मरेको मान्छेलाई भोक लाग्यो । उसले छटपटिँदै भन्यो- “मर्न पाए पनि हुन्थ्यो ।“ नजिकै मरेका नेताहरु थिए । उनीहरुले त्यसको कुरा सुने । उनीहरुले उसको पीडालाई अवसरको रुपमा लिए । र तुरुन्तै मरेका मान्छेहरुलाई जम्मा गरेर भाषण गरे- “हामी ज्युँदा मान्छेहरुले त्यसलाई मर्न दिनु हुँदैन ।“ ००० (२०६९ फागुन ३ बुधबार)
No comments:
Post a Comment