Wednesday, April 18, 2012

"उद्गार"मा लू


आज बैसाख ७ गते बिहिबार बिहान ८:३० बजे मुलत: रेडियो नेपाल तर देशका ५ वटा AM , देशभरिका १८ वटा FM स्टेशनबाट समेत अनि काठमाण्डौमा FM 100 मा प्रसारित हुने Ramesh Poudel जी द्वारा संचालित "उद्गार"कार्यक्रम प्रसारित भयो । यसमा "लू" उपन्यासका लेखक (म) र पाठक Shyam Sah बीच कुराकानी भएको थियो । लू कै सन्दर्भमा । पाठक भनेका लेखकका लागि भगवान हुन् । त्यसैले लेखक र पाठकबीच यसरी संवाद गराउने "उद्गार" कार्यक्रमको यो परिकल्पना निकै प्रभावकारी लाग्यो मलाई । यसले पाठकहरु कतिसम्म गम्भिर हुँदारहेछन् भन्ने कुरातिर पनि संकेत गर्दछ । मैले उक्त कार्यक्रमको रेकर्डको लिङ्क तल दिएको छु । उपयोगी हुने ठानेर । मलाई लाग्छ यसरी रेडियो वा प्रसारण माध्यमहरुमा लेखक र पाठकबीच संवाद यस रुपमा अघि भएको थिएन । रमेशजीले यसलाई निरन्तरता दिनुहुनेछ भन्ने लागेको छ । पठन संस्कृतिको विकाशमा यसले राम्रो काम गर्नेछ भन्ने लागेको छ ।
उक्त कार्यक्रम अहिले पनि सुन्न सकिन्छ । यो लिंकमा-

No comments:

Post a Comment