(कान्तिपुर,कोसेलीमा २०६५ चैत्र २१ मा प्रकाशित)
चैत्र २२ - नयनराज पाण्डे समकालीन नेपाली आख्यानकारमा सम्भवतः बढी पढिनेमध्ये पर्छन् । २१ वर्षकै उमेरमा ँनांगो मान्छेको डायरी’ उपन्यासमार्फत साहित्यमा उदाएका उनका 'विक्रमादित्य एउटा कथा सुन,’ 'अतिरिक्त’ र 'उलार’ उपन्यास तथा 'खोरभित्र जोकर’ र हालसालै 'निदाएँ जगदम्बा’ कथासंग्रह प्रकाशित छन् । ४३ वर्षीय पाण्डेको क्रियाशीलता चलचित्र लेखनमा पनि उत्तिकै छ ।
के पढ्दै र लेख्दै हुनुहुन्छ ?
नारायण ढकाल दाइले 'प्रेतकल्प' उपन्यासको पाण्डुलिपि दिनुभएको थियो, भर्खरै सिध्याएँ । यो उपन्यासमार्फत नेपाली साहित्यमा एउटा नयाँ विषय नयाँ ढंगले आउन लागेको छ । लेखनमा चाहिँ छिटफुट रूपमा कथामै एकोहोरिएको छु । तयार केही कथाको पुनर्लेखन पनि भइरहेको छ ।
चलचित्र लेखनमा पनि निकै व्यस्त हुनुहुन्छ, पढ्ने समय कसरी निकाल्नुहुन्छ ?
जागिर छैन नि त । अर्को पेसा नभएको हुनाले चलचित्र लेखनले पढाइमा बाधा पारेको छैन । लेख्ने काम सामान्यतः दिउँसो हुन्छ । बिहान र बेलुका पढ्नलाई मैले प्रशस्त समय पाउँछु । तर जति समय पाएको छु त्यसलाई पढाइमै सदुपयोग गर्न भने उति सकिरहेको छैन ।
नेपालगन्जमै हुर्केको हो ?
बिलकुल । आठ-नौ कक्षा पढ्दादेखि नै साहित्यको टस बसेको हो । स्कुल जाने बाटामा मध्यपश्चिम क्षेत्रमै ठूलो मानिने महेन्द्र पुस्तकालय थियो । सनत रेग्मी, नन्दराम लम्सालजस्ता साहित्यकारहरूका कारण पुस्तकालयमा साहित्यिक कृतिहरूको भण्डारै थियो । हामी हरेक दिन स् कुल छुट्टी भएपिच्छे त्यहाँ बस्थ्यौं र मन लागेका कुरा पढ्थ्यौं । पढ्ने बानी, अझ भनूँ साहित्यतिरको लगाव, त्यही पुस्तकालयका कारण बसेको हो ।
लेख्ने सोखचाहिँ कसरी पलायो ?
नाम छापिने लोभले मलाई लेखनमा प्रवृत्त गराएको हो । मेरा मामाबुबा (बालमुकुन्ददेव पाण्डे) ले काठमाडौंमा 'रूपरेखा' पत्रिका निकाल्नुहुन्थ्यो । उहाँको नाम पत्रपत्रिकामा देखेपछि आफनो नाम त्यसै गरी आए कस्तो हुँदो हो भन्ने लागिरहन्थ्यो । बुबालाई सोध्दा कविता लेखेपछि पत्रपत्रिकामा नाम छापिन्छ भन्नुभयो । यही लोभले सात कक्षामा हुँदा पाठ्यक्रममै रहेको माधवप्रसाद घिमिरेजीको कविता राम्रा अक्षरमा कापीमा उतारें र पठाएँ । तर कहिल्यै छापिएन । पछि बुबालाई यो कुरो गरेपछि उहाँले कसरी के पठाएको भनी सोध्नुभयो । मैले सबै कुरो खोलेपछि उहाँले 'अर्काको सारेर/चोरेर पठाएकाले हुन्न, आपmनै नयाँ लेख्नुपर्छ' भन्नुभयो । आफै लेख्नुपर्छ भन्ने बुबाको अर्ती पछ्याउँदै लेख्न थालें । रेडियो नेपालका बाल कार्यक्रम हुँदी पठाउन थालें । नेपालगन्जकै साप्ताहिक पत्रिकाहरूमा छापिन थाले । कसैकसैले भेटेका बेला चिने जस्तो गर्न थाले ।
आख्यान मन पर्छ कि गैरआख्यान ?
आफूले आख्यानै लेख्ने गरेकाले पनि म यसमै रत्तिन्छु । गैरआख्यान धैर्य दिएर पढ्न सक्दिनँ । लेख्ने बेला केही कुरा सन्दर्भ सामग्रीका रूपमा चाहिने भए हेरे जस्तो गर्छु । अथवा आफ्नो संवेदनासँग मिल्दो केही भए मात्रै गैरआख्यान पढ्ने गरेको छु । मन पर्ने स्रष्टा ?अग्रजहरूमा महाकवि देवकोटा पहिलो नम्बरमा पर्छन् । उनलाई सुरुसुरुमा ठूला कवि भनेर ख्यालख्यालै पढियो । तर पछि पढ्दैबुझ्दै जाँदा उनी त ज्ञानका पुस्तकालयै पो रहेछन् । नेपाली साहित्यका संस्थाभन्दा हुन्छ, उनलाई । कलेजताका मलाई शंकर लामिछानेका निबन्धले ताने । बीपीका कथा, उपन्यास पनि पि्रय लाग्छन् । पारिजातले 'शिरीषको फूल' मार्फत मन जितिन् । त्यसयताको पुस्तामा श्यामल र विमल निभाका कविता, राजवका कथा मन पर्छन् ।
कविता मन पराउनुहुँदो रहेछ तर तपाईंका कविता देखिएका छैनन् ?
लेख्न त प्रशस्त लेखेको छु, सम्पादकहरूले कथै माग्ने गरेकाले उति प्रकाशन नभएका हुन् । केही दिनयता तीन-चारवटा कविता झोलामै राखेर हिँडेको छु, कसैले नमागे पनि कुनै प्रकाशन कार्यालयमा पुगेका बेला थमाउनुपर्ला भनेर हाऽहाऽहाऽ... ।
तपाईंका कथा राम्रा भए पनि मानक सिद्धान्तभित्र नरहेको आरोप लाग्ने गरेको छ ।
म कथा भन्ने शैली फरक होस् भन्नेमा जहिल्यै सचेत रहन्छु । फरक होस् भन्दैमा एकदमै बोझिल वा सामान्य मान्छेले बुभmनै नसक्ने खालको कथा पनि लेख्न चाहन्नँ । सामान्य मान्छेको संवेदनामा मेरो कथाले एकदमै चाँडो प्रभाव पार्नुपर्छ र उसले चित्रात्मक अनुभूति गर्न पाउनुपर्छ । शैलीगत, शिल्पगत रूपमा भिन्न देखिन चाहने यही प्रयासका कारण त्यस्तो आरोप लागेको हुन सक्छ । अधिकांश कथाको केन्द्रविन्दु राजनीति हुनुको कारण ?राजनीतिका विसंगति/विकृति, त्यसले भुइँमान्छेमा पार्ने प्रभाव/असर मेरा सरोकारका विषय हुन् । राजनीति सुधि्रए देश आफैं सुधि्रन्छ । सिर्जना, चेतना, देश, जनता सबैसबैका लागि राजनीति बडो चासोको विषय हो । त्यसैले मैले जुनै कुरो उठाउन खोजे पनि राजनीति मिसिइहाल्छ ।
पछिल्लो कथासंग्रह 'निदाएँ जगदम्बा' बाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
कसैबाट नमीठो प्रतिक्रिया पाएकै छैन । यसले खुसी तुल्याउँछ । तर डर पनि कम लाग्दैन किनकि मेरा कथा समसामयिक/समकालीन घटनाको सेरोफेरोमा बुनिएका हुन्छन् । यसले ती कथा रिपोर्ताज बनाउने र तिनको आयु छोट्टयाउने खतरा हुन्छ । फेरि आपmना सिर्जना आपmनो समयको साक्ष्य हुन सकेनन् भने के सिर्जना जस्तो लाग्छ र ढुक्क पनि भइरहेको छु ।
'उलार' पछि उपन्यास नआएको दस वर्ष भयो नि ?
२०५५ मा त्यो उपन्यास निक्लेयता म बढी चलचित्र लेखनमा एकोहोरिएँ । पेसा नै चलचित्रसम्बद्ध भएकाले सिर्जनात्मकता ओझेलमा पर्यो । उपन्यासका लागि एकाग्रता अलि बढी चाहिन्छ, त्यो पनि भएन । अर्को कुरा, 'उलार' मा मैले थोरैमा धेरै कुरा भन्ने कोसिस गरेको छु । तर समय त्यति धेरै यताउता भएको छैन । बीचमा उब्जेको सशस् त्र द्वन्द्व खुराक हुन सक्ने भए पनि आफू राजधानीमा मात्रै बसेकाले सुनेका/पढेका भरमा लेख्ने कुरा भएन । त्यही भएर निकै वर्ष सेल्फ सेन्सरसिपमा रहेँ । अहिले संघीयता, आदिवासी/जनजाति, मधेसलगायत धेरै मुद्दा उठिरहेका छन् जसलाई मैले आफैंले देखे/बुझेको छु । यिनैलाई उपन्यासमा समेट्ने विचार गरिरहेको छु ।
प्रकाशित मिति: २०६५ चैत्र २१ ०९:३२