Friday, April 20, 2012

Snapshots of the subaltern-Suresh Pranjali-THE KATHMANDU POST


Snapshots of the subaltern

    Suresh Pranjali

    APR 20 -
    In what can be perceived as an attempt to reject the conventions of contemporary Nepali literature, wherein major characters are often selected from dominant social groups, author Nayanraj Pandey has taken a step in the other direction with his new novel Loo. Pandey appears to be intent on bringing into the spotlight those marginalised communities and individuals who are largely voiceless, and cannot speak up for their own rights. Nimbly incorporating one such marginalised community as its main setting and the members of that community as characters, the book essentially narrates the painful story of the people who live around the Nepal-India border.  The novel’s charm lies mainly in the author’s saccharine and well-expressed language. The storyline is simple; however, as a reader, it is that very simplicity that proves engaging. One feels as though one has actually been transported to these locations described in the book, surrounded by Pandey’s characters, playing, eating, and confronting their painful circumstances first-hand. This is largely thanks to the author’s unique, and fairly new, writing style, that even leans towards meta-fiction at times. Aside from writing technique, also engrossing is the selection of characters in Loo. In providing such a character-focused narrative, the author seems to acknowledge the fact that detailed personal accounts are what appeal to the interests and sentiments of most readers.

    Loo begins with the story of Ilaiya and Nusrat, using them to reveal the larger issues plaguing their community, particularly the cruelty of the Indian police stationed in the area. Although the book is riddled with umpteen characters, this isn’t

    necessarily a drawback, because the individual accounts of each have been structured well and simply so as to avoid any possible confusion. Among the most interesting is Tute-Pandeet, who offers some much-needed comic relief with his amusing antics. Bajrangi, Karim, and Maheshar Kaka are also big players in the storyline, although they tend to get relegated to the background time and again. Radiolal is another interesting character, named for his role as the village’s source of news and gossip. But it is perhaps Ilaiya who fascinates the most, vacillating between good and evil, and constantly eluding definition.

    Comparisons between Loo and the book Can the Subaltern Speak? by Gayatri Chakravorty Spivak might be inevitable, rooted as both are in similar concerns. But a significant difference would be in the way Pandey is able to push his characters to break out of their silent mould and speak up, challenging the authority of those political leaders who have long turned a deaf ear to the people in the border areas. There is a noticeably empowering tone in the book, where seemingly insurmountable obstacles and hurdles are brought in one by one, but also eventually resolved. Pandey has a definite knack for expressing the emotional, pulling readers right into the heart of things, and reflecting on dilemmas and their outcomes with great passion.

    What makes the book especially relevant to Nepali readers is the fact that Pandey deals with a problem that has existed for decades in the border regions—the issue of land encroachment. The people living in these volatile areas have, over time, suffered numerous political, economic and cultural troubles, and Loo offers commendable insights into each. Additionally, Pandey’s deft touch in portraying both Muslim and Hindu cultures and everyday lives is a testament to his deep understanding of the dynamics of these two groups and his wish to maintain internal cohesion between them. He is able to excavate, layer by layer, the crux of long-standing issues, achieving this at a healthy pace that still manages to retain the interest of readers. In this sense, then, this book—with its patriotic undertones and nationalistic themes—could be considered a worthy adjunct to the list of forces working to uphold social structure and internal homogeneity in Nepal’s western belt.

    Many activists and political parties use the term ‘margin’ loosely as per their personal agendas, a usage that becomes vague when it comes to actual accountability. That is not the case here, however. Pandey seems determined to really point out who these marginalised people are, and to demonstrate how they’ve been pushed aside in mainstream politics, especially with regards to decision-making powers. Loo, while fictional, brings out some very real problems, like the atrocities committed by the Indian police on Nepali locals, including rape, burglary, theft, and abuse. It is the mad lawlessness of these very circumstances that

    supposedly inspired the book’s title, a metaphorical allusion to the chaos caused by the hot, raging winds that blow in these parts.

    One can very easily concur that this volume represents a milestone in Nepali modern fiction. Not only does Pandey offer a detailed, revelatory look into border politics, but he does so in an engaging way that allows readers to identify with specific characters, to emphathise with them, to feel for their plight. While narratives on marginalised communities have certainly cropped up in large numbers in recent years running parallel to their ongoing struggle for attention from the government, not all have been effective. Loo, though, breaks down the larger issues into simple, relatable chunks that any reader could easily gobble up and enjoy.

    Perhaps not everyone will agree with Pandey’s views on federalism though, where he advocates staunchly against adopting an ethnic-based model for the country, a point that has been debated continually in current political discourse. He almost sounds like he is propounding a theory once put forth by acclaimed sociologist Emile Durkheim—that of mechanical solidarity—as a tangible means of preserving the connections between the border communities. The only drawback in the book, and a small one at that, is the fact that the author has, for some reason, chosen to fuse the acknowledgement section towards the end with the main narrative, making for an oddly structured conclusion. That aside, this is a must-read for those interested in the idea of the ‘subaltern’—Loo cements Pandey’s identity as an inimitable force in Nepali fiction.

    Posted on: 2012-04-21 08:51

    Thursday, April 19, 2012

    एउटा अग्लो उपन्यास


    एउटा अग्लो उपन्यास

      गोविन्द वर्तमान

      वैशाख १ - 
      हालका वर्षहरूमा आएका केही राम्रा उपन्यासहरूको नाम लिनुपर्दा यसो भन्न सकिन्छः 'प्रेतकल्प', 'हेत्छाकुप्पा', 'उर्गेनको घोडा', 'कर्नाली ब्लुज' । तर यसै वर्ष आएका उपन्यासहरूमा सबभन्दा राम्रो उपन्यासका रूपमा भन्न सकिन्छ- 'लू' । त्यसो त धु्रवचन्द्र गौतमको उपन्यास 'सातौं ऋतु' पनि यसै वर्ष आएको हो । यथार्थको भुसतिघ्रे पक्षलाई स्वैरकल्पनाको उपयोगद्वारा धु्रवचन्द्र गौतमले 'सातौं ऋतु'मा बयान गरेका छन् । तर नयनराज पाण्डेले भने यथार्थको एउटा डरलाग्दो, खतरनाक र आपत्तिजनक पक्षलाई अध्ययन, अनुसन्धान र वैयक्तिक अनुभवका अनुभूतिहरूको उपयोगद्वारा उपन्यास 'लू'मा अनावरण गरिदिएका छन् । अनावरणको प्रक्रियामा उपन्यासकारले अपनाएको सिर्जनात्मक परिश्रमले यस उपन्यासलाई धेरै माथि उचालिदिएको छ ।

      ठूलो महत्त्वको सानो उपन्यास 'उलार' को उचाइसँग नयन आफैं तर्सिरहेका थिए । यो पि्रयतापूर्ण त्रासले उनलाई सिर्जनात्मक रूपले अघि बढ्नको निम्ति जिम्मेवार र गम्भीर तुल्याइदिएको थियो । पाठकप्रति सम्मानभावले ओतप्रोत भएको जिम्मेवारी र गम्भीरताको प्रतिफल बनेर 'लू' सार्वजनिक भएको छ । गत चैत २५ गते 'लू'को विमोचनमा उर्लिएको साहित्यकार र पत्रकारको भीडले पनि त्यही कुरा खुलस्त गरिदिएको थियो । एउटा पुस्तकको निम्ति मानिसहरूमा रहेको त्यत्रो सरोकार ज्यादै सुखद् कुरा हो । आगामी दिनमा राम्रा पुस्तकले आपनो सत्ता आफैंले निर्माण गर्छन् भन्ने दृष्टान्तका रूपमा पनि त्यसलाई बुझ्न सकिन्छ किनभने नयनको यो उपन्यासको गुणस्तरको सामान्य संकेत पाठकहरूले नेपालका ठुल्ठूला दैनिकहरूमा प्रकाशित पुस्तकअंशबाट पनि पाएका थिए । त्यसैले उनीहरू पुस्तकको औपचारिक विमोचन कार्यक्रममा त्यसरी हुर्रिएर आएका थिए ।

      पहाडका मानिसहरूको निम्ति तराई केही नौलो र केही विरानो भूगोल हो । पहाडका उकाली-ओरालीहरू तराईमा हुँदैनन् । तर जीवनका उकाली-ओरालीहरू त्यहाँ पनि हुन्छन् । पहाडका भीरपाखा र पहराहरू तराईमा हुँदैनन् । तर नियतिका भीरपाखा र पहराहरू त्यहाँ पनि हुन्छन् । तैपनि पहाडेहरूका निम्ति तराई केही नौलो र केही विरानो लागिदिन्छ । त्यसै गरी तराईवासीहरूलाई पनि पहाड लगभग त्यस्तै लाग्छ । सामाजिकता, आर्थिकता र सांस्कृतिकताको दृष्टिले पनि तराई र पहाडमा भिन्नताहरू पर्याप्त छन् । तर राज्यले गर्ने उपेक्षा, सामाजिक भेदभाव, वर्गीय उत्पीडन कणर्ाली अञ्चलजस्ता पहाडी भूभागहरू र तराईका गाउँहरूमा उस्तैउस्तै किसिमका देख्न सकिन्छ । विकट पहाडहरू बेलाबेलामा भोकमरी र महामारीले आक्रान्त हुन्छन् र थुप्रै पहाडेहरूले अकालमा ज्यान गुमाउँछन् । तर तराईमा भोकमरी नभइहाल्ने र उपचारमा पहुँचका दृष्टिले तराई सुगम क्षेत्र हो । म यो किन उल्लेख गरिरहेको छु भने एउटै देशको फरक भौगोलिकताले निर्धारण गर्ने थुप्रै कुराहरूमा समानता र पृथकताहरू पाइन्छन् तर सीमावर्ती क्षेत्रका जनताले भोग्नु परिरहेको अत्याचारको विस्तृति भने तराईले मात्र भोग्नुपरेको पीडा हो । नयनराज पाण्डेको नयाँ उपन्यासले त्यही पीडालाई विषयवस्तु बनाएको छ ।

      अर्को कुरा, तराईको समाज र त्यहाँका विपन्न समुदायका रहनसहन, त्यहाँका श्रमजीवी मानिसहरूले अपनाउने पेसागत विविधताहरू, चाडपर्व, उत्सव र अन्य सांस्कृतिक पक्षहरू पहाडे पाठकहरू निम्ति ज्ञानवर्द्धक र रोचक हुन्छन् । बोली, पहिरन र खाद्य संस्कृतिमा पनि पहाडभन्दा तराईमा यति पृथकताहरू छन् कि ती पृथकताहरू पहाडेहरूका लागि ज्ञानवर्द्धक र रोचक लाग्छन् । यस उपन्यासमा यी ज्ञानवर्द्धक र रोचक कुराहरू छन् । 

      दुःखले थिल्थिल्लिएका अधिकांश तराईवासीहरूलाई आफू कस्तो छु भन्ने थाहा पाउन अथवा आपनो अवस्थाको अनुहार हेर्न एउटा राम्रो ऐना चाहिन्छ । यस उपन्यासले त्यही ऐना प्रस्तुत गरेको छ । त्यसैले तराईका पाठकहरूका निम्ति पनि यो उपन्यास ज्ञानवर्द्धक र रोचक छ । भित्री मधेसका मानिसका दुःखका चरित्रहरू बेग्लै हुन्छन् । उनीहरूलाई दक्षिणी सिमानाका मानिसहरूमाथि थपिएको दुःख थाहै हुँदैन । त्यसैले सीमाभन्दा बढी उत्तरतिर बस्ने पाठकहरूका निम्ति पनि यो उपन्यास बढी ज्ञानवर्द्धक र रोचक भएको छ ।

      नेपाललाई केही वर्ष अघिसम्म 'हिन्दु राष्ट्र' भनिन्थ्यो । त्यस्तो राष्ट्रका अल्पसंख्यक मुसलमानहरूले आपनो जीवनमाथि के कस्ता दुःखहरू थप्दै बाँच्नुपरेको छ भन्ने कुरालाई यस उपन्यासले राम्ररी उद्घाटित गरिदिएकोले यस्तो 'भर्जिन' विषयमाथि उपन्यास पढ्न पाउनु वास्तवमा सबैका लागि ज्ञानवर्द्धक र रोचक घटना हो । 

      यो उपन्यास नेपालको पश्चिम तराईको सीमावर्ती गाउँको कथामा आधारित छ । गाउँ ः पत्थरपुरवा । पात्रहरू ः पत्थरपुरवाका गरिब गाउँलेहरू । कुपात्रहरूः भारतीय सीमा सुरक्षाबलको रूपमा तैनाथ भारतीय सशस्त्र प्रहरीहरू, शम्भुराम जस्ता भारतीय विस्तारवादका स-साना पुर्जाहरू र तिनको ज्यादतीलाई समर्थन-अनुमोदन गरिरहेका नेपाली नेताहरू । कथाको केन्द्रीय अन्तरवस्तु ः नेपाली भूमिमाथि भारतीय अतिक्रमण र सीमाक्षेत्रमा बसोबास गर्ने नेपालीहरूविरुद्ध भारतीय पक्षद्वारा विभिन्न वहानामा आर्थिक, सामाजिक तथा राजनैतिक हस्तक्षेपको निम्ति बर्बरतापूर्ण हिंसाको प्रयोग । सीमावर्ती क्षेत्रका सीमान्तीकृत समुदायप्रति मूलतः नेपालका राजनीतिकर्मीहरूले गर्नुपर्ने दायित्वबोधको अभावले गर्दा अल्पसंख्यक नेपाली मुसलमानहरू, दलितहरू, आर्थिक विपन्नताको पराकाष्ठामा पुगेका गरिबहरू कसरी बाँचिरहेका छन् र मरिरहेका छन् भन्ने प्रश्नलाई यस उपन्यासले कलात्मक अभिव्यक्ति सहित उत्तर दिएको छ । 

      पाठकहरू ! इलैया, नन्दु चिडिमार, हरदेई, चमेली, रेडियोलाल, कमला, बजरंगी, वृजलाल, महेशर, जागेशर, टुटे पण्डित, अनवर, रजिया, सलिम, नुसरत, करिम, सबै मिलेर नयनको उपन्यासलाई राम्रो कथा र नराम्रो दुःखको पुरिया बनाइदिएका छन् । त्यही कथा र त्यही दुःखलाई तपाईंको हृदयदेखि मस्तिष्कसम्म पुर्‍याउनका लागि पढ्नुपर्ने उपन्यास हो ः लू । बहराइचको शम्भुरामले नेपालगन्जका नेताहरूलाई कसरी नचाउँछ भन्ने थाहा पाउन पढ्नुपर्ने उपन्यास हो ः लू । काठमाडौंले नेपालगन्जमा 'दंगा' फैलिएको सुनेको थियो । काठमाडौंबाट निस्कने पत्रपत्रिकाहरू, टेलिभिजन, रेडियोहरूबाट अरू ठाउँका मानिसले पनि त्यस्तो अपि्रय समाचार सुनेका थिए । तर त्यस्तो 'दंगा'को भित्री कथा कस्तो हुन्छ भन्ने कुरा धेरैलाई थाहा थिएन । त्यही सत्य थाहा पाउन पनि पढ्नुपर्ने उपन्यास होः लू ।

      यस उपन्यासलाई तेस्रो पटक 'लू' शीर्षक अन्तर्गत पढिरहँदा नेपालले भोगिरहेको दुःखका किसिमहरूबारे मैले अझै थप अन्वेषण गर्नुपर्ने आवश्यकता अनुभव गरें । अन्त नदेखिएका दुःखहरूलाई यस उपन्यासभित्र देखिसकेपछि राजनीतिक व्यभिचार, साम्प्रदायिक हिंसा, सिमाना ताछिँदै गएर देशको भौगोलिक आयतन घटिरहेको मर्म, अन्तरजातीय सुसम्बन्धहरूमाथि आक्रमण बाहेक अरू दुःखहरू पनि हुन सक्छन् भन्ने कुराको आभास हुन्छ । त्यस्तो अनुभूतिले मस्तिष्कलाई दुःखीभन्दा बढी चनाखो पारिदिन्छ । यति राम्रो उपन्यासभित्र पनि दुर्बलताहरू फेला पार्न सकिन्छ । चिनी र खजुर हालेको सेबई खाएर करिमका बाआमा र दाजुभाउजूहरूले आत्महत्या गरेका छन् । चरम गरिबीले निम्त्याउने अनेक प्रकारका दुःखहरूबाट त्राण पाउन आत्महत्याको बाटो रोजेको त्यो परिवारले करिम एक्लोलाई चाहिँ किन बचाइदियो ? कुराकानीको क्रममा 'त्यस्तो हुँदैन' भन्छन् नारायण ढकाल । सामान्यतः त्यस्तो हुँदै हुँदैन । उपन्यासकारले त्यस अवस्थाको तर्कसंगत प्रष्टीकरण उपन्यासमा दिएका छैनन् । यो अलि बढी नाटकीय लाग्दछ । 

      चित्रहरू बनाउँदा प्रकाश र छायाको सन्तुलन बिगि्रयो भने चित्र बिगि्रन्छ । त्यसैगरी चित्र बनाउँदा अनुपात बिगि्रयो भने अर्थात् शरीर वा कुनै वस्तुको आकारको अनुपातमा शरीरको अंग वा वस्तुको कुनै अंग सानो वा ठूलो भइदियो भने कुनै चित्र कुरूप हुन्छ र चित्रकार असफल हुन्छ । मलाई लाग्छ आख्यानमा त्यसैगरी समयको अनुपात मिलेन भने लेखाइको आधिकारिकतामा प्रश्न उठन सक्छ । उपन्यास 'लू' पढिरहँदा एक ठाउँमा पञ्चायतकाल आइपुगेको छ । खडानन्द पौडेल नाउँको प्रधानपञ्चले एउटा राम्रो चित्रकार हुन सक्ने जागेशरलाई सत्ताविरोधी चित्र बनाएको आरोपमा अञ्चलाधीश कहाँ पुर्‍याइदिएको छ । र, सत्ताविरोधी चित्र बनाएको आरोपमा अञ्चलाधीशले जागेशर र उसको बाउ महेशरलाई तीन दिनसम्म थुनाइदिएको छ । यहाँ समयको अनुपात अलि बिगि्रएझैं लाग्छ किनभने उपन्यासले समयको किटानी नगरे पनि लक्ष्मणपुर बाँध बनिसकेपछिको बहुदलीय कालको कथालाई समेटेको बुझिन्छ । त्यसैले पनि प्रधानपञ्चहरू समयको अनुपात नमिलेका पात्र भएका छन् । यस्ता स-साना त्रुटिहरू छन् । छिद्रान्वेषणमा रुचि भएकाहरूले अलि बढी भेट्लान् तर समग्रतामा यो उपन्यास यति आकर्षक, यति नवीन र कलात्मक रूपले पनि यति शक्तिसम्पन्न भएर आएको छ कि त्यस्ता स-साना छिद्रहरूलाई पाठकले अक्षम्य ठान्नै सक्दैन ।

      सिर्जनशील परिश्रम गर्दा उपन्यासकारले हज्जारौं शब्दहरूलाई निर्ममतापूर्वक आख्यानको कलेवरबाट बिदा दिएका छन् । उनले उपन्यासको दोस्रो मस्यौदालाई 'उठ् इलैया उठ्' शीर्षक दिएका थिए । त्यहाँसम्म आइपुग्दा पनि हज्जारौं शब्दहरू मूलकथामा हाँगा हालेर झांगिएका थिए । त्यसबेला एउटा खतरनाक पात्र थियो- शिवकुमार । नेपालको नागरिकता समेत लिन भ्याएको भारतीय युवक पत्रकार बनेर नेपालीहरूविरुद्ध भारतीय अपराधी र डाँकाहरूसँग साँठगाँठ गथ्र्यो र कमाउँथ्यो । ऊ पैसा र जीवन दुवै यसरी कमाउने धन्दामा लिप्त थियो । उपन्यासको सूत्रधार जस्तो बनेको त्यो पात्रमा उपन्यासकार नयनले यथार्थको ठूलो भारी बोकाएका थिए, तर त्यो त्यति धेरै स्वाभाविक देखिन्नथ्यो । उपन्यासमा हाबी हुन खोजेको नाटकीयतालाई मिल्काउन उपन्यासकारले उपन्यासको अन्तिम मस्यौदामा शिवकुमारसँग जोडिएका सम्पूर्ण उपकथाहरू मिल्काइदिए । यसो गरेर उपन्यासकारले एकातिर शिवकुमारको सम्पूर्ण चरित्रलाई नयाँ आख्यानको निम्ति सुरक्षित राखेका छन् भने अर्कातिर उपन्यासको शरीरमा लाग्न पुगेको बोसो मिल्काइदिएर उपन्यासलाई छरितो पार्ने कौशल देखाएका छन् । 

      अर्को प्रसंग । दोस्तोएब्स्कीको उपन्यास 'क्राइम एन्ड पनिसमेन्ट' मा रस्कोलनिकोभले हत्या गरिदिएको निकम्मा बूढीजस्ती एउटा रहस्यमयी वृद्धा पनि नयनको यो उपन्यासभित्र मूल कथाको डिलमा बसेकी थिई । सामन्तवादी सामाजिकताको पुँजीवादमा संक्रमण हुने तत्परतालाई उपन्यासकारले त्यस पात्रको माध्यमबाट व्यक्त गर्न खोजेका थिए । त्यस प्रयोजनका निम्ति त्यस पात्रलाई उनले मूलकथाभित्र एउटा गहनाजस्तो बनाएका थिए । तर अनुपात नमिलेको चित्रजस्तै त्यो गहना उपन्यासको निम्ति गाईको घााटीमा झुन्डिएको घााडोजस्तो पनि देखिएको थियो । अर्को अलग्गै कथा विस्तार गर्न सक्ने वाहनजस्तो त्यस पात्रको इतिवृत्तलाई छााटेर पनि उपन्यासकारले 'लू' लाई छरितो र बढी कलात्मक पार्ने परिश्रम गरेका छन् । 

      उपन्यास परिमार्जनका निम्ति पाण्डुलिपिको पाठक समेत भएको नाताले म यस तथ्यलाई अन्य लेखक तथा पाठकहरूसँग बाँडचुँड गरिरहेको छु । यसो गरेर मैले जिम्मेवार रचनाकारको रचना-प्रक्रिया कतिसम्म परिश्रमपूर्ण हुन्छ भन्ने कुरा विज्ञदेखि सामान्य पाठकसम्म वितरण गर्ने काम गरेको छु । रचनात्मक सामथ्र्यलाई दायित्त्वपूर्ण लेखनको दिशातिर मोड्न पनि मैले यो प्रक्रियाका बारे उल्लेख गर्ने धृष्टता गरेको हुँ । उपन्यासकारले गरेका यस्ता परिश्रमहरू 'लू' मा धेरै छन् । पहिलो लेखनदेखि अन्तिम लेखनसम्म पुग्नलाई गर्नुपर्ने वा गर्न सकिने यावत् परिश्रमहरूलाई मैले यहाँ सिर्जनशील परिश्रम भनेको छु । लेख्नेबित्तिकै छपाउन हतार गर्ने र आफूले लेखेको 'पक्कै राम्रो' भन्ठान्ने घातक प्रवृत्तिलाई यस्तो परिश्रमले दुरुत्साहित गर्नेछ र लेखनको संसारमा विचरण गर्न चाहनेहरूलाई जिम्मेवारीपूर्वक अग्रसर हुनका लागि एउटा राम्रो पाठ सिकाउनेछ । 

      एउटा उत्कृष्ट उपन्यासको सिर्जना सहित रचना-प्रक्रियामा परिश्रमको महत्ता उजागर गर्दै एउटा असल शिक्षाको सञ्चार समेत गरेकोमा उपन्यासकार नयनराज पाण्डेलाई हार्दिक बधाई !

      प्रकाशित मिति: २०६९ वैशाख २ ०९:३८

      नेपाली लेखनमा मधेस र उलारको स्थिति


      (कान्तिपुर दैनिक-७ बैसाख,२०६९)

      नेपाली लेखनमा मधेस र उलारको स्थिति

        तराईतिर टाँगा वा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन बिग्रने प्रक्रियालाई स्थानीय भाषामा 'उलार' भन्ने गरिन्छ । नेपाली लेखनमा पनि कथ्य र परिवेशको दृष्टिले असन्तुलन छ ।
        (0 Votes)
        चन्द्रकिशोर





        'उलार'पछि पछिल्लो साता 'लू' उपन्यास लेखेर नयनराज पाण्डे यतिखेर चर्चामा छन् । 'लू'मा पनि तराईका सीमावर्ती क्षेत्रका सवालहरूलाई उनिएको छ । परशु प्रधान र नारायणी तिवारीले एक वर्ष पहिला 'तराई मधेसका कथा' संग्रहमा बयालीसवटा कथाको सम्पादन गर्नुभएको छ । त्यो संग्रहमा कथा छनौटका आधारहरूबारे भनिएको छ, 'तराई- मधेसको पृष्ठभूमिमा लेखिएको, स्थानीय बोलिने भाषाहरूको प्रयोग भएको, शोषण, उत्पीडन र विसंगति आदिलाई उजागर गरिएको, त्यहाँको स्पष्ट चित्र आउनेछ ।' यसरी पछिल्ला समयमा तराई-मधेसका पृष्ठभूमिमा केन्दि्रत रही साहित्य लेखनको काम फक्रिँदै गएको छ ।
        उसो त मधेसका जनजीवनलाई लिएर नेपाली साहित्यमा पहिला पनि लेखिएका छन् । तर यतिखेर भइरहेका प्रयत्नहरूलाई आधुनिक राष्ट्रनिर्माणको प्रकृयासंँग जोडेर पनि हेरिने गरिएको छ । नेपालको भविष्य सुनिश्चित गर्न सामूहिक रूपमा सबैको दूरदृष्टि आवश्यक छ । यसबाट सामाजिक र राजनीतिक धु्रवीकरणलाई न्यून गरी समावेशी राष्ट्रनिर्माणमा टेवा पुर्‍याउन सकिन्छ । हो पनि समाज एकातिर अग्रसर हुँदा स्रष्टा लेखक अर्को दिशामा प्रवृत्त हुनसक्दैनन् । आफ्नो माटो वा भनौं आफ्नो कालखण्ड सापेक्ष नरहने स्रष्टालाई समाजले विस्मृतिको गर्भमा थन्क्याएर
        सुरक्षित राख्ने गर्छ । साहित्यको क्षेत्रबाट भइरहेका प्रयासहरूको लेखाजोखा भविष्यले गर्ला, तर अहिले यतिमात्र भन्न सकिन्छ, मधेसको कथ्यलाई यसले राष्ट्रियकरण गर्छ ।
        बहसको अर्को कोण पनि छ, इतिहासमा कतै पनि त्यस्तो समाज उँभो लागेको छैन, जहाँ सांस्कृतिक र साहित्यिक प्रयासहरू भएको छैन ? कतै पनि यस्तो भेटिंदैन ? त के हामी पहिलोपटक यस्तो गर्न खोज्दैछौं त ? केवल राजनीतिकर्मी र राजनीतिलाई आलोचना गरेर समाज विकसित हुनसक्दैन । तराईमा विविधता छ र यहाँ अनेकौं प्रयत्न पनि भइरहेका छन् । तर फर्केर हेर्ने हो भने मधेसी समाजका बारेमा थोरै लेख्ने काम भएका छन् । लेखनलाई अनेकौ कोणबाट हेर्नुपर्ने हुन्छ, साहित्य, इतिहास, पत्रकारिता । अहिलेसम्मको स्थितिमा नेपाली लेखनलाई नियाल्दा मधेस र मधेसीलाई केन्द्रीय तत्त्व मानेर पुस्तक लेखनको काम अत्यन्त कम भएको छ । तराईतिर टाँगा वा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, बिग्रने प्रक्रियालाई स्थानीय भाषामा 'उलार' भन्ने गरिन्छ, नेपाली लेखनमा पनि कथ्य र परिवेशको दृष्टिले असन्तुलन छ । गैरआख्यानतिरको लेखनमा दुइटा धार देखिन्छ- एउटा, राजनीतिक उद्देश्यसाथ नियोजित रूपमा पुस्तक लेखनको काम, दोस्रो सोधकर्मीका रूपमा पुस्तकको प्रस्तुति । संविधानसभाको पृष्ठभूमिमा मधेसको मुद्दा र राज्य पुनसर्ंरचना आधारित पुस्तकहरू बाहिरिएका छन् । उपेन्द्र यादव, जयप्रकाश गुप्ता लगायत मधेसका बारेमा लेख्ने राजनीतिकर्मीहरू पनि छन् ।
        जुन समाजका बारेमा जति बढी लेखिएको छ, शोध भएको छ, त्यहाँ परिवर्तनको गति तीव्र हुन्छ र त्यो समाजलाई अगाडि ल्याउन लेखकहरूको योगदानको ठूलो हिस्सा मानिन्छ । जातीय, भाषिक तथा क्षेत्रगत समुदायबाट राज्यप्रदत्त विभेदका विरुद्ध र राज्ययन्त्रमा न्यायपूर्ण सहभागिताका लागि आवाज उठाएको नेपालकै पहिलो क्षेत्र मधेस हो । तर मधेसी विद्रोहले पारेको सामाजिक, आर्थिक र राजनीतिक असरहरूका बारेमा बहुकोणीय अध्ययनका साथ प्राज्ञिक पुस्तक आउन सकिरहेको छैन । मधेश केन्दि्रत प्राज्ञिक तहमा शोधहरूको अत्यन्त खाँचो छ । मौलिक लेखनको दृष्टिले मधेस शोधार्थीहरूका लागि उर्वर मैदान रहेको छ । प|mेडरिक गेजले चार दसक पहिला अंग्रेजीमा लेखेका 'रिजनलिजम एन्ड नेसनल युनिटी इन नेपाल' पुस्तक विदेशीहरूले लेखेको तराईकेन्दि्रत पुस्तक कोशेढुंगा नै मानिन्छ । तर मधेसी विद्रोहपछि नेपालमा त्यसको पुनर्प्रकाशन गरिंदा त्यो पुस्तक खासै बिक्री भएन । त्यस्तै सोसल साइन्स उहाँले पाँच वर्ष पहिला 'मधेस समस्या र सम्भावना' पुस्तक निकालेको थियो । त्यतिखेर मधेसजस्तो सारै थोरैमात्र अध्ययन गरिएको र कमैमात्र छलफल हुने विषयमा यो पुस्तक एउटा गहकिलो सामग्री थियो ।
        मूलधारको पत्रकारितामा मधेससँग जोडेर गरिने अखबारी लेखन एउटा पाटो हो, तर समाजलाई समुन्नत बनाउन तथा न्यायको खोजीको क्रमलाई सन्तुलित बनाउन प्राज्ञिक कार्यहरूको खाँचो छ । राजनीतिक नाराहरूलाई बोकेर कार्यपत्र लेख्नु, स-सानो पुस्तिकाहरू प्रकाशन गर्नु भनेको तात्कालिक कार्यसिद्धी मात्र हो । मधेसमा कार्यरत प्राध्यापकहरूमा मधेस केन्दि्रत अनुसन्धानप्रति उदासीनता रहेको भन्नु वेमुनासिव नहोला । जसले जाँगर देखाउँछन्, ऊ पनि आवश्यक स्रोत र साधनहरूको सीमाले चेपिन पुग्छन् ।  दाताहरूले तराईतिर नजर राख्न थालेपछि केही अध्ययनका काम हुने गरेका छन् । तर त्यो कतिको प्राज्ञिक र तथ्यपरक हुनसकेको छ, त्यसको परीक्षण हुन बांँकी छ । त्यसैले आवश्यकता छ, मधेसका इतिहास, सामाजिक विकास, अर्थतन्त्र, आप्रवासन, खुला सिमाना, दाताहरूको सहयोग, आन्दोलनको रसायन, भूराजनीति, अधिकारको राजनीति, केन्द्रीय राजनीतिमा पहुँच, सामाजिक विविधता र सम्मिलीकरण, पर्यावरण, कृषि, राजमार्ग संस्कृति, भारतीय राज्यहरूसंगको अन्तरनिर्भरता, सामाजिक सुरक्षा, लैङ्गकि चेतना, सामुदायिक सम्बन्ध, दलित सन्दर्भ, नगरीय संस्कृतिको विकास र त्यसका आयामहरूजस्ता अनेकौं पक्षबारे प्राज्ञिक अध्ययनको खाँचो छ । मधेसका बारेमा वैज्ञानिक इतिहास लेखनको काम बाँकी छ । तराई-मधेस आफैमा विविधतापूर्ण छ, सन्थाल, राजवंशी, विराट क्षेत्र, मिथिला, लुम्बिनी वा नयाँ मुलुकका क्षेत्रगत रूपमा जिम्मेवार र सरोकारी इतिहास लेखनको काम गर्नु पर्नेछ ।
        विगतमा विभिन्न गैरसरकारी संस्थाहरूमार्फत पनि अध्ययनहरू भए, तर त्यसमा हिमाल र पहाडलाई प्राथमिकता भन्दै समथल भूभागका पक्षहरू किनारामा परे । मधेशसंँग जोडिएका तमाम पक्षका बारेमा अहिले पनि ठूलो रिक्तता छ । सामग्रीहरूको खोजी गर्दा सन्दर्भहरू फेला पार्नु अत्यन्त दुष्कर हुन्छ । मधेस भनेको नेपालका लागि सघन जनघनत्व भएको, सामाजिक विविधता बोकेको, फरक भूगोल भएको तथा दक्षिण एसियाका खुला सिमाना भएको अन्तर्राष्ट्रिय सेतु पनि हो । यसका लागि राष्ट्रियस्तरमै पहलको खाँचो छ । प्राज्ञिक अध्ययन भन्नु सजिलो छ, तर त्यसका मान्यताहरूलाई अनुपालन गर्नु अत्यन्त गारो हुन्छ । उसो राजनीति खेतीकै नाममा यतिखेर लेख्नेहरू हौसिएका छन्, कमसेकम मौन रहनुभन्दा बोल्नुलाई राम्रो मान्नुपर्छ । तथापि थारुका बारेमा पनि थोरै काम भएका छन्, तर जेजति भएका छन्, तुलनात्मक रूपमा थोकमा मधेसभन्दा बढी गुणात्मक भएका छन् ।
        केन्द्रीय अखबारका पानाहरू पल्टाउँदा प्रायः मधेसीहरू यो छैन, त्यो छैन भनेर गुनासा गरिरहेका भेटिन्छन् । उद्योगका रूपमा स्थापित भइसकेको नेपाली मिडियाले आफ्नो बजार केन्दि्रत सामग्री पस्किनु उसको स्वार्थ हो । यहींनिर प्रश्न उठ्छ, तराईका मधेसी बहुल क्षेत्रमा पत्रिका किन्ने र पढ्ने कतिको बानी छ ? त्यस्तै केन्द्रीय अखबारहरूको खपत कतिको छ ? पाठक प्रतिक्रिया लेख्ने कतिको सोच छ ? मधेसीहरू जबसम्म अखबारका लागि थोक बजार हुँदैनन्, तबसम्म उसका रुचिकर कुराहरू कम फेला पर्नु अनौठो होइन । अहिले पनि यस्ता पेसाकर्मीहरूको कमी छ, जो उपहारमा पाएका पुस्तकलाई पनि गम्भीरतापूर्वक पढुन् । छिमेककै पश्चिम बंगालमा पुस्तक संस्कृतिको गहिरो तादात्म्य छ । मधेसमा जबसम्म पढ्ने र लेख्ने आन्दोलन हुँदैन, यो समाज उँभो लाग्दैन । खासगरी मधेसका युवाहरूले यो पक्षलाई बुझ्न जरुरी छ । चार-पाँच दशक पहिला तराईका प्रमुख बजारहरूमा गतिला पुस्तकालयहरू थिए, ती पुस्तकालयहरू लगनशील युवाहरूले संचालन गरेका थिए । तीमध्ये कैयौं पुस्तकालय त राष्ट्रियस्तरमै चिनारी पाएको थियो । तर तीमध्ये आज धेरै पुस्तकालय बन्द भइसके वा जनकपुरको रेलजस्तै छुकुछुकु हिंड्दैछन् ।
        यहाँनिर तीनटा कुरा छन्, एउटा त गम्भीर पाठकको ठूलो सङ्ख्या भयो भने लेखकहरूको बढोत्तरी हुन्छ वा जब मधेस र मधेसीको अन्तर्राष्ट्रिय रणनीतिक महत्व हुन्छ, त्यतिखेर लेख्ने र लेखाउनेहरूको घुइँचो लाग्छ वा स्वयम् आफ्नो इतिहास, परम्परा र विशिष्टता जान्दै ऊध्र्वमुखी हुन सामाजिक प्रवृत्ति संस्कृतिकै रूपमा विकसित हुन्छ । त्यतिखेर लेखनको बाढी आउँछ । तराईका भाषामा आफ्नो साहित्य र संस्कृतिको पक्षमा लेखनहरू भएका छन्, त्यसको सामाजिक मूल्य पनि छ । तर यतिखेर तराईको समाजका बारेमा लेखनको अत्यन्त खाँचो छ । तराईका भाषाहरूमा भइरहेका लेखनलाई अन्य भूगोलका नेपालीमाझ फिँजाउन पनि त्यतिकै आवश्यक छ, जो नेपालीमा अनुवाद गरेर हुनसक्छ । साहित्यिक माध्यमहरूमा तराईको परिवेश पस्किंँदा यसले सम्बन्धित समाजलाई सशक्त बनाउँछ र आफ्ना समयका कमजोरीहरूसंँग जुझ्न ऊर्जा दिन्छ । यो कार्य मधेसकै मान्छेले गर्नुपर्छ भन्ने छैन । तर मधेससँग परिचितहरूले यस विषयमा गहिरो अनुभूति राख्ने भएको हुनाले सटिक अभिव्यक्ति दिनसक्छन् ।
        तराई-मधेस क्षेत्रको नाम लिंदैमा एकातिर संस्कृति, सभ्यता, इतिहास र ज्ञानचिन्तन सबैको तस्विर खडा हुन्छ, अर्कोतिर वर्तमानमा परस्पर विरोधी परिस्थिति पनि झल्किन्छ । त्यसैले अतीतको स्मरण र वर्तमानमाथि गम्भीरतापूर्वक विचारले नै तराई-मधेसले आफ्ना समस्याहरूको समाधान गर्नमा समर्थ हुन्छ । मधेसको अतीत गतमात्र होइन, त्यो ऊध्र्वमुखी हो र वर्तमान चुनौतीपूर्ण छ । मधेस ऊध्र्वमुखी भएर आफ्ना वर्तमानका चुनौतीहरूसँग सामना गर्न सकुन्, त्यो राष्ट्रिय मूल प्रवाहीकरण र समृद्धिका लागि पनि आवश्यक छ । यस दूरदृष्टिका साथ मधेसका प्रत्येक पक्षका बारेमा बहुआयामिक लेखन हुन जरुरी छ । लेखनका साथ साथै गम्भीर पाठक पनि चाहिने हुनाले यस सम्बन्धमा सामाजिक विमर्शको आवश्यकता छ । त्यस्तै मूलधारको मिडियाले सामाजिक उत्तरदायित्व पालना गर्दै समावेशी स्वरलाई पछिल्ला समयमा 'स्पेस' दिंदै गएको छ । त्यो अवसरलाई पनि सामुदायिक सशक्तीकरणमा अनुवाद गर्न सामाजिक अभियानकै माग राख्छ ।