छैन । ‘लू’ लेख्ने क्रममा मैले निदाउनका लागि औषधी नै खानुप¥यो । सपनामा पनि पात्रहरु आउने र रातभरि अनिंदोको अनुभूति भैरहेको थियो । त्यसपछि मेरा मित्र साहित्यकार डा. रविन्द्र समिरको सल्लाहमा औषधी लिन थालेँ ।

६. तपाईले लेख्नुभएको उपन्यास ‘लू’ मा देशको राष्ट्रिय पिडालाई आञ्चलिक परिवेशमा प्रस्तुत गरिएको छ । तराईको शहरहरूमात्र देखेका, शहरबाट धेरै टाढा रहने तराईका गाउँहरू नदेखेका, पहाडी जीवनशैलीमा अभ्यस्त नागरिकहरूले ‘लू’ को विषय र मर्मलाई प्रष्ट बुझ्न सक्छन् जस्तो लाग्छ तपाईलाई ? 

शुरुमा मलाई पनि यो कुरामा अलि संशय थियो । तर जब लू बजारमा आयो मेरो संशय समाप्त भयो । आज के पहाड, के तराई र के हिमाल । सबै क्षेत्रका पाठकहरुले यसलाई रुचाउनु भएको छ । फेरि मधेशको परिवेश भए पनि मैले लू सबैका लागि बोधगम्य बनाउने प्रयास गरेको छु । मलाई लाग्छ, म आफ्नो प्रयासमा सफल पनि भएँ ।

७. तपाईले सिर्जना गर्ने पात्रहरू अलि भिन्नै किसिमका हुन्छन् । त्यो तपाईको अघिल्लो उपन्यास ‘उलार’ मा पनि देखियो । ‘लू’ मा पनि त्यस्तै छ । जहाँसम्म मैले बुझेको छु, इलैया ‘लू’ को प्रमुख पात्र हो । सानैदेखी चकचके, केही न केही उपध्रो गरिरहने उपध्य्राहा जो पछि गएर पनि त्यस्तै जीवन बिताउँछ । गाउँको सानोतिनो डन नै हुन्छ । काम पनि त त्यस्तै गर्छ । कमलाको घरबार उजाड पारिदिन्छ । जानकी र चन्द्रुको प्रेम त ध्वस्त नै पारिदिन्छ । यस्तो चरित्रलाई किन प्रमुख पात्र बनाउनुभयो ? के इलैयालाई कसैको आदर्श बनाउन सकिन्छ ? 

समाज आदर्शपात्रहरुले मात्र बनेको हुँदैन । समाजमा विविध खालका चरित्रहरु हुन्छन् । तिनीहरुको समाजप्रति, जीवनप्रति, आफ्नो परिवेशप्रतिको आफ्नै खालको बुझाइहरु हुन्छन् । फेरि हामीले युगौंदेखि डाँकु रत्नाकार पछि गएर वाल्मीकी ऋषि भएको किंवदन्ती पनि त सुन्दै आएका छौं । यसबाट के पनि बुझिन्छ भने, सबै खराब व्यक्ति सँधैको लागि खराब नहुन पनि सक्छ र सबै असल व्यक्ति जीवनभरि असल नरहन पनि सक्छ । चरित्रहरुमा सदैव उचारचढाव त भै नै रहेको हुन्छ । समाजमा इलैयाजस्ता पात्रहरु छन् । र म समाजबाट चरित्रलाई टिप्न रुचाउने मान्छे । म चाहन्छु, मेरा रचनामा आम मान्छेहरु आफ्नै खालका स्वभाव र विशेषताहरु लिएर उपस्थित हुन् । त्यहीं सोंचका साथ मैले लू मा ईलैयालाई नायक बनाएको हुँ । मलाई लाग्छ, उसको चरित्रमा आएको रुपान्तरणले धेरै पाठकहरुलाई प्रभावित पारेको छ ।

८. ‘लू’ ‘उलार’भन्दा फरक नै देखिन्छ । विषयवस्तुको हिसाबले मात्र होइन, बरु शैलीको हिसाबले पनि । ‘उलार’मा जस्तो कथा सलल बगेको छैन । बरु तराईकै नदीजस्तो बटारिएको छ । ‘मूल्यांकन’को पछिल्लो अंकमा त अमर गिरीले आरोप नै लगाउनु भएको छ– तपाईको केन्द्रीय कथावस्तु कमजोर भयो । तपाई के भन्नुहुन्छ ? के विषयवस्तुको प्रस्तुती अलिक विशृङखलीत भएन र ? 

मलाई त त्यस्तो लाग्दै लाग्दैन । मलाई आजसम्म पाठकहरुले कथावस्तु कमजोर भयो भनेर गुनासो गर्नु भएको छैन । र मैले लू लेखेको आदरणीय पाठकहरुका लागि हो । समालोचक वा दिमागमा लगाम लगाएर बसेका प्राध्यापकहरुका लागि हैन ।

९. ‘लू’ मा अलि फिल्मीपन बढी भयो भन्ने एकथरी आरोप छ’नी ? म¥यो भनेर सतगत गरिइसकेको इलैया फर्किनु । उ रहमा डुबेको देख्नु तर पार भएको नदेख्नु । अनि करिमको सपरिवारले सांसरिक दुःखलाई झेल्न नसकेर सामूहिक आत्महत्या गर्दा पनि उसकी ¥यारी आमाले आफ्नो छोरोलाई त्यही सांसरिक भूमरीमा त्यो पनि एक्लै बाँच्न छोडिदिनु । साँच्ची अलि बढी नाटकियता वा अलि बढी फिल्मीपन भएन र ? 

म के सोंच्छु भने, आख्यानमा जे कुरा पनि लेख्न सकिन्छ, जसरी पनि लेख्न सकिन्छ । तर त्यो विश्वास योग्य हुनुपर्छ । नाटकीयता त हाम्रो जीवनमै हुन्छ । फेरि मैले यी विषयहरु कुनै मनोगत रुपमा उठान गरेको हैन, यी त ती ठाउँहरुमा भैसकेका, घटिसकेका घटनाहरुको पुनर्लेखन वा पुनर्कथन मात्र हो ।

१०. ‘लू’ मा आशाको संकेत कहाँनेर छ ? के यो उपन्यास पराजयको दस्तावेज हो ?

म यो मान्दिन । आशा र विश्वास नै यो उपन्यासको आधार हो । इलैया शंभुरामलाई मार्न गएको छ । जेलमा होला अहिले । तर कुनै न कुनै दिन इलैयाले शंभुरामलाई समाप्त गरेर छाड्छ । अर्को कुरा, उपन्यासले पाठकको मनमा उत्पन्न गर्ने सिमाप्रतिको सचेतता, त्यस ठाउँप्रतिको संवदेनशीलता र सीमापारिबाट हुने ज्यादतीप्रति आक्रोशत नै बनाएको छ । बजरंगी जस्तो पात्रले भारतीइ झण्डालाई कट्टु बनाएर लगाएको छ । यो भन्दा ठूलो विद्रोह अरु के हुनसक्छ ?

११. ‘लू’ को अन्त्यमा टुके पण्डितको पत्र छ । टुटे पण्डितको गाउँ उही हो– पत्थरपुरवा । भूगोल उही । जीवन उस्तै । तर ठेगाना फेरिएको छ । वास्तवमै भईरहेको पनि त्यस्तै त छ । सुस्ता भन्ने गाविस अहिले तीनवटा वडामा सिमित भएको छ । देशका चौवन्न भन्दा बढी ठाउँमा सिमा मिचिएको सिमाविद्हरू बताउँछन् । एक सचेत लेखकको हिसाबले टुके पण्डितहरूको ठेगाना परिवर्तन भईरहनुमा कसको दोष देख्नुहुन्छ ? कसरी रोक्न सकिन्छ यो समस्यालाई ? एक जना लेखकले वा यसो भनौं कलमका फौजहरूले कस्तो भूमिका निभाउनुपर्छ जस्तो लाग्छ तपाईलाई ?

यदि हामी नेपाली हौं र हामीलाई आफ्नो देशप्रति अलिकति पनि माया छ भने हामीले आफ्नो सिमाप्रति अब सचेतता देखाउनै पर्छ । यो विषयमा संवेदनशील हुनैपर्छ । टुटे पण्डितको चिठ्ठीको उचित राजनैतिक सम्बोधन हुनैपर्छ । नेपालका राजनैतिक कर्मीहरु अब उदासिन भएर बस्ने हो भने उहाँहरु देशप्रतिको गद्धार हो भन्ने बुझे हुन्छ । अब दलाली र भारतको चाकडी गरेरमात्र देश चल्दैन ।

१२. अन्त्यमा दैनिक लुम्बिनीको परिशिष्टाङ्क ‘पाहुर’ मार्फत केही भन्नुहुन्छ कि ?

लू लाई तपाईहरुले यति महत्व दिनुभयो । यति स्नेह दिनुभयो । त्यसका लागि दैनिक लुम्बिनी प्रति आभारी छु । यसको यो ‘पाहुर’ परिशिष्टांक अत्यन्त लोकप्रिय रहेको छ । काठमाण्डौमा पनि यसका बारेमा चर्चा भएको सुन्छु । खुशी छु । यसले आफ्नो गरिमा र स्तरियता कायम राखोस् । यही चाहना छ ।