Thursday, March 1, 2012

कविता- आडम्वर




                                          -     नयनराज पाण्डे

कविता भन्दा अगाडि
अझ एकदम माथि,
दायाँ या बायाँ कुनातिर
कवि सगर्व उभिएको हुन्छ
आफ्नै शुभनाममा रुपान्तरित भएर,
लाचार कविताले
कविलाई टुलुटुलु हेर्छ,
किन हेर्छ ?
जबकि कवि त-
पन्छिसक्यो आफ्नै कवितासित,
उसले अस्वीकार गरिसक्यो
कविताका पङ्तिहरुसित मिसिन ।
(२०१२-मार्च १ शुक्रबार)

No comments:

Post a Comment