“साँस्कृतिक मान्यताको स्थापनामा सिनेमा ,समाज र राजनीति- एक अवधारणा”
– नयनराज पाण्डे
लेखन मिति -२००७ जनवरी २८ , एउटा कार्यशालामा प्रस्तुत । पछि 'नयाँ पत्रिका' दैनिकमा पनि प्रकाशित)
(१)अहिलेको नेपाली समाज तीब्र रुपमा परिवर्तनको क्रममा छ । पुराना सामाजिक मूल्य, मान्यता, सोच, आस्था अनि विश्वासहरु केही भत्किने क्रममा छन् भने केही मूल्याङ्कन र पुनर्मूल्याङ्कनको स्थितिमा छन् । साँस्कृतिक स्वरुप र मान्यतामा पनि आमूल परिवर्तनको सोच प्रतिविम्वित हुन थालेको छ । समग्रमा नयाँ सोच सहितको नयाँ नेपालको बहस शुरु भएको छ । तर यी यावत् प्रक्रियालाई र यसभित्रका परिवर्तन र पुनर्मूल्याङ्कनको क्रमलाई सद्भावपूर्ण किसिमले व्यवस्थित गर्नु राज्यको, राजनैतिक दलहरुको ,सर्जक श्रष्टा र बौद्धिक वर्गको दायित्व भएको छ ।
(२)राजनैतिक परिवर्तन पश्चात हरेक जनतामा विकसित जातीय, लिंगीय, वर्गीय, भाषिक सचेतता र स्व–अस्तित्वको खोजलाई अबको राजनीतिले सम्बोधन गर्न सकेन भने त्यसले राज्यमा सामाजिक दुर्घटना निम्त्याउने खतरा बढेर गएको छ । जनताका ती सारभूत चाहनाहरुको प्रकटीकरण अबको साहित्य, कला र सिनेमा जस्ता सिर्जनाशील माध्यमहरुमा पनि हुनु जरुरी छ । नयाँ नेपाल निर्माणको कुरा गर्नेले अब नयाँ सोचको निर्माण तर्फ पनि सत्रीmय हुनुपर्दछ । यद्यपि समकालीन नेपाली साहित्य र चित्रकला , नाटक जस्ता कलाका अन्य विधाले समयानुकूल आफूलाई परिवर्तन गर्दै लगे पनि कलाको एक सशक्त माध्यमको रुपमा स्वीकृत सिनेमाले भने परिवर्तनको प्रक्रियालाई अझै आत्मसात गर्न सकेको छैन । यद्यपि जनवादी सिनेमाको नाममा केही चलचित्रहरुको निर्माण प्रारम्भ भएपनि ती सिर्जनाहरु कति प्रभावकारी र सशक्त छन् भनेर हेने अझै बाँकी छ । विगतमा वासुदेव,मुकुण्डो, नुमाफुङ, चमेली, वीर गणेशमान र बलिदान जस्ता सिनेमाले सार्थक सिनेमा निर्माणमा केही योगदान अवश्य गरेका छन् । तर मूलधारको नेपाली सिनेमामा सामाजिक र राजनीतिक परिवर्तनको प्रतिविम्ब आउन सकेको छैन ।
(३) अब विषय केन्द्रित भएर सोचौं – हाम्रो सिनेमामा जनताको चाहना र नयाँ नेपाल निर्माणको निम्ति नयाँ सोच प्रतिविम्बित भएको छ कि छैन ? त्यस्तो नयाँपन प्रतिविम्बित हुनुपर्ने बेला भयो कि भएन ? के अब पनि पुरातन, जड र संस्कारवादी सोचबाट सुत्रवद्ध सिनेमा बनाइरहने ? अब नेपाली सिनेमाको मौलिक स्वरुप निर्माण गर्ने बेला भयो कि भएन ?
अबको नेपाली सिनेमा निर्माणको प्रारम्भ यही प्रश्नको उत्तरबाट र यो उत्तरसित जोडिने आत्मसमीक्षा र आत्म मूल्याङ्कनबाट हुनुपर्छ ।
(४) अबको नेपाली सिनेमामा नेपाली समाज र यसभित्रका परिवर्तनहरु, विचलनहरु, कथाव्यथा र छटपटीहरु प्रकट हुनुपर्दछ । समय क्रममा प्रकट हुँदै आएको लोकतान्त्रिक र समावेशी भावनालाई अबको नेपाली सिनेमाले स्वीकार गर्नुपर्छ । भरतमुनीको नाट्य शास्त्रबाट निर्मित चरित्र चित्रणबाट मुक्त भएर अबको नेपाली सिनेमाका चरित्रहरु जातीय सीमाबाट मुक्त स्वाभाविक र यथार्थपरक हुनुपर्दछ । तर संगसंगै सिनेमाको कलात्मक मूल्य र सिर्जनात्मक उर्जालाई अझ बढी सशक्त र परिस्कृत बनाउँदै लैजानुपर्छ ।
(५) सिनेमालाई मनोरंजनको साधन मात्र नठानेर यसलाई आफू बाँचेको समाजप्रति जिम्मेवार एउटा सार्थक सिर्जना बनाउनुपर्दछ । सिनेमा यान्त्रिक उत्पादन मात्र हुनु हुँदैन भन्ने कुरा अब सबै सिनेमाकर्मीहरुले बुझ्नु पर्छ । गेष्टन रोवर्जले सन् १९८४ मा प्रकाशित आफ्नो एक लेखमा भनेका छन् – “राम्रो सिनेमाको पहिलो सैद्धान्तिक आधार हो सिनेमामा स्थापित पूर्ववर्ती सोच र संस्कार प्रति विद्रोह ।”
हामी सबैले बुझ्नुपर्छ अबको सिनेमाले आनन्द ९म्भष्निजत० मात्र हैन अन्तर्दृृष्टि ९क्ष्लकष्नजत० पनि दिनुपर्छ । अबको सिनेमा समाजोन्मुख हुनुपर्दछ ।
(६) अबको नेपाली सिनेमालाई व्यवसायिक एकाधिकार, सूत्रवद्ध कथानक, कलात्मक सौन्दर्य दृष्टिको अभाव, दर्शकको बौद्धिक तथा मानसिक विकास गर्नुको साटो तिनमा सिनेमा प्रतिको कामुक आकर्षण उत्पन्न गर्ने पद्धति, वितरण र प्रदर्शनको क्षेत्रमा राम्रो सिनेमालाई प्रवेश गर्न नदिने षडयन्त्र, मानवीय समस्याको उपेक्षा, र अर्थहीन मनोरंजनबाट धन कमाउने लोभबाट मुक्त गर्नुपर्छ । र यसतर्फ सबै सिनेमाकर्मीबाट सामुहिक प्रतिवद्धता प्रकट हुनुपर्छ ।
(७) यथास्थितिवादी सोचप्रति आत्ममुग्ध केही नेपाली सिनेकर्मी भन्दछन् – हामीले सर्वसाधारण जनतासम्म पुग्ने सिनेमा बनाइरहेका छौं । तर बुझ्नुपर्ने कुरा यही हो– साधारण जनतासम्म पु¥याउने प्रयासमा हामीले सिनेमालाई अति साधारण बनाइरहेका छौं । एकजना विद्वानले भनेका छन् – “बौद्धिक र लोकप्रिय एकसाथ हुनु संभव छ । हाम्रा जनता गरिब हुनसक्छन् तर तिनीहरु मूर्ख छैनन् , विद्वान र गंभीर छन् । किनभने जनताले गंभीर महाकाव्य, तिनमा प्रयोग हुने मिथक र लोककथाको सुक्ष्म तथा जटिल अर्थलाई सहज रुपमा बुझ्दछन् ।
(८) नेपाली सिनेमाको सबैभन्दा कमजोर पक्ष कथ्य हो । कथ्यगत विविधताबाट हामी कोशौं टाढा छौं र यसले गर्दा हाम्रो सिनेमाले शिल्पगत उत्कृष्टता प्राप्त गर्न सकेको छैन । हामीले बुझ्नु पर्छ राम्रो सिनेमाको आधारभूत तत्व कथ्य हो । कथ्य सही भयो भने शिल्प आफैं प्रष्ट हुन्छ, विम्व स्वतः स्पष्ट हुन्छ र प्रविधि आफैं उच्च हुन्छ । डार्विनको विकासवादी सिद्धान्तलाइै नै आधार मान्ने हो भने पनि प्राणीले आफ्नो अस्तित्व कायम राख्न समय, काल र वातावरण अनुसार आफूलाई अनुकुल बनाउँदै जानुपर्छ भने जस्तै नेपाली सिनेमाले पनि आफ्नो विकास गर्न र आफ्नो अस्तित्व कायम राख्न सिनेमाको वर्तमान संरचना र अर्थशास्त्र दुवैमा परिवर्तन गर्नुपर्छ ।
(९) राम्रो सिनेमाको निर्माणमा सिनेकर्मीको प्रतिवद्धता जति आवश्यक छ, त्यति नै आवश्यक छ राज्यको सिनेमा नीति पनि । राज्यले सिनेमालाई एक साँस्कृतिक दस्तावेजको रुपमा स्वीकार गर्दै यस क्षेत्रलाई आवश्यक पर्ने सुविधा र प्रोत्साहन दिन कन्जुस्याईं गर्नु हुँदैन । उसले सर्जकलाई यस्तै सिनेमा बनाऊ भनेर निर्देशित गर्नु हुँदैन तर राम्रो सिनेमा निर्माणको वातावरण भने बनाइ दिनुपर्छ ।
गोविन्द निहलानीले भनेका छन् – ूक्ष् बm लयत ष्ल ाबखयगच या अचभबतष्लन ब मभाष्लष्तभ अयमभ या अयलमगअत ायच ँष्mि ःबपभचक दगत ब ँष्mि ःबपभच बक बल बचतष्कत mगकत दभ बिियधभम ागिि ाचभभमयm तय नचयध बक बल बचतष्कत, धजष्अज ष्लअगिमभक ब तयतब िबलम अयmउभितभ अजबलनभ या खष्भध उयष्लत ाचयm तष्mभ तय तष्mभ।
(१०) यो ध्रुव सत्य हो कि नेपाली सिनेकर्मी निम्न साधन श्रोत र प्रविधिमा सिर्जना गरिरहेछन् । उनीहरुलाई साधान श्रोत र प्रविधि सम्पन्न बनाउने तर्फ राज्य संयन्त्र गंभीर हुनुपर्छ । राम्रो सिनेमाको निर्माणको लागि राम्रो सिर्जनात्मक क्षमता चाहिन्छ र त्यस्तो क्षमता विकासका लागि राज्यले सिनेमा सम्बन्धमा अध्ययन अनसन्धान गर्ने केन्द्र, पुस्तकालयको स्थापना गरिदिनु पर्छ । सिनेमा निर्माणलाई एक प्राज्ञिक कार्यको रुपमा स्वीकार गरी राज्यले यथाशिघ्र चलचित्र एकेडेमीको निर्माण गर्नु पर्छ ।
नकारात्मक कुरा जतिसुकै गरेपनि नेपाली सिनेमाको सकारात्मक पक्ष के हो भने यी सिनेमाहरुको सुक्ष्म अध्ययनबाट नेपाली समाजको रहनसहन, परम्परा, भेषभुषाको सामान्य जानकारी अवश्य पाउन सकिन्छ । यद्यपि यो निश्चित हो कि ती कुरामा पनि हामी औपनिवेशिक सोचबाट मुक्त हुन सकेका छैनौं । हामी अहिले भारतीय विषयवस्तु र परिवेशमा नेपाली भाषाको सिनेमा बनाइरहेछौं । भारतीय सिनेमाले तयार गरिदिएको आधारभूमिमा टेकेर हामी नेपाली सिनेमा बनाइरहेकाछौँ । तर यसलाई संक्रमणको क्रम मानेर समय छंदै यस्तो निम्न स्तरीय प्रभावबाट आफूलाई मुक्त नगरेर आत्मरतिमा रमाइरहयौं भने नेपाली सिनेमा विस्तारै विस्थापित हुँदै जानेछ ।
(११) अन्त्यमा सिर्जनाले समाजलाई परिवर्तन गर्छ भन्ने ग्यारेन्टी छैन तर समाज परिवर्तन भयो भने सिर्जना परिवर्तन हुन्छ । त्यसैले अबको समाजलाई लोकतान्त्रिक चरित्रको बनाउनु आवश्यक छ र समाजलाई त्यस दिशामा परिवर्तन गर्ने माध्यम हो, राजनीति । राजनीति सुध्रियो भने देश सुध्रिन्छ, समाज सुध्रिन्छ । र सुध्रिएको समाजले सुध्रिएको, स्वच्छ र सार्थक सिर्जनाको माग गर्छ । माग हुन थाल्यो भने आपूर्तिका प्रयासहरु हुन थाल्छन् । आपूर्ति हुन थाल्यो भने असल र खराबको पहिचान हुन थाल्छ । असल चिजलाई समाजले ग्रहण गर्छ र खराब चिज ओझेलमा पर्दै जान्छ । माग र पूर्तिको यो अर्थशास्त्रीय समीकरण उत्पादन र सिर्जनाको हरेक पक्षमा अर्थपूर्ण रहेको छ । माथि भने जस्तै सिर्जनाले समाजलाई परिवर्तन गर्छ भन्ने ग्यारेन्टी नभए पनि यति ग्यारेन्टी त अवश्य छ कि सही सिर्जनाले समाजलाई साँस्कृतिक जागरण दिन्छ । साँस्कृतिक जागरणबाटै राष्ट्रले सभ्य, सुसँस्कृत र समुन्नत हुने आधार प्राप्त गर्छ ।
No comments:
Post a Comment