Tuesday, July 17, 2012

नेपाली कसरी शुद्ध लेख्ने ?-नेपाली भाषा प्रयोगकर्ता समूह


नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार २०६९
 May 28, 2012
प्रस्तावना
यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डो¥याउन यसले पर्याप्त योगदान पु¥याउने आशा गरिएको छ ।

भाषाको सम्प्रभुता यसका प्रयोगकर्तामा निहित हुन्छ भन्ने तथ्य आत्मसात् गर्दै, शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जेको सुदृढ जगमा उभिएर नै भाषाको विकास एवम् विस्तार हुन सक्ने यथार्थ मनन गर्दै, समयको अन्तरालमा देखा परेका विकृतिबाट मुक्त गराएर नेपाली भाषालाई स्वच्छ, उदार र गतिशील बनाउँदै लैजाने उद्देश्यले, ऋषिकल्प भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निर्देशन तथा सहभागितामा, भाषा–तपस्वी प्रा. मुकुन्दशरण उपाध्यायको सुझाव समन्वित समर्थन र भाषा उन्नायक डा. तारानाथ शर्मा, प्रा. डा. कुमारबहादुर जोशी तथा भाषाका शारदेय साधक कृष्णप्रसाद पराजुलीको सल्लाह एवम् सहमतिका साथ, ललितपुर घोषणापत्र – २०६८ को मर्म तथा भावना अनुरूप, नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस–२०६९) ले नेपाली भाषा प्रयोगकर्ताहरूका लागि यो व्यवस्था गरेको छ ।

यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डो¥याउन यसले पर्याप्त योगदान पु¥याउने आशा गरिएको छ ।

नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार  ः २०६९

नाम

१. ह्रस्व इ, उ अन्त्यमा हुने शब्द—
क. सामान्य पु“ल्लिङ्गी शब्द । जस्तै— बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि ।

ख. सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— घिउ, भालु, गाउँ, हिउँ आदि ।

ग. नु, आउ, आइ कृत्प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— हिंड्नु, जनाउ,   पढाइ, गोलाइ, दुष्ट्याइँ आदि ।

अपवाद— दाईं, लडाईं, बसाईं आदि ।

२. दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द—
क. सामान्य स्त्रीलिङ्गी शब्द । जस्तै— गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी,   मैजू, भाउजू आदि ।

ख. सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि ।

ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै— ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी,   सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।

घ. आदरार्थी ज्यू, जी प्रत्ययान्त शब्द । जस्तै— दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, परियारजी आदि ।

ङ. भाव (धर्म), सम्बन्धी (धर्मी) र ‘त्यहाँ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्द ।     जस्तै— गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जंगली आदि ।

सर्वनाम

१. क. तपाईं, आफू, तँ, म, जो, त्यो आदि र तिनका विभक्तियुक्त रूप सर्वनाम हुन् । जस्तै— जो, जसले, जसलाई, जसबाट, जसदेखि, जसको, जसकी, जसमा, जुन, जे, जुनसुकै, जोसुकै, जेसुकै आदि ।

ख. सर्वनामबाट विशेष प्रत्यय लागी विभिन्न रूप बन्छन् । जस्तै— त्यो, त्यत्रो, त्यस्तो, त्यसरी, त्यस्तरी, त्यतिको, त्यहाँ, त्यहीं, तहिले, तब, तसर्थ आदि ।

२. सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।

विशेष : सर्वनामका त्यल्ले, त्यल्लाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता संक्षिप्त रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ । साथै त्यहा“, यहा“, उहा“ आदरार्थीमा पनि प्रयोग हुन्छन् ।

विशेषण


१. क.     स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन् । जस्तै— काली, गोरी, राम्री,राजी, धनी, नामी, जाती आदि ।

ख. दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन् । जस्तै— दुधालु, घरेलु, मायालु, सिकारु आदि ।

२.    सामान्य विशेषण प्रकरण हेरी ह्रस्व दीर्घ दुवै हुन्छन् । जस्तै— पिरो÷पीरो, तितो÷तीतो, अमिलो÷अमीलो, अलिकति÷अलीकति आदि ।

३.    संख्यावाचक शब्दमा आउने इकार दीर्घ हुन्छन् । जस्तै— बीस, तीस, बत्तीस, चौंतीस, चालीस, त्रिचँलीस, बाईस, तेईस, उन्नाईस आदि ।

संख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा÷दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौं, करोडौं, लाखन्, करोडन्, कैयौं, कैयन् आदि हुन्छन् ।

४.        सानो, ठूलो, कालो, सेतो जस्ता विशेषणका रूप हेला“मा साने, ठूले, काले, सेते आदि र माया“मा सानु÷सानू,  कालु÷कालू आदि पनि हुन्छन् ।

क्रियापद


१.     धातुमा छ, छन्, छु, छौं, ए, एँ, यो, ई आदि प्रत्यय लागेर क्रियापदहरू बन्दछन् । जस्तै— बस्छ, बस्छन्, बस्छु, बस्छौं, बसे, बसें, बस्यो, बसी आदि ।

क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।

२     विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— गर्नू, जानू, गरूँ, जाउँ, आऊ, बचाऊ आदि ।

३. क्रियापदका स्त्रीलिङ्गी रूप जान्छे, गई, जान्छिन्, गइन्, जाली, जाउली, गइछ, गएकी थिई, गइथी, गइथ्यौ, जान्थ्यौ, गएकी थिएँ, जाँदी थिएँ आदि हुन्छन् । बहुवचन वा आदरमा भने पुल्लिङ्गका क्रियापद जस्तै हुन्छन् । जस्तै— गए, गएका थिए, गएथे,जानुहुन्छ, जानुभयो आदि ।

४. सकर्मक क्रियामा कर्मवाच्य र अकर्मक क्रियामा भाववाच्यको पनि प्रयोग हुन सक्छ । जस्तै— म पुस्तक पढ्छु÷मबाट पुस्तक पढिन्छ । म मस्तसँग सुतेँ÷आफू मस्तसँग सुतियो ।

५.     क. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ । जस्तै— पाक्छ÷पाक्तछ÷पाक्दछ । जाँच्छ÷जाँच्तछ÷जाँच्दछ । राख्छ÷राख्तछ÷राख्दछ । हाँस्छ÷हाँस्तछ÷हाँस्दछ आदि ।

ख. अन्त्यमा अन्य अक्षर रहँदा भने द मात्र विकल्पले जोडिन्छ । जस्तै— माग्छ÷माग्दछ । बुझ्छ÷बुझ्दछ । हान्छ÷हान्दछ । बोल्छ÷बोल्दछ । रम्छ÷रम्दछ आदि ।

ग. कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन । जस्तै— जान्छ, खान्छ, रुन्छ आदि ।

विशेष : लिई, भई, भयो, खाँदैन, गरिदेऊ, भनिदेऊ, होऔं, होओस्, होउँला आदिका संक्षिप्त रूप ली, भै, भो,  खान्न, गर्देउ, भन्देउ, होस्, हुँला आदि पनि हुन सक्छन् । यिनको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ ।

अव्यय

१.    सामान्यतः अव्ययका अन्त्य इकार, उकार ह्रस्व हुन्छन् । जस्तै— माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।

२.    ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन् । जस्तै— राम्ररी, बेसरी, बराबरी≤ भकभकी, खलखली, ≈वाल≈वाल्ती आदि ।

विशेष शब्दविचार

१.    संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेखिन्छन् । जस्तै— श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि ।

२. मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— गाउ“, खेत, भुइ“, सास, नाइके, रगत, आकाश÷अकास, वर्षा÷बर्खा, वास÷बास, शीतल÷सीतल आदि ।

३.    अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।

४.    अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— शिकार÷सिकार, होश÷होस, शेयर÷सेयर, गरीब÷गरिब, स्कूल÷स्कुल, छूट÷छुट, कानून÷कानुन, कार्टून÷कार्टुन, जवाफ÷जबाफ आदि ।

५.    झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत् लेखिन्छन् । जस्तै— अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि ।

६. परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेखिन्छन् । जस्तै— खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, पूल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि ।

७. नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ । जस्तै— स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइँ, एकवर्षे, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि ।

अपवाद : पुजारी, चिनियाँ, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि ।


८.        क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेखिन्छ । जस्तै— चञ्चल,     घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।

ख. अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वर्ण दुवै लेखिन्छ । जस्तै— अंक÷अङ्क÷अङ्क, शंख÷शङ्ख÷शङ्ख, गंगा÷गङ्गा÷गङ्गा, संघ÷सङ्घ÷सङ्घ आदि ।

ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ । जस्तै— संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि ।

घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइ“दैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ । जस्तै— हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि ।

अपवाद : अंग्रेजी÷अङ्ग्रेजी आदि ।


९. क. डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ । जस्तै— तँ, कहाँ, जहाँ, यहाँ, गएँ, खाएँ, छायाँ, दायाँ, बायाँ आदि ।

ख. डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेखिन्छ । जस्तै— भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।

१०.    एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ । जस्तै— सक्खर, सुक्खा, नत्थी,   पट्ठो आदि ।

पदयोग, पदवियोग

१.        समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन् । जस्तै— दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति,   छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, पीताम्बर, गोडधुवा, लामपुच्छ्रे, चरीनङ्ग्रे, कपडछान आदि ।

२.    क. समास भएपछि पाँच अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट्याएर लेखिन्छन् । जस्तै—        परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, परराष्ट्र मन्त्रालय आदि ।
अपवाद— विश्वविद्यालय, महाविद्यालय आदि ।

ख. व्यक्तिवाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावत् लेखिन्छन् ।

३.        एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन् । जस्तै— भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि ।

४.        छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेखिन्छन् । जस्तै— भनी सक्यो, गरी दियो, गएँ हुँला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि ।

विशेष : कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउँदा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउँदा छुट्याएर लेखिन्छन् । जस्तै— हुनपुग्यो, हुनपुगें, बन्नपुगे, भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि ।

५.    विभक्तिहरू शब्दसँग एउटै डिकोमा लेखिन्छन् । जस्तै— ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि ।

६.    विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ । जस्तै— मुनि, माथि, बारे, भन्दा, सँग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि ।

७.    उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन् । जस्तै— मात्र, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्फत÷मार्फत, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिं, भैंm, नै, जसरी, जस्तो, जस्तै, समान आदि ।

२०६९ वैशाख १३

……………………………………………………………………………………………….
यो पुस्तिका तयार पार्न प्रेरणा दिने कृति तथा अमर आत्माहरू
नेपाली कसरी शुद्घ लेख्ने ? (१९९१)
गोपाल पाँडे असीम
हृदयचन्द्रसिंह प्रधान
…………………………………………………………………………………….
नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार : २०६९ मा
हस्ताक्षर÷समर्थन गर्ने प्रतिष्ठित स्रष्टा÷लेखक÷साहित्यकार÷पत्रकारहरू ः ८१ जना ( यसमा म "नयनराज पाण्डे" पनि सहभागी छु ।)

नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस–२०६९)
ललितपुर भेला, २०६९ वैशाख २१

1 comment: