'सल्लीपिर' बिछाइएको हिमाली भुइँ
मजदूर दैनिक
अनलाइन पत्रिकामा प्रकाशित
नीरज
'लू' र 'उलार' पढिसकेका पाठकको लागि नयनराज पाण्डेको
नयाँ उपन्यास 'सल्लीपिर' पढिसकेपछि कुन्नि के नपुगे नपुगे जस्तो
लाग्न सक्तछ।
तर यो पटक
पाण्डे तराईको मैदानबाट उक्लेर हिमाली भेगमा आधारित भएर प्रस्तुत भएका छन्। यसले
एकातिर उपन्यासकार पाण्डेको लेखकीय भौगोलिक सीमितता नभएको सङ्केत गर्न खोजिएको छ।
विषयवस्तु र पात्रहरू भए आफूभन्दा निकै पर र भिन्न सांस्कृतिक परिवेशमा पनि कलम
चलाउन आफू काबिल भएको उनको दाबी देखापर्दछ। यस अर्थमा पाण्डे फराकिलो क्षेत्र
ओगटेर कलम चलाउन सक्ने उपन्यासकार प्रमाणित भएका छन्। अझ उनको 'घामकिरी' उपन्यास पढिसकेपछि त यो निष्कर्ष निकाल्न कुनै
कसरत बाँकी रहन्न।
अर्कोतिर काठमाडांैमा
मधेस 'उपेक्षित भएको' भन्दै आन्दोलन चलिरहेको र क्षेत्रीय
राजनीतिले टाउको उठाइरहेको बेलामा हिमाली भेगका जनताको कष्टसाध्य जीवन र दुरवस्था
चित्रण हुने यो उपन्यास प्रकाशनको राजनीतिक अर्थसमेत निकाल्न सकिन्छ। पाण्डेले 'उलार' र 'लू'मा जसरी
तराईका पिँधमा रहेका जनताको जीवनको नसा–नसा केलाएका छन्,
झण्डै
उही गहिराइमा 'सल्लीपिर'मा हिमाली जनजीवनको केस्रा–केस्रा उधिन्ने काम गरेका छन्। यस
अर्थमा उपेक्षा कुनै भूगोल भइरहेको छैन बरु त्यहाँका विपन्न, सरल र मिहिनेती जनता उत्पीडनमा परेका
हुन्। कुनै भूगोल वा जात विशेष उत्पीडनमा परेको होइन, आर्थिक असमानताले उत्पीडन जन्माएको हो।
भौगोलिक उत्पीडन फेरि पनि जनताको नाममा गरिएको जनतालाई रल्लाउने राजनीतिमात्र हो।
नयनराजका सबै
उपन्यासहरू समाजको अत्यन्त पिँधमा रहेका 'गन्हाउने' मानिसहरूको
विषयमा हुने गर्दछ। उनका पात्रहरू कतिपय 'सुकिला–मुकिलाहरू'का लागि आश्चर्यका पात्रहरू हुने
गर्दछन् अर्थात् उनका पात्रहरू 'रस्टिक' हुने गर्दछन्। तर ती पात्रहरूका जीवनका
खुसी, प्रेम, आँसु, वियोग, साहस, अभाव, सोच आदि नै पाण्डेका उपन्यासका फराकिला
प्लेट हुन्। उनी सामाजिक सम्बन्धहरूको गहिराइसम्म गएर भुइँ खोतल्न सक्ने कलमबाज
हुन्। पात्रहरूको अभावग्रस्त जीवनबीच रमाइलो मनोदशा सतहमा ल्याउनसक्ने
अनुसन्धानकर्ता हुन्।
'सल्लीपिर' पाण्डेका यस्तै विशेषताहरूको सिलसिला हो। पूरा
उपन्यास पेमाको बाल्यकालदेखि जीवन अन्त्यसम्म घुमेको छ। कठिन भूगोल, विपन्न आर्थिक अवस्था, शून्य शैक्षिक र राजनीतिक चेतनाबीच एक
जना महिलाको जीवनलाई प्रतिनिधि बनाएर उपन्यासकारले आफ्ना अघिल्ला उपन्यासहरूमा
जस्तै समाजको तल्लो सतहलाई प्रकाशमा ल्याएका छन्।
'सल्लीपिर' उपन्यास प्रस्ट सन्देशसहितको उपन्यास हो।
शिक्षा नै हिमाली क्षेत्रमा चौरी गाई र विदेशी आरोहीहरूलाई हिमाल चढाउन भारिया
बन्ने पोर्टरको परिधि वरपर घुमेको शेर्पाहरूको जीवनमा परिवर्तनको आभा ल्याउन बाटो
भएको प्राथमिक सन्देश बोकेको छ यो उपन्यासले। दावा र पेमा आफ्नो छोरो फुर्वालाई
आफूजस्तै चौरीको गोठाला बनेको हेर्न चाहँदैनन् बरु पुस्तक पढेर कथा भन्नसक्ने
विद्वान बनाउन चाहन्छन्। यो यथास्थितिप्रतिको मोहभङ्ग र परिवर्तनप्रतिको चाहना हो।
पुस्तकलाई ज्ञानको स्रोत र ज्ञानलाई परिवर्तनको बाटोको रुपमा चित्रण गरिएको छ।
दावाको मृत्युको सन्देश बोकेको पत्रसमेत पढ्न नजानेको यथार्थले पेमा र अरु
गाउँलेहरूलाई फुर्वाको पुस्तक पढ्ने चाहनालाई हरेक उपाय गरेर पनि पूरा गर्न
उत्साहित बनाएको हुन्छ।
फुर्वाको
पुस्तक पढ्न अभिलाषा ज्ञानको खोजी र यथास्थितिप्रतिको विकर्षण हो। उनमा ज्ञानको
भोक विद्यमान समाजविरुद्ध विद्रोह गर्ने लडाकु र पुरानो पुुस्ताको स्मृतिले
जगाइदिएको हुन्छ। तात्पर्य ज्ञानको खोजीमार्फत परिवर्तनको चाहनालाई अभिव्यक्त
गरिएको छ उपन्यासमा।
चौरी गोठाला
भएर तिब्बतसम्मको दावा, पेमा र
गाउँलेहरूको यात्राले उपल्लो थलोको अलि अघिको जीवनलाई उजागर गरेको छ। हिमाली
जीवनको कथा–व्यथा त्यो
यात्राको कठिनाइमा महसुस गर्नसक्तछौं।
नेपाल हिमालको
देश हो। तर नेपाली भाषामा हिमालका कथाहरू धेरै पढ्न पाइँदैन। सायद हिमालका पुजारी
शेर्पाहरू अझै नेपाली साहित्यकार बनिसकेका छैनन्। त्यसकारण जुत्ता लगाउँदा कहाँनेर
पोल्ने गर्छ, त्यो कुरा आउन
बाँकी नै छ। तर नेपालगञ्जका बाहुन पाण्डेले भने यो हिम्मत गरेका छन््। हिमाली
देशको नागरिक भएका नाताले हिमालप्रतिको आफ्नो भेटी चढाएका छन् पाण्डेले 'सल्लीपिर' मार्फत।
उपन्यासमा
नेपाल र चीनबीचको सीमा निर्धारण गर्दाताका नेपालबाट खटिएर गएका अधिकारीले
कस्तुरीसँग नेपालको भूमि साटेको कुरा कति सत्य हो, खोजीको विषय हुन सक्तछ। तर नेपाली
कर्मचारीतन्त्रको भ्रष्ट चरित्र र ढिलासुस्तीबारे भने उपन्यासमा पटक पटक बोलेको छ।
विशेषतः 'लू' उपन्यासमा भारतले नेपालको भूमि मिचेको कुरालाई चित्रण गरेर नेपाली
साहित्यमा विरलै उठाइएको विषयलाई उठाएका पाण्डेले 'सल्लीपिर'मा फ्रि
तिब्बत र उत्तरमा सीमाको प्रसङ्ग उठाएर दुई छिमेकबीच सन्तुलनमा बस्न खोजेका
देखिन्छन्।
शेर्पा समाजमा
आधारित भएकोले हुनुपर्छ–उपन्यासकारले
बौद्ध धर्मका कुरालाई ल्याइरहेका छन् जसरी यस अघिका उपन्यासहरूमा उनी हनुमान
पूजाका कुरा ल्याउने गर्थे। उपन्यासमा उत्तरी क्षेत्रका जनताको धार्मिक आस्था र
जीवनलाई उजिल्याउन खोजिएको छ। ज्ञानलाई अलि बढी आध्यमिकतासँग जोडिएको छ। तर
फुर्वाको ज्ञानको भोकलाई स्थानीय रुपमा खुलेका विद्यालयहरूले किन मेटाउने प्रयास
गरेनन्? दावा
काठमाडांै पुगेका पर्वतारोही हुन्, अर्थात् उनलाई सहरी जीवन र विश्वको विकासको बारे जानकारी
हुनुपर्दछ। तर फुर्वालाई फेरि पनि गुम्बाको शिक्षा नै दिने प्रतीक्षा गरिरहनु
अव्यवहारिक देखापर्दछ।
गल्ज्यानकी
आमाको निधनपश्चात् पनि फेरि उनको पुनरावृत्ति गल्ती भएको देखापर्दछ। अमर
न्यौपानेको जस्तो सरल र साना वाक्य संरचनाका छैनन् नयनका वाक्यशैली। तर अलग
मिठासपूर्ण र बीच–बीचमा ठ्टयौली
शैलीले उनलाई अलग ट््याग दिएकै छ।
फाइन
प्रिन्टले निकालेपछि व्यवसायिकताको के कुरा गर्नु र। २२९ पृष्ठको उपन्यासको मोल
३५० सस्तो होइन।
सल्लीपिर
सफल नेपाल
साप्ताहिक,सिन्धुलीमा १०
जेठ २०७३मा प्रकाशित
– वाई . पि . विनय÷क.न.पा.–४, मधुटार, सिन्धुली

सल्लीपिर हिमालको
दुःखको कथाहो । नयनराज पाण्डेले ‘उलार’ ‘लू’ ‘घामकिरी’ जस्ता उपन्यासहरु
तरकाईलाई केन्द्रविन्दु बनाएर त्यहाको सांस्कृतिकरहनसहन र रिथितिथिलाई संगालेर
लेखेकाथिएतिनै लेखकको कलमबाट विशुद्ध हिमाली संस्कृति र रहनसहनमा केन्द्रितभएर
सल्लीपिर लेखिनु अद्भुत लेखकीयक्षमता पाठकले महसुस गर्ने विषयहो । यहि कुराले
उपन्यास प्रति लेखकको सर्मपण प्रष्ट हुन्छ ।
तराईको नेपालगञ्जकाकथा लेख्ने नयनराज पाण्डेले सोलुखुम्बुको कथा लेख्नु १८० डिग्रिको भिन्नताहो तर पुस्तक पढ्दा यतिवास्तविकता महसुस हुन्छ कि लेखकनयनराज पाण्डे उपन्यासकापात्रहरु दावा र पेमाको गाउँ सेछेन तिरकै एकजना सेर्पा हुन् जसले हिमाली संस्कृतिको विषयमागहनअध्ययन र अनुसन्धान गरेका छन् चौरी चराउनखर्कहरुमाआफै पुगेका छन्, चौरीका घिऊ र घारे मौरीका मह बेच्न फे (तिब्त) पनि पटक–पटक गएका छन् हिमाल चड्न भरिया भएर जाने दावाहरुलाई धेरै पटक खादालगाएर विदाई गरेका छन् त्यसैले आफूले देखेकाजानेका र भोगेकादुःखकाकथाउपन्यासमा लेखेका छन् यो उपन्यास काल्पनीकउपन्यास हुदै होइन । यो त नेपालको हिमाली क्षेत्रको वास्तविक घटनाक्रम हो जो सदियौ देखि चलिआएको छ । उपन्यास वास्तमबै जिबन्त छ ।
सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्न सुनकोशीनदिमाथिपक्कीपुलबनेपछि हामीले त्यो पुलले हिमाल पहाड तराई जोडेको भन्दै जनकपुरको सिदा साईनो गौरीशंकर हिमाल सँग भएकाकयौ समाचारहरु लेख्यौ । वास्तवमै एउटा भौतिक संरचनाले हामीलाई व्यवहारीक रुपमाजोडेको थियो, अहिले सल्लीपिर पढिसक्दा मलाई लागेको छ सल्लीपिरले हिमाल पहाड र तराईलाई भावनात्मक रुपमाजोडेको छ । हिमालको दुःखको कथा पहाड र तराईले महसुस गर्ने बातावरण लेखक पाण्डेले गराएका छन् । हो हाम्रो देशको हिमालमापनिदुःख छ, पहाडमा पनिदुःखछ र तराईमापनिदुःख छ तर त्यो दुःखहामी स्वम सम्बन्धीत क्षेत्रकावासिन्दालाई मात्रअबगत छ । सल्लीपिरले हिमालको दुःखलाई पहाड र तराईमा फैलाएको छ, जसरी तराईको दुःखलाई ‘लू’मार्फत पहाड र हिमालमा फैलाएको थियो । साहित्य जसरी समाजको ऐनाको रुपमा रहनु पर्ने हो वास्तवमानयनराज पाण्डेकाकितावहरुले त्यहि ऐनाको काम गरेका छन् ।
सेर्पा भएर पनि पुस्तकअध्ययनमा रुचि राख्ने छिरिङ पुस्तकअध्ययनकै विषयमाश्रीमती सँग झगडा भएर घरबाट निस्कन्छ र छिरिङकीश्रीमतीआफ्नो भविष्यखोज्न छोरी पेमालाई माइतीमा छाडेर एकजनाविदेशी सँग हिड्छिन् त्यसपछि बाबुआमाविहिनबनेकी पेमा र चौरी चराउनजादाहिमपहिरोमापुरिएर आमाबाबु गुमाएको सेछेन गाउँको दावाविच बैबाहिक सम्बन्धकायमहुदै अगाढि बढेको सल्लीपिरको कथामाथुप्रै उतार चढावहरु छन् ।हिमाली संस्कृतिको अक्षरस बर्णन गरिएको छ, लाग्छ त्यहाका चाडबाड, रिथितिथि केहिपनि छुटाएका छैनन लेखकले उपन्यासमा । चौरी पाल्ने चौरीहरुलाई खर्कमा चराउन लैजाने, घिउ बनाउने र त्यसको विक्रिबाट आएको थोरै पैसाले जिविकोपार्जन गर्ने, तिब्बतबाट नुनल्याएर घर जिविका टार्ने शेर्पा सस्कृतिभित्रअलिकतिआर्थिक उपार्जनको बाटो हिमाल चड्ने विदेशीको भारी बोक्ने र त्यसवापतपाउने पारिश्रमीकभन्दापनिउनिहरु खुशिले दिने वक्सीसले जिवन परिवर्तन गर्ने सपनाहरु विचको यथार्थ नै हिमाली संस्कृतिको रुपमा बर्णन गरिएको छ । अनित्यहियथार्थको एउटा पात्रभएको छ दावा । एक पटक चोमोलोङ्मा (सगरमाथा) विदेशीको भरिया भएर गएबापतदुई लाखकमाएको दावापुन पैसा कमाउने र पेमालाई सुखको संसारमा डुलाउने, छोरो फुर्वालाई पढाएर लामाबनाउने सपना सजाउदै सगरमाथाआरोहणमा जान्छ तर दुर्भाग्यगरिवको सानो सपनामाथिपनि दैव लाग्छन्, दावाआरोहणकै क्रममाहिमपहिरोमा परेर सदाको लागि विलाउछ । दावा मरेको खवर पेमा र फुर्वा भएको ठाउँमा आइपुगनमहिनौ लाग्छ । हुलाकबाट पाएको पत्रमादावाले हिमालआरोहणकाक्रमामाज्यानगुमाएको कुरा उल्लेख भएपनिगाउँमालामागुरु नभएको र अरु कसैले पढ्न नजानेकाकारण त्यो यथार्थत थाहापाउनपनिउनिहरुलाई धेरै समय लाग्छ । छोरो फुर्वाले पत्रलिएर बजारको लामा गुरुलाई देखाएपछि मात्रउसले थाहा पाउछ आफ्नो पालु (बुवा) हिमालआरोहणका क्रममामारीएको र सरकारले हिमालआरोहीलाई मृत्यु भएकाले दिने ५० हजार रकमलिनबोलाईएको पत्रभएको कुरा । यो घटना पछि पेमाको जीवनमा ठूलो बज्रपात पर्छ । दावाको अन्तिम संस्कार सकेर दुखिजीवनकाविच छोरो फुर्वाको भविष्य रेखाकोर्न दावाको मृत्यु पछि सरकारले दिने रकमलिएर छोरोलाई कितावकिनिदिने अन्तिमअभिलाषा सहित पेमायाम्बु (काठमाण्डौ) आउछिन् । भाषा समेत नमिल्ने काठमाण्डौमाउनले रकमलिननिकै ठूलो संघर्ष गर्नु पर्छ । एकजनाफ्रि तिब्बतआन्दोलकीयुवतिले उनका सबैकुरा सुनेर सहयोग गर्छिन र पैसा निकालेर फुर्वाकालागिकितावकिनिदिएर उनलाई जिरिको बस चढाईदिन्छीन तर जिरि आइपुगेकै रातउनिविष्फोटमा पर्छिन, विद्रोहीको कब्जामाहुदै सेनोको क्याम्प सम्म पुग्छीन् छोराकालागिल्याइदिएको किताव अनुसन्धानको घेरामा पर्छ, उनिफ्रि तिब्तआन्दोलनकी सहयोगी, विद्रोही, सुराकी सबै घोषित हुन्छीन, तर यथार्थमाउनिनिर्दोष सावित हुन्छिन् र छ महिना पछि किताव सहित छुटकरा पाउछिन तर समय निकै ढिला भईसकोे हुन्छ । उनले किताव सहितको चौरी लिएर सेछेन पुग्ने र छोरो फुर्वालाई तिकितावदिएर पढ्न लगाउने अन्तिम इच्छा पूरा गर्न सक्दिनन् । हिड्दा हिड्दै उनि बाटैमा हराउछीन् । हिमालको विशालतामाउनले बाटो गुमाउछिन्, कताबाट आए र कताजाने हो भन्ने कुराको अस्पष्टताले उनको जीवनमाअन्धकार ल्याउछ उनित्यहि सपना देख्छिन्, आफ्नो दावाको न्यानो काखमानिदाउन पुग्छीन्, बाबु छिरिङलाई पनिकतै देख्छीन् । उताफर्वा पनिआमाको खोजिमा घरबाट निस्कन्छ तर उसले हिमालमा बाटो विराएर हराएकीआफ्नीआमालाई काहा भेट्ने ?
उपन्यास दुःखद् घटनाक्रमले अन्त्य हुन्छ । पाठकको हैसियतले भन्नु पर्दा यतिदुःखद साहित्यनलेखिदिएको भएहुन्थ्यो जस्तो पनि लाग्छ तर के गर्ने बास्तविकता यो भन्दादुःखद् छ । जवहामी नेपालीहरु यहिदुःखभोगिररहेका छौ भने साहित्यले यथार्थ कुरा एउटा समाजबाट अर्को समाजमाकिननलैजाने ?हिमालको यो बास्तविकता पहाड र तराई सम्म पु¥याउने लेखक पाण्डे मुरी मुरी धनयवादकापात्रहुन् । साथै सांस्कृतिएकताकामहान हस्ती पनिहुन । यतिको स्तरीय साहित्य नेपाली माटोमाजन्मन सक्नु अर्को गर्वको विषयहो । लेखककाकलम सधै यस्तै चमत्कार गर्न तत्पर रहुन् ।
अन्तिममा एउटा गुनासो लेखक÷प्रकाशक सँग हिमालीभाषाको नेपालीशब्द–अर्थ राखेर एक पेज थपिदिएको भएभाषागत कठिनाई हटाउन सुनमा सुगन्धहाले जत्तिकै हुने थियो । पुनमुद्रमा यो प्राथमिकतामा पर्ने छ भन्ने अपेक्षाआम पाठकको होला सायद ।

Wow
ReplyDelete