दुःखका पहाड बोकेर
नागरिक दैनिकमा २०७३ जेठ १गते शनिवार प्रकाशित
·
14 May 2016
·
भोजराज न्यौपाने
धर्तीको सवैभन्दा रोमाञ्चक र
रहस्यमय ठाउँ हो हिमाल। कल्पना गर्दै मनमोहक आनन्दको बर्षा हुन्छ। मन पुलकित
हुन्छ। हिमालको सुन्दरतामा आफूलाई उभ्याइराख्नु। र, त्यही सुन्दर हिमालको काखमा बाँच्न
पाउनु अलौकिक आनन्दमा रमाउन पाउनु हो।
सधैं कहाँ त्यस्तो आनन्द
मात्र हुन्छ र?
हिमाल हेर्न मात्र रमाइलो हुन्छ। हिमालमै बाँच्न निकै कठिन छ। पुर्खाले आर्जेको थातथलो छाडेर हिंड्न मुस्किल पर्छ मान्छेलाई त्यसैले जहाँ भएपनि बाँच्न विवश हुन्छ। पुरै जीवन अभाव, अशिक्षा र भयानक दुखको चक्रबाट गुजि्ररहेको हुन्छ।
हिमाली मान्छेका साथी मान्छे मात्रै हुँदैनन्। चौंरी पनि हुन्छन्। जंगली जनावर पनि हुन्छन् फूलहरु हुन्छन्। र, हुन्छन्–बडेमानका दुःखका पहाडहरु! जन्मेदेखि नमरुन्जेल उनीहरु तिनै दुःखका पहाड बोकेर हिँड्छन्।
त्यस्तै हिमालको काखमा आफूलाई समर्पित गरेका शेर्पा समुदायको कथा उनेका छन् उपन्यासकार नयनराज पाण्डेले आफ्नो नयाँ उपन्यास 'सल्लीपिरमा'।
तीन कथा संग्रह र सात उपन्यासका स्रष्टा नयनको सल्लीपिर पछिल्लो कृति हो। उनका उल्लार, लू र घामकिरी चर्चित उपन्यास हुन्।
केहि बर्षअघि देखि उनको लेखन दू्रत गतिमा छ। नेपाली साहित्यमा नयनराज पाण्डेको स्थान कहाँ छ? त्यसको खोजी हुनेनै छ। तर उनका पाठक निकै झाँगिएका छन्। नयन अहिलेका सर्वप्रिय लेखकका रुपमा स्थापित छन्। उनको पछिल्लो पुस्तक सल्लीपिरले उनलाई अझै दरो गरि उभ्याएको छ।
सूक्ष्म रुपमा कथालाई बुन्नु र पाठकको हृदयको भित्री तहलाई प्रेमिल स्पर्श गर्न सक्नु नयनको मूल विशेषता हो। उनी पाठकलाई पुस्तकभरि डोर्यारइरहन्छन् र सुटुक्क मनको मझेरीमा वास बस्न पुग्छन्। उनको कथाशिल्पी लोभ लाग्दो छ। शिलशिला त्यत्तिकै चुस्त छ। छोटा छोटा वाक्य, छोटो अनुच्छेद र सुन्दर शव्द चयनले उनका उपन्यास पढिरहूँ जस्तो लाग्छ। सरल र सुललित भाषाले पाठकलाई सुरुदेखि अन्त्यसम्म डोर्या ई रहन्छ।
उपन्यास पढिरहँदा पाठक आफैं दावा बनेर हिमाल आरोहण गरिदिन्छ। पेमा बनेर सेछेन गाउँको भीर पहरामा चौंरी डुलाउन पुग्छ। फुर्वालाई आफ्नै सन्तानले पाएको सकस ठानिदिन सक्छ। आफ्नै डाँडाकाँडा र थातथलोको यादले भुतुक्कै बनाइ रहन्छ। किन किन नोष्टाल्जिक बनाउँछ पाठकलाई।
नयन अक्षरको माध्यमबाट पाठककोे भित्री हृदयमा पुग्छन्। खुम्बु क्षेत्र (सोलुखुम्बु जिल्लाको लुक्ला भन्दा माथि सगरमाथा हिमालसम्मको भू–भाग) संसारकै अनुपम भूमि हो। प्रकृतिको यो अतुलनीय भूमिमा यति निरिह भएर बसेका शेर्पा समुदायप्रति नयनको अगाध श्रद्धा छ। नयनले राज्यप्रति केही प्रश्न खडा गरेका छन्।
उनीहरुलाई भरिया बनाएर राज्यले सगरमाथा आरोहण गराउँछ तर उनीहरुकै थातथलोमा एउटा स्कूल खोल्न चाहँदैन। चरिचरिणलाई व्यवस्थित गर्न चाहँदैन। चौंरी चराउने खर्कमा पार्टीका 'मसल वर्कर' को दवदवा छ। यि सवै नियतीका बीच मुस्कुराउँछन् खुम्बुका पेमाहरु।
सल्लीपिर खुम्बुका शेर्पाहरुको दुःखको दस्तावेज हो। घरभन्दा अगाडि गाडिएका लुङ्दार र मानेका मन्त्रले मुग्ध खुम्बुको सीमान्तकृत शेर्पा समुदायको इमान्दारिताको चर्चा लेखकले गरेका छन्।
सल्लीपिरका अधिकांस पात्र सचेत छन्। कर्तव्यवोधले बेरिएका छन्। लेखक स्वयंले सगरमाथा आरोही जस्तै हिमालको कुनाकानीको सूक्ष्म विश्लेषण गरेका छन्। शेर्पा समुदायमा प्रचलित रितिरिवाज र संस्कृतिको मिहीन चित्रण गरिएको छ। खुम्बुको आञ्चलिकतामा मज्जैले जमेको छ पात्रको बोलीचाली।
विद्यालय नै नदेखेको एउटा वालकले देखाएको पुस्तकप्रतिको आकर्षणलाई मन छुने गरि चर्चा गरेका छन् उनले।

नयनराज पाण्डेले सल्लीपिरका अधिकाँश पात्रलाई आदर्श पात्रका रुपमा उभ्याउने कोशिस गरेका छन्। त्यसबाट उनी समाजप्रति सकारात्मक छन् भन्ने बुझ्न सकिन्छ। पात्रका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नुलाई उनको सुन्दर मनोबृत्ति मान्न सकिन्छ।
समग्रमा, राम्रो पुस्तक पढ्ने चाहने पाठकलाई सल्लीपिर राम्रो खुराक बन्न सक्छ ।
No comments:
Post a Comment