शान्तिवार्तामा हात हालाहालै भएपछि शान्तिदेवी वार्तास्थलबाट बाहिरिन् । बाहिर सैनिकले उनलाई समात्यो र बलात्कार गर्यो । उनी रुँदै वार्तास्थलमा फर्किन् । उनैको ठीक अगाडि त्यही सैनिक बसेको थियो । मुसुमुसु हाँस्दै । हतियारसहित । वार्तामा । (२०६८ फागुन १४ आइतवार)
No comments:
Post a Comment