सेतो
हिमालको छाया
(कान्तिपुर कोसेलीमा २०७३ जेठ २९ गते शनिवार प्रकाशित)
जीके पोखरेल,
काठमाडौं
जेष्ठ २९, २०७३- सल्लीपिर’ नयनराज पाण्डेको सातौं उपन्यास हो
। लेखनको आरम्भमा ‘विक्रमादित्य एउटा कुरा सुन’
र ‘नाङ्गो
मान्छेको डायरी’जस्ता प्रयोगपरक उपन्यास लेखिसकेपछि उनले ‘उलार’,
‘लु’
र ‘घामकिरी’
जस्ता
उपन्यास लेखे । यी तीनै उपन्यासबाट उनी पश्चिम
मधेसको साहित्यिक व्याख्याता भएर निस्किए । ‘प्रेमललवा’जस्तो
जीवन्त पात्र जन्माइसकेपछि उनमा साहित्यको पहाड बोक्ने जिम्मेवारी थपिएको छ ।
नभन्दै उनले जिम्मेवारी बोध गरे र हिमाली जीवनका भोक्ताहरू अर्थात् शेर्पाको ‘पोयटिक’
भुक्तमानको
सन्धान गर्न निस्किए । यो जोखिमले पाण्डेको उपन्यास लेखनको क्रममा नयाँ क्षितिज
उघ्रिएकोमा शङ्का छैन । भौगोलिक दृष्टिले नेपालकै सबभन्दा विकट हिमाली क्षेत्रमा
बसोबास गर्ने शेर्पाहरूको कथा हो ‘सल्लीपिर’ । सल्लीपिर
पठनअनुभूति मूलत: तीन कुरा (शेर्पाको गोठाले जुनीको आजन्म फिरन्तेचक्र,
शेर्पा
संस्कृतिको प्रस्तुति र विकट क्षेत्रमा शिक्षाको अवस्थाबारे जिम्मेवार धारणा) ले
सम्झनलायक रह्यो । संसारभरि ‘शेर्पा भन्नेबित्तिकै हिमाल आरोहीको परिचय
स्थापित छ । तर, जीवन बचाइका क्रममा शेर्पाले
भोग्नुपर्ने फिरन्ते गोठालाको दुर्लङ्घ्य शिखर त सधैँ छायामा परेको रहेछ । यी
उपन्यासको सापेक्षतासँग दाँज्दा पनि भन्न सकिन्छ, ‘शेर्पाहरूको
जीवनका विविध पाटा र समस्याको एउटै पृथक् स्वादसहित आएको छ ।’
त्यति त
चिनेकै रहेछन् पाण्डेले शेर्पालाई । किताबको अर्को महत्त्वपूर्ण प्राप्ति शेर्पा
संस्कृतिको प्रस्तुति हो । सल्लीपिरमा शेर्पा समुदायका जन्म,
विवाह,
मृत्य,
रोगव्याध
आदि प्रसङ्गमा आएको कुराले ‘सांस्कृतिक अनेकानेक’को खोलुवा
दिन्छ । पाण्डे शेर्पा संस्कृतिप्रति अनुदार छैनन् । आफ्नो संस्कृतिको संरक्षणका
नाममा अरूको संस्कृतिमाथि भयानक प्रहार गर्ने नवक्रान्तिकारी लेखक/पाठक जमातमा
पाण्डेको धारणा सांस्कृतिक अन्तर्घुलन र स्वीकरणको पक्षमा छ ।
उपन्यासको अर्को
महत्त्वपूर्ण उपलब्धि ‘विकट
क्षेत्रमा शिक्षाको अवस्था’ हो
। किताब सपनामा मात्रै देखिन्छ या किशोर अवस्थामा प्रवेश गरेपछि मात्रै । राजधानी
र सहरहरू बोर्डिङ स्कुलको होर्डिङ बोर्ड राख्न प्रतिस्पर्धा गरिरहँदा पूर्व
ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मको ‘सेतो
हिमाल शिक्षाको कालो छाया’मुनि
पोलियोले सुकेको बच्चाजस्तो उच्छवास काढिरहेको छ । हो, साँच्चिकै हिमाली जिल्लाको
शैक्षिक अवस्था सोनामजत्तिकै मरन्च्याँसे छ । समग्र हिमाली र नेपाली/पर्वते
भाषासम्म सहज पहुँच नभएका साठी प्रतिशतभन्दा बढी मातृभाषी विद्यार्थीको आवाज
उपन्यासमा आएको छ । शिक्षामा शेर्पाहरूको पहुँच नपुग्नुका तीन कारणहरू : गरिबी, विकटता र भाषा हुन् भन्ने
कुरा कुनै शिक्षा निकायलाई खोज्न लगाएको भए त्यसको निष्कर्ष दिउञ्जेलमा राज्यको
ढुकुटीबाट करोडौँ हजम हुन्थ्यो होला । तर, पाण्डेले
आफ्नै बलबुतामा खोजिदिए । अझ पढ्न सक्ने हुनका लागि ‘फुर्वा’को पुस्तालाई नै कुनुपर्ने
अवस्थाको चित्रणले कम्तीमा पनि पाठकको मन मस्तिष्कमा सानातिनो ‘परकम्प’ पैदा गरिदिन्छ । किनकि
उनीहरूले छोराछोरी पढाउन यति कष्ट उठाउँछन् कि भनिसाध्य छैन । ‘खुब’ पढ्ने र ‘रिम्पोछे’ हुने सपना चकनाचुर हुन्छ
फुर्वाको । उसको सपनामा ‘हिमालको
कठिन उकालो’ र ‘पुरिएका सयौं आरोही र
शेर्पाहरूसँग एकचित्त हुने सपना’ मात्र
बाँकी रहन्छ । बस † इन्द्रेणीको
बाक्लो घेराले खुम्बुलाई घर्लप्प अँगालेझैँ असंख्य ‘फुर्वाहरू’को सपनालाई ‘हिमाली चिसो र विकटता’ले अठ्याउँछ । उपन्यास
सकिन्छ तर सकिँदैनन् शेर्पाका पुस्तैनी श्रापित अवशेषहरू । प्रकाशित: जेष्ठ २९, २०७३
No comments:
Post a Comment