मित्र श्री बालकृष्ण कट्टेलको पत्र-लू पढेपछि ।
(मेरो इन्बक्समा मिति September 4, 2012 मा प्राप्त ।)
Mr.Bal krishna Kattel |
Dear Nayan dai,
I started following you after Ulaar. It attracted me a lot. However, after I went through your new book 'Lu", it brought into me a tremor. It's just fabolous. As I went through page by page of the book, I could not help writing following paragraphs based on the book ("Lu"), which I pasted in my facebook status. I wanted to share it with you too; therefore this mail with the paras. Hope you will read them when time permits you to do so. Sorry for the length.
Regards,
B Kattel
--------
समयलाई पनि धमिराले खाइदिने भए शायद समय भन्दा पनि बलवान हुन्थ्यो होला धमिरो ! गरिवी जत्तिकै जब्बर हुदो हो त दु:ख, मानिसले सृस्टिकै बिरुद्ध महाअभियोग दर्ज गर्थ्यो होला उसको सभामा । 'हुदो हो त वा हुने भए' भनिएकै चिज नभएकैले समय सुल्टै बाटोमा घुमिरहेछ 'लू'मा पनि ।
तबेलाबाट फुत्किएको बौलाहा घोडा जस्तो होस् वा चाल्नोमा हालिएको पानी जस्तो, समयले बाटो बिराएको छैन,'लू'मा र त पत्थरपुरवा नयाँ स्रिंगारमा उदाउन पनि सकेकी छैन । गरीवीको गाजलले ढाकेको छ उसलाई, दु:खको सिलौटोमा पीडाको लोहोरोले छाकै पिच्छे पिसिन्छे उ । पिसिएकै सही, पत्थरपुरवामा ज्ञान पनि छ, सपना छन, सपना देख्न चाहने टुटे पण्डित छन, रेडियोलाल र ईलैया छन, चुन्निलाल र नन्दूहरू छन । यहीँ त हो नि रेडियोलालले चरा नभए पनि आकाश हुदो रहेछ भन्ने ज्ञान पाएको, ईलैयाले मायाकै लागि उमेर बिरुद्ध बिद्रोह गरेको, टुटे पण्डितले जिउदो ईलैयाको कृया खाएर ढ्याउ गरेपछि अकल्पनिय घटना घटेको । तिनै पण्डित कहिले हेमा मालिनिसँग डान्स गर्छन् र विवाह पनि गर्छन्, चुन्निलाल जुही चावलाको काखमा नै निदाइ दिन्छ र ईलैया उही जुहिलाई चुम्मा समेत गर्न भ्याउछ ।
आखिर सपना न हुन यी सब,जसले जे जे गरे पनि त भो नि । बिना टिकट । टिकट त सिनेमा हेर्नलाई पो चाहिने हो त, सपना देख्नलाई त किन चाहियो र? जति सुकै गाँजोस गरीबिले, आखिर आँखाले सपना त देख्दो नै र छ, किन्न नपर्ने चिज भएर पनि होला सपना! धेरै कुरा हुन्छन पत्थरपुरवामा ।
मोहनलाल बर्ष भरी नै मूर्ती बनाउछ भगवानको तर उसैलाई विश्वाश छैन उसकै गाउमा भगवान छन भन्नेमा, नत्र किन त्यत्रो दु:ख पाउनु पर्थ्यो उसले । आमाको लागि किनेको कुमकुमको टीका बोकेर आमासँग कहिल्यै नरिसाउने कसम खान घर फर्किएको ईलैया आगनमा पुग्दा आमा हैन उनको लास देख्दा कसरी थरथराउछ 'लू'ले पाठकको मन नै हल्लाइ दिन्छ । जति सुकै कठोर किन नहोस ईलैया गाउले र परिवारका लागि, उ धित मरुन्जेल रुन्छ । आखिर कठोर मनसँग पनि त आँखाबाट बग्ने आँसु त हुँदोरहेछ नि ।
'लू'ले तातो हावा मात्र बोकेको छैन, कति ठाउमा त शितलहर नै चलाई दिन्छ;शितलहर जून आँखाबाट समेत शीत बनेर बग्न पुग्छ । 'लू' 'तातो हावा' र 'शितलहर'को उम्दा सम्योजन हो । र, हो एउटा योग्य आख्यान यस बर्षको मदन पुरस्कारका लागि ।
***
'लू'मा त्यस्ता धेरै घटनाक्रमहरू छन जसले मनलाई भित्रैसम्म चिमोट्छन; बरू पढ्नु अघि मनलाई सम्याउनुस्, ताकि पढिसकेपछी मन खन्डहर नबनोस । धेरै ठाउमा तपाईंको मन बिद्रोही बन्न सक्छ, मन भित्रै तेजाब उम्लन सक्छ, र पालुङ्गोसाग जस्तै लत्याकलुतुक पनि हुन सक्छ । 'लू'भित्र कति सपनाहरू चाल्नोमा भरिएको पानीजस्तो चुहिएर छताछुल्ल भएका छन, रहरहरू पानीको बेगमा सुकेका पातझै बगेर गएका छन । पढ्दै जादा मनभित्र हिउँको शिलाखन्ड पनि बन्न सक्छ ।
आसिफले नुसरतलाई निकहा नगर्दाको घटना होस् वा इलैयाले आँटगरेर पनि आफ्नो कुरा नुसरतलाई भन्न नसक्दाको घटना, वा होस् घटना चन्द्रुको आत्महत्याको वा गोबरी र मुनियाँले आफू बाँच्न आफ्नै सन्तान बेचेको, यिनले पाठकको मनलाई चर्काउँछ चर्काउँछ ।
'लू'मा धेरै मनभित्रका ईच्छा पनि ती मनसँग छैनन, कतै कुनै साहूकोमा धितो राखिएका छन, तमसुकमा कैद छन; सपनाहरू पोतेको माला झै टुटेर छिन्नभिन्न भएका छन; चाहनाहरू कपुर झै उडेका छन । जमेको मनले 'लू'लाई छिचोल्न गार्है पर्छ, धमिल्याएर मन 'लू'को पल्लो किनारा तार्न पनि सजिलो छैन। 'लू'का कल्पनाहरू रङ्गिन छन तर जीवन श्यामश्वेत । श्यामश्वेत जीवनका पनि केही रेशमी कल्पनाहरू भने छन: 'एकपटकको सपना पो साँचो नहोला त, तर सपना सधैं गलत पनि त नहोला नि; दुनियाँमा केही उज्यालो त अझै बाँकी छ नि !'
यति हुँदाहुँदै पनि मनमा बिद्रोहको आभा अश्वीकार गर्नेले 'लू'मा हात नहालेकै जाती । पीर नगरनुस् स्थीर मनमा समेत ९.२ रेक्टर स्केलको भूइचालो ल्याइदिन सक्ने थुप्रै छिमलका घटनाक्रमहरू छन 'लू'मा !!
****
No comments:
Post a Comment