साह्रै गुनासो छ उसको
मसित,
त्यसैले त अचेल,
ऊ आउँदैन मेरो कोठामा
सुनाउँदै मलाई
आफ्नो नयाँ कविता ।
ऊ कर्णेलको घरमा जान्छ
र उसको बगैचामा बसेर फूलको कविता लेख्छ ।
दु:खसित डराउँछ
त्यसैले दु:खको कविता लेख्दैन ऊ,
बदमाश ।
आजै बिहान
सडकमा ऊ भेटियो,
उभियो एक छिनलाई मेरो अगाडि
गहिरिएर हेर्यो मेरो अनुहारमा
र घृणा गर्यो मलाई ।
मैले पनि नचिनेझैँ गरिदिएँ उसलाई,
त्यसपछि
ऊ पनि केही नबोली कर्णेलको घरमा गयो
कर्णेलको बगैचाका फूलहरु हेर्दै कविता लेख्न ।
यो कविता
उसैले त लेखेको हो ।
No comments:
Post a Comment