Thursday, March 29, 2012



आज चैत्र १६,२०६८ बिहिबार(March 29,2012)-THE NEW PAPER (English Daily)को मध्यपृष्ठमा छापिएको मेरो अन्तर्वार्ता । (अन्तर्वार्ताकार शिखर घिमिरे । साहित्यिक नाम-शिखर आरोहण ।)


The Narrative of borderlands
                                           By Shikhar Aarohan
(Published in March 29, 2012 in THE NEW PAPER)
When Nayan Raj Pandey was in his mid teens, his father, a schoolteacher, decided he should study science. Pandey had to struggle with his father who harbored the belief that Pandey should not be a writer. One day, his father got his diary full of poems. "What is this? What are you writing?" He asked. "Poems," Pandey said softly.  He lowered his head meekly only to see torn pages of his diary on the floor. "I was shocked, terrified and tongueless. The first manuscript of my life was torn into pieces," Pandey remembers.
The decision his parents made to send him to Kathmandu for higher studies was "a cool decision," Pandey recalls. "When I came to Kathmandu to pursue my higher studies, I started meeting poets and other writers," Pandey remembers, "The zeal for seeing my name printed in magazines made me a writer." Although his father did not want him to be a writer, his mother was in his favor. "Well," his mother said, "you can write but don’t forget to score well in exams too."
Born in Kathmandu, Pandey came back to Kathmandu again after completing his intermediate studies in Law. Before joining Law studies, he was admitted to a science college by his father. However, he did not pass any exams. He then decided to join the faculty of law without informing his parents.
"I didn't tell my father that I dropped out," he remembers, "Instead I joined the faculty of law secretly as I thought studying law was easy." But, it wasn't long before his parents came to know about it. When he wanted to go to Kathmandu for his higher studies, at the age of 20, his father opposed. "You ruined my dreams," Pandey's father said, "You don't need to go to Kathmandu."
Pandey was dismayed by his father's decision. "I remembered sufferings of heroes in the movies I had watched," Pandey says, "The patience of those heroes gave me strength." To his surprise, his father came to him the next morning and said, "I will give you only two thousand rupees if you want to go to Kathmandu. And never expect a penny from me." Pandey took off to Kathmandu in a bus with the money. He dreamt of being a hero in Kollywood, a scriptwriter, director for films and a writer with his names printed in bold in literary magazines.
"I didn't ask a penny after that from my father," He says, "I started struggling to be a writer I wanted to prove him that a writer means a lot." This self-esteem of him made him a writer. Now, Pandey is waiting to release his fifth novel, Loo. "I rewrote the novel six times," he says, "I completely surrendered to the story I wanted to tell."
"The novel is a story of a village in Terai," he explains about his forthcoming novel, "the problems of people, the culture, socioeconomic change, criminal activities, natural calamities, dirty politics, love in young age and border issues are the main themes Loo is based on." Pandey gained a huge popularity for his novel Ular, published thirteen years ago which is also based on the scenario of Terai. "Writing is something very strong," Pandey says, "It has the strength to make a writer forget himself and enjoy the characters he is developing."
"I basically wrote film-scripts for my survival," he says. However, Pandey is not satisfied with the current film industry and films made. "Nepali films are copy cat of Hindi films," he says, "Some recent films are copies of Hollywood movies." Pandey regards the poor economic status as the main reason for poor and copied Nepali films. "But the literary writing is serious," he says. His novels and stories are examples of his own statement. "I am not into literature for hand-to-mouth purpose," he clarifies, "to write scripts for films, I am always in a hurry as a result of which I can't deliver the best in me."
After Pandey signed with the publisher for his upcoming novel, he felt completely stressed. "I had just jotted the words but wasn't sure that it could be a good novel," he says, "I again remembered the hard life of those heroes of films I watched in my childhood." The patience, labor and dedication, after all, resulted to shape a book he had wished for.
"I usually pick the issues of Terai and borderlands as I spent most of my life in Nepalgunj," he says, "My writings are thus focused on stories I have experienced." Pandey writes for his own satisfaction and is more satisfied with the developing trend of Nepali literature.
"Reading culture has also drastically changed," he adds, "A writer needs to be honest in his writings to inspire his readers." Pandey remained silent for a minute. Perhaps, he thinks of the protagonist of Loo, Elaiya. Is he honest with the characters in his novel? "Yeah, I have tried my best to be honest and natural with the scenario that our borderland is facing these days," he answers. Pandey never took rewriting his novel for six times as a burden.
But, when he carried the manuscript, he remembered his father tearing his first manuscript into pieces. "I think my father would be the happiest man and change his perspectives on writing if he was alive," Pandey says.
He adds, "My dream to be a writer is fulfilled but the dream to see my father happy reading my novels remained incomplete forever." 

Wednesday, March 14, 2012

लघुकथा-नाम के हो ?


बुढाले भन्यो-“मेरो छोरो सहिद हो ।“
मैले सोधेँ- “के नाम हो तपाईँको छोराको ?” 

                             ०००

Tuesday, March 13, 2012

कविता-हिजो परेको पानी


हिजो परेको
पानीमा
एक थोपा पानी
मेरै आँशु थियो,
एक थोपा पानी
तिम्रै आँशु थियो,
कसले भन्छ
समुद्र पानीले बनेको ?
के हामी रोएको कसैलाई थाहा छैन ?

Tuesday, March 6, 2012

'लू' बारे छोटो अन्तर्वार्ता-नेपाल साप्ताहिकमा ।

तलको लिङ्कमा क्लिक गरेर पृष्ठ ३९ मा हेर्नुहोस् ।
eZinemart

Saturday, March 3, 2012

'उलार' उपन्यास बारे रत्नमणि नेपाल


(प्रस्तुत टिप्पणी "मधुपर्क"मासिक,असार,२०६७मा प्रकाशित रत्नमणि नेपालको आवरण लेख "नेपाली उपन्यासको बजार र प्रतिनिधि सन्दर्भ" बाट उद्धरण गरिएको हो ।)

नयनराज पाण्डे त्यस्ता आख्यानकार निस्के जसले सफलतापूर्वक नेपाली संसदीय राजनीतिको नाटकीय पतनको शृङ्खलामाथि आख्यान बुने ।
अन्ततः त्यो पतन पनि भयो २०५८ सालमा । उनको उपन्यास 'उलार' आयामका हिसाबले सानो हो । त्यसो त कथानक पनि मसिनो नै छ तर २०४६ सालका केही वर्षपछि हुर्केको संसदीय संस्कृतिको राष्ट्रिय चरित्र यसले बोकेको छ । पहाडेहरूले तराईमाथि लेखेका छैनन् भन्ने बहस खुल्ला ढोका शृङ्खलाको बहसमा धर्मेन्द्र झालगायतका मधेसी मित्रहरूले चलाइरहेका सन्दर्भमा उलारले मधेसमाथि हावी भएको राजनीतिक संस्कार र त्यसले नै ल्याएका निरन्तर विघटनहरूको परिणाममाथि आख्यान बुनेको छ तर यो मञ्जुश्री थापाले भनेजस्तै आञ्चलिक आख्यान नभएर समग्र नेपाली राजनीतिलाई समेट्ने एउटा प्रतिनिधि उपन्यास हो । आख्यानको समस्या र समाधान त्यही क्षेत्रमा हुँदा त्यो आञ्चलिक हुन्छ, बाहिर वा राज्यको हुँदा त्यो समग्रको हुन्छ ।

'लू' बारे गोविन्द वर्तमान


(यो लेख २०६७ जेठ १४ गते "कान्तिपुर"मा प्रकाशित भएको थियो । "साहित्यमा समकालीन प्रतिबिम्ब"शीर्षकको उक्त लेखको केही अंश ।)

अहिले यस पंक्तिकारले एउटा उपन्यासको पाण्डुलिपिमा समयको अनुहारलाई हेर्ने अवसर पाइरहेको छ । त्यस समयमा नेपाली मानसको त्रासदीका बहुआयामहरू छन् । यसमा नेपाली भूमिमा नेपाल हराइरहेको कथा छ । यस कथाले यात्रा गर्ने भूगोलमा भोक, रोग, हिंसा र प्रतिहिंसाका भयदायक दृश्यहरू उपस्थित छन् । तर राज्यको उपस्थिति छैन । आफ्नो आयु नसिद्धिँदै मानिस मरिरहेको छ र त्यसरी मरिरहने नियतिलाई व्यहोरिरहेको छ । जीवनका झिल्काहरू निकै निरीह छन् । के यो नै नेपालको राष्ट्रिय नियति हो ? यस पाण्डुलिपिलाई पढिरहँदा पंक्तिकारको मानसमा काँढा बनेर घोच्न आइरहेको प्रश्न यही नै हो ।

लघुकथा-एकादेशमा

(वि.सं.२०४७ सालको डायरीबाट)

एकादेशमा एउटा राजा थियो । जनतालाई निकै माया गर्थ्यो र जनता दु:खले पिल्सिएको देख्न सक्दैनथ्यो । 
त्यसैले ऊ पर्खालभित्र बस्थ्यो ।
(२०४७।८।८ शनिवार)

वि.सं २०४५ ताका लहडमा बनाएका केही कोलाजहरु




Friday, March 2, 2012

कविता-गद्दार‍-



यी सर्पहरुलाई
निमिट्यान्न पार्नु पर्छ
र विस्थापित गर्नु पर्छ
समाजबाट,
हेर त
कसरी खुट्टा उचाली उचाली
नाचिरहेछन् ।

कविता-बजार


                           शेयरको भाउ
घटेछ निकै,
प्रिये,
माफ गर
म आज राति तिमीलाई
माया गर्न सक्दिन ।

कविता-खोजी


एउटा वृद्ध
वर्षौँदेखि
हरेक दिन
धाइरहेछ मन्दिरमा,
पच्चिस वर्ष अगाडि हराएको
आफ्नो चप्पलको खोजीमा ।

कविता-नियति


वर्षौँदेखि
हामी सुनौलो माछाको
खोजीमा
जाल हालिरहेछौँ,
नियतिको महासागरमा ।
माछा फुत्किरह्यो
र जालमा हामी परिरह्यौँ ।

कविता- ती दिन


वर्षौँअघि
हामी
घण्टौँ
जुन बेन्चमा बसेर
कुरा गर्थ्यौँ
मायाको ।
के अहिले पनि
त्यो बेन्च
त्यहीँ छ ?

कविता-पर्ख




पर्ख एकछिन
म जुत्ताको लेस बाँद्धैछु ।
लगत्तै
हिँडिहाल्छु म,
र पुग्छु
शताब्दीयौँ लामो
बाटो छिचोल्दै
तिमीसम्म ।

एकछिन पर्ख ।

कविता-कर्णेलको कवि



साह्रै गुनासो छ उसको
मसित,
त्यसैले त अचेल,
ऊ आउँदैन मेरो कोठामा
सुनाउँदै मलाई
आफ्नो नयाँ कविता ।

ऊ कर्णेलको घरमा जान्छ
र उसको बगैचामा बसेर फूलको कविता लेख्छ ।
दु:खसित डराउँछ
त्यसैले दु:खको कविता लेख्दैन ऊ,
बदमाश ।

आजै बिहान
सडकमा ऊ भेटियो,
उभियो एक छिनलाई मेरो अगाडि
गहिरिएर हेर्‍यो मेरो अनुहारमा
र घृणा गर्‍यो मलाई ।
मैले पनि नचिनेझैँ गरिदिएँ उसलाई,
त्यसपछि
 ऊ पनि केही नबोली कर्णेलको घरमा गयो
कर्णेलको बगैचाका फूलहरु हेर्दै कविता लेख्न ।

यो कविता
उसैले त लेखेको हो ।


Thursday, March 1, 2012

कविता-रातभरि


रातभरि
मेरो
सपनीमा
लगातार
आइरह्यौ तिमी,
के तिमीलाई राति
निन्द्रा परेन ?

कविता-अनुहार



पानीमा हेरेँ
एक दिन मैले
आफ्नो अनुहार,
उफ्, ऐना जस्तै
टुक्रिएको रहेछ ।
अचेल
ऐनामै हेर्छु
आफ्नो अनुहार,
तर पानीको कुनै अनुहार नहुने रहेछ ।

कविता-भ्रम



म पर्खिरहेछु
युगौँदेखि,
उनी भन्छिन्
आइसकेँ । 

कविता-मनभित्र



ढोका नढक्ढक्याएरै
यो मनको चक्रब्यूहभित्र
चोर जस्तै
सुटुक्क
को पस्न खोजिरहेछ हँ ?
के त्यसलाई
मनभित्र पसेपछि
बाहिर निस्कन सकिँदैन भन्ने थाहा छैन ?

कविता-जमिन


जमिनमा
टेकेको छु भनेर
के गर्व गर्नु र खै,
हिँड्दा त
                  पाइतालामुनिबाट
                  जमिन पनि छुट्दो रहेछ ।


कविता-अबेर



नयनराज पाण्डे
समयले त
पर्खिएकै थियो,
म निस्कने बेलामा
संघारमा प्रियसीको
आँशु पोखिएको रहेछ,
चिप्लिएँ,
हिलाम्मे भएँ,
लुगा फेरेर पुग्दा
समय हिँडिसकेको रहेछ ।




कविता- आडम्वर




                                          -     नयनराज पाण्डे

कविता भन्दा अगाडि
अझ एकदम माथि,
दायाँ या बायाँ कुनातिर
कवि सगर्व उभिएको हुन्छ
आफ्नै शुभनाममा रुपान्तरित भएर,
लाचार कविताले
कविलाई टुलुटुलु हेर्छ,
किन हेर्छ ?
जबकि कवि त-
पन्छिसक्यो आफ्नै कवितासित,
उसले अस्वीकार गरिसक्यो
कविताका पङ्तिहरुसित मिसिन ।
(२०१२-मार्च १ शुक्रबार)

कविता- भोकको कविता


                                   - नयनराज पाण्डे

आज मैले खाएँ
स्वादिष्ट परिकारहरु
पेटभरि,
मलाई सजिलो हुनेछ आज
भोकाएका मान्छेहरुको कविता लेख्न ।
                                        (२०१२ मार्च १ शुक्रवार)