Thursday, September 13, 2012

लू बारे प्रतिक्रिया-झलक सुवेदी

(२०१२ सेप्टेम्बर १२ मा 'उपन्यास कुनो'मा पोष्ट गरिएको ।)

'लू' का बारेमा केही लेखुँ भन्दा भन्दै लामो समय बितेछ । यो बुक नेपाली साहित्यमा २ कुराले चर्चित रहने छ । पहिलो पटक यस्ले नेपालमा हेलाँमा पर्ने या नेपाली भाषाको साहित्यमा कमै महत्व पाएको सिमान्तकृत समुदाय चिडिमार र मुस्लिमहरुलाई उनीहरुको कल्चर समेत केन्द्रिय बहसमा ल्याइदिएको छ । त्यस्तै यस्ले सिमनाका मान्छेहरु, जो दुबै देशतिरबाट हेपिएका र वास्ता नगरिएका छन्, लाई पनि काठमाडौंको बहसमा ल्याएको छ । भाषा र कथा भन्ने शैलीका लागि त नयनजी हाम्रो समयका नम्बरी सन नै हुन् ।

 उनको उपन्यासको दुईटा कम्जोरी पनि भनुँ : पोलिटिक्सलाई अलि सस्तो बनाएका छन् । हाम्रो समय तिब्र राजनीतिक उथलपुथलको समय हो र हेपिएकाहरु जुरुजुरु उठेको र आफ्नो हिसाब मागेको समय पनि हो । त्यसलाई उनले उपन्यासमा स्थान दिन सकेको भए हुन्थ्यो । त्यस्तै उपन्यासको स्थान चयन गरेको ठाउँ नेपालमा गभिएको २०० सय बर्ष मात्र भएको छ । त्यसको सामाजिक साँस्कृतिक अवस्था ईतिहाससँग पनि जोडिएको हुन्छ । त्यसलाई ल्याउन पाएको भए उपन्यास हाम्रो समयको शक्तिशालि उपन्यास बन्थ्यो । जे होस् यो नेपालको साहित्य भण्डारमा एउटा राम्रो उपलब्धी हो । पाण्डेजीलाई फेरि बधाई ।

No comments:

Post a Comment