सुखको
घाम जुन नउँदाउने “सल्लीपिर”
http://www.dhadingpost.com मा आइतबार जेठ ९,२०७३ प्रकाशित
पुष्पराज दुवाडी
नेपालगन्जका लेखक नयनराज
पाण्डेद्धारा लिखित उपन्यास सल्लीपिर पढे । खबुज र करोडौ कस्तुरी पछि पढेको
उपन्यास यहि थियो । तराइ भागकोे कथा उर्ताने लेखकको हिमालको विषयबस्तु समेटेको
सल्लीपिर पढीरहदा कैले पुगे होला लेखक खुम्बु क्षेत्र भन्ने लागिरहन्छ ।
उलार,लु अनि घामकिरी पढेपछि छोड्न चाहिन यो र्भखरै बजारमा आएको आख्यान सल्लीपिर लाई ।
उलार,लु अनि घामकिरी पढेपछि छोड्न चाहिन यो र्भखरै बजारमा आएको आख्यान सल्लीपिर लाई ।
अक्सर उपन्यासमा जस्तो पात्रहरुमा
एक किसिमको भद्धा गुण भिराइदिएर गह्ङगो कथा बोकाएको छैन सल्लीपिरले । छोटा छोटा
वाक्य, धेरै
पात्र आइरहने र गइरहने हुदा पनि पाठकलाई सम्झन अप्ठ्यारो बनाउदैनन् । थोरै नेपाली
लेखकले उठाएको स्थल खुम्बु क्षेत्र, र्शेपाका जीवनशैलि बौद्ध संस्कृति
र साधारण मानिसका साधारण दैनिकी टपक्क टिपेर पस्कन लेखक सफल भएका छन । समग्रमा
दुःख नै दुुःखको हिमतालमा र्चुलुम्म डुबेको छ ‘सल्लीपिर ’
उत्कृष्ट काव्यको कथा एकै सासमा
भन्न अप्ठ्यारो हुन्छ । सल्लीपिरको कथा पनि एकै चोटी भन्न सकिन्न । कहिल्यै हिमाली
क्षेत्रमा नपुगेका पाठकलाई बौद्ध र्धमालम्बी तामाङ र र्शेर्पाका रहनसहन, दुःख नजिकबाट नियाल्न सफल छ
उपन्यास सल्लीपिर । लेखकको कलममा छेसेन गाँउ, रातनागे डाडा, नाम्चे सल्लेरी, आधार शिविर सगरमाथा क्षेत्र र
सिङगो खुम्बु क्षेत्रमा कहिल्यै सुखको घाम जुन देखिदैन । देखिन्छ त केवल निस्वाश्व
लाग्दो छटपटि, पिडा
र बिछोडका क्रन्दन मात्रै ।
कर्मा र पेमाको बालापन,अभिभावकबाट छुट्एिको पिडा विबाह र
विबाह लगतै चौरी चराउन तय भएको तिव्बत तर्फको यात्रा पढिरहदा थकाइ, निश्वास र डर एकै चोटी लाग्छ
पाठकलाई । चुनाबको समयमा मात्रै नेता दलबहादुर बाट प्रयोग भएको दावाले पनि नेपाली
राजनितिलाई चुस्स घोच्छ । सगरमाथा आरोहणका लागि भारी बोकेर जीवन चलाउन बाध्य दावा
ग्याल्जेन अनि अन्य युवाहरुको सगरमाथामै भएको अन्त्यले थप पिडा दिन्छ । निरक्षर
पेमाले आफ्नो छोरालाई किताब किन्न काठमान्डौ जादा माओवादी दन्द्धले दिएको पिडा
असह्य छ ।
समग्रमा उपन्यास जतिसुकै दुःखमा
पनि आशाको त्यान्द्रो चुडाउन हुन्न भन्न भ्याएको छ ।ब्राजिलियन लेखक पाहुल्वो
कोहेलोको बहुचर्चित उपन्यास अल्कामिष्टको पनि सम्झना हुन्छ सल्लीपिर पढिरहदा ।
जस्ले दुखमा हरेस नखानु र लक्ष्य प्रति न्याय गर्न सिकाउछ । बाबु आमाले सन्तानका
निम्ती देखाएको अतुलनिय प्रेम हिउ जस्तै सेताम्य भएको छ उपन्यास भरि ।
No comments:
Post a Comment