समालोचना-
उलार उपन्यासको मनोवैज्ञानिक विश्लेषण
प्रा.डा.मुरारिप्रसाद रेग्मी
( “भृकुटी” समालोचनात्मक एवम् अनुसन्धनात्मक साहित्यिक-सांस्कृतिक त्रैमासिकको पूर्णाङक १३ कात्तिक-मंङ्सिर-पुष,२०६८ मा प्रकाशित समालोचनाका केही अंशहरु )
संक्षिप्त उपन्यासलाई अमेरिकन अङ्ग्रेजीमा novelette अर्थात् a brief novel भनिन्छ । त्यसैलाई जर्मन भाषामा novella,इटालियनमा नोभेला(novella), फ्रेन्च भाषामा नोभेले (nouvelle) भन्ने गरिन्छ । नेपाली र हिन्दीमा ‘लघु-उपन्यास’ अथवा ‘उपन्यासिका’ भन्ने चलन छ । राम्रो लघु-उपन्यासमा अर्नेष्ट हेमिङ्वेको The old Man And The Sea निकै प्रेरक उपन्यास मानिन्छ । यस्तै श्रेणीमा अल्बर्टो मोराविया (Alberto Moravia) को Congugal Love नामको उपन्यास पनि पर्दछ । चेकोस्लोभाकियामा जन्मेका फ्रेन्ज काफ्का ( Franz Kaffka) यहुदी हुन् र मेटामोर्फोसिस पनि विशिष्ट संक्षिप्त उपन्यास भित्रकै कोटीमा पर्दछ ।
नयनराज पाण्डेको उलार संक्षिप्त उपन्यास हो । संक्षिप्त उपन्यासमा भवानी भिक्षुको सुभद्रा बज्यै (२०१९) पनि हो, जहाँ नायिका व्यक्तित्वविहीनताबाट पीडित छिन् । उनको पाइप नम्बर २ पनि संक्षिप्त उपन्यास हो । उलारको शिल्प विधान पाइप नम्बर २ भन्दा कम छैन । उलारमा पुरुष नायकको प्रधानता वा चेतना छ भने पाइप नम्बर २ मा नायिका (नारी)को चेतना वा प्रधानता छ । अन्य संक्षिप्त उपन्यासमा गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल, लैनसिंह वाङ्देलको लङ्गडाको साथीलाई पनि लिन सकिन्छ ।
उलार नामको संक्षिप्त उपन्यासबाट जीवन ब्यथा र गरीबीले पीडित मानवहरुको सामाजिक कटु यथार्थलाई प्रस्तुत गरिएको छ । भिक्षुको सुभद्रा बज्यैमा जस्तो स्व-विश्लेषण पाण्डेको द्रौपदीमा पाइन्न । तर खेमानन्दको कु-स्व (Bed self) जस्तै पाण्डेका पात्रहरुमा राजेन्द्रराज शर्मा र शिलाबाबुझैँ राजनैतिक फटाहा र समाजका उडुस एवम् उपियाँ जस्ता शोषकहरु अन्य उपन्यासहरुमा पनि पाइन्छन् । सम्पन्न र विपन्न (have and have not) पात्रहरुमा चारित्रिक भिन्नता देखाउनु, विपन्न वर्गको उत्तरप्रजातन्त्रकालीन रुपान्तरण तथा विशेषता अनि उनीहरुमा पाइने मानवीयताको परिचय उलार उपन्यासमा पाइन्छ ।.............उपन्यासकार पाण्डेको उलारमा शरतचन्द्रको सरलता र प्रेमचन्दको परागमय सुवास व्यक्त भएको छ । उनको वाक्य संयोजन सरल, सरस र यथार्थपूर्ण छ । उनी सफल उपन्यासकारका विशेषताबाट ओतप्रोत छन् । उनको ब्यक्तित्व विनयी छ ।
काफ्का जर्मन भाषामा लेख्थे र उनको नाम पनि गौणकरण (minoritarian) मा लिइन्छ । उनले प्रागको जर्मन भाषा पढे र त्यसैमा विकाश गरे । त्यस्तै नयनराज पाण्डेले पनि नेपालगन्ज क्षेत्रमा वादीहरु निम्न वर्गीय जनताले बोल्ने गौण (minority)भाषा जसमा अवधी भाषा पनि सामेल छ,त्यसको सहारा लिएर उलार उपन्यास लेखेकाले उनी धन्यवादका पात्र छन् । गौण भाषामा लेख्ने पनि भाषिक प्रयोग हो । आइरिस लेखक जेम्स ज्वायस र वेटिङ्ग फर गोदोका लेखक सामुएल बेकेटले पनि ब्रिटिश र अमेरिकी अङ्ग्रेजीमा निरन्तर परिवर्तनको प्रक्रिया शुरु गरेका हुन् । उनीहरु जस्तै पाण्डेलाई भाषिक परिवर्तनको प्रयोग गर्ने श्रेय जान्छ । उनी भाषिक प्रयोक्ता पनि ठहर्छन् । उनको भाषिक प्रयोग पूर्ण पारदर्शी र यथार्थपूर्ण छ । उनका पात्रहरु सामाजिकरुपमा केही प्रक्रिया लुकाउँदैनन् । सबै स्पष्टवादी छन् । निम्त वर्गीयको ब्यथा(agony) पोख्नमा उनी बेजोड छन् ।.......यसको (उलारको) कथानक भविष्योन्मुख एवम् प्रत्याशाहरुले भरिएको छ । नेपाली साहित्यमा यस्तो उपन्यास दुर्लभ नै मानिन्छ ।.........उपन्यासकारले वादीहरुको संसार (singnfied) एवम् उनीहरुको स्थितिलाई क्रमबद्ध ढङ्गले प्रस्तुत गरेका छन् । यसैमा उनको महानता छ ।
यस उपन्यासमा नायकका उत्कृष्ट अभिप्रायहरु(excellent intentions)लाई खुलस्त रुपमा प्रस्तुत गर्न उपन्यासकार सफल भएका छन् । काफ्काले चेक जनताको आवाजलाई चर्को स्वरमा भने जस्तै उपन्यासकार पाण्डेले रैथाने वादीहरुको प्रथा र जीवनमाथि प्रकाश पारेर त्यसमा परिवर्तन गर्नका लागि आह्वान गरे । जस्तो कि- जेम्स ज्वायसले आफ्नो आयरलैन्डका डब्लाइनरहरुको आवाज र जीवनको फरकपन प्रतिध्वनित गराए । नयनराज पाण्डेको प्रयास अति सराहनीय छ । युलिसिस (Ulysses) का रचयिता ज्वायस जस्तै उलारका नयनराज पाण्डे पनि सफल छन् ।
प्रा.डा.मुरारिप्रसाद रेग्मी |

No comments:
Post a Comment