कान्तिपुर, कोसेली»
साहित्यिक अनशन !
भाद्र ३० -
उलार' उपन्यासको मुख्य पात्र थियो, प्रेमललवा । यो पात्र धेरै पाठकको मनमा गढेर बसेको छ । चुनाव प्रचारका क्रममा दलका कार्यकर्ता बोक्दा आपmनो टांगा उलार भएपछि क्षतिपूर्ति माग्न यो काठमाडौं आइपुग्छ । मन्त्री भेट्न आएको यो पात्रले देख्ने काठमाडौं र भोग्ने दुःखले उपन्यासलाई उत्कृष्ट बनाइदिएको थियो ।
गत साता राजधानीका सडकमा त्यही उलारका लेखक नयनराज पाण्डे अनशन बस्ने ठाउँको खोजीमा निस्किए । करिब २ हजार साहित्यकारको सेयर भएको साझा प्रकाशनमा सुधारको माग राखी आमरण अनशनको घोषणा गरेका सञ्चालक समिति सदस्य उनले साझामा अनशन बस्न पाएनन् । साझाबाट सुरु भएको उनको खोजी माइतीघर मण्डला हुँदै रत्नपार्कमा पुगेर टुंगियो ।
नजिकिँदो दसैंको किनमेलका लागि फुटपाथमा बढेको भीडलाई छिचोल्दै उनी पुगे शान्ति वाटिका । र, २०४६ को आन्दोलनका कमान्डर गणेशमान सिंहको सालिकको पछिल्तिर पाल टाँगेर आमरण अनशन सुरु गरे । गलामा फूलको माला लगाएर सत्याग्रह थालेका स्रष्टाको छेउमा उभिएर साझाका पूर्वअध्यक्ष र महाप्रबन्धकको एउटा टोलीले समर्थनमा विज्ञप्ति निकाल्यो । तर, त्यसमा 'आफूहरूले सुधार्न नसकेकोमा...' जस्तो केही उल्लेखचाहिँ गरिएको थिएन । विमल निभा र पुरुषोत्तम सुवेदीहरूको 'न्युरोड ग्याङ' पनि नयनको अभियानको साथ थियो ।
वैचारिक हिसाबले कांग्रेस निकट मानिने नयनको अनशनले शान्ति वाटिकमै अर्को मञ्च जन्मायो, 'साझा सरोकार समूह' । र, यसको संयोजक बने, वामपन्थी खगेन्द्र संग्रौला । बिनाअनुमति अनशन बसेको भन्दै प्रहरीले नयनलाई मध्यराति संग्रौलाको घर पुर्याइदिएपछि यो एकता झन् मजबुत भयो । आखिरीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई रत्नपार्क आएर माग पूरा गर्ने आश्वासन दिए । जुस खुवाएर नयनको अनशन तोडे र साहित्यकारका बीचमा पनि 'लोकपि्रय' नै बने ।
भारतमा अन्ना हजारेको अनशन प्रकरण सेलाउँदै गर्दा नयनले गरेको अनशनले साझालाई कत्तिको 'साझा' बनाउला थाहा छैन । तर, यसले साहित्यकारहरूलाई एक ठाउँमा ल्याउने कामचाहिँ गर्यो । इतिहासमा गर्व गर्ने, वर्तमानमा तुँवालो लागेको यो संस्थाका विषयमा सहरमा थुप्रै कोणबाट चर्चा भए । जनक शिक्षाले प्रकाशन गर्ने पुस्तक बेचेर बाँचेको भनिने साझाले साहित्यलाई लगाएको गुनका विषयमा पूर्वअध्यक्ष, महाप्रबन्धक र सञ्चालकहरूले रत्नपार्कमा छोटो मीठो भाषण गर्ने अवसर पनि पाए ।
दुई महिनाजति पछि हुने साझाको साधारणसभा पनि अनशनको छेउतिर आएर बस्यो । अनस्थलछेउको चौरमा यसको राजनीतिको पनि चर्चा भयो । 'लु' नामक उपन्यासको पाण्डुलिपि तयार गरेर बसेका नयन अनशनको आँधीमा छिरेपछि उनको पाण्डुलिपि भने केही समय बिचल्लीमा पर्यो ।
साझा प्रकाशनलाई कृषि मन्त्रालयबाट सारेर शिक्षामा लानुपर्ने, अध्यक्ष र महाप्रबन्धक एकैजना बनाउन नहुने र महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छानिनुपर्ने उनका माग थिए । 'सञ्चालक समितिको बैठकमै यी कुरा ल्याएको थिएँ,' अनशनपछि उनले अन्तर्वार्तामा भने, 'त्यहाँबाट नभएपछि अनशन बस्नुपरेको हो ।'
प्रधानमन्त्रीको आश्वासनपछि अनशन तोडे पनि साझा सुधार अभियान बल्ल सुरु भएको र यो गन्तव्यमा नपुगी नटुंगिने पनि उनले बताए । अनशनका माग हेर्दा एउटा संस्थासँग सम्बन्धित भए पनि माहोलले चाहिँ अनशनलाई साहित्यिक बनाइदियो ।
प्रकाशित मिति: २०६८ भाद्र ३१ १०:५८