![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi4Uj5uB5ooQssZn2EtUU_fI4WmCGHsrXukKHpI3SN6cvP1jQk_cMxpJfdRp68jJuRSKAAS05KZ3nO9fu_opK64IRNp4sMXxOJYckIwPNZq9sA4cgbquX1GRq1Kwt3NwEnv6LuKFeVR_cQ/s1600/10583381.jpg)
नयनराज पाण्डे त्यस्ता आख्यानकार निस्के जसले सफलतापूर्वक नेपाली संसदीय राजनीतिको नाटकीय पतनको शृङ्खलामाथि आख्यान बुने ।
अन्ततः त्यो पतन पनि भयो २०५८ सालमा । उनको उपन्यास 'उलार' आयामका हिसाबले सानो हो । त्यसो त कथानक पनि मसिनो नै छ तर २०४६ सालका केही वर्षपछि हुर्केको संसदीय संस्कृतिको राष्ट्रिय चरित्र यसले बोकेको छ । पहाडेहरूले तराईमाथि लेखेका छैनन् भन्ने बहस खुल्ला ढोका शृङ्खलाको बहसमा धर्मेन्द्र झालगायतका मधेसी मित्रहरूले चलाइरहेका सन्दर्भमा उलारले मधेसमाथि हावी भएको राजनीतिक संस्कार र त्यसले नै ल्याएका निरन्तर विघटनहरूको परिणाममाथि आख्यान बुनेको छ तर यो मञ्जुश्री थापाले भनेजस्तै आञ्चलिक आख्यान नभएर समग्र नेपाली राजनीतिलाई समेट्ने एउटा प्रतिनिधि उपन्यास हो । आख्यानको समस्या र समाधान त्यही क्षेत्रमा हुँदा त्यो आञ्चलिक हुन्छ, बाहिर वा राज्यको हुँदा त्यो समग्रको हुन्छ ।
No comments:
Post a Comment