Monday, September 24, 2012

क्रान्तिका कविता


उनीहरु उठ्छन्
मध्यरातमा
र टलक्क आकाशमा टल्किरहेको चन्द्रमालाई
टपक्क टिपेर 
र आफ्नो अध्ययन कक्षमा रहेको फ्रिजमा जमाउँछन् ।
र त्यही चन्द्रमाको आइसक्युब हालेर  
प्युँछन् मातिने गरी नशालु कविता 
दिउँसो तारेको 
सूर्यको पापडसित ।
धेरै कवि यसरी नै बौलाएका छन् शहरमा 
र फलाकिरहेछन्
क्रान्तिका कविताहरु ।
(२०६९ असार २९ शुक्रवार । भानुजयन्ति )

No comments:

Post a Comment