हिमकथा
नेपाल साप्ताहिकमा २३ जेठ २०७३मा प्रकाशित
जोखिम मोल्न रुचाउने लेखकबाट पाठकलाई फाइदै हुन्छ । किनभने, त्यस्तो लेखक एउटै
विषयवस्तुमा लेखिबस्दैन । पाठकले फरक–फरक
विषयवस्तुका किताब पाइरहन्छन् । तराईको स्वरलाई आख्यानको सुन्दर शिल्पमा ढाल्न
सक्ने लेखक नयनराज पाण्डेले यसपालि ठूलै जोखिम उठाएका छन् । त्यो जोखिमको परिणाम
पाठकसामु छ, उपन्यास सल्लीपिर ।
आख्यानमा कोही न कोही किनारीकृत वर्गको सवाल उठाइरहने उनले यसपालि
सुदूर हिमाली भेगका शेर्पाको आवाजमा अक्षरको लेप लगाएर प्रस्तुत भएका हुन् ।
तराईबाट स्वाट्टै हिमाल चढेका पाण्डेको प्रतिभा हिमाली जीवनको
अत्यन्तै सूक्ष्म वर्णनमा मज्जाले देखिन्छ । कष्टकर त्यहाँको जीवनबारे गम्भीर
अध्ययन/अनुसन्धानसहित बलियो भएर प्रस्तुत हुनु किताबको गँठिलो यथार्थ हो ।
शेर्पाहरूको हृदयविदारक जीवनको कथा सँगसँगै त्यहाँको जीवनमा अक्षरको अभावले पारेको
कष्टको पनि व्याख्या गरिएको छ । खुम्बुका शेर्पा अनपढ भएकै कारण दु:खपूर्ण जीवन
बाँच्न बाध्य छन् भन्नु उपन्यासको तात्पर्य हो ।
कहिले खस्ला हे खुम्बुका देउता/एउटा त्यस्तै प्वाँख... यस खालको कवितात्मक भावसहित कथाको उठान गरिएको छ । खुम्बुका मानिस अक्षरको लेपसहितको एउटा सुखमय जीवनको पर्खाइमा छन् । कवितामा भनिएको प्वाँखले त्यही एउटा पर्खाइलाई जनाउँछ, जुन दुखिया मानिसको हकमा पूरा हुनै सकेको छैन । हरेक पुस्ता श्रापित छ सधैँ, पर्यटकको पछिपछि भारी बोकेर हिँड्न । खुम्बुबासी त्यस्ता माझी हुन्, जसले अरूलाई सधैँ नदी तारिरहे । तर, आफू पनि तैरिएर पारि जान कहिल्यै सकेनन् । अनगिन्ती आरोहीसँगै शिखर चढे तर सुखको शिखर चढ्न कहिल्यै सकेनन् । यिनै निमुखा ‘माझी’हरूको कथा हो, सल्लीपिर ।
बाबु छिरिङले पेमा सानी हुँदा उसैलाई भन्ने गरेको कथा पछि पेमाकै जीवनसँग जोडिएको छ । डरलाग्दो कथा सुनाउँछ छिरिङले बालखा छोरी पेमालाई । त्यसमा पेमा सोच्छे, ‘के मेरो बाबुसित मलाई सुनाउनका लागि सुखका कुनै कथा छैनन् ? किन उनले सुनाउने कथामा फूलहरू फुल्दैनन् ?’ किनभने, बालखा पेमालाई थाहा छैन, खुम्बु त दु:खको पर्याय हो, जहाँ सुखका लागि अलिकति पनि स्पेस छैन । यस्तै यस्तै परिवेशबाट कथा सुरु हुन्छ । अक्षरको भोको पेमाको बाबु र आमा छुट्टिएपछि सुरु हुन्छ पेमाको जीवनको हन्डर । यहीँबाट कथानक अघि बढ्छ सुस्त सुस्त । दावासँग बिहे भएर गएपछि पेमाको दु:ख व्यापक हुँदै जान्छ ।
सेताम्मे हिउँमा कष्टकर जीवन बाँचिरहेका तमाम खुम्बुबासीहरूकी महिला प्रतिनिधि पात्र भएर आएकी छ पेमा । त्यसबाहेक दावा, ग्याल्जेनहरू त्यहाँका पुरुष पात्रको चरित्रमा उभिएका छन्, जसले अनगिन्ती पटक शिखर आरोहण गर्छन्, भरियाका रूपमा । शिखर त आरोहण गर्छन् तर जिन्दगीको होइन, दु:ख र अभावको । फुच्चे फुर्वाचाहिँ खुम्बुको नयाँ पुस्ताको आशलाग्दो प्रतिनिधि पात्र भएर देखिएको छ, जो पछि अरू शेर्पाहरूझैँ दु:खी जीवन जिउन फेरि पनि अभिशप्त हुन्छ । यसप्रकार हरेक पुस्ताको दु:खको शृंखला कहिल्यै अन्त्य नहुने गोलरेखा हो भन्नु उपन्यासमा भएको यथार्थ हो ।
वर्णन भएको वातावरण, शेर्पाहरूको सुखदु:ख र संस्कृतिसँग गाँसिएका विषयवस्तु, जीवनशैलीको मिहिन अन्वेषण आदि कुरा किताबका ‘स्ट्रेन्थ’ हुन् । त्यसै गरी ती सबै कुरालाई अक्षरको सही भंगिमासाथ देखाउन सक्नु अर्को तारिफयोग्य पक्ष हो । फ्यान्टासी मिसिएको कवितात्मक भाषामा विशेष शक्ति देखिन्छ । कल्पनाशीलताको पनि मज्जाले प्रयोग भएको छ किताबमा । यद्यपि, त्यही कल्पनाशीलताको प्रचूर प्रयोगले केही ठाउँका प्रसंग अल्छीलाग्दो बनेका छन् । वर्णन गर्दा गर्दै लेखक लगाम फुस्किएको घोडाझैँ हुन्छन् । र, उड्छन् मस्त । कथाको सुरु र मध्यम खण्डको जस्तो गति छ, त्यसभन्दा बिलकुल बेग्लै छ अन्तिम खण्ड । किनभने, अन्तिम खण्डतिर कथाले प्राकृतिक कलेवर गुमाएको जस्तो भान हुन्छ । यद्यपि, छिटोछिटो मुभ हुने घटनाले पाठकलाई कर्याक्क पारेर राख्ने सामथ्र्यचाहिँ राख्छन् । पात्रहरू पनि बढी नै हतारमा देखिन्छन् । यसकारण सुरु र मध्यम खण्डको लय अन्तिम खण्डसँग मिलेको देखिँदैन । पेमा घर फर्किन नसकेर बाटैमा हराएको प्रसंगमा जोडिएको फ्यान्टासी सुहाउँदो देखिन्छ ।
मूल पात्र पेमाको चरित्रमा मज्जाले डुब्न सकेका छन् लेखक । दु:खको समुद्रमा तैरिरहेका पेमा, दावा, छिमी, फुर्वाहरूको कथा रियल लाइफका खुम्बुबासीसँग ठ्याक्कै मिल्छ । त्यसकारण ‘रियल’ र ‘रिल’ (आख्यानिक) लाइफका पात्रको संवेदनालाई दुरुस्तै देखाएर लेखक पाण्डेले सामाजिक मुद्दा उठाउन खोजेको स्पष्ट अनुभूत हुन्छ ।

No comments:
Post a Comment